Sentence
stringlengths
3
386
उनीहरुले मासिक रु २०० शुल्क उपभोक्ता समितिलाई बुझाउँदै आएका छन्
उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङले सो योजनाको आयव्यवबारे आफूलाई जानकारी नभएको बताउनुभयो
समानुपातिक समावेशी सिद्धान्त अपनाइएन अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन मास्को, साउन २४ गते
अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ
बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण गरेको विरोध स्वरुप अमेरिकाले प्रतिबन्धहरु घोषणा गरेको हो
वासिङ्टनको दण्डात्मक कारबाहीका कारण बिहीबार बिहान अमेरिकी डलरको तुलनामा रुबलको मूल्य ६६४८ पुगेको छ
यो मूल्य नोभेम्बर २०१६ यताकै सबैभन्दा कम हो
अमेरिकी प्रतिबन्धको असर रुसी सेयर बजारमा पनि परेको छ
रुसी स्टक एक्सचेन्ज ३२ प्रतिशतले घटेको छ भने मोएक्स इन्डेक्स झण्डै १२ प्रतिशतले तल झरेको छ
रुसी बैंकहरुको सेयर पनि ओरालो लागेको छ
राज्य सञ्चालित स्बरबैंकको सेयर ४७ बिन्दुले घटेको छ
अमेरिकी विदेश मन्त्रालयले बुधबार मात्र नयाँ प्रतिबन्धहरुको घोषणा गरेको थियो
बेलायतमा बसोबास गरिआएका बेलायती नागरिक सर्गेई स्क्रीपाल र उनकी छोरी युलियामाथि गत मार्च महिनामा रुसी जासुसहरुले नोभिचोक नामको स्नायूप्रणालीमा असर पार्ने एजेन्टले आक्रमण गरेका थिए
अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी रासायनिक वा जैविक हतियार प्रयोग गरेको देखिएकोले रुसमाथि यस्तो कारबाही गर्नु परेको हो, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिथर नर्टले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ
प्रतिबन्ध अन्तर्गत राष्ट्रिय सुरक्षा संवेदनशील अमेरिकी प्रविधिहरु रुसलाई बेच्न पाइने छैन
यस्ता प्रविधिहरुमा विद्युतीय उपकरणहरुका साथै क्यालिब्रेसन उपकरणहरु रहेका छन्
विगतमा यस्ता उपकरणहरु निर्यात गर्न दिइएको थियो
रुसले युक्रेनमाथि गरेको व्यवहारका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा त्यही वर्ष तेलको मूल्यमा आएको भारी गिरावटका कारण रुसको अर्थतन्त्र सन् २०१४ को अझै तङ्ग्रिन सकेको छैन
दुई वर्षको आर्थिक संकटपश्चात सन् २०१७ बाट रुसको अर्थतन्त्र सही बाटोमा आएको थियो
यसैबीच, अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार्य रहेको भन्दै रुसले आपत्ति जनाएको छ, तर अमेरिकासँगको सम्बन्ध रचनात्मक दिशातर्फ उन्मूख हुने अपेक्षा गरिएको छ
अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध गैरकानुनी छ, यो अस्वीकार्य पनि छ, क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले बताउनुभयो
राससएएफपी
भारतीय रेलवेले जरिवाना तीन गुणा बढायो दीपकप्रसाद गौतम वीरगञ्ज, साउन २५ गते
भारतीय रेलवेले नेपाली आयातकर्ताको रक्सौलमा आउने मालवाहक याकको अनलोडमा लाग्ने विलम्ब शुल्क तीन गुणासम्म बढाएको छ
भारतीय रेलवेको रक्सौल यार्डमा आउने नेपाली आयातकर्ताहरूको मालसामान अनलोडमा लाग्ने विलम्ब शुल्क शुक्रबार राति ८ बजेदेखि १५ दिनका लागि बढाइएको
भारतीय रेलवेले उक्त विलम्ब शुल्क वृद्धिको सूचना बुधबार नै नेपाली आयातकर्तालाई दिइसकेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव माधव राजपालले बताउनुभयो
भारतीय रेलवेको मध्यपूर्वी कार्यालय समस्तीपुरले रक्सौल रेलवेका माल अधीक्षकलाई पत्र लेखेर १५ दिनसम्मका लागि जरिवाना बढाउन भनेको सूचना आफूहरूले पाएको उहाँले बताउनुभयो
भारतीय रेलवेले रक्सौल यार्डमा मालसामानको चाप बढ्न गएको कारण देखाउँदै जरिवाना बढाएको जनाएको छ
विगतमा पनि भारतीय रेलवेले बेला बेलामा जरिवाना दर बढाउने गरेको थियो गतवर्ष यस्तो जरिवाना ६ गुणासम्म बढाएको थियो
गतवर्ष पनि १५ दिनको लागि भनेर बढाइएको यस्तै ६ गुणासम्म वृद्धि गरिएको जरिवाना दर तीन महिनापछि मात्र हटाएको थियो
भारतीय रेलवेलाई नेपाली आयात कर्ताहरूले तिर्दै आएको विलम्ब शुल्क एकाएक तीन गुणा बढाएपछि नेपालकै मुख्य नाका वीरगञ्ज भएर हुने आयातमा जरिवानाको भार बढ्ने भएको छ
यसरी बढाइएको जरिवाना दरले नेपालका लागि आउने औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको ढुवानी खर्च बढ्ने, खर्च उत्पादन लागत बढेर सामग्रीको मूल्य वृद्धि हुने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले बताउनुभयो
भारतीय रेलवेले याक अनलोडका लागि नेपाली आयातकर्तालाई नौ घण्टाको समय दिन्छ
उक्त समयसीमाभित्र अनलोड नभए एउटा बेगनमा प्रतिघण्टा १५० भारतीय रुपियाँका दरले जरिवाना तिर्नुपर्छ
नयाँ जरिवाना शुल्क दर अब ४५० भारुसम्म पुग्ने भएको छ
तोकिएभन्दा दुई घण्टासम्मका लागि सामान्य दरमा जरिवाना लिइने, त्यसपछिको ४ घण्टासम्म २ गुणा र ४ घण्टाभन्दा बढीमा ३ गुणा जरिवाना लाग्ने रेलवेले जारी गरेको पत्रमा उल्लेख छ
रक्सौल यार्डमा मालसामान आउने ७, ८ र ९ नम्बर लिकमध्ये २ ओटा वर्षाको पानी जमेकाले आधाभन्दा बढी ठाउँमा मालसामान अनलोड गर्नै नमिल्ने अवस्था रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव राजपालले बताउनुभयो
भारतीय रेलले मर्मत सम्भार नगर्दा आयातकर्ताले मालसामान झार्न नपाएको गुनासो व्यवसायीहरूको छ
भारतीय रेलवेको जीर्ण र अपर्याप्त पूर्वाधारका कारण नेपाली आयातकर्ताले जरिवाना तिर्नु परेको उहाँले गुनासो गर्नुभयो
वीरगञ्ज नाका भएर कोइला, स्ल्याग, फलामजस्ता औद्योगिक कच्चा पदार्थ भित्रिने गरेको छ
रक्सौल यार्डमा एक पटकमा ५९ बेगनको याक अनलोड गर्नसकिने गरेको भए पनि पछिल्लो समयमा वर्षाको कारण रेलवे यार्डको अस्तव्यस्त भएकाले एक पटकमा ३० वेगनभन्दा बढी अनलोड गर्न सकिरहेको अवस्था छैन
भारतीय रेलवेको व्यवस्थापकीय कमजोरीले रेलवेको यार्डको दुरावस्थाबाट सिर्जित समस्याको भार नेपाली आयातकर्ताहरूले बहन गरी रहनु परेको गुनासो व्यवसायीहरूको छ
अन्तरिक्ष सैन्य बल निर्माण गर्ने अमेरिकी घोषणा गाउँमै फर्किए विद्यार्थी मनाङ, साउन २५ गते
गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ
गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका हुन्
गुणस्तरीय शिक्षा आजको आवश्यकता महसुश गर्दै विद्यालय शिक्षालाई पहिलो प्राथामिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो
मनाङमा स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थी बढी भएकाले आवासीय विद्यालयको आवश्यकता रहेको उहाँको भनाइ थियो
भौगोलिक विकटताले बालबालिकाको पहुँचमा विद्यालय नहुनु र विद्यालय भएको ठाउँमा पनि बालबालिका नहुँदा केही विद्यालय बन्द हुने अवस्थामा पुगेकाले शिक्षामा सुधार ल्याउन आवासीय विद्यालय बनाइएको हो
गुणस्तरीय शिक्षाको अभबमा स्थानीयवासीका अधिकांश शिशु जिल्ला बाहिर जाने र अन्यत्र जिल्लाबाट यहाँ काम गर्न आउने कामदारका शिशुले विद्यालय धान्नुपरेको थियो
यसरी अस्थायी विद्यार्थीले विद्यालय सञ्चालन गर्दा विद्यालय नै चल्ने नचल्ने अन्योल रहेको अवस्थामा आवासीयको अवधारणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताउनुभयो
गत शैक्षिकसत्रमा जम्मा ६० विद्यार्थी रहेको यस विद्यालयमा आवासीय बनेपछि २५० जना पुगेको उहाँको भनाइ थियो
विद्यालयमा नै बसोबास र खानाखाजाको व्यवस्थासँगै शिक्षकको रेखदेखमा विद्यार्थी रहने हुँदा अभिभावक पनि खुशी भएका छन्
अभिभावक काइली गुरुङले भन्नुभयो, छोराछोरीलाई घरमा आफूले पढाउनका लागि समय दिन नपाउने तर टाढा हुँदा बिगे्रलान् कि भन्ने चिन्ताका साथै भेट्न जान पनि गाह्रो हुन्थ्यो तर यहाँ भएपछि दैनिक भेटघाट गर्न सकिन्छ
आवासीय विद्यालयसँगै मन्टेश्वरी कक्षा र अंग्रेजी माध्यमको पढाइले बाहिरी विद्यार्थीको समेत मन तानेको छ
हाल यस विद्यालयमा कक्षा नर्सरीदेखी १२ सम्म पढाइ हुँदै आएको छ
बाहिरीएका विद्यार्थीसँगै अन्य विद्यालयबाट भर्ना हुन आउने लहर नै चलेको छ
रासस
अन्तरिक्ष सैन्य बल निर्माण गर्ने अमेरिकी घोषणा नेपालले दोस्रो अभ्यास खेल खेल्दै काठमाडौँ, साउन २५ गते
एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण लिइरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ
थाइल्याण्डको यू२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ ९एन्फा०ले जनाएको छ
यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १० ले पराजित भएको थियो
बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो
एशियन गेम्स र साफ च्याम्पियनसिपका लागि नेपाली टोली १० दिने विशेष प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेको छ
यही साउन २९ देखि हुने एशियाली खेलकूदका लागि नेपाली टोली थाइल्याण्डको प्रशिक्षणपछि इण्डोनेसिया जानेछ
एशियाली खेलकूदको समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ
प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग साउन २९ गते खेल्नेछ
दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूहचरणको अन्तिम खेल खेल्नेछ
प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना वरिष्ठ खेलाडीहरु किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ
नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन्
यस्तै मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन्
मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन्
रासस
नेतृत्वका लागि दौडधुप मकवानपुर समाचारदाता हेटौँडा, साउन २५ गते
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र गत जेठ महिनामा एकीकृत भएपछि नेतृत्वविहीन बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा मकवानपुरमा नयाँ नेतृत्वको खोजी हुन थालेको छ
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रभित्र नेतृत्व चयनका लागि रस्साकस्सी सुरु भएको छ
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी एक भए पनि मूल नेतृत्व दुवै पक्षले पाउनुपर्ने दाबी गरिरहेका छन्
१४५ सदस्यीय बन्ने जिल्ला समितिमा तत्कालीन माओवादी पक्षलाई ६५ सदस्यमात्र दिने भएपछि असन्तुष्टि जनाएका छन्
तत्कालीन माओवादीका एक नेताले जिल्ला समितिमा ६५ जनामात्र दिनु सम्मानजनक नरहेकोले आफूहरूको विमति रहेको बताउँदै सङ्ख्या यकिन भएपछि नेतृत्वबारे छलफल हुने जानकारी दिनुभयो
यसैबीच तत्कालीन एमालेको सचिवालय परामर्श समितिको बिहीबार हेटौँडामा बैठक सम्पन्न भएको छ
नेकपा मकवानपुरको अध्यक्ष तत्कालीन एमालेलाई र सचिव तत्कालीन माओवादी केन्द्रलाई दिने सहमति भएको भन्दै अध्यक्ष छनोटको लागि भएको बैठकले चार जनाको नाम प्रदेशको कार्यदलमा सिफारिस गर्ने निर्णय गरेको छ
बैठकले तत्कालीन एमालेका जिल्ला अध्यक्ष एवम् प्रदेशसभा सदस्य मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ र पूर्व जिल्ला सचिव श्रीधर पोखरेलको नाम सिफारिस गर्ने निर्णय गरेको छ
तर, बिहीबार नै काठमाडौँमा बसेको नेकपाको पार्टी सचिवालय बैठकले प्रदेशसभा सदस्य जिल्ला पदाधिकारी नपाउने निर्णय गरेकोले प्रदेशसभा सदस्य बाहेक तीन जनाको मात्र नाम सिफारिस हुने लम्सालले जानकारी दिनुभयो
अन्तरिक्ष सैन्य बल निर्माण गर्ने अमेरिकी घोषणा पर्यटन प्रवद्र्धनका चुनौती सम्पादकीय भौगोलिक रूपमा सानो मुलुक भए पनि पर्यटकीय गन्तव्यका रूपमा नेपाल विश्व मानचित्रमा अङ्कित छ
यहाँको सांस्कृतिक, धार्मिक, प्राकृतिक विविधताले सबैलाई आकर्षित गर्छ
सर्वाेच्च शिखर सगरमाथासहित अग्ला हिमाल, पर्वतारोहण, पदयात्रा, जलयात्रालगायतका साहसिक पर्यटनको सम्भावना, हावापानीको विविधता, पशुपतिनाथ र लुम्बनीजस्ता पवित्र तीर्थस्थलले विभिन्न खाले पर्यटक आकर्षण गर्नसक्छ
एक महिनाअघि प्रसिद्ध गाइडबुक एन्ड ट्राभल वेबसाइट लोन्ली प्लानेट ले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई २०१८ मा भ्रमण गर्नैपर्ने एसियाका दश गन्तव्यको सूचीमा सातौँ क्रममा राखेको थियो
समयसमयमा सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, लाङटाङ, हेलम्बु र मनास्लुलगायतका उच्च हिमाली र पहाडी भूभागलाई पनि विभिन्न संस्थाले भ्रमण गर्नुपर्ने गन्तव्यको सूचीमा समावेश गर्ने गरेका छन्
यसले नेपाल आउने पर्यटकको सङ्ख्यामा सकारात्मक प्रभाव पारेको छ
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी सरकारको भइरहेको छ
यो लक्ष्य २०१७ मा भित्रिएका करिब साढे नौ लाख विदेशी पर्यटकको दोब्बर सङ्ख्या हो
एक साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा चालू आर्थिक वर्षमा पर्यटक १२ लाख पुयाउने, एक सय पर्यटन गन्तव्य विकास गर्ने र पाँच वर्षभित्रमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ
अहिलेको तथ्याङ्क अनुसार भारत पहिलो, चीन दोस्रो र संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छन्
फ्रान्स, बेलायत, जर्मनीलगायत युरोपेली मुलुकका पर्यटकको सङ्ख्या पनि निकै छ
जापान, दक्षिण कोरियालगायतका एसियाली मुलुक र पछिल्लो समयमा बङ्गलादेशी, श्रीलङ्काली पर्यटकको सङ्ख्या पनि बढ्दो छ
जुनसुकै मुलुकबाट आए पनि विदेशी पर्यटक हाम्रा लागि महवपूर्ण छन्
तर हाम्रो सीमित स्रोत, साधन र क्षमताका कारण छिमेकी भारतीय र चिनियाँ पर्यटकमा हाम्रो ध्यान बढी जान आवश्यक छ
बर्सेनि ५४ लाख भारतीय र सवा १२ करोड चिनियाँ विदेश भ्रमणमा निस्कन्छन्
यसको सानो हिस्सा मात्रै नेपालमा भित्र्याउन सक्ने हो भने पनि नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउनसक्छ
विदेश भ्रमण आर्थिक स्तरसँग प्रत्यक्ष सम्बन्धित भएको र यी मुलुकका जनताको प्रतिव्यक्ति आयको उच्च वृद्धि भइरहेका कारण आगामी दिनमा अझ ठूलो सङ्ख्यामा विदेश भ्रमणमा निस्कने सम्भावना छ
अर्काेतर्फ भारतीय र चिनियाँ पर्यटक सबभन्दा बढी खर्चालु मानिन्छन्