text
stringlengths
400
72.5k
उक्त आँधीले खासगरी राजस्थान र उत्तर प्रदेश प्रभावित भए। बुधवार आएको उक्त आँधीका कारण ठाउँठाउँमा बिजुली अवरुद्ध भएको, रूखहरू ढलेका, घरहरू भत्किएका र वस्तुभाउ पनि मारिएका विवरणहरू आएका छन्। उत्तर प्रदेशमा ६४ जना हताहत भए। प्रसिद्ध पर्यटकीय गन्तव्य ताजमहल भएको आग्रा जिल्लामा मात्रै ३६ जनाको ज्यान गयो। आँधीले राजस्थानको अलवर, भरतपुर, र ढोलपुर सबभन्दा धेरै प्रभावित भए। त्यहाँ ३१ जनाको ज्यान गयो। सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्। उत्तर प्रदेशमा रूख ढलेर र पर्खाल भत्केर धेरै जना मारिएका हुन्। राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई राहत कार्यक्रमको अनुगमन गर्न निर्देशन दिएका छन्। आँधीले राजस्थानको अलवर, भरतपुर, र ढोलपुर सबभन्दा धेरै प्रभावित भए। त्यहाँ ३१ जनाको ज्यान गयो। अनौठो यो याममा धूलोयुक्त आँधी आउनु उत्तर भारतमा स्वाभाविक भए पनि यति परिमाणमा मानिसहरू हताहत हुनु अनौठो मानिएको छ। राजस्थानको राज्य सरकारले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप भारु चार लाख दिने घोषणा गरेको छ। अलवरमा विद्यालयहरू पनि बन्द भएका छन्। "म यो कार्यालयमा रहेको २० वर्षभन्दा बढी भयो तर यत्तिको नराम्रो अवस्था यसअघि मैले देखेको थिइनँ, " राजस्थानका विपद् व्यवस्थापन सचिव हेमन्त गेराले बीबीसीलाई बताए। बुधवार साँझ राजधानी दिल्लीमा पनि ठूलो वर्षासहित आँधी आएको थियो।
एउटा सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएको बताइएको छ। आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको प्रहरीले जनाएको छ। भयानक बन्दुकधारीलाई प्रहरीले गोली हानी मारिदिएका छन्। अमेरिकी इतिहासमा यो सबैभन्दा भयानकमध्येको एक गोलीकाण्ड हो। बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध नरहेको अधिकारीहरुले विश्वास गरेका छन्। बन्दुकधारीसँग एक जना महिलासँगै रहेको र उनको खोजी भइरहेको बताइएको छ।
काङ्ग्रेस उम्मेदवार कृष्णलाल भडेलले सत्तापक्षका नेकपा उम्मेदवार डिपी ढकाललाई परास्त गरेका हुन्। यसअघि उक्त निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपाका उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए। पुरानो विवाद तत्कालीन नेकपा एमालेका लामिछानेको निधनपछि उपचुनाव भएको हो। अघिल्लो चुनावमा पनि सुरुमा तत्कालीन माओवादीका ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको तर चर्को विवादपछि अन्तत: लामिछाने नै नेकपा उम्मेदवार बनाइएको बताइएको थियो। त्यसबारे पनि तत्कालीन एमाले र पूर्वमाओवादीको फरक-फरक मत छ। पूर्वएमाले पक्षले ढकालले विद्रोही उम्मेदवारी दिएर पछि फिर्ता लिएको बताउने गरेको छ। तत्कालीन माओवादी नेताहरूले भने ढकालनै आधिकारीक उम्मेदवार रहेको तर विवाद बढ्न नदिन उनले लामिछानेलाई समर्थन गरेको बताउने गरेका छन्। यसपटक पनि उम्मेदवार छनौट विवादपूर्ण बन्न पुगेको थियो। तत्कालीन माओवादीबाट ढकाललाई उम्मेदवार बनाउँदा तत्कालीन एमाले पक्षधरले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए। स्वर्गीय हरिशरण लामिछानेकी पत्नीसहित पूर्वएमालेका कैयौँ नेताहरू उम्मेदवारको दौडमा रहेका बताइएको थियो। तर पार्टी निर्णयमा अडिग रह्यो। कतिपयले उम्मेदवार छनौटमामा पार्टीले स्थानीय नेता र कार्यकर्ताहरूको भावना कदर गर्न नसक्दा चुनावमा पछि परेको ठानेका छन्। 'अनपेक्षित' परिणाम कसरी? आफ्नो हारलाई डिपी ढकालले अपेक्षित मानेका छैनन्। तर उनले विगतको विवादलाई हारको कारण मानेका छैनन्। चुनावी परिणामपछि बीबीसीसँग कुरा गर्दै उनले भने, "सुरुमा केही असर पर्छ कि भन्ने आकलन थियो। " "तर त्यसको खासै असर पछिसम्म बाँकी रहेन। पार्टी नेतृत्व र कार्यकर्ता पङ्क्ति मूलरूपमा एक थियो। " उनले राप्रपा (संयुक्त) र केही स्थानमा नेपाल मजदुर किसान पार्टीले पनि काङ्ग्रेसका उम्मेदवारलाई साथ दिएको बताए। ढकालले भने, "चुनावको पछिल्लो चरणमा सत्तापक्षीय दलविरुद्ध जसरी विपक्षी दलहरूको गठबन्धन बन्यो, त्यसलाई समयमै निस्तेज पार्न नसक्दा अपेक्षित परिणाम आएन। " तत्कालीन माओवादीको तर्फबाट नेकपा भक्तपुरका ईन्चार्ज दिलीप प्रजापतिले पनि हारको मुख्य कारण त्यसलाई नै मानेका छन्। तर काङ्ग्रेसका उम्मेदवारले अघिल्लो चुनावमा भन्दा बढी मत ल्याए पनि नेकपा उम्मेदवारको मत विगतभन्दा घटेको छ। 'एमाले-माओवादी कायम' भक्तपुरका सांसद् एवम् नेकपा केन्द्रीय सदस्य महेश बस्नेतका बुझाइमा पार्टी उम्मेदवार पछि पर्नुका दुई मुख्य कारण यस्ता छन्: नेकपा भक्तपुरमा एकतापछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने भावना कायम रहेको उनको भनाइबाट बुझिन्छ। कस्तो असर पर्ला? निर्वाचनको यस्तो परिणाम दुई दल एक भएर नेकपा बनिसके पनि एमाले र माओवादी भन्ने भावना अझै मेटिएको छैन् भन्ने सन्देश प्रवाह गरेको ठानिएको छ। तर नेकपा भक्तपुरका ईन्चार्ज प्रजापतिले भने, "अलिकति त्यो पनि हुनसक्ला तर मुख्य कारण त्यो होइन। " पूर्वमन्त्री बस्नेत प्रधानमन्त्री निकट नेता हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको घर भक्तपुर जिल्लामै छ। त्यसैले उक्त उपचुनावको नतिजालाई अर्थपूर्ण रूपमा हेरिने छ। र, पूर्वमाओवादी पङ्क्तिमा त्यसले एक खालको असन्तुष्टि र सन्देह बढाउन सक्ने कतिपयको ठम्याइ छ। तर अर्काथरीले चुनावमा यस्ता घात-अन्तर्घात र असन्तुष्टि सामान्य जस्तै भइसकेकाले नेकपाभित्र त्यसले ठूलै महत्त्व नपाउने विश्लेषण गर्छन्।
दक्षिण कोरियाले आफ्नो सेनाले पूर्वी तटीय क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको तस्वीर सार्वजनिक गरेको छ। प्योङयाङले छैठौं पटक परमाणु अस्त्र परीक्षण गरे लगत्तै दक्षिण कोरियाले त्यस्तो अभ्यास गरेको हो। 'लाइभ-फायर' अभ्यासको क्रममा लडाकू विमानबाट रकेट र जमिनबाट बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। चिन्ता उत्तर कोरियाली कदमलाई लिएर चीन र रुसमा गम्भीर चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले पछिल्लो सैनिक अभ्यास गरेको हो। चीनका राष्ट्रपति सि जिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली प्रायद्वीपमा तनाव कम गर्नु पर्नेमा जोड दिएका छन्। जापानले चाहिँ पछिल्लो परीक्षण क्षमा गर्नै नसकिने काम भएको बताएको छ। अमरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी उत्तर कोरियाको पछिल्लो परीक्षण यो दशकको छैठौं यस्तो खाले परीक्षण हो। प्रभाव पछिल्लो परिक्षणका बेला ६ म्याग्नीच्युड भन्दा ठूलो भूकम्पको धक्का महसुस् गरिएको थियो। कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम? त्यो कम्पनको असर उत्तर कोरियासँग जोडिएको चिनियाँ भूभागमा समेत परेको बताइएको छ। बीबीसीका प्रतिरक्षा तथा कुटनीतिक संवाददाता जोनाथम मार्कस भन्छन्, "वासिङ्टनमा ट्रम्प प्रशासनले जे जस्ता प्रतिक्रिया दिने गरेको भएपनि प्योङयाङले निकै तीव्र गतिका परमाणु अस्त्रको विकास गरिरहेको छ। त्यो धेरैले अपेक्षा गरेभन्दा फरक परिस्थिति हो। "
मरवाह द्वीपमा उत्खनन गर्ने क्रममा आठ हजार वर्ष पुरानो उक्त मोती फेला परेको थियो। उत्खननका क्रममा यूएईको प्राचीन वास्तुकलाबारे पनि थाहा भएको छ। त्यस क्षेत्रमा नवपाषाणयुगदेखि नै मोतीको व्यापार हुने गरेको उत्खननले देखाएको अधिकारीहरू बताउँछन्। यसै महिनाको अन्त्यतिर अबु धाबीस्थित सङ्ग्रहालयमा उक्त मोती प्रदर्शनीका लागि राखिनेछ। आबु धाबीको संस्कृति तथा पर्यटन विभागका अध्यक्ष मोहम्मद खालिफा अल मुबारक भन्छन्, "अबु धाबीमा फेला पारिएको विश्वकै सबैभन्दा पुरानो मोतीले हाम्रो आधुनिक आर्थिक र सांस्कृतिक इतिहासको गहिरो जरा प्रागैतिहासिक बिहानीमै पुग्ने स्पष्ट पारेको छ। " उत्खनन गर्दा एउटा कोठाको भुइँमा यो सानो मोती भेटिएको थियो पुरातत्वविद्हरूले जैविक पदार्थ भएको वस्तुको आयु पत्ता लगाउने रेडियोकार्बन डेटिङ विधि प्रयोग गरेर उक्त मोती इसापूर्व ५८०० देखि ५६०० बीचको हुन सक्ने बताएका छन्। प्रयोग त्यो समयमा मोती गहना बनाउन प्रयोग भएको हुन सक्ने र प्राचीन इराक रहेको मेसोपोटामिआसँग माटोका वस्तु र अन्य सामग्री किन्न प्रयोग हुने यूएईका विज्ञहरू बताउँछन्। मरहवा द्वीपमा गरिएको उत्खनन ध्वस्त भएका ढुङ्गे संरचनाहरूमा केन्द्रित थियो। त्यस क्रममा माटोबाट बनेका वस्तु, सिपी र पत्थरबाट बनेका माला र विशेष खालको पत्थरबाट बनेको तीरको टुप्पो भेटिएको थियो। "अबु धाबी पर्ल" नाम दिइएको उक्त मोती अक्टोबर ३० देखि सुरु हुने लूभ्र अबु धाबी प्रदर्शनीमा राखिनेछ। यो पनि पढ्नुहोस्
कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्। 'नम्बर टेन' भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई "बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने" जनाएको छ। प्रवक्ताले थपे: "उहाँ एकदमै राम्रो मनस्थितिमा हुनुहुन्छ। " स्वास्थ्यमा सुधार कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो। उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो। उनको स्वास्थ्य स्थितिमा "क्रमिक सुधार आएको" र उपचारका क्रममा आफूले पाएको "उत्कृष्ट सेवा" का लागि उनले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताए। यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु "शुभ समाचार" भएको बताए। प्रशंसा स्वस्थ्य मन्त्री म्याट ह्यानककले भने: "प्रधानमन्त्री सघन उपचार कक्षबाट बाहिर निस्किएर निको हुने बाटोमा लाग्नु एकदमै राम्रो भयो। एनएचएस हामी सबैका लागि हो र मलाई थाहा छ हाम्रा एनएचएसका कर्मचारीले जोनसनलाई विश्वस्तरीय सेवा दिएका छन्। " हालै निर्वाचित लेबर नेता सर किर स्टार्मरले पनि "शुभ समाचार" को स्वागत गर्दै ट्वीट गरे: "शीघ्र स्वास्थ्यलाभको यो शुरूवात भएको आशा गर्छु। " यसैबीच, "सेवा गर्नेका लागि ताली" नामक तेस्रो कार्यक्रममा युकेभरि मानिसहरूले एनएचएसका कर्मचारी र महामारीविरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने अन्य कामदारको प्रशंसा गरेका छन्।
नेपालको सबैभन्दा ठूलो खेलकुद पुरस्कार नेपाल खेलकुद पत्रकार मञ्चले विश्व खेलकुद पत्रकार दिवसका दिन प्रदान गर्ने गर्दछ। दशवटा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ। नेपाल स्पोर्ट्स अवार्डमा कसले कुन कुन पुरस्कार प्राप्त गरे? उत्कृष्ट पुरुष खेलाडी: युकेश गुरुङ एसियाली खेलकुद एसियाडमा रजत पदक जितेको पाराग्लाइडिङ टोलीका सदस्य गुरुङले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै सर्वाधिक स्कोर गरेका थिए। इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो। गुरुङले स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ल्डकपका कांस्यपदक पनि जितेका थिए। उत्कृष्ट महिला खेलाडी: सावित्रा भण्डारी नेपाली महिला फुटबलकी आइकन बन्न सफल भण्डारीले भारतमा भएको 'अन्तर्राष्ट्रिय हिरो गोल्डकप'मा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन्। नेपालले भारतलाई इतिहासमा पहिलो पटक हराउँदा दुवै गोल उनले नै गरेकी थिइन्। विराटनगरमा सम्पन्न महिला साफ च्याम्प्यिनसीपमा नेपाललाई उपविजेता बनाउने क्रममा उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन सफल भएकी हुन्। भण्डारीले नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुर्याउन समेत भूमिका निर्वाह गर्नुका साथै घरेलु महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरेकी थिइन्। मनोनयनमा फुटबलकी भण्डारीसँगै, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ थिए। उत्कृष्ट युवा खेलाडी: अजितकुमार यादव एथलेटिक्सका किशोर प्रतिभा यादवलाई चिन्ने कमै थिए तर हङकङमा सम्पन्न तेस्रो एसियन युथ एथलेटिक्स च्याम्पियनसीपमा ३, ००० मिटर दौडमा स्वर्ण पदक जितेपछि उनी चर्चित भए। नेपालबाट प्रतियोगितामा एकमात्र प्रतिनिधि खेलाडीका रूपमा सहभागी उनले प्राप्त गरेको सफलताले धेरैलाई चकित तुल्यायो। उनले कतारमा भएको २३औं एसियन एथलेटिक्स च्याम्पियनसीपमा राष्ट्रिय किर्तिमानमा सुधार गरे भने घरेलु प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डमा ३, ००० मिटर र १, ५०० मिटर दौडसहित अन्य तीन प्रतियोगिता जिते। मनोनयनमा यादवसहित ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योन्जन र कराँतेका विजय श्रेष्ठ थिए। लोकप्रिय खेलाडी: रेश्मा भण्डारी भलिबलकी भण्डारीले पिपुल्स च्वाइस अवार्डको उपाधि जितिन्। आम नागरिकको एसएमएस मत, फेसबुक लाइक र खेलपत्रकारहरूको मतको आधारमा छानिने यो विधामा रेश्माले कुल मतको ३२ प्रतिशत प्राप्त गरेकी छन्। दोस्रो स्थानकी फुटबलकी सावित्रा भण्डारीले २९ प्रतिशत मत प्राप्त गरिन्। मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने रहेका थिए। पारा खेलाडी: मनकेसी चौधरी चौधरी नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीकी प्रमुख खेलाडी हुन्। सन् २०१४ मा नेपालमा ब्रिटेनसँग खेलेको तीनवटै टी-२० खेल जित्दा उनी सबै खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। गतवर्ष पाकिस्तानमा खेलिएको चार खेलको शृङ्खलामा सर्वाधिक एक सय ८३ रन जोडेकी उनी दुई खेलमा प्लेअर अफ दि म्याच घोषित भइन्। आंशिक दृष्टिविहीन खेलाडीहरूमध्ये उनी प्लेयर अफ द सिरिज भइन्। लाइफटाइम एचिभमेन्ट अवार्ड: हरिबहादुर रोकाया विकट कर्णालीमा जन्मिएर नेपाली एथलेटिक्सलाई विश्व सामु चिनाउन रोकायाको महत्वपूर्ण भूमिका रहेको ठानिन्छ। कर्णालीबाट विसं २०४१ सालको राष्ट्रिय एथलेटिम्स च्याम्पियनसीपमा खाली खुट्टा दौडिएर दुईवटा कांस्यपदक जितेका रोकायाले ९० को दशकमा दुई ओलम्पिक, दुई एसियाली खेलकुद र दुई एसियाली च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गरेका थिए। तेस्रो दक्षिण एसियाली खेलकुदमा कांस्यपदक जितेका रोकायाले विश्वको सबैभन्दा अग्लो स्थानमा हुने साहसिक दौड तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन तीनपल्ट जिते र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए। सन् २००० मा प्रतियोगिता जित्दा उनले बनाएको तीन घण्टा ५० मिनेट २३ सेकेण्डको कीर्तिमान अझै कायम छ। सन्न्यासपछि रोकायाले कर्णालीमा आफूजस्तै धावक उत्पादन गर्न स्पोर्ट्स एकेडेमी स्थापना गरेका छन्। विशेष पुरस्कार: रोहित चन्द फुटबलका चन्द इन्डोनेसियामा स्थापित व्यवसायिक खेलाडी हुन्। कतिपयले गत वर्ष इन्डोनेसियाको घरेलु लिगमा उनले गरेको प्रदर्शनले नेपाली फुटबलमा मानक नै स्थापित गरिदिएको ठान्छन्। पर्सिजा जाकार्तालाई लिग विजेता बनाउन उनले प्रमुख भूमिका निर्वाह गरेको बताइन्छ। युरोप र दक्षिण अमेरिकी खेलाडीलाई समेत उछिन्दै उनी लिगकै 'मोस्ट भ्यालुएल प्लेयर' चुनिए। प्रायः 'बक्स टु बक्स मिडफिल्डर' का रूपमा खेल्ने चन्द नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी हुन्। रोहित चन्द उत्कृष्ट टोली: पाराग्लाइडिङ पाराग्लाइडिङ टोलीले एसियाली खेलकुद एसियाडमा रजत पदक जितेको थियो। इन्डोनेसियामा पाराग्लाइडिङको पुरुष क्रसकन्ट्री स्पर्धामा जितेको नेपालको त्यो एसियाडको दोस्रो रजत पदक हो। नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए। उत्कृष्ट प्रशिक्षक: योगेश भट्टराई बीस वर्षपछि नेपाललाई एसियाडमा रजत पदक दिलाउन योगदान दिएको श्रेय पाएका भट्टराई मुख्य प्रशिक्षक हुँदा नेपालमा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ल्डकपमा पनि नेपाली टोलीले कांस्यपदक जित्न सफल भएको थियो। उनले एथ्लेटिक्सका धनिराम चौधरी, फुटबलका हरि खड्का, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई उछिन्दै पुरस्कार जितेका हुन्। पुरस्कार वितरण समारोहमा पाकिस्तानी खेलपत्रकार अम्जद अजिज मलिकलाई अन्तर्राष्ट्रिय खेल पत्रकारका रूपमा सम्मानित गरिएको छ।
स्भाल्बार्ड सीड ब्याङ्क सबभन्दा पहिले सन् २००८मा खोलिएको थियो। बढ्दो विश्व तापमानका कारण संकटमा पर्न थालेका बीउबिजन संरक्षणमा कटिबद्ध भण्डार स्भाल्बार्ड सीड ब्याङ्कमा विश्वका ४० प्रतिशतभन्दा बढि प्रजातिका बोटबिरुवाका बीउ संकलित र सुरक्षित राखिएका छन्। समय, प्रकृति र मानवद्वारा उत्पन्न चुनौतीहरूबाट बीउ बचाउने उद्देश्यले १० वर्ष पहिले बनाइएको सो भण्डारमा पछिल्लो समय अपेक्षा गरेभन्दा धेरै वर्षा र हिउँ परिरहेको छ। समस्या तापक्रम झनै घटिरहेका कारण जमिनमुनिको गहिरो भण्डारको पर्वततर्फ पानी चुहिन थालेको बताइएको छ। आवश्यकताभन्दा बढी न्यानो वा चिसो अवस्थाबाट पर्ने असर कम गरी त्यो भण्डारमा आगामी सन् २०१९ को मे महिनासम्ममा विशेष चिस्यान प्रणाली र नयाँ सुरुङहरू निर्माण गर्ने योजना बनाइएको छ। पाँच हजार वर्षअघि हिममानवले के खान्थे? नेपाल धानमा आत्मनिर्भर कहिले होला
धेरै स्थानमा कोरोनाभाइरस सङ्क्रमण अझ तीव्र गतिमा फैलिरहेको छ। अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कमा अमेरिका, ब्रजिल र भारतमा मात्र ज्यान गुमाउनेहरूको सङ्ख्या कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको कूल सङ्ख्याको झन्डै आधा छ। विज्ञहरूले मृतकको सङ्ख्या अझै बढी भएको हुनसक्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले स्तब्धता व्यक्त गर्दै उक्त सङ्ख्यालाई "पीडादायक कोसेढुङ्गा" को सङ्ज्ञा दिएका छन्। "प्रत्येक व्यक्तिको जीवनबाट हामीले दृष्टि हटाउनु हुँदैन, " उनले एउटा भिडिओ सन्देशमा भने। "उनीहरू आमा र बुवा, पति र पत्नी, दिदीबहिनी र दाजुभाइ, साथी र सहकर्मी थिए। यो रोगको बर्बरताका कारण पीडा बढेको छ। " चीनको वुहानमा पहिलो पटक देखिएको झन्डै १० महिनामा कोरोनाभाइरसका कारण विश्वभरि ज्यान गुमाउने मानिसको सङ्ख्या त्यति पुगेको हो। अहिलेसम्म १८८ वटा देशमा कोरोनाभाइरस पुगिसकेको तथा तीन करोड २० लाख मानिसमा सङ्क्रमण पुष्टि भइसकेको छ। रोग नियन्त्रणका लागि अवलम्बन गरिएका 'लकडाउन' तथा अन्य उपायहरूले विभिन्न देशमा आर्थिक मन्दी देखा परेको छ। अहिले कोभिड-१९ विरुद्ध खोप बनाउने प्रयास भइरहेको छ। विश्व स्वास्थ्य सङ्गठनने सर्वसुलभ तरिकाले खोप उपलब्ध हुनुअघि २० लाख मानिसको मृत्य हुने चेतावनी दिएको छ। अमेरिकामा अहिलेसम्म दुई लाख ५, ००० मानिसको कोभिड-१९ का कारण मृत्यु भएको छ। त्यसपछि ब्रजिलमा १, ४१, ७०० र भारतमा ९५, ५००० सङ्क्रमितले पनि ज्यान गुमाइसकेका छन्। कोरोनाभाइरस कहाँ तीव्र गतिमा फैलिँदैछ? अमेरिकामा ७० लाख मानसिमा कोभिड-१९ पुष्टि भएको छ। यो विश्वभरि फेला परेका सङ्क्रमितमध्ये पाँच भागको एक भाग हो। जुलाई महिनामा दोस्रो लहर सुरु भएपछि सङ्क्रमितको सङ्ख्या अगस्टमा घटेको थियो। तर फेरि बढ्न थालेको देखिन्छ। भारतमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ। त्यहाँ केही सातादेखि प्रत्येक दिन ९०, ००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। त्यहाँ अहिलेसम्म ६० लाख जनामा अर्थात् अमेरिकापछि उच्च सङ्ख्यामा कोभिड-१९ पुष्टी भएको छ। तर भारतमा जनसङ्ख्याको तुलनामा मृत्युदर थोरै छ। ल्याटिन अमेरिकामा ब्रजिलमा सर्वाधिक सङ्क्रमित भेटिएका छन्। अहिलेसम्म ४७ लाख जना सङ्क्रमित भेटिएको उक्त देश शीर्षस्थ तेस्रो स्थानमा छ। यो पनि हेर्नुहोस् के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?
चिनियाँ उत्पादनमा अमेरिकाले कर बढाए आवश्यक जवाफी कदमबाट बदला दिने बेइजिङले बताएपछि उनको यस्तो टिप्पणी आएको हो। शुक्रवार ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा कर दोबर बनाउने बताएका थिए। यति हुँदा हुँदै पनि यी दुई देशबीचको व्यापार वार्ता बिहीवार अमेरिकाको वाशिङटनमा हुँदैछ। अमेरिकाले व्यापार युद्ध थाल्योः चीन ‘व्यापार युद्ध वास्तविकतामा परिणत भइसक्यो’ व्यापार युद्ध चाहन्नौँ, थोपरिए तर्सन्नौँ: चीन चीन-अमेरिका व्यापार युद्धको 'व्यापक' असर पर्ने राष्ट्रसंघको चेतावनी आरोप चीनका एकजना शक्तिशाली अधिकारी उपप्रधानमन्त्री लियु हेले चिनियाँ प्रतिनिधिको नेतृत्व गर्नेछन्। विदेशी अर्थतन्त्र मामिलाका जानकार लियु हार्वर्डमा पढेका हुन् र राम्रो अङ्ग्रेजी बोल्छन्। वार्ता हुनुअघि ट्रम्पले व्यापारबारे अमेरिकाले वार्ता गरिरहेका बेला चीनका नेताले सम्झौता तोडेको आरोप लगाएका हुन्। "उनीहरूले सम्झौता तोडेका छन्… उनीहरूले त्यसो गर्न सक्दैनन्। त्यसैले उनीहरूले अब कर तिर्नुपर्छ, " फ्लोरिडामा भएको र्यालीमा ट्रम्पले आफ्ना समर्थकहरू समक्ष बताए। चीन बदला लिन तयार उनले यदि दुवै पक्षले सम्झौता गर्न नसके "वर्षको १ सय अर्ब डलर लिनु कुनै गलत नहुने" बताएका छन्। बेइजिङस्थित वाणिज्यमन्त्रीले चीनले हस्ताक्षर हुने प्रक्रियामा रहेको सम्झौता तोडेको भन्ने राष्ट्रपति ट्रम्पको दावीको खण्डन गरेका छन्। चिनियाँ पक्षले सम्झौताको मस्यौदामा महत्त्वपूर्ण परिवर्तनहरू गरेको केही खबरहरूमा जनाइएको छ। व्यापार युद्धको खतरा तर एक अधिकारीले भने, "चिनियाँ नागरिकहरू हाम्रा भनाइमै टिकेका छन् र यो कहिल्यै पनि परिवर्तन भएको छैन। " वाशिङटनले आफ्नो योजना अनुसार १ सय ५० प्रतिशत कर बढाए त्यसको बदला लिन चीन पूर्ण रूपमा तयार रहेको पनि उनले बताए। हालैमात्रै दुई पक्ष व्यापार युद्ध अन्त्य गर्नका लागि सम्झौता नजिक पुगेको देखिएको थियो। तर आइतवार ट्रम्पले एउटा ट्वीट गर्दै २ सय अर्ब डलर बराबरका सामानमा अमेरिकाले कर बढाउने र अन्य नयाँ करहरू पनि लगाउन सक्ने बताएका थिए। अमेरिका-चीन व्यापार युद्ध, पीडित बाँकी विश्व पनि
कोभिडका बिरामीका लागि आवश्यक अक्सिजन र औषधिबारे सामाजिक सञ्जालमा विज्ञापन प्रकाशित हुने गरेको छ बिहानदेखि बेलुकासम्म उनीहरूले इन्स्टाग्राममा आफ्ना सन्देशमा केही परिमार्जन गर्छन्, ह्वाट्स्एप ग्रूपमा सन्देश लेख्छन् र फोन नम्बर भएका आफ्ना डायरीका पाना पल्टाइराख्छन्। अस्पतालका शय्या, अक्सिजन, रेम्डेसिभिर र प्लाज्माको खोजीमा उनीहरू जुटिरहेका हुन्छन्। त्यहाँ एकदम भद्रगोल र चापाचाप छ। एउटा ह्वाट्स्एप सन्देश पुग्न थाल्छः “दुईवटा आईसीयू शय्या खाली”। तर केही मिनेटपछि त्यो अरूले नै पाइसकेको सन्देश आउँछ। जो पहिला पुग्छ उसले पाउँछ। अर्को सन्देशः “तत्काल अक्सिजन कन्सन्ट्रेटर चाहियो। कृपया सहयोग गर्नुहोस्। ” भारतमा स्वास्थ्य प्रणाली भताभुङ्ग भइरहँदा जीवन र मृत्युबीच समुदाय, स्वयंसेवा र भाग्य उभिएको देखिन्छ। तर आपूर्तिभन्दा माग धेरै भइरहेको र कुर्नलाई बिरामीसँग पर्याप्त समय हुँदैन। केही दिनअघि मैले यो समाचार लेख्न आरम्भ गर्दा आफ्ना काकाका छोराका लागि ह्वाट्स्एपमार्फत् अक्सिजनको जोहो गरिरहेका उत्तर प्रदेशका एक पुरुषसँग कुरा गरेकी थिएँ। मैले यो समाचार लेखिसक्दा ती बिरामीको ज्यान गइसकेको रहेछ। आफ्ना प्रियजनको जीवनरक्षाका निम्ति सहयोग खोजिरहेका अन्य मानिसहरू थकित र निराश देखिन्छन्। “भारतमा अहिले बिहानको ६ बजेको छ र यति बेलादेखि हामी सहयोगका लागि फोन गर्न सुरु गर्छौँ। ” अवानी सिंहका दिल्लीमा बस्ने ९४ वर्षीय हजुरबुवालाई पनि कोभिड-१९ भएको छ “सम्बन्धित दिनमा हाम्रा हजुरबुवालाई अक्सिजन अथवा सुई के चाहिएको छ त्यो हेरेर ह्वाट्स्एपमार्फत् खोज्न सुरु गर्छौँ र हामीले चिनेका सबैलाई फोन गर्छौँ, ” अवानी सिंहले भनिन्। दिल्लीमा उनका ९४ वर्षीय हजुरबुवा कोभिड-१९ बाट सिकिस्त छन्। संयुक्त राज्य अमेरिकास्थित आफ्नो घरबाट अवानी र उनकी आमा अमृताले सहयोग पाउनका लागि गर्नुपरेको सङ्घर्षबारे सुनाए। “हामीले थाहा पाएसम्मका सबैतिर लागिपरेका हुन्थ्यौँ। मैले सामाजिक सञ्जाल हेरिरहेकी थिएँ त्यहाँ मैले फलो गरेका पेजहरूमा ‘फलानो फलानो ठाउँमा आईसीयू शय्या खाली छ’ अथवा ‘यो ठाउँमा अक्सिजन पाइन्छ’ भन्ने सन्देश थिए। हामीले झन्डै २०० ठाउँमा प्रयास गर्यौँ, ” अवानीले भनिन्। अन्ततः एकजना स्कूले साथीमार्फत् उनीहरूले एउटा अस्पतालमा शय्या खाली रहेको थाहा पाए तर त्यहाँ अक्सिजन उपलब्ध थिएन। त्यति बेलासम्म अवानीका हजुरबुवा अचेत भइसकेका थिए। “त्यसपछि सहयोगका लागि मैले फेसबुकको सहारा लिएँ र एकजना साथीमार्फत् अक्सिजनको उपलब्धतासहित आकस्मिक सेवा दिने शय्या खाली रहेको पायौँ। ती साथीको सहयोगले गर्दा त्यो रात मेरो बुवा बाँच्न सफल हुनुभयो, ” अमृताले भनिन्। भारतमा कोभिड-१९ पीडितका आफन्तहरूको चित्कार त्यो दिन हामीले कुरा गर्दा उनको अवस्थामा सुधार आएको देखियो। तर त्यसपछि अवानी र अमृताले गर्नुपर्ने काम भनेको रेम्डेसिभिर पाउनु थियो। उनीहरूले फोन गरे र अमृताका भाइले त्यसको खोजीमा दिनमा १६० किलोमिटरसम्मको गाडीमा यात्रा गरे। अर्पिता चौधरी र लेडी श्रीराम कलेजका अरू विद्यार्थीले अनलाइन सूचना संयोजन गर्न एउटा समूह बनाए “मेरो हजुरबुवा मेरो सबैभन्दा राम्रो साथी हुनुहुन्छ। इन्स्टाग्राम पेज चलाइरहेका यी मानिसहरूलाई र उनीहरूले गरिरहेका कामका लागि जति धन्यवाद दिए नि कम हुन्छ, ” अवानीले भनिन्। तर सन्देशहरूको औचित्य छिट्टै सकिन्छ र मानिसहरूलाई गलत सन्देशबारे चिन्ता पनि हुन्छ। “एउटा फार्मेसीमा सुई पाउने भनेर थाहा पायौँ तर मेरो काकाको छोरा त्यहाँ पुगुन्जेल औषधि सकिइसकेको थियो। बिहानको साढे ८ बजे फार्मेसी खुलेको थियो र मानिसहरू लाइन बसिरहेका थिए। एक सय जनाले मात्रै पाए, ” उनले भनिन्। अर्पिता चौधरी र लेडी श्रीराम कलेजका अरू विद्यार्थीले अनलाइन सूचना संयोजन गर्न एउटा समूह बनाएका छन् अमृताका अनुसार “१, २०० भारुमा पाइने औषधि कालोबजारमा १, ००, ००० भारुसम्ममा” बेच्ने गरिएको छ। भद्रगोलबीच समुदायका मानिसहरूको समूह बनाएर र इन्स्टाग्राम खातामार्फत् सम्पर्क नम्बरहरू आदानप्रदान गरेर केही मानिसहरूले थिति बसाल्ने र सूचनालाई केन्द्रित गर्ने प्रयास गरिरहेका छन्। राजधानी दिल्लीमा २० वर्षीया अर्पिता चौधरी र उनको कलेजका साथीहरूले सूचनाको अनलाइन डेटाबेस चलाइरहेका छन् जहाँ उनीहरूले सूचना सङ्कलन तथा त्यसको पुष्टि आफैँले गर्छन्। “प्रत्येक घण्टा, प्रत्येक मिनेट परिवर्तन भइरहेको छ। पाँच मिनेटअघि एउटा अस्पतालमा १० वटा शय्या खाली रहेको मलाई जानकारी गराइएको थियो तर मैले अहिले फोन गर्दा खाली नभएको भनियो, ” उनले भनिन्। शुक्रवार उत्तर प्रदेशको गोरखपुरका आदित्य गुप्ताले गम्भीर बिरामी रहेका आफ्ना काकाको छोरा सौरभ गुप्ताका लागि अक्सिजन कन्सन्ट्रेटर खोजिरहेको मलाई बताएका थिए। अर्पिता चौधरी ह्वाट्सएपमा पुष्टि गरिएका सन्देशहरू पठाउँछिन् पेसाले इन्जिनियर रहेका ३० वर्षीय सौरभ परिवारका लागि गर्व र खुसीका स्रोत थिए। सानो पसल थापेका उनका बुवाले छोराको अध्ययनका लागि पैसा बचत गरेका थिए। “हामीले गोरखपुरका लगभग सबै अस्पताल चहार्यौँ। ठूला अस्पतालमा शय्या खाली थिएन र बाँकीले भने - यदि तपाईँहरू आफैँले अक्सिजनको व्यवस्था गर्न सक्नुहुन्छ भने हामी बिरामीलाई राख्न सक्छौँ, ” आदित्यले सुनाए। ह्वाट्स्एपमार्फत् उनको परिवारले अक्सिजन सिलिन्डर त पायो र त्यसलाई चलाउनका निम्ति कन्सन्ट्रेटर चाहिएको थियो। परिवारले ३० वर्षीय सौरभको बिहे गरिदिन वधूको खोजिरहेको थियो तर बजारमा त्यो सकिइसकेको थियो। यद्यपि एक आपूर्तिकर्ताले एउटा उपलब्ध गराउन सकिने आश्वासन दिएका थिए। तर अत्यावश्यक उक्त उपकरण न उनीहरूले पाए न सौरभलाई अस्पताल भर्ना गर्न नै सकियो। आदित्यले भने, “हिजो बिहान हामीले उसलाई गुमायौँ। आमाबुवाकै अगाडि उसको मृत्यु भयो। ” यो पनि हेर्नुहोस् कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?
मोहम्मद सुल्तानबाट अहिले जन सुल्तान बनिसकेका छन्। दिल्लीको उत्तम नगरस्थित रोहिंज्या बस्तीमा बस्दै आएका जन सुल्तानले फेसबुकमा र साथीहरुमाझ इसाई धर्मको प्रचारप्रसार गर्दै आएका छन्। सुल्तान मात्रै होइनन् उनको बस्तीमा बस्ने करिब १२० जनाले इसाई धर्म मान्न थालेका छन्। के रोहिंज्या भारतका लागि सुरक्षा खतरा हुन्? रोहिंज्या संकटमा मोदीको हिन्दु कार्ड! ईसाई नाम उक्त बस्तीमा गिर्जाघर पनि छ र उनीहरु त्यहाँ प्रार्थना गर्न जान्छन्। अचेल सो बस्तीमा जन्मिने बच्चाहरुको इसाई नाम राख्न थालिएको छ। सोही बस्तीमा बस्ने कबीरका तीनजना छोराछोरी छन्: रुबीना, फारमीन र स्यामुअल। १३ वर्षीया रुबिना र ७ वर्षीया फारमीनको म्यानमारमा जन्म भएको थियो भने सात महिना पहिले स्यामुअल भारतमा जन्मिएका हुन्। शरणार्थी बस्तीमा बस्ने हकीमले भारत आएपछि जन्मिएका आफ्नो छोराको नाम पिटर राखेको बीबीसीलाई बताए। इसाई नाम राख्नुको कारणबारे उनले बीबीसीलाई भने, "यो नामको चर्चा बाइबलमा पनि गरिएको छ। हामी ईशुलाई मान्दछौँ, त्यही भएर त्यो नाम राखेको हुँ। " प्रतिबन्ध शरणार्थी बस्तीको ठ्याक्कै अगाडि गिर्जाघर पनि छ तर उनीहरु त्यहाँ जांदैनन्। आफूहरुलाई त्यहाँ जान प्रतिबन्ध लगाइएको जन सुल्तानले बताए। उनले भने, "हाम्रो बस्तीभित्रै गिर्जाघर छ। अगाडिको गिर्जाघरमा हामी जांदैनौँ। त्यो क्याथोलिकहरुको गिर्जाघर हो तर हामीहरु प्रोटेस्टेण्ट हौँ। " शरणार्थी बस्तीका अर्का रोहिंज्या करिमले हरेक आइतवार आफूहरुले गिर्जाघरमा सामूहिक प्रार्थना गर्ने गरेको बताए। जन सुल्तान अंग्रेजी बोल्छन् र आफ्नो फेसबुक प्रोफाइलमा अंग्रेजीमै लेख्छन्। रोहिंज्याहरुमाथि म्यानमारमा हुने गरेका आक्रमण र इसाई धर्मसँग सम्बन्धित विषयमा उनले लेख्ने गरेका छन्। सहयोग जन सुल्तानले धर्म परिवर्तनसँग सम्बन्धित एउटा भिडिओ पनि आफ्नो फेसबुकमा राखेका छन् जसमा इसाई बन्ने कथा छ। बाइबलका उपदेश पनि उनले फेसबुकमा लेख्ने गरेका छन्। शरणार्थी बस्तीमा बस्ने रोहिंज्याहरुलाई विभिन्न धार्मिक संगठनले सहयोग गरिरहेका छन् र जन सुल्तान तिनीहरुमध्ये एउटा संगठनमा आबद्ध छन्। हालै १० कक्षाको परीक्षा दिएका जन सुल्तान अध्ययनबाहेक फुटबल पनि खेल्छन्। रोहिंज्या शरणार्थीहरुको बस्ती चारैतिरबाट पर्खालले घेरिएको छ र आफूहरु बस्दै आएको जग्गाको उनीहरुले भाडा तिर्छन्। हकिमले भने, "हामी यहाँ डेढ वर्षदेखि बसिरहेका छौँ। पहिलो वर्ष भाडावापत २ लाख रुपैयाँ तिरेका थियौँ भने भाडा बढेकोले अर्को वर्ष २ लाख २० हजार तिर्नुपर्यो। " निगरानी त्यहाँ बस्दै आएका सबैले मिलेर जग्गाको भाडा तिर्ने गर्छन् र महिला तथा बालबालिकासहित प्रति एकजना २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। बस्तीमा सीसीटीभी जडान गरिएका छन् भने प्रवेशद्वारमा 'वाच टावर' राखिएको छ जसबाट बस्तीमाथि निगरानी गरिन्छ। अपरिचितलाई बस्तीमा जान निषेध गरिएको छ। त्यहाँ बस्ने महिलाहरु आपसमा बर्मेली भाषामा कुरा गर्छन् र बाहिरी दुनियाँसँग उनीहरुको सम्पर्क हुँदैन। पुरुषहरु काम गर्न बाहिर जान्छन् तर उनीहरु पनि बाहिरका मानिसहरुसँग घुलमिल हुँदैनन्। शरणार्थी बस्तीमा धुमधामका साथ क्रिसमस मनाइन्छ र आउँदो क्रिसमसको तयारीका लागि युवाहरुले योजना बनाइरहेका छन्। विचाराधीन परिवारका ६ जनालाई पालिरहेका हकीम भन्छन्, "अब हामी मुस्लिम रहेनौँ, हामीलाई इसाई धर्म राम्रो लाग्छ। " भारतमा करिब ४० हजार रोहिंज्या शरणार्थी छन् र उनीहरु विभिन्न राज्यमा बस्दै आएका छन्। उनीहरुमध्ये करिब १६ हजारले राष्ट्रसंघीय शरणार्थी निकायबाट परिचयपत्र पाएका छन्। तर हालसालै भारतीय गृह राज्यमन्त्री किरण रिजुजुले सबै रोहिंज्यालाई उनीहरुको देश फिर्ता पठाइने बताएका थिए। त्यसबारे भारतको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। रोहिंज्या शरणार्थीबारेको रिटमाथि गत शुक्रवार सुनुवाई गर्दै सर्वोच्च अदालतले मुद्दाको किनारा नलागेसम्म रोहिंज्याहरुलाई स्वदेश फिर्ता नपठाउन आदेश दिएको थियो। असंवैधानिक उक्त मुद्दाको सुनुवाई नोभेम्बर २१ तारिखसम्मका लागि स्थगित गरिएको छ। उत्तम नगर वरपर बस्ने मानिसहरुका अनुसार पहिला रोहिंज्याले आफूहरु मुस्लिम भएको बताउने गर्दथे। एक महिलाले भनिन्, "पहिला-पहिला उनीहरुले आफूलाई मुस्लिम भन्दथे र सेतो टोपी पनि लगाउँथे, तर अहिले उनीहरु गिर्जाघर जान थालेका छन्। " रोहिंज्या शरणार्थीका लागि काम गर्दै आएको जकात फाउण्डेशन अफ इण्डियाका अध्यक्ष डा. सय्यद जफर महमुद धर्म परिवर्तन मान्छेको व्यक्तिगत मामिला भएको बताए। उनले भने, "यदि रोहिंज्याहरु आफैंले धर्म परिवर्तन गर्ने निर्णय गरेका हुन् भने त्यो उनीहरुको अधिकारको कुरा हो, तर जबरजस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराइन्छ भने त्यो असंवैधानिक हुन्छ। " उनले रोहिंज्याका लागि काम गर्दै आएका संगठनहरुले शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायका बैठकहरुमा धर्म परिवर्तनबारे कुनै कुरा नराखेको बताए।
ट्रम्प आफ्ना अभिव्यक्तिका कारण पटकपटक विवादमा तानिने गरेका छन् प्रष्टीकरण भनी जारी गरिएको आफ्नो वक्त्व्यमा ट्रम्पले महिलालाई नभइ गर्भपतन गराउने चिकित्सकलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। बदलाव यो मामिलामा महिला, उनको पेटमा हुर्किरहेको भ्रूणजस्तै पीडित रहेको ट्रम्पको वक्त्व्यमा उल्लेख छ। वक्त्व्यअघिको टिप्पणी ट्रम्पले एमएसएनबीसी समाचार च्यानलसंगको अन्तर्वार्ताका क्रममा गरेका थिए। उक्त टिप्पणीलाई राष्ट्रपति पदकी डेमोक्र्याटिक आकांक्षी हिलरी क्लिन्टनले डरलाग्दो भनी व्याख्या गरेकी छन्। डेमोक्रयाटिक आकांक्षी हिलरी क्लिन्टनले ट्रम्पको टिप्पणीलाई डरलाग्दो भनी व्याख्या गरेकी छन् विश्लेषकहरुलाई गर्भपतनबारेको ट्रम्पको विचारलाई अस्थिर भनेका छन्। अडान कुनै बेला गर्भपतनको अधिकारको पक्षपाती रहेका ट्रम्प अहिले बलात्कार, अन्य आपराधिक घटना र महिलाको ज्यान खतरामा रहँदा बाहेकका अवस्थामा गर्भपतनलाई प्रतिबन्धित गरिनुपर्ने धारणा राख्छन्। उक्त विचारले उनलाई रिपब्लिकन पार्टीको मूलधारको दृष्टिकोणबाट अलग बनाउँदैन तर गैरकानुनी गर्भपतन गराउने महिलालाई के गर्ने भन्नेबारेको उनको धारणाले मानिसहरुलाई झुक्याइरहेको छ। देशकै सबैभन्दा उच्च पदमा पुग्ने आकांक्षासहित चुनावी मैदानमा रहेका व्यक्तिलाई यस्ता अस्थिर अडानहरुले साधारणतया हानी पुर्याउँछ। तर ट्रम्पले के देखाएका छन् भने उनका समर्थकहरु झिना मसिना कुरा भन्दा उनले दिने गरेको राजनीतिज्ञ विरोधी सन्देशबाट बढी प्रभावित छन्।
एक करोड ६० लाखभन्दा बढी अमेरिकीहरूको मत गन्ने कार्य जारी रहँदा धमिलो चित्र केही स्पष्ट हुन लागेको हो कि जस्तो देखिँदैछ। मिशिगन र विस्कन्सिनमा बाइडनको जित हुने प्रक्षेपण गरिएपछि अब अग्रताको लागि देशव्यापी दौड एरिजोना, नेभाडा, जोर्जिआ र पेन्सिल्भेनियामा आएर केन्द्रित भएको छ। बाइडनको पक्षमा २५३ इलेक्टरल कलेज मत देखिएको छ भने ट्रम्पको पक्षमा २१४ छ। बाइडनले कसरी जित्न सक्छन्? पछिल्लो अवस्थालाई विचार गरेर सोझै भन्नुपर्दा बाइडनले अहिले एरिजोना र नेभाडामा जुन अग्रता पाएका छन् त्यसलाई कायमै राखे पुग्छ। त्यसो हुन सकेमा उनले २७० इलेक्टरल मत पुर्याउन सक्छन् जुन ह्वाइट हाउसमा पुग्ने जित हासिल गर्न आवश्यक न्यूनतम मत सङ्ख्या हो। बाइडनले एरिजोनामा आफ्नो अग्रतालाई टिकाएर राखेका छन् र त्यहाँ अझै हुलाकबाट पठाइएका केही मतपत्रहरूको गणना हुन बाँकी नै छ। नेभाडामा दुई उम्मेदवार बीचको मतको अन्तर केही हजार मतको मात्रै छ। त्यहाँ मतदाता प्रत्यक्ष उपस्थित भएर दिएका मतको सम्पूर्ण गणना सकिएको छ जुन रिपब्लिकनतर्फ ढल्किएको देखिन्छ तर हुलाकबाट प्राप्त मतपत्रहरू गन्न बाँकी छ जुन डेमोक्र्याटको पक्षमा जान सक्ने देखिन्छ। यसरी हेर्दा राष्ट्रपति पद तर्फको यात्रामा बाइडनको अगाडि रहेका अवरोध केही थोरै देखिन्छ। ट्रम्पको जित कसरी हुन सक्छ? बाइडनको लागि जस्तै ट्रम्पले पनि उनले हाल अग्रता लिइरहेका बाँकीका महत्त्वपूर्ण राज्यहरूमा त्यसलाई कायमै राख्नु पर्छ। त्यो भनेको पेन्सिल्भेनिया र जोर्जिआ हो। त्योसँगै रिपब्लिकनहरूले माथि बाइडनको सन्दर्भमा उल्लेख गरिएका कम्तीमा एउटा राज्यमा उनको अग्रतालाई परास्त गर्न सक्नुपर्छ। नेभाडामा प्रतिस्पर्धा एकदम निकटको देखिन्छ। उक्त राज्यको नतिजा ट्रम्पको पक्षमा जान ठूलो उथलपुथलको आवश्यकता नपर्न पनि सक्छ। यदि त्यहाँ निर्वाचनको दिनको छाप लागेको तर ढिलो गरी हुलाकबाट प्राप्त मतपत्रहरू हाल अनुमान भैरहेको जस्तो डेमोक्र्याटहरूको साटो रिपब्लिकन वा ट्रम्प समर्थक स्वतन्त्र उम्मेदवारहरूको पक्षमा परेको देखिएमा राष्ट्रपति को बन्ला भन्ने परिदृश्य एकदमै उज्यालो बन्न सक्छ। एरिजोनामा पनि ट्रम्पको पक्षमा जित हुन सक्ने सम्भावना रहेको देखिन्छ। नेभाडामा जस्तै त्यहाँ पनि हुलाकबाट आएका मतपत्रहरूको सूचीकरण गर्न बाँकी छ। नेभाडाको दाँजोमा एरिजोना बाइडनको अग्रता ठूलो छ तर त्यहाँ ठूलै उथलपुथल नहोला भन्न सकिन्न।
पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारत आक्रोशित देखिएको छ। उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई 'लाजमर्दो प्रदर्शन' भनी टिप्पणी गरेको छ। कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निसाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले 'पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर ध्वस्त गरिदिएको' दाबी गरेको थियो। पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो। त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य विमान खसालिदिएको पकिस्तानको दाबी छ। 'कारबाही पाकिस्तानको बाध्यता' पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलटलाई राम्रो व्यवहार गरिएको बताएको छ टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, "पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न आवश्यक छ। " उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा 'कसैले पनि भूलको परिणाम थेग्न' नसक्ने बताएका छन्। "यदि त्यसो हुन दियौँ भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ। " उनले भने, "हामी बसौँ र कुरा गरौँ। सम्वादबाट यो विषय समाधान गर्नुपर्छ। " प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए। जबाफको सन्देश उनले भने, "प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्तासम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन। हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौँ। बुधवारको जबाफ दियौँ र भन्यौँ- तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु। " भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन्। तर उनले सुरक्षा र गुप्तचर संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले 'जिम्मेवार र संयमित' कदम चाल्ने बताएकी छन्। चीन र रुसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, "भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन। "
ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गर्न सकिन्छ। खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको छ। यूकेले सो खोपको चार करोड मात्रा किनिसकेको छ जुन दुई करोड मानिसलाई पर्याप्त हुनेछ। तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ। खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ। दश महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो। कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए। यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले 'सहयोग आउँदै छ' भनेर ट्वीट गरेका छन्। एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले यूकेको स्वास्थ्य सेवाले देशको इतिहासमै सबैभन्दा बृहत् खोप कार्यक्रमको तैयारी गरिरहेको बताएका छन्। खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तैयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ। विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनु पर्ने बताएका छन्। यो कस्तो खोप हो? यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि संलग्न छ। पहिलेका परिक्षणहरूले उक्त खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि-सेल भनिने शरिरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए। तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ। अमेरिका, जर्मनी, ब्रजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो। औषधी निर्माण कम्पनी फाइजरको विश्वासमा उस्ले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ। र सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ।
टुटलले विद्यमान यातायात व्यवस्थासम्बन्धी कानुन विपरित सेवा दिएको भन्दै झण्डै दुई साताअघि सरकारी निकायले उसलाई चल्न नदिने भनेको थियो। लगत्तै खासगरि सामाजिक सञ्जालमा सरकारले नवीन सोच र व्यवसायलाई फस्टाउन नदिएको आरोप लागेपछि प्रधानमन्त्रीकै तहबाट तत्कालका निम्ति उसलाई चल्न दिइएको विवरण आए। तर केही दिन अघि भने उक्त व्यवसायले भ्याट छली गरेका आरोप लागेका थिए। व्यावसायिक रूपमा सर्वसाधारणलाई मोटरसाइकल यातायात सेवा दिइरहेको कम्पनीले भ्याटमा दर्ता नभएरै सेवाग्राहीसँग कर असुली गरिरहेकोबारे आन्तरिक राजस्व विभागले छानबिन सुरु गरेको बताएको छ। यो प्रसङ्गसँगै देशमा कर छलीको मुद्दा पुन: बहसमा आएको छ। कति व्यापक छ कर छली? व्यापार र सेवा क्षेत्रमा सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) छली हुने गरेको भेटिएको अधिकारीहरूले बताएका छन्। राजस्व अनुसन्धान विभागले जनाएअनुसार यो आर्थिक वर्षको ६ महिनामा भ्याट सहित अन्य राजस्व छली सम्बन्धी झण्डै ६ अर्ब रुपैयाँको बिगो र जरिबाना माग सहितका मुद्दा अदालतमा दायर भएका छन्। भ्याट तिर्नेको संख्या निकै कम भएको पूर्व अर्थ सचिव शान्तराज सुवेदी बताउँछन्। उनका अनुसार होटेल, रेष्टुराँ, लत्ता कपडा पसल, हार्डवेयर, फर्निचर जस्ताका सामानको व्यापारमा भ्याट छली गर्ने गरेको भेटिएको छ। यही आर्थिक वर्षमा विभिन्न किसिमका राजश्व छली सम्बन्धी करिब ४३ वटा मुद्दा आदालतमा दायर गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। "जुन क्षेत्रमा भ्याट धेरै उठ्छ र जहाँ मूल्य अभिवृद्धि धेरै हुन्छ त्यही क्षेत्रमा छली धेरै भएको पाइएको छ। अन्तशुल्कको हकमा नक्कली स्टिकर बनाउने तथा अन्तशुल्क र भ्याट छल्ने काम भएका छन्, " उनले भने। छैन प्रभावकारी २०५४ सालमा विभिन्न चारथरी कर हटाएर मूल्य अभिवृद्धि कर ल्याइएको थियो। तर सोचे जस्तो प्रभावकारी हुन नसकेको सुवेदीको भनाइ छ। "नक्कली कागजातको प्रयोग गर्ने र भ्याट तिरेको देखाउने, संकलनमा घटाएर थोरै बुझाउने भेटिएका छन्, " सुवेदीले बताए। भ्याट लागू भएको लामो समयसम्म पनि उपभोक्तालाई भ्याट बिल लिनुपर्छ भनी सचेत बनाउन नसकिएका कारण कर छलीलाई सहयोग पुगेको कतिपयको बुझाइ पाइन्छ। त्यस्तै कतिपय व्यापारीले भ्याट बिल लिन चाहने ग्राहकलाई थप रकम तिराउने गर्नाले पनि त्यसप्रति उपभोक्ताको चासो कम पाइने गरेको बताइन्छ।
वुहानको प्रयोगशालाबारे अमेरिकी सञ्चारमाध्यमहरूमा विवरणहरू आएका छन् अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्। किन गर्यो अमेरिकाले आह्वान? अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्। कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो। त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ। यसै वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै भएको जनाएको थियो। उसले त्यसबारे थप अध्ययन जरुरी भएको पनि बताएको थियो। तर कैयौँ प्रश्न अझै अनुत्तरित रहेको बताइन्छ। अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ। त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ। कस्तो अनुसन्धान आवश्यक? यसै सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका छन्। बेइजिङले भने ती विवरणहरूलाई क्रुद्धतापूर्ण रूपमा खारेज गरिदिएको छ। उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ। वुहानस्थित सीफूडको थोक बजार मङ्गलवार डब्ल्यूएचओको बैठकमा बोल्दै बेसेराले चीनको नाम नलिकनै अमेरिकाले अर्को चरणको छानबिन थप सघन हुने आशा गरेको बताए। मङ्गलवार ह्वाइट हाउसले पनि उसले डब्ल्यूएचओबाट विज्ञहरूद्वारा सञ्चालित अनि राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानबिन गर्ने आशा गरेको जनाएको छ। ट्रम्पले गरेका थिए पहिले दाबी प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने भनाइलाई गत वर्ष षड्यन्त्रको सिद्धान्त मानिएर खारेज गरिएको थियो। त्यति बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको भन्ने भनाइ राखेका थिए। कैयौँ अमेरिकी सञ्चारमाध्यमले उनको दाबीलाई झुटो भनेका थिए। पछिल्ला विवरणहरूप्रति ट्रम्पले प्रतिक्रिया जनाएका छन्। कोरोनाभाइरस प्रकोपको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सङ्क्रमणबाटै मृत्यु उनले मङ्गलवार न्यूयोर्क पोस्टलाई एक इमेल लेख्दै आफूलाई ‘उक्त विषय शुरूमै थाहा भएको तर सदाझैँ निकै आलोचित हुनुपरेको’ भनेका छन्। “अहिले आएर सबैजना उनी सही थिए भन्दैछन्। ”
पूर्व राजा ज्ञानेन्द्रले दलहरुको आलोचना गर्दै देशको अखण्डता प्रति चिन्ता व्यक्त गरेका छन् विज्ञप्तिमा पटक पटक राष्ट्रिय एकता र अखण्डताको मुद्दा उठाउँदै पूर्व राजाले क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी शब्दको भाव दुरुपयोग गरेर मुलुक कमजोर पारेको भनेर राजनीतिक दलहरुको नाम नलिइकनै चर्को आलोचना गरेका छन्। पहाड र तराई टुक्र्याउने खेल भइरहेको भन्ने कैयौंका भनाईलाई बल दिँदै पूर्व राजा ज्ञानेन्द्रले विज्ञप्तीमा राष्ट्र बचाउन जाग्न र लाग्न परेको छ भनेका छ्न्। बेलाबखत यस्ता विज्ञप्ति दिएर तरंग फैलाउने गरेका पूर्व राजाले अहिलेको परिस्थितिबारे उनको धारणा सर्वसाधारणलाई जानकारी दिन खोजेको पूर्व राजाका गतिविधि नजिकबाट नियाल्ने पत्रकार देवप्रकाश त्रिपाठीले बताए। 'मन जित्ने प्रयास' त्रिपाठी भन्छन्, "देश राजनीतिक दलहरुले व्यवस्थापन गर्न सकेका छैनन्। संविधान घोषणा भइसकेपछि झन अनिश्चिततातर्फ जान खोजिरहेको छ। पूर्व राजाले के सोचिरहेका छन् भन्ने जान्न चाहनेका लागि यो महत्वपूर्ण छ। जनताको मन जित्ने प्रयास हो जस्तो लाग्छ। " विज्ञप्तिमा देशको एकता खण्डित गर्न लागिएको भन्ने वाक्यांशहरु निकै पटक दोहोर्याइएको छ। पूर्व राजाले भनेका छन् - सिंगो, संगठित, अविभाजित सार्वभौम मुलुक पुर्खाहरुले दिएको र त्यसलाई समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व र कर्तब्य हो। त्यसैगरी उनले अस्थीरता र अराजकताको आगोले क्रमश: जलाई रहेको भन्दै 'तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्न भगीरथ प्रयत्न भइरहेको छ' भनेका छन्। उनले क्रान्तिकारी परिवर्तनकारी बलिदानी शब्दको भाव दुरुपयोग गरेर मुलुक कमजोर पारेको भन्दै राजनीतिक दलहरुको तीखो आलोचना पनि गरेका छन्। प्रहार उनले विदेशी शक्तिहरुको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको भनेर वैदेशिक चलखेलप्रति प्रहार गरेका छन्। केही समय अघि मात्र छिमेकी मुलुकहरु भारत र चीनको भ्रमण गरेको भनिएका पूर्व राजाको अहिले आएको विज्ञप्तिले विशेष अर्थ राख्छ? भन्ने जिज्ञाशामा पत्रकार त्रिपाठीले त्यस्तो आफूलाई नलागेको बताए। "म मरे पनि मेरो देश बाँचिरहोस" भन्ने आफ्ना पिता महेन्द्रको गीतलाई विज्ञप्तिमा उद्धृत गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, "राष्ट्रिय एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ, समय भड्केपछि पश्चातापको अर्थ छैन। " बेलाबखत विज्ञप्ति जारी गरेर राष्ट्रिय राजनीतिमा आफ्नो स्थान खोजिरहेका भनिने पूर्व राजाको पछिल्लो विज्ञप्तिलाई पनि त्यसैको निरन्तरताको रुपमा हेरिएको छ।
विसं २०७४ मा भएको धरान उपमहानगरपालिकाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार तारा सुब्बासँग फराकिलो मत अन्तरले पराजित भएका तिलकले यो पटक चाहिँ ऐतिहासिक बाजी मारेका छन्। उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रकाश राईलाई फराकिलो मत अन्तरले पराजित गरेका छन्। तिलकले नेकपाका प्रकाश राईलाई दुई हजार ७९५ मत अन्तरले पराजित गरेका हुन्। राजनीतिक अर्थ उनले २६ हजार ७०९ मत ल्याए भने प्रतिद्वन्द्वी प्रकाशले २३ हजार ९१४ मत पाए। कतिपयले तिलकको जितलाई धरानमा 'तीन दशकदेखिको कम्युनिस्टहरूको किल्ला तोडिएको' रूपमा अर्थ्याइरहेका छन्। नवनिर्वाचित मेयर तिलक राईले धरानवासीले परिवर्तन चाहेको बताए। "मेरो जित धरानवासी जनताको जित हो, मैले यसलाई अवसरको रूपमा लिएको छु। " झण्डै तीन दशकदेखि कम्युनिस्ट पार्टीका सदस्यहरूले एकलौटी नेतृत्व गर्दै आए पनि खानेपानी, सुकुम्वासी समस्या, विमानस्थल निर्माण जस्ता विषयमा जनप्रतिनिधिले ध्यान नदिएको धरानवासीले गुनासो गर्दै आएका थिए। नेकपाका एक सांसद जयकुमार राईले जनताका आकाङ्क्षा पूरा गर्न नसक्दा पार्टीले हार बेहोर्नुपरेको बताए। उनले भने, "निर्वाचन भएको छोटो अवधिमा धेरै काम गर्न सकिएन। त्यसलै जनताले विकल्प खोजे। " 'स्वाभाविक' धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक अमृत श्रेष्ठ धरानको चुनावी परिणाम 'स्वाभाविक' भएको बताउछँन्। चुनावका बेला गरेका प्रतिबद्धता पूरा नभएका कारण जनताले विकल्प खोजेको हुनसक्ने उनको ठम्याइ छ। विसं २०३६ सालमा भएको निर्वाचनमा तत्कालीन 'जनपक्षीय' उम्मेदवार बम देवानले जितेपछि धरानमा कम्युनिस्ट पार्टीको पकड बलियो बनेको थियो। धरानका एकजना पत्रकार केशव घिमिरेको विचारमा पछिल्लो स्थानीय तहको निर्वाचनपछि नगरमा बढेको विभिन्न करप्रतिको आक्रोश र जनप्रतिनिधिको कार्यशैलीप्रतिको असन्तुष्टि मतदानमा पोखेका हुन्। तत्कालीन एमाले र एकीकृत नेकपा माओवादीबीचको एकताका गाँठो स्थानीय तहसम्म राम्रोसँग नबाँधिएका कारण पनि नेकपाको पराजय भएको उनी बताउँछन्।
काल्पनिक कलाकृति: नाशा यसपटक चन्द्रमामा फर्कंदा त्यहाँ रहने बन्दोबस्त मिलाउन खोजिरहेको छ। उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओरार्ने योजना समावेश गरिँदैछ। आर्टिमस नाम दिइएको त्यस अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा पठाउन एक पुरुष र एक महिलालाई पठाउँदैछ। चन्द्र सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानव पाइला टेकिएको थियो। कस्तो छ मिशन? नासाको समयरेखा उक्त कार्यक्रमको एउटा अवतरण प्रणाली बनाउन अमेरिकी संसद्ले ३. २ अर्ब कसरी निकास दिन्छ भन्ने कुरामा निर्भर हुन्छ। अन्तरिक्षयात्रीहरू ओरीअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन्। त्यसलाई एसएलएल नामक शक्तिशाली रकेटले प्रक्षेपण गर्नेछ। नासाका प्रशासक जिम ब्रिडेन्सटिनले भने: “अट्ठाइस अर्ब डलरले आर्टिमस कार्यक्रमको आउँदो चार वर्षको खर्च समेट्छ। त्यसमा रकेट, क्याप्स्यूल, मानव अवतरण प्रणाली र अन्तरिक्षयात्रीले लगाउने परिधानको खर्च जोडिन्छ। ” उनका अनुसार ३. २ अर्ब डलर सन् २०२१ को मानव अवतरण प्रणालीका लागि भएको र त्यसैले त्यो रकमको ठूलो रणनीतिक महत्त्व छ। अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ। तैपनि त्यो यान निर्माणको काम पूरा गर्नका लागि नासालाई थप रकम चाहिनेछ। को होलिन् ती महिला? सन् २०१९ को जुलाई महिनामा नासाका प्रशासक ब्रिडेन्सटिनले सीएनएनसँग कुरा गर्दै चन्द्रमा पुग्ने महिला अन्तरिक्षयात्री कस्तो हुने भनेर खुलाएका थिए। उनको भनाइमा ती महिला ‘राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी’ व्यक्ति हुनेछिन्। उनले ती महिना अन्तरिक्षयात्रीको समूहमा परिसकेकी व्यक्ति हुने जनाएका थिए। यस अन्तर्वार्ताको समयमा त्यस्ता १२ सक्रिय महिला अन्तरिक्षयात्री छन्। नासासँग यतिखेर १२ जना सक्रिय महिला अन्तरिक्षयात्रीहरू छन् उनीहरूसँग गत वर्ष मात्र नासाबाट तालिम पूरा गरेका पाँच महिला पनि थपिएका छन्। उनीहरू सन् २०२४ सम्म चन्द्रमामा जान आवश्यक मापदण्डमा पर्छन् कि पर्दैनन् भन्ने स्पष्ट छैन। चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ। अमेरिकी चाहना, चीनको चासो चन्द्रमामा पुन: मानिसलाई पठाएर ह्वाइट हाउसले अन्तरिक्षमा आफ्नो देशको अग्रता नवीकरण गर्न चाहेको छ। अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट महत्त्वपूर्ण मानिने हिउँ खोज्ने योजना बनाएको छ। त्यो भेटियो भने चन्द्रमामै रकेटलाई चाहिने इन्धन बनाउन प्रयोग गर्न सकिनेछ। पृथ्वीबाटै इन्धन बोकेर लैजानुभन्दा सस्तो समेत हुने त्यस्तो कामले चन्द्रमामा आधारित हुने अर्थतन्त्रको आधार तयार पार्नेछ। नील आर्मस्ट्रङ कसरी चन्द्रमामा टेक्न छानिए तर उपराष्ट्रपति माईक पेन्सले चीनको अन्तरिक्ष महत्त्वाकाङ्क्षा जोडेर चासो व्यक्त गरिरहेका छन्। सन् २०१९ को ज्यानुअरीमा चीन चन्द्रमाको त्यस्तो कुनामा रोबटसहितको यान नियन्त्रित रूपले उतार्न सफल भएको थियो। उक्त मिशनले चन्द्रमाको माटो पृथ्वीको प्रयोगशालाका लागि ल्याउने तयारी गर्दैछ। चीनले अहिले त्यस्तो अन्तरिक्षयान विकास गरिरहेको छ जसमा चिनियाँ अन्तरिक्षयात्रीहरू चन्द्रमाजस्तो भित्री अन्तरिक्ष गन्तव्यमा पुग्न सक्नेछन्। चीनको लक्ष्य सन् २०२४ भित्रै त छैन तर यो दशकको अन्त्यसम्ममा उसले त्यस्तो लक्ष्य बनाउन सक्ने ठानिएको छ। यसरी पुग्नेछन् नासाको योजनाअनुसार पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद् याममा हुनेछ। आर्टिमस-१ नाम दिइएको उक्त यान चन्द्रमाको फेरो लगाएर फर्कनेछ। नासाकी ह्यूमन स्पेसफ्लाईट प्रमुख क्याथी ल्विडर्सका अनुसार एक महिना त्यसरी बिताउँदा उक्त यानले सबै महत्त्वपूर्ण प्रणालीहरूको परीक्षण गर्नेछ। आर्टिमस-२ ले भने चन्द्रमाको परिक्रमा गर्ने त्यस्तै उडान तर यात्रुसहित गर्नेछ। यस मिशनमा थपिएको नयाँ सुविधामा रकेटबाट ओरीअन छुट्टिएपछि चन्द्रमामा अवतरण र उडानका लागि यात्रुले अन्तरिक्षयानलाई आफैँ नियन्त्रणमा लिन सक्नेछन्। उक्त सुविधाले ओरीअनको काम गर्ने क्षमतालाई बलियो बनाउनेछ। पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद् याममा हुनेछ आर्टिमस-३ भने झन्डै ४८ वर्षअघि अपोलो-१७ पुगेपछि चन्द्रमामा मानिस अवतरण गराउने पहिलो मिशन हुनेछ। नासाले विभिन्न कम्पनीलाई ९०. ७ करोड डलर दिएर चन्द्रमामा अवतरण गर्ने यानको डिजाइन र निर्माणको जिम्मा दिएको छ। यो दशकको अन्त्यतिर नासाले चन्द्रमामा मानव आधार केन्द्र बनाउने योजना बनाएको छ। आर्टिमस आधार शिविर नाम दिइने त्यस्तो कार्यक्रममा चन्द्रमामा लामो समय बिताएर खोज-अध्ययन गर्ने पूर्वाधार बनाइनेछ। सन् १९६० र ७० को दशकमा अपोलो कार्यक्रमका लागि अहिलोको मुद्रास्फीतिसँग समायोजन गर्दा २५० अर्ब डलरभन्दा बढी रकम खर्चिएको थियो। तर नयाँ योजनाको लागि छुट्याइएको बजेटमा ओरीअन यान र अन्तरिक्ष प्रक्षेपण प्रणाली अर्थात् एसएलएस रकेटमा पहिल्यै खर्चिएको रकम समाविष्ट छैन। यो पनि हेर्नुहोस् चन्द्रमा खुम्चिँदैछ
एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए। नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ। चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ। पछि गाउले सम्मेलनमा राखेको आफ्नो भनाइलाई गलत व्याख्या गरिएको बताएका छन्। चीनमा १० करोडभन्दा बढी मानिसले स्वदेशमा निर्मित खोपको कम्तीमा एक मात्रा लगाएका छन्। चिनियाँ सरकारले भने आफ्ना खोपहरू प्रभावकारी भएको र चिनियाँ खोप लगाएका विदेशीलाई मात्रै चीन प्रवेशाज्ञा दिने बताउँदै आएको छ। गाउले के भने? चीनका रोग नियन्त्रण केन्द्रका प्रमुख ग्वाओ फुले शनिवार हाल उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताएका थिए। चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ? उनले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरू मिसाउने विषयमा विचार गरिएको सङ्केत गरे। उनले खोपको प्रभावकारिता वृद्धि गर्न मात्राको सङ्ख्या परिवर्तन गर्ने र दुई मात्राबीच समयावधि बढाउने जस्ता चरणहरूको चर्चा गरेका थिए। तर पछि उनले सरकारी पत्रिका ग्लोबल टाइम्सलाई "संसारभरिका खोपहरूको सुरक्षा दर कुनै बेला कम र कुनै बेला बढी हुने" बताए। "तिनीहरूको प्रभावकारिता कसरी बढाउने भन्नेबारे संसारभरिका वैज्ञानिकहरूले सोच्नुपर्छ, " उनले पत्रिकालाई भने। उनले चिनियाँ खोपहरूको प्रभावकारिता कम भएको आफ्नो भनाइबारे त्यो "पूर्ण रूपमा गलत व्याख्या" भएको बताए। गाउका दुवै भनाइहरूलाई चिनियाँ सञ्चारमाध्यमहरूले खासै स्थान दिएका छैनन्। तर सामाजिक सञ्जालमा भने उनको पहिलो भनाइको आलोचना भएको छ। केही मानिसले उनलाई "चुप लाग्न" सुझाव दिएका छन्। चिनियाँ खोपको प्रभावकारिता अन्तर्राष्ट्रिय रूपमा कम तथ्याङ्क भएका कारण चिनियाँ खोपको प्रभावकारिताको विषय लामो समयदेखि अस्पष्ट छ। ब्रजिलमा गरिएको परीक्षणमा चीनको सिनोभ्याकको प्रभावकारिता ५०. ४ प्रतिशत देखिएको थियो। त्यो विश्व स्वास्थ्य सङ्गठनले स्वीकृति प्रदान गर्न आवश्यक ५० प्रतिशतभन्दा अलिकतिले मात्र बढी हो। टर्की र इन्डोनेशियाका अन्तरिम तथ्याङ्कहरूले भने उक्त खोपको प्रभावकारिता ९१ देखि ६५ प्रतिशत देखाएका छन्। पश्चिमा देशहरूमा उत्पादित फाइजर, मोर्डेर्ना र आस्ट्राजेनेका सबै खोपको प्रभावकारिता ९० प्रतिशत वा अझ बढी छ। यो पनि हेर्नुहोस् ५५ वर्षभन्दा माथिका व्यक्तिले कोभिड खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा
एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र संचालन गर्ने उक्त सम्झौताको शर्त बमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ। गत वर्षको डिसेम्बर १५ तारिखसम्ममा आरकमले एरिक्सनलाई बक्यौता रकम तिरिसक्नु पर्ने भनी भारतको सर्वोच्च अदालतले दिएको आदेशलाई पालना गर्न आरकम असफल भएको छ। अब अनिल अम्बानीले त्यस्तो रकम नतिरे उनलाई तीन महिनाको जेल सजाय हुने भारतको सर्वोच्च अदालतले बताएको छ। उनलाई अदालतको आदेशको अवहेलना गरेको अभियोगमा दोषी ठहराउँदै उक्त रकम भुक्तानी गर्न अर्को चार हप्ताको समय दिइएको नत्र जेल जानु पर्ने भनिएको छ। सम्मान यो विवादको दुवै पक्षले आफूहरूले अदालतको आदेशको सम्मान गर्ने बताएका छन्। एरिक्सनले सन् २०१४ मा उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो र गत वर्ष आरकमविरूद्धको अदालती प्रकृया आरम्भ गरेको थियो। अदालतले रिलायन्स टेलिकमका अध्यक्ष सतिस सेठ र रिलायन्स इन्फ्राटेलका अध्यक्ष छाँया भिरानीले पनि आफ्नो आदेश उल्लंघन गरेको ठहर गरेको छ। तर अदालतले भनेको छ- यदि ब्याजसहित बक्यौता रकम भुक्तानी गरिए तीनै जनाले सजाय बेहोर्न पर्ने छैन। लगानी अर्को भिन्नै सन्दर्भको घटनामा, अनिलका दाजु मुकेश अम्बानीको नियन्त्रणमा रहेको रिलाएन्स इन्डस्ट्रिजले भारतमा सम्भावित लगानीका सम्बन्धमा साउदी आराम्कोसँग वार्ता गरिरहेको छ। विशाल तेल कम्पनी साउदी आराम्कोले भारतको पश्चिमी तटीय क्षेत्रमा संचालित ४४ अर्ब डलरको तेल प्रशोधन परियोजनामा सामेल हुनका लागि गत एप्रिलमा एउटा सहमति पत्रमा हस्ताक्षर गरेको थियो। दिल्लीमा भएको एउटा छलफलका क्रममा साउदी आराम्कोका प्रमुख कार्यकारी अधिकृत अमिन नासरले आफूहरूले भारतमा थप लगानी गर्न खोजिरहेकाले रिलाएन्ससहित अन्य कम्पनीहरूसँग कुराकानी भैरहेको बताएका थिए।
कैयौं गोर्खा सैनिकका परिवार आफूहरुलाई अझै पनि भेदभाव भएको गुनासो गर्छन् (तस्वीर: एभरेष्ट गौतम/लण्डन) ब्रिटिश रक्षा मन्त्रालयमा वरिष्ठ ब्रिटिश अधिकारीहरु, लण्डनस्थित नेपाली दूतावासका अधिकारीहरु तथा भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिहरुबीच भएको छलफल पछि त्यस्तो सहमति भएको हो। लण्डनस्थित रक्षा मन्त्रालयमा बुधबार दिउँसो भएको छलफलपछि त्यस्तो सहमति भएको अधिकारीहरुले बताए। सौहाद्र लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणका अनुसार छलफल निकै सौहार्द्रपूर्ण वातावरणमा भएको थियो र भूतपूर्व सैनिक मामिला हेर्ने ब्रिटिश मन्त्री मार्क लाङ्कास्टर आफैंले निकै ध्यान दिएर गोर्खालीहरुका समस्याको टिपोट गरेका थिए। उनले भने, "ब्रिटिश सरकारका रक्षा मन्त्रीले म यसलाई अत्यन्तै सकारात्मक रुपमा लिन्छु र तपाईंहरुको मागहरुलाई सम्बोधन गर्न म प्रतिबद्ध छु भन्नुभयो"। ब्रिटेनको मन्त्रीस्तरबाट जनाइएको त्यस्तो प्रतिबद्धता सकारात्मक भएको भूतपू्र्व गोर्खा प्रतिनिधिहरुले टिप्पणी गरेका छन्। वार्तामा सहभागी गोर्खा सत्याग्रह अभियानका एकजना समन्वयकर्ता ज्ञानराज राईले भने, "त्रिपक्षीय सन्धिको मर्म अनुसार कुनै पनि गोर्खालीले न्याय नगुमाउन् भनेर हामीले राखेका थियौं। त्यसमा ब्रिटिश रक्षा मन्त्री आफै निकै संवेदनशील भएको हामीले पायौं। हामी निकै उत्साहित छौं"। आफूहरुप्रति निवृत्तिभरण लगायतका विषयमा भेदभाव भएको भन्दै ब्रिटेनका सडक, सदन र अदालतमा पनि पुगेका भूतपूर्व गोर्खा संगठनहरुले पछिल्लोपटक कूटनीतिक ढंगबाट यो विषय ब्रिटिश सरकारसँग उठाउन नेपाल सरकारलाई अनुरोध गरेका थिए। त्यसै अनुरुप दुई देशबीचको लामो सम्बन्धलाई ख्याल गर्दै फेरि पटकपटक उठाउनु नपर्ने गरी भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न ब्रिटेनका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बुधबारको छलफलमा ब्रिटिश अधिकारीहरुलाई आग्रह गरेको प्रवक्ता आरणले बीबीसीलाई बताए। गुनासो झण्डै डेढ घण्टा चलेको छलफल पछि एकसाताभित्रै सबै पक्ष सम्मिलित एउटा प्राविधिक समिति बनाउने र सो समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरी ब्रिटिश सरकारले तिनलाई सकेसम्म सम्बोधन गर्ने सहमति भएको पनि बताइएको छ। छलफलमा गोर्खा सत्याग्रहका साथै भूतपूर्व गोर्खा सैनिक संगठन गेसो, नेपाल भूतपूर्व सैनिक संघ, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी लगायतका संगठनका प्रतिनिधिहरु सहभागी थिए। भूतपूर्व गोर्खा सैनिकका संगठनहरुले सन् १९९७ अघि सेवा निवृत्त भएका भूपू सैनिकहरुलाई ब्रिटिश सैनिकसरह समान निवृत्तिभरण, क्षतिपूर्ति, १८ वर्ष नाघेका छोराछोरीलाई पनि बेलायत ल्याउन पाउनुपर्ने तथा नेपालमै रहेका भूपू गोर्खा र तिनका परिवारलाई औषधोपचारको प्रबन्ध लगायतका मागहरु राख्दै आएका छन्। उता ब्रिटिश अधिकारीहरुले भने गोर्खालीहरु ब्रिटिश सेनाको अभिन्न अङ्गको रुपमा रहेको र उनीहरुप्रति कुनैपनि किसिमको भेदभाव नगरिएको बताउने गरेका छन्। सन् २००९ मा ब्रिटिश अभिनेत्री जोआना लुम्लेलगायत ब्रिटिश सांसदहरुको दबाब पछि तत्कालीन ब्रिटिश सरकारले ब्रिटिश सेनामा कम्तीमा चार वर्ष सेवा गरेका गोर्खा सैनिकहरुलाई आवासीय अधिकार दिने घोषणा गरेको थियो। त्यसयता हजारौं भूपू गोर्खा तथा तिनका परिवार ब्रिटेन आइसकेका छन्। धेरैले यसलाई भूपू गोर्खा सैनिकहरुको जितको रुपमा पनि लिएका थिए। तर कयौं गोर्खा सैनिकहरु अझै पनि आफूहरुविरुद्ध भेदभाव कायमै रहेको बताउँछन्।
कोभिड-१९ भएका बिरामीलाई कस्तो औषधि दिने भनेर विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका बनाएको छ। नेपाल मेडिकल काउन्सिलले पनि गत एप्रिलमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिलाई स्वास्थ्यसंस्थामा दिइने सेवाबारे एउटा अन्तरिम निर्देशिका जारी गरेको थियो। उक्त निर्देशिकाअनुसार कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति कुन वर्गको बिरामी हो त्यो छुट्याउन छवटा आधार तोकिएको छ। कोभिडका बिरामीहरूमा सामान्य ज्वरो, निमोनिया, गम्भीर निमोनिया, एआरडीएस, सेप्सिस वा सेप्टिक शक भएको हुनसक्छ। साठी वर्षभन्दा माथिका, दमका बिरामी, मधुमेह वा मुटुरोग भएका व्यक्तिहरूलाई सङ्क्रमण भए उच्च जोखिममा पर्ने हुनाले विशेष निगरानी आवश्यक पर्ने बताइन्छ। 'सामान्य औषधिदेखि एन्टीबायोटिकसम्म' सङ्क्रमण देखिएर उपचार गरिरहेका बिरामीको स्वास्थ्यस्थिति, उमेर, अन्य रोग हेरेर त्यहीअनुसार औषधि दिने गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले बताए। "अक्सिजन नै चाहिने अवस्थाको मानिसलाई डेक्सामेथासेन भन्ने स्टेरोइड प्रयोग गर्छौं अथवा अवस्था हेरेर मिथाइलप्रेड्निसोलोनको पनि प्रयोग गर्छौं, " उनले भने। उनका अनुसार शरीरमा रगत जम्ने समस्या देखियो भने हेपारिन नामक औषधि पनि दिने गरिएको छ। कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्तिमा सामान्य लक्षण पनि नदेखिएको सरकारको भनाइ छ। तर लक्षण देखिएका र बिरामी परेकामध्ये आठदेखि १० प्रतिशतलाई अरू सङ्क्रमण देखिएको अवस्थामा एन्टीबायोटिक दिने गरेको डा. बास्तोलाले बताए। उनी भन्छन्, "मुख्य कुरा भनेको अक्सिजन हो। त्यसबाहेक हामी सामान्य ज्वरो छ भने सिटामोल दिन्छौँ। खोकी छ भने कफ सिरप दिन्छौँ। " उनका अनुसार अहिले बिरामीलाई दिइँदै आएको औषधिहरू सहज रुपमा उपलब्ध हुने औषधि हुन्। त्यसबाहेक विदेशतिर रेम्डिसिभिर नामक एन्टीभाइरल औषधिको प्रयोग हुने गरेको छ। नेपालमा भने त्यो उपलब्ध भइनसकेको जानकारी उनले दिए। आयुर्वेदिक उपचार कतिपय क्षेत्रमा भने बिरामीहरूलाई आयुर्वेदिक औषधि दिएर पनि उपचार गरिने गरेको ती क्षेत्रका चिकित्सकहरूले बताएका छन्। प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख डा. शङ्करप्रसाद रिजालले उपचार गरिरहेका कोरोनाभाइरस सङ्क्रमित बिरामीहरूलाई आयुवेर्दिक औषधि खुवाउने गरिएको बताए। "लक्षण नदेखिएका सङ्क्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, अश्वगन्धा, जेठीमधुजस्ता औषधि खुवाउने गरिएको छ, " उनले भने। यस्तै लक्षण देखिएका सङ्क्रमित बिरामीलाई भने सितोपलादि, त्रिकटु, मृगमदासव, कनकासव, कस्तूरीभूषणजस्ता औषधि दिने गरिएको जानकारी उनले दिए। बिरामीको स्वास्थ्य अवस्था हेरेर औषधि सुर्खेतस्थित कर्णाली प्रदेश अस्प्तालका वरिष्ठ चिकित्सक के. एन. पौडेलले कोरोनाभाइरस सङ्क्रमित बिरामीलाई लक्षणअनुसारको उपचार गरिँदै आएको बताए। उनका अनुसार कोरोनाभाइरसबाट बिरामी भएकालाई ज्वरो आउँदा सिटामोल, पेट दुख्दा पीडा कम गर्ने औषधि र बिरामीको रोग प्रतिरोधात्मक शक्ति बढाउन भिटामिनहरू दिने गरिएको छ। त्यस्तै पछिल्लो समय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको प्रदेश नं २ स्थित नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहका लक्षणविहीन व्यक्तिलाई कुनै औषधि दिने गरिएको छैन। लक्षण भएका बिरामीलाई मात्र औषधि दिने गरिएको उनले बताए। बिरामीको अवस्था कस्तो छ र समस्या केके देखिएका छन् त्यसैअनुसार औषधि दिने गरिएको उनले बताए। "जीउ दुखेको वा ज्वरो आएको बिरामीलाई प्यारासिटामोल दिन्छौँ। प्रायः सबै बिरामीलाई दिने चाहिँ रोगप्रतिरोधी क्षमता बढाउने र एन्टीअक्सिडन्ट गुण भएको औषधि हो, " डा. सिंहले भने। त्यस्ता औषधिमा भिटामिन बी कम्प्लेक्स, क्याल्सीअम र भिटामिन सी पर्ने उनले बताए। अलि गम्भीर खालका बिरामीलाई अवस्था हेरेर आवश्यकताअनुसार डेक्सामेथासोन, विभिन्न एन्टीबायोटिक र अन्य औषधि दिने गरिएको उनले बताए। सरकारी तथ्याङ्कअनुसार देशभरि कोरोनाभाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५, ००० भन्दा बढी छ। कोरोनाभाइरस नेपाल: बिरामीका लागि औषधि र खाना ओसार्ने ‘सिस्टर रोबट’
बेइजिंगस्थित कम्युनिकेशन युनिभर्सिटी अफ चाइनाको स्कुल अफ इन्टरन्याशनल स्टडिजमा नेपाली भाषा पढाउन थालिएको आधा दशकभन्दा बढी भइसकेको छ। त्यसमा पनि नेपाली भाषालाई प्राथमिकतासाथ विश्वविद्यालयमा नै पढाउने गरिएको छ। चिनियां राजधानी बेइजिंगस्थित कम्युनिकेशन युनिभर्सिटी अफ चाइनामा नेपाली भाषामा चार वर्षे स्नातक गर्न सकिन्छ। त्यहां नेपाली भाषाको पढाइ सन् १९६३ बाटै सुरु भएको उक्त विश्वविद्यालयले जनाएको छ। बीचबीचमा छोटो समय रोकिएपनि नेपाली भाषाको अध्ययन, अध्यापनले आधा शताब्दीभन्दा बढी समय पार गरिसकेको छ। अहिले पनि करिब डेढ दर्जन विद्यार्थीले उक्त विश्वविद्यालयको स्कुल अफ इन्टरन्याशनल स्टडिजमा नेपाली भाषा पढिरहेका छन्। अहिले करिब डेढ दर्जन चिनियां विद्यार्थी युनिभर्सिटी अफ चाइनाको स्कुल अफ इन्टरन्याशनल स्टडिजमा नेपाली भाषा पढिरहेका छन्। झुकाव नेपाल र नेपालीभाषाप्रतिको झुकाव झल्काउन भन्दै चिनियां विद्यार्थीदेखि लिएर शिक्षिकासम्मले नेपाली नाम राखेका छन्। शिक्षिका इन्दिराका अनुसार त्रिभुवन विश्वविद्यालय र कम्युनिकेशन युनिभर्सिटीबीच भाषासम्बन्धी अध्ययनबारे समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। साथै सोही विश्वविद्यालयकै स्कुल अफ इन्टरन्याशनल स्टडिज र नेपालको विश्वभाषा क्याम्पसबीच विद्यार्थी आदानप्रदानसम्बन्धी सम्झौता छ। तिनै सम्झौता र समझदारी अन्तर्गत नेपाली भाषा पढिरहेका चिनियां विद्यार्थीलाई दोस्रो वा तेस्रो वर्षमा नेपालमै पुगेर थप अध्ययन गर्ने मौका मिलाइएको छ। धेरै विद्यार्थीलाई छिमेकी नेपालको निकटता र सांस्कृतिक पाटोले नेपाली भाषाप्रति आकर्षित गरेको देखियो। यिनी हुन्, चिनियां विद्यार्थी हिमलता। उनलाई नेपालको हिमाल र पहाडले निकै आकर्षित गरेको रहेछ। त्यस्तैमध्येकी एक जना विद्यार्थी हिमलता भन्छिन्, "म सानो छँदा नेपालबारे एउटा भिडियो हेरेको थिए। त्यसमा नेपालको हिमाल, पहाड देखेको थिए र त्यस्तो सन्दर दृश्य मैले पहिले कहिल्यै देखेको थिइन"। अर्का विद्यार्थी अम्बर चाहिँ नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारका लागि सहयोग पुग्ने काममा लाग्ने आफ्नो योजना सुनाउंछन्। यी चिनियां विद्यार्थीको नाम अम्बर हो। उनलाई नेपाल-चीनबीच सम्बन्ध सुमधुर बनाउने काम गर्ने रहर रहेछ। तत्कालीन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा पुगेका बेला उनलाई भेटेको प्रसंग सुनाउंदै उनले भने, "नेपालको प्रधानमन्त्री जस्तो मान्छेसंग भेट्न पाउनु मेरो भाग्य हो। म भविष्यमा दुई देशको सम्बन्ध सुमधुर बनाउने काममा लाग्छु"। अर्की विद्यार्थी ग्रीष्माले त चिनियां विदेश मन्त्रालयमा जागिर पाइसकेकी छन्। नेपाल चीनसम्बन्धबारे गहिरो जानकारी राख्ने उनी भन्छिन्, "चीनको कूटनीतिमा संलग्न भएर नेपाल र चीनबीचको सम्बन्ध अझ सुदृढ बनाउने इच्छा छ"। त्यसो भए कुनै दिन नेपालस्थित चिनियां दूतावासमा कूटनीतिज्ञ भएर तपाईं आएको हेर्न पाइन्छ त भन्ने प्रश्नको जवाफमा उनले मुस्काएर जवाफ दिइन्, "मलाई नेपालमा काम गर्ने ठूलो इच्छा छ"। यिनको नाम ग्रीष्मा हो। चिनियां विदेशमन्त्रालयमा जागिर खान थालिसकेकी उनी भविष्यमा नेपालमा आएर काम गर्न इच्छुक छिन्। समस्या शिक्षिका इन्दिराले नेपालबारे चाख राख्ने यस्ता विद्यार्थीहरु पढाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ। तर नेपाली भाषा अभ्यास गर्ने अवसर निकै कम भएको भन्दै उनी चिन्तित देखिइन्। उनले भनिन्, "नेपालबाट चीन आउने नेपालीहरुसंग निरन्तर अन्तक्रिया गराउने व्यवस्था मिलाउन सकियो भने विद्यार्थीहरुलाई बोलीचालीको भाषा अभ्यास गर्न सजिलो हुन्थ्यो तर त्यो अवसर निकै कम छ"। तर पनि बेलाबेला चीन भ्रमणमा गएका नेपाली सरकारी टोलीसंग भेटघाट गराउने चांजोपांजो शिक्षिका इन्दिराले मिलाउने गरेकी रहिछन्। शिक्षिका इन्दिराले नेपाली भाषाको चार वर्षे स्नातक तह पढाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ। कम्युनिकेशन युनिभर्सिटी अफ चाइनामा विभिन्न विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले पनि नेपाली भाषाको कक्षा लिनेदेखि लिएर नेपालीहरुसंग अन्तर्क्रिया गराउन र नेपालमा सम्पर्क विस्तार गर्न सहयोग गरिरहेको पाइयो। त्यस्तैमध्येका एक, हाल उक्त विश्वविद्यालयमा सञ्चारअध्ययनमा विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी विनोद पौडेलले भने, "हामीले चिनियां विद्यार्थीहरुले नेपाली भाषाका पत्रपत्रिकाहरु पढून् भन्ने उद्देश्यले नेपालका सञ्चारगृहसंग कुरा गरेका छौं। " उनले थपे, "खासगरी सरकारी मुखपत्र गोरखापत्र नेपाली भाषा पढिरहेका चिनियां विद्यार्थीमाझ पुर्याउने प्रयासमा हामीले लागिरहेका छौं"।
विवादित मानिएको एउटा मुद्दामा ब्रिटेनले उत्तरी आयरल्यान्डलाई युरोपेली एकल बजारकै हिस्सामा रहने गरी तर भन्सार युनियन त्याग्ने गरी प्रस्ताव गरिएको छ। यसअघि प्रधानमन्त्री बोरिस जोनसनले आफूले ब्रेक्जिट सहमतिसम्बन्धी "रचनात्मक तथा यथोचित" प्रस्ताव ब्रसल्समा पठाएको बताएका थिए। उनले त्यो प्रस्ताव स्वीकार्नुको विकल्प भनेको सहमतिविहीन ब्रेक्जिट मात्र हुने चेतावनी दिएका थिए। सम्बन्ध आफ्नो पार्टी कन्जरभेटिभको एउटा सम्मेलनलाई सम्बोधन गर्दै उनले यूकेले युरोपेली सङ्घसँग नयाँ सम्बन्ध चाहेको बताए। युरोपेली आयोगले प्रस्ताव अध्ययन गरेपछि केही समयमा प्रतिक्रिया दिने जनाएको छ। नो-डील ब्रेक्जिटको अर्थ म्यानचेस्टरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले आफ्नो पछिल्लो प्रस्तावले यूकेले गरेको सम्झौता दर्शाउने बताए। ब्रेक्जिट विवाद: संसद् निलम्बन अवैधानिक ठहर साथै उनले यसलाई ईयूले बुझ्ने र त्यसैअनुरूप उसले पनि सम्झौता गर्ने आशा व्यक्त गरे। युरोपेली आयोगले उक्त प्रस्तावलाई वस्तुपरक ढङ्गले परीक्षण गर्ने बताएको छ। यूकेले ३१ अक्टोबरमा ईयू छाड्दैछ। वार्ता ब्रिटिश सरकारले यो मितिभन्दा ढिलो ब्रेक्जिट हुने गरी कुराकानी नगर्ने बताउँदै आएको छ। त्यसैले प्रधानमन्त्री जोनसनले आफ्नो पछिल्लो प्रस्तावको विकल्प भनेको सहमतिविहीन ब्रेक्जिट हुने बताएका छन्। तर गत महिना ब्रिटिश संसद्ले पारित गरेको कानुन अनुसार अक्टोबर १९ अघि नै सांसदहरूले बहिर्गमनका शर्त स्वीकार नगरेको खण्डमा उनले ब्रेक्जिटको मिति लम्ब्याउन अनुरोध गर्नुपर्नेछ। आफ्नो सम्बोधनको क्रममा जोनसनले सहमतिविहीन ब्रेक्जिट सरकारको चाहना नभएको तर त्यसो हुन पुग्यो भने पनि सरकार तयारै रहेको बताए। बीबीसीका नरम्यान स्मिथ भन्छन्, यो सम्बोधन अलि आश्चर्यजनक रह्यो किनभने अरूबेला जस्तो प्रधानमन्त्री जोनसन आक्रामक सुनिएनन्। उनका अनुसार जोनसनलाई लागेको हुनुपर्छ कि आगामी केही घण्टा तथा दिनलाई उनको प्रधानमन्त्री पदको भविष्यका लागि सबैभन्दा महत्त्वपूर्ण स्रोता भनेको म्यानचेस्टरमा होइन कि ईयूका देशका राजधानीहरूमा रहेका छन्। युरोपेली आयोगका अध्यक्ष जाँ क्लड यङ्करले बुधवार नै प्रधानमन्त्री जोनसनसँग फोनवार्ता गर्ने बताइएको छ।
जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने फ्रान्सले केही दिनमै व्यापार युद्ध शुरू हुनसक्ने अवस्थातर्फ ध्यानाकर्षण गराएको थियो। तर ट्विटरमा राष्ट्रपति ट्रम्पले आफ्नो देशलाई वर्षौँदेखि अरू देशहरूले व्यापारमा शोषण गरिरहेको उल्लेख गरेका छन्। बचाउ ट्रम्पले उक्त करले अमेरिकी स्टील उत्पादकहरूको संरक्षण गर्ने उल्लेख गर्दै त्यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण भएको बताए। उनले अमेरिकी फर्महरूले युरोप र अन्यत्र भोग्ने अवरोधहरूबारे पनि गुनासो गर्दै अब चलाख हुनुपर्ने समय आएको उल्लेख गरे। तर अमेरिकी अर्थमन्त्रीले संयुक्त राज्य अमेरिकाले विश्व अर्थतन्त्रको नेतृत्व नछाडेको भन्दै उनले अरू देशका चिन्ताहरू राष्ट्रपति ट्रम्पसमक्ष पुर्याएको बताएका छन्। बिहीवार मात्रै अमेरिकी वाणिज्यमन्त्रीले स्टीलमा २५ प्रतिशत र एलुमिनियममा १० प्रतिशत कर बढाउने निर्णय कार्यन्वयनमा आएको बताएका थिए। कारोबार अमेरिकाका उत्पादनसम्बन्धी उद्योग निर्माण र तेल उद्योगमा तिनीहरूलाई कच्चा सामग्रीका रूपमा प्रयोग गरिन्छ। इयु क्यानडा र मेक्सिकोले अघिल्लो वर्ष झण्डै २३ अर्ब डलर मूल्य बराबरका स्टील र एलुमिनियम अमेरिकामा निर्यात गरेका थिए। अघिल्लो वर्षको कुल ४८ अर्ब डलरको स्टील र एलुमिनियम आयातको उक्त परिमाण लगभग आधा हो। ट्रम्प प्रशासनको निर्णयको इयु, क्यानडा र मेक्सिकोले आलोचना गर्दै आफूहरूले पनि त्यसरी नै शुल्क बढाउने घोषणा गरेका छन्। कतिपय रिपब्लिकन नेताले पनि उक्त कदमको आलोचना गरेका छन्।
एउटा तबेलानजिक चारपाङ्ग्रे रथ फेला पारिएको हो जहाँ सन् २०१८ मा तीनवटा घोडा फेला परेका थिए। त्यो रथ चाडपर्व र परेडहरूमा प्रयोग भएको हुनसक्ने विज्ञहरूको विश्वास छ। "अपवाद"को रूपमा र "राम्ररी संरक्षित अवस्था"मा रथ फेला पारिएको उनीहरूको भनाइ छ। पोम्पेई नगर सन् ७९ मा भिसूभीअस पहाडमा विस्फोट भएको ज्वालामुखीले पुरिन पुगेको थियो। उक्त नगरलाई पुरातात्त्विक दृष्टिकोणले एउटा खजानाको रूपमा हेर्ने गरिन्छ। ज्वालामुखी विस्फोटबाट निस्केको बाक्लो खरानीको तहले उक्त नगरलाई पुरेको थियो जसले गर्दा त्यहाँका अधिकांश भवनहरू खरानीमुनि संरक्षित हुन पुगेका हुन्। "फलामका सामान, सुन्दर कांस्य र टिनका साथै नाम्लो र फूलले सिँगारिएको उक्त रथलाई लगभग सग्लो अवस्था" मा फेला पारिएको एउटा वक्तव्यमार्फत् जनाइएको छ। पुरातत्त्विद्हरूका अनुसार उत्खननका क्रममा ज्यानुअरी ७ तारिखका दिन फेला पारिएको उक्त प्राचीन रथलाई सुरक्षित तरिकाले बाहिर निकाल्न हप्तौँ लागेको थियो। 'असाधारण खोज' अधिकारीहरूले इटलीमा अहिलेसम्म गरिएका खोजभन्दा यो फरक रहेको बताएका छन्। "यो एउटा खोज असाधारण खोज हो जसले प्राचीन जगत् बारेको हाम्रो ज्ञान थप गरेको छ, " खोज गरिएको स्थानका निर्देशक मासिमो ओसानाले प्रेस विज्ञप्तिमा भनेका छन्। रथमा प्रयोग भएका सजावटका कतिपय सामान वैवाहिक समारोह लगायतका सामुदायिक समारोहहरूमा प्रयोग गरिने रहेको उनले उल्लेख गरेका छन्। इटलीका संस्कृतिमन्त्री डारिओ फ्रान्चेस्किनले भनेका छन् कि पोम्पेईले आश्चर्यचकित बनाउने क्रम जारी राखेको र अझै २० हेक्टर क्षेत्र उत्खनन गर्न बाँकी रहेकोले धेरै वर्ष त्यसो गरिरहनेछ। नेपल्सको दक्षिण-पूर्वमा करिब २३ किलोकिलोमिटर फैलिएको उक्त प्राचीन शहर संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक सम्पदा क्षेत्रमा सूचीकृत छ। उक्त स्थान इटलीका अति लोकप्रिय पर्यटकीय क्षेत्रमा पर्छ। तर कोरोनाभाइरस महामारीका कारण अहिले बन्द छ।
हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए। मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन्। चुनावी परिणामपछि अष्ट्रेलियाको सरकारले यसै वर्षको अन्त्यसम्म त्यससम्बन्धी कानून ल्याउने जनाएको छ। उत्साहजनक आठ हप्ताको चुनावका क्रममा झण्डै ८० प्रतिशत अर्थात् एक करोड २० लाख मतदाताले मतदान गरेका थिए। मतपरिणाम घोषणा हुँदाको वातावरण एकदमै उत्साहजनक रहेको थियो। मध्य-सिड्नीमा ठूला स्क्रिनमा परिणाम घोषणा भएको हेर्न जम्मा भएका हजारौं मानिसले खुसियाली मनाएका थिए। महिनौंको विभाजनकारी बहस र दशकौँ लामो अभियानपछि समलिङ्गी जोडीहरुले अहिले अष्ट्रेलियाका नागरिकको साथ पाएका छन्। अबको चरणमा राजनीतिज्ञहरुले नयाँ कानून पारित गर्नुपर्ने हुन्छ। प्रतिवद्धता यसै वर्षको अन्त्यसम्म त्यस्तो कानून ल्याइसक्ने अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले बताएका छन्। उनले भनेका छन्, "अष्टेलियाका जनता बोलेका छन् र उनीहरुले अभूतपूर्व रुपमा समानता सहितको विवाह हुनुपर्छ भनेका छन्, उनीहरु निष्पक्षता, प्रतिवद्धता र प्रेमको पक्षमा उभिएका छन्, अष्ट्रेलियाका जनताले दिएको जिम्वेवारी हामीले यसै वर्ष क्रिशमश अघि नै पूरा गर्नुपर्छ। " धार्मिक स्वतन्त्रता र शिक्षा लगायतमा कट्टर विचार राख्ने संसद्का अनुदारवादी सदस्यहरुले नयाँ कानून ल्याउने प्रयासलाई चुनौती दिनसक्ने ठानिएको छ। बीबीसीका सिड्नी संवाददाता भन्छन्, "भोलि के हुन्छ भन्दा पनि अहिले धेरैजना चुनावी जितको उत्सव मनाइरहेका छन् र एकआपसमा खुशी साटासाट गरिरहेका छन्। "
हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ। न्याश्नल इन्टेलिजेन्सका निर्देशक जोन र्याटक्लिफले भने: "ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिन्छ। " अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छंदा न्याश्नल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन्। वासिङ्टनमा बोलेका र्याटक्लिफले दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको आरोप लगाए। उनले इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवं असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको आरोप लगाए। अस्वभाविक ब्रिफिङ हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ। चुनावी दिन नजिकिएको बेला अकस्मात् गरिएको त्यस्तो ब्रिफिङमा सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)का निर्देशक क्रिस्टोफर वारे समेत थिए। उनले त्यहाँ अमेरिकी चुनाव सुरक्षित रहेको र त्यस्ता कुरा सहन गर्न सक्ने बताए। जोन र्याटक्लिफले रुसबारे इरानकोजस्तै कामको जानकारी आफूसँग नभए पनि उसँग समेत केही मतदाताको विवरण भएकोमा आफू सचेत भएको बताए। रुस सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको भन्दै व्यापक रूपमा आलोचित हुने गरेको छ। ओबामाको पहिलो चुनावी मन्तव्य पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याटिक उमेद्दवार जो बाइडनको पक्षमा पहिलोपटक चुनावी मन्तव्य दिंदै ट्रम्पमाथि दिनदिनै झुटो बोलेको आरोप लगाए। जसक्रममा उनले बाइडन र कमला ह्यारिस पदमा हुँदा उनीहरूबाट दैनिक अचम्मलाग्दा भयङ्कर कुरा सुन्नु नपर्ने बताए। फिलेडेफियामा बोलेका ओबामाले 'ट्रम्पले राष्ट्रपतिय भूमिकालाई रियालिटी सोजस्तो बनाएको र आफूबाहेक कसैको मतलब नगरेको' बताए। उनको भनाइ थियो: "यो रियालिटी सो होइन, यो वास्तविकता हो। र उनले आफ्नो भूमिका राम्ररी निर्वाह नगर्दाको मूल्य बाँकी हामीले चुकाउनु पर्छ। " ओबामाले आफ्ना कार्यकालका उपराष्ट्रपति बाइडनले अमेरिकाको अन्तर्राष्ट्रिय स्थानलाई पुन: बलियो बनाउने र हरेक अमेरिकीको लागि काम गर्ने बताए। एउटा कार र्यालीलाई सम्बोधन गरेका उनले 'हाम्रो जीवनकालकै सबैभन्दा महत्त्वपूर्ण चुनावमा भोट हाल्न १३ दिन बाँकी रहेको' बताए। उनले मन्तव्य दिइरहंदा यसपटक ताली नभइ कारका हर्नमार्फत् मानिसहरूले समर्थन जनाइरहेका थिए। चुनावी अभियान यतिखेर बाइडन भने चुनावी अभियानबाट पर सरेर ट्रम्पसँग हुने अन्तिम राष्ट्रपतीय बहसको तयारी गरिराखेका छन्। उता नर्थ क्यारोलाइनामा समर्थकहरूमाझ बोलेका ट्रम्पले मानिसहरूलाई 'ट्रम्पको समृद्धि र बाइडनको लकडाउनबिच मतदाताले आफूहरूलाई रोज्नुपर्ने' बताए। उनले त्यहाँ अफ्गानिस्थानबाट अमेरिकी फौजलाई स्वदेश फर्काउने बाचालाई समेत दोहोर्याए। ट्रम्पले त्यहाँ भने: "पछिल्लो चुनावमा हिलरी क्लिन्टनका लागि निकै मिहिनेत गरेर चुनाव प्रचार गरे पनि नतिजा उनको पराजय थियो। "
ट्रम्पले 'चिनियाँ भाइरस' भनेपछि पछिल्ला साताहरूमा यी दुई देशबीच बारम्बार चर्काचर्की परेको थियो। तर फोनवार्तामा राष्ट्रपति सीले चीन अमेरिकासँग मिलेर काम गर्न चाहेको बताए। उनले बेइजिङका कदमहरू खुला र पारदर्शी भएको समेत बताए। ट्रम्पले के भने? फोनवार्ता पछिको एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले 'निकै सम्मान' लेख्दै यस रोगबारे चीनसँग बलियो बुझाइ रहेको उल्लेख गरे। बेइजिङले कोरोनाभाइरसको महामारीसँग जुझिरहेका देशहरूलाई सघाउने विषयमा नेतृत्वदायी भूमिका खेलिरहेको छ। उसले अहिलेसम्म झण्डै एक सय देशमा चिकित्सक र स्वास्थ्य सामग्री पठाइसकेको छ। उता विश्व नेताहरूले भाइरसको प्रभावसँग जुझ्ने कदमहरू घोषणा गरिरहँदा एशियाका शेअर बजारमा आशाका सङ्केतहरू देखिएका छन्। अर्थतन्त्र जोगाउने प्रयास बिहीवार मुख्य अमेरिकी सेअर बजारमा मन्दी छाउन थालेयताकै लगातार तीन दिनको उकालो लाग्ने राम्रो क्रम देखिएको थियो। शनिवार अन्त्यसम्ममा अमेरिकी संसद् कङ्ग्रेसले झण्डै २० खर्ब डलरको एउटा विशाल आर्थिक प्याकेज पारित हुने आशाबीच सेअर बजारमा केही आशालाग्दा छनक देखिन थालेका हुन्। यसैबीच विश्वका मुख्य अर्थतन्त्र भएका देशहरूको समूह जी ट्वान्टीले समेत बिहीवार नै विश्व अर्थतन्त्रमा ५० खर्ब डलर प्रवाह गर्ने वाचा गरेको थियो। युरोपेली सङ्घ (ईयू) र १९ देशका नेताहरूले एउटा भर्चुअल सम्मेलन गर्दै त्यस्तो वाचा गरेका थिए। साउदी अरबले अध्यक्षता गरेको उक्त सम्मेलनअघि संयुक्त राष्ट्रसङ्घले दशौँ लाख शरणार्थी र घरबारविहीन बनेका मानिसहरूमाथि विश्वले ध्यान दिनुपर्ने बताएको थियो। अमेरिकाको अवस्था के छ? विश्वमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण अमेरिकामा पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले त्यो आफ्नो देशमा बृहत् रूपमा गरिएका जाँच कारण भएको बताएका छन्। अमेरिकामा अहिले ८५ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन्। सङ्क्रमणका हिसाबमा अमेरिकाभन्दा मुनि चीन, इटली रहे पनि मृत्यु हुनेको सङ्ख्या भने ती देशमा अमेरिकामा भन्दा धेरै छ। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले चीनको तथ्याङ्कप्रति भने पुन: संशय व्यक्त गरे र अमेरिका 'निकै छिटो' काममा फर्कने बताए। यसबीच विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। संसारका १८० भन्दा बढी देशमा यो रोग फैलिसकेको छ। करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।
कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाण्डूमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्। जल तथा मौसम विभागका विगत केही दिनको विवरणहरू हेर्दा पनि कतिपय तराईका शहरहरू र काठमाण्डू उपत्यकामा तापक्रम उस्तैउस्तै देखिएको छ। उपत्यकावासीका भनाइमा काठमाण्डूमा विगत केही वर्षदेखि हरेक वर्ष गर्मी बढेको महसुस हुने गरेको छ। विभागका अनुसार शनिवार काठाण्डूको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसम्म पुगेको थियो भने आइतवार दिउँसो ३२ डिग्री सेल्सियसकै हाराहारी तापक्रम पुगेको छ। शनिवार विराटनगरको तापक्रम ३४. ५ डिग्री सेल्सियस थियो। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसम विज्ञ अर्चना श्रेष्ठले बीबीसी नेपाली सेवालाई भनिन्: "यसपटक गर्मी बढेको अनुभव गर्नुमा जलवायु परिवर्तन र बढ्दो शहरीकरण नै हो। " हामीले काठमाण्डू उपत्यकामा साच्चै हरेक वर्ष तापक्रम बढ्दै गएको हो वा मानिसहरूलाई त्यस्तो अनुभूति मात्र भएको हो? भनी मौसम विज्ञ श्रेष्ठलाई सोधेका थियौँ। काठमाण्डूको तापक्रम र मौसमका बारेमा श्रेष्ठको भनाइ उनकै शब्दमा: सामान्यरूपमा विगत ४० वर्षको विवरण हेर्दा काठमाण्डूमा र पहाडी क्षेत्रमा मनसुनपूर्व र मनसुनका बेलामा अधिकतम तापक्रम बढ्दै गएको देखिन्छ। सन् १९७१ देखि २०१४ सम्मको तुलना गर्दा यी क्षेत्रमा हरेक वर्ष ०. ४५ डिग्री सेल्सियसको दरले तापक्रम बढेको देखिन्छ। तर गत वर्षकै तुलनामा यसपटक गर्मी बढेको अनुभव गर्नुमा चाहिँ प्राकृतिक रूपमा तापक्रम वृद्धि भएको भन्दा पनि अन्य कारण छन्। त्यसको एउटा कारण भनेको काठमाण्डू उपत्यकामा बढ्दो शहरीकरण नै हो। यस क्षेत्रमा न हरियाली छ, न त भेन्टिलेसन राखेर हावा वारपार हुने गरि घर बनाइन्छ। यसले गर्दा यो क्षेत्रमा आद्रता बढिरहेको छ। जसका कारण मानिसहरूले एकदमै गर्मी र अफ्ट्यारो अनुभव गर्ने गरेका छन्। जलवायु परिवर्तनको अनुकूलन सम्बन्धी एउटा अध्ययन गर्दा हामीले काठमाण्डू मात्र होइन अन्य पहाडी क्षेत्रमा पनि तराईको तुलनामा तापक्रम अझ धेरै बढेको पाएका छौँ। हरेक वर्ष यस्तो अवस्था देखिनुको कारण भनेको जलवायु परिवर्तन र विश्वभर भएको तापमान वृद्धि नै हो। पहाडमा नै किन बढी असर देखियो भन्नेमा एउटै कुरालाई मात्र कारणका रूपमा हेरेर हुँदैन। तर चिसो क्षेत्रमा तापक्रम एकदमै संवेदनशील हुने भएकाले तापक्रम छिटो बढेको हुनसक्छ। नासाले बनाएको सन् २०१४ देखि २०१८ सम्मको विश्वको तापक्रमको नक्सा - रातो देखिएका स्थानहरूमा औसतभन्दा बढी तापक्रम मापन गरिएको थियो काठमाण्डूमा गएको ४० वर्षमा सबैभन्दा अधितकतम तापक्रम साढे ३६ डिग्री सेल्सियससम्म पुगेको रेकर्ड छ। सन् १९८९ मे ७ तारिखका दिन काठमाण्डूको तापक्रम ३६. ६ डिग्री सेल्सियस पुगेको थियो। जुन महिनाको हेर्दा चाहिँ सबैभन्दा बढी तापक्रम सन् २०१२ मा ३५. २ डिग्री सेल्सियससम्म पुगेको देखिन्छ। काठमाण्डू र अन्य उपत्यका क्षेत्रमा गर्मी बढ्दा पानी पर्ने सम्भावना पनि धेरै हुन्छ। तर त्यसका लागि वातावरण कस्तो छ भन्ने पनि हेर्नुपर्छ। पोल्ने खालको घाम लाग्दा पानी पर्दैन तर धेरै पसिना आउने खालको गर्मी बढ्यो भने पानी पर्ने सम्भावना हुन्छ।
कोरोनाभाइरसको महामारीसँगै कतिपय अस्पतालमा बिरामीहरूले अत्यावश्यक शल्यक्रिया सहितका सेवा नपाएको विवरण आइरहँदा उनले त्यसलाई चिन्ताजनक प्रवृत्ति भन्दै त्यो गैरकानूनी भएको बताए। देशका विभिन्न ठाउँका अस्पतालहरूले आकस्मिक सेवा लिन आउने बिरामीहरूसँग कोरोनाभाइरस सङ्क्रमण नभएको प्रमाण स्वरूप पीसीआर वा आरडीटी परीक्षणको रिपोर्ट माग गरेका खबरहरू आइरहेका छन्। निजी अस्पतालहरूको छाता सङ्गठनका अधिकारीले निजी अस्पतालहरूले सरकारले तोकेको ‘प्रोटोकल’ पालना गरिरहेको भन्दै कसैलाई पनि उपचारबाट वञ्चित नगरिएको दाबी गरेका छन्। गैरकानुनी कोरोनाभाइरसको महामारी देखापरेपछि सरकारले कोभिड-१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गर्दै अस्पतालहरूले शारीरिक दूरी सहित व्यक्तिगत सुरक्षाका मापदण्डहरू अवलम्बन गर्दै कोभिड-१९ बाहेकका स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने भनेको छ। त्यसक्रममा कोरोनाभाइरसको उपचारका लागि मात्रै भनेर तोकिएका बाहेक सम्पूर्ण अस्पतालले आकस्मिक र गम्भीर किसिमका सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ। तर कोरोनाभाइरसको महामारी बढ्दै जाँदा देशका विभिन्न स्थानका अस्पतालले आकस्मिक रूपमा उपचार खोजिरहेका बिरामीलाई तत्कालै भर्ना लिन नमानेका विवरणहरू आएका छन्। अस्पतालहरूले त्यस्ता बिरामीहरूसँग पीसीआर वा आरडीटी विधिबाट परीक्षण गराइ कोरोनाभाइरस नभएको प्रमाण ल्याउन भनिरहेका विवरणहरू आएका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला सबै आकस्मिक र गम्भीर सेवा चाहिने बिरामीका लागि कोरोनाभाइरसको परीक्षण नचाहिने भन्दै त्यस्तो माग गर्नु गलत भएको बताउँछन्। उनले भने, “जीवन जोखिममा हुने वा अङ्गभङ्ग हुने अवस्थामा कानूनी र आचारसंहिता दुवै हिसाबले त्यसरी आकस्मिक उपचारबाट कसैलाई पनि वञ्चित गर्न पाइँदैन्। यो वा त्यो बहानामा कतै अवरोध भएको छ भने काउन्सिलमा उजुरी दर्ता गराउनुहोस् हामी कारबाहीको प्रकिया अघि बढाउँछौँ। ” त्यस्ता घटनाहरू सरकारीसहित विभिन्न अस्पतालमा पाइएका खबरहरूमा जनाइएको छ। सरकारको नीतिको कार्यान्वयन तर एसोसिएशन अफ प्राइभेट हेल्थ इन्सटिच्युटन नेपालका महासचिव हेमराज दाहाल आफ्नो सङ्गठन आवद्ध स्वास्थ्य संस्थाहरूबाट गैरकानूनी ढङ्गका कुनै पनि काम नभएको दाबी गर्छन्। उनले भने, “उपचार गर्नैपर्छ भन्ने हाम्रो स्पष्ट अडान रहँदै आएको छ। शङ्कास्पद बिरामीहरूलाई आरडीटी परीक्षण गरेर हेर्नुपर्छ तर उपचारबाट वञ्चित गर्न पाँइदैन भनेर हामीले पनि अस्पतालहरूलाई भनिरहेका छौँ र बिरामीलाई उपचारबाट वञ्चित गरिएको छैन। ” उनले थपे, “नियमसङ्गत रूपमा हाम्रा कामहरू भइरहेका छन्। यदि गैरकानूनी भइरहेको भए हामी कारबाही भोग्न पनि तयार छौँ। ” अधिकारीहरूका अनुसार हाल कार्यान्वयनमा रहेको निर्देशिकामा आकस्मिक रूपमा शल्यक्रिया गर्नुअघि बिरामीलाई कोरोनाभाइरसको सङ्क्रमण भए या नभएको भनेर आरडीटी विधिबाट परीक्षण गर्न मिल्ने मापदण्ड तोकिएको छ। आरडीटी परीक्षणबाट १५ मिनेटमा नै नतिजा आउने भएपनि यसलाई कम्तीमा ६ घण्टापछि मात्रै नतिजा दिने पीसीआर विधिभन्दा कम विश्वशनीय मानिन्छ। उसबेला नेपालमा आरडीटी जाँचका लागि मात्रै कीटहरू रहेकाले त्यस्तो व्यवस्था गरिएको बताइन्छ। तर अधिकारीहरूले उक्त व्यवस्थालाई परिमार्जन गर्न लागेको बताएका छन्। नेपाल मेडिकल काउन्सिलले नयाँ निर्देशन जारी गर्न लागेको जानकारी दिँदै डाक्टर कोइराला भन्छन्, “बिरामी कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिम भएको क्षेत्रबाट आकस्मिक उपचारका लागि आएको अवस्थामा बेहोस पारेर उपचार गर्नुअघि पीसीआर परीक्षण गराउनुपर्छ भनेर हामीले निर्देशिकालाई अद्यावधिक गर्दैछौँ। हामीले प्रत्येक घटनाहरूलाई एक एक गरेर हेर्नुपर्छ भन्नेमा लागेका छौँ। ” उनले सबै पक्ष जिम्मेवार हुनुपर्ने भन्दै परीक्षण गराउनुपर्ने अवस्थामा पनि सावधानी अपनाएर बिरामीहरूलाई बाँकी स्वास्थ्य सेवाहरू उपलब्ध गराइनुपर्ने उल्लेख गरे। के कोरोनाभाइरसको दोस्रो लहर आउँछ? असुरक्षा यथावत् सङ्क्रामक रोग सम्बन्धी विशेषज्ञ डाक्टर अनुप सुवेदी आकस्मिक सेवा खोज्दै आएका बिरामीलाई भर्ना लिन्न भन्न नपाइने बताउँछन्। आफूसँग सेवा उपलब्ध नभएको अवस्थामा पनि त्यस्ता बिरामीको उपचारको लागि सहजीकरण गरिदिने जिम्मेवारी बिरामी पहिले पुगेको अस्पतालको हुने विश्व्यापी मान्यता रहेको उनको भनाइ छ। तर सेवा प्रवाह गर्न चुनौती रहेको उल्लेख गर्दै उनी भन्छन्, “अहिले पनि हामीकहाँ स्वास्थ्यकर्मीका लागि यथेस्ट रुपमा सुरक्षा सामग्री उपलब्ध छैन। पीसीआर विधिबाट गरिने परीक्षणकै पनि नतिजा आउन एकहप्ता भन्दा बढी लागेको देखिन्छ। " "एउटा अस्पतालमा मात्रै सङ्क्रमण देखियो भने धेरै सेवा प्रभावित हुन्छ र अरूले पनि असुरक्षित महसुस गर्छन्। अवस्था नै भयावह बन्ने जोखिम हुन्छ। " "त्यही भएर सावधानी अपनाउने र श्रोत साधन जुटाएर बढी भन्दा बढी परीक्षण गर्न हामीले जोड दिनुपर्छ। उपचार चाहिँ दिनैपर्छ। ”
ईयूले "सबै आवश्यक उपाय" अपनाइने चेतावनी दिएको छ बिहीवार मध्यरातबाटै स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको आयातमा १० प्रतिशत कर लगाइने छ। वाणिज्यमन्त्री विल्बर रसले जानकारी दिएका उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदारहरू प्रभावित हुनेछन्। युरोपेली सङ्घ र मेक्सिकोले अमेरिकी कदमप्रति असन्तोष व्यक्त गर्दै त्यसका बदलामा आफूहरूले पनि कदम चाल्ने बताएका छन्। अमेरिकी वाणिज्यमन्त्री रसले आफ्नो देशबाट अमेरिका निर्यात हुने स्टील र एलुमिनियमाथि कर लगाइने प्रावधानलाई रोक्ने प्रयास गरिरहेका ईयूका नेताहरूसँगको वार्तास्थल प्यारिसबाटै त्यस्तो निर्णयको घोषणा गरेका हुन्। प्रतिक्रिया उनले आफूहरूको वार्तामा पर्याप्त प्रगति नभएको बताउँदै सम्भावित प्रतिक्रिया अपेक्षित रहेको बताएका छन्। "हाम्रो कदमप्रति उनीहरूको प्रतिक्रिया कस्तो रहन्छ हामी त्यो हेर्नेछौँ, "अमेरिकी वाणीज्य मन्त्रीको भनाइ थियो। उनले सबै पक्षसँग छलफल गर्न आफूहरू इच्छुक रहेको पनि बताए। उनले क्यानडा र मेक्सिकोसँग जारी उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्तामा पनि अनुमान गरिएभन्दा बढी समय लागेको बताएका छन्। चेतावनी फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेएरले अमेरिकी करहरू "अनुचित र खतरनाक" हुने टिप्पणी गरेका छन्। उनले चेतावनी दिँदै भने, "ईयूले अमेरिकाले लगाएको करको जवाफ दिन सबै आवश्यक उपाय अपनाउनेछ। " युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युङ्करले कर लागु गर्नेबारे अमेरिकाले लिएको निर्णयलाई अस्वीकार्य भन्दै ईयूले त्यसविरुद्ध विभिन्न उपायहरू अपनाउने बताएका छन्। मेक्सिकोले अमेरिकी स्टील र कृषि उत्पादनमा पनि "उस्तै खाले प्रावधानहरू" लागु गर्ने जनाएको छ। सुरुवात राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउँदै गत मार्चमा विदेशबाट आयात गरिने स्टील र एलुमिनियममा कर लगाउने योजनाको घोषणा गरेका थिए। चीनको अगुवाइमा विश्वव्यापी रूपमा नै स्टील र एलुमिनियमको आपूर्ति बढिरहेको तर्क गर्दै त्यसबाट अमेरिकाका लागि महत्त्वपूर्ण रहेका स्वदेशी स्टील र एलुमिनियम उत्पादकहरूलाई जोखिमपूर्ण अवस्थामा पुर्याएको उनको भनाइ थियो। उक्त घोषणायता दक्षिण कोरिया, आर्जेन्टिना, अस्ट्रेलिया र ब्राजिलले कर मिनाहाका बदलामा आफूहरूले अमेरिका निर्यात गर्ने स्टील र एलुमिनियमको परिमाण सीमा तोक्न सहमति जनाइसकेका छन्। वार्ता जारी रहँदा अमेरिकाले ईयू, क्यानडा र मेक्सिकोका हकमा अस्थायी रूपमा कर मिनाहा गरिदिएको थियो। त्यस्तो कर मिनाहाको समयसीमा जुन १ तारिखमा समाप्त हुनेछ।
उनीहरूले सरकारले उड्ड्यन सुरक्षा सम्बन्धी विभिन्न अभिसन्धिहरूमा हस्ताक्षर गर्ने तर मापदण्ड पूरा नगर्ने प्रवृतिका कारण पनि ईयूले उक्त सूचीबाट नेपाललाई नहटाएको बताए। विश्व नागरिक उड्ड्यन दिवसका अवसरमा शुक्रवार काठमाण्डूमा कार्यक्रम गर्दै सरकारी अधिकारीहरूले उड्ड्यन सुरक्षामा गम्भीर रहेको दोहर्याए। हवाई दुर्घटना बढेको, अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन अर्थात् आइकाओको मापदण्ड पालना नभएको, नियामक निकाय नै सेवाग्राही समेत रहेको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको पाँच वर्ष पुगेको छ। कारण ईयूको त्यही निर्णयका कारण नेपाल वायु सेवा निगमले हालै खरिद गरेका दुइवटा ठूला आकारका जहाज समेत युरोपमा उडाउन सकेको छैन। नेपालले कतिपय कुरामा सुधार गरेपनि ईयूले एकपछि अर्को कारण देखाउँदै उक्त सूचीबाट नहटाएको अधिकारीहरूको भनाइ छ। धेरैखाले सुधारपछि पनि कालोसूचीबाट हट्न नसक्नुलाई नेपाल नागरिक उड्ड्यन प्राधिकरणका एकजना पूर्व महानिर्देशक त्रिरत्न मान्धर कूटनीतिकसँग जोडेर हेर्छन्। उनी भन्छन्, "सुरक्षाको कुरा गर्ने हो भने नेपालभन्दा भारतको आइकाओ अडिट रिजल्ट कम छ। तर भारत किन ईयूको कालोसूचीमा छैन, नेपाल मात्र किन? किनकी नेपाल सानो देश, गरिब देश भनेर हेप्न सक्ने भएकाले पनि होला कि? " उड्ड्यन सुरक्षामा सुधारका साथै सरकारको दरिलो कूटनीतिक पहल आवश्यक रहेको उनको बुझाइ छ। खाँचो प्राधिकरणकै अर्का पूर्व महानिर्देशक राजेशराज दली भने सरकार, नागरिक उड्ड्यन प्राधिकरण र निजी विमान कम्पनीले सुधार गर्नु पर्ने खाँचो देख्छन्। दली भन्छन्, "नियम कानुनमा भएको कमजोरी सरकारले सच्याउनु पर्छ। प्राधिकरणले प्रभावकारी ढङ्गले अनुगमन गर्नुपर्छ अनि निजी कम्पनीले पनि आफैँले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ। " तर कतिपयले युरोप र अमेरिकाले हालसम्म उडान अनुमति नदिएका चिनियाँ जहाजलाई नेपालले अनुमति दिएको कुरासँग पनि ईयूको उक्त निर्णयलाई जोडेर हेर्ने गर्छन्। हाल नेपाल वायु सेवा निगमले केही चिनियाँ जहाज उडाइरहेको छ। हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले त्यस्तै सङ्केत गर्दै भने, "वास्तवमा यो सुरुवात चिनियाँ जहाजको आगमनसँगै भएको हो। तर यसमा हाम्रो तहबाट केही हुदैन भन्ने राजनीतिक प्रतिबद्धता चाहिन्छ। " ईयूको इच्छा अधिकारीहरू भने ईयू अरू कुरामा सकारात्मक देखिए पनि विमानस्थल सञ्चालन गर्ने र निमयन गर्ने जिम्मेवारी एउटै निकायले लिन नहुने भन्ने सर्तमा भने कठोर देखिएको बताउँछन्। हालै मात्र पनि ईयूले प्राधिकरणको नियमन र सेवाको कामलाई छुट्ट्याएर अलग-अलग संस्था बनाउनु पर्ने बताउँदै पत्र पठाएको अधिकारीहरूले बताए। हाल उड्ड्यन प्राधिकरणले विमानस्थलहरू सञ्चालन गर्ने र उड्ड्यन क्षेत्रको नियमन गर्ने दुबै काम गर्दै आएको छ। त्यसलाई अलग-अलत निकायको जिम्मेवारीमा दिने कानुन संसद्को हिउँदे अधिवेशनबाटै पारित गराउन पहल भएको प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमले जनाकारी दिए। उनले भने, "मन्त्रिपरिषद्ले ऐनलाई सैध्दान्तिक सहमति दिएको छ र प्रधिकरणलाई टुक्रयाउने सिद्धान्त स्वीकृत गरेको छ। यो ऐन संसद्को आउँदो अधिवेशनबाटै पास गराउन मन्त्रीज्यूले प्रतिबद्धता गर्नुभएको छ। " कतिपय विज्ञ भने जिम्मेवारी छुट्ट्याउन लामो समय लाग्ने बताउँछन्। उनीहरूका बुझाइमा प्राधिकरणको पुनर्संरचनासँगै नेपालले प्रभावकारी कूटनीतिक पहल नगरी ईयूको कालोसूचीबाट हट्ने सम्भावना कमजोर छ।
अमेरिकामा रहेका नेपाली मूलका मतदाताहरू प्रत्यक्ष रूपमा चुनावमा संलग्न हुने गरेका छन्। उनीहरूले अमेरिकी राजनीतिमा आफ्नो सरोकार देखाउने गरेका छन्। अमेरिकाको उचारचढावपूर्ण सम्बन्ध रहेको चीनसँग नेपालको सीमा जोडिएको र भूराजनीतिक अवस्थाले गर्दा उक्त चुनावप्रति कूटनीतिक सरोकार पनि राख्ने गरेको पाइन्छ। अनि नेपाल जस्तो देशले अमेरिकामा हुने गरेको चुनावी प्रक्रिया र त्यसमा प्रयोग हुने प्रविधिबाट शिक्षा लिनुपर्ने मत राख्नेहरू पनि छन्। प्रविधिको प्रयोग: 'महँगो चुनावको विकल्प' पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती सन् २०१२ को अमेरिकी चुनावमा पर्यवेक्षक थिए। त्यहाँ अपनाइने प्रक्रिया, विधि र प्रविधिले उनलाई लोभ्याएको छ। उनको विचार: लोकतन्त्रको लोकतान्त्रिकीकरण गर्ने सन्दर्भमा ती तीन कुरा अन्त्यन्त महत्त्वपूर्ण छन्। त्यहाँ प्रहरी देखिँदैन। मतदाताको लाइन पनि भिडभाड हुँदैन। मारामार नहुने, शान्त वातावरणमा चुनाव हुन्छ। धेरै मानिसले पहिले नै भोट हालिसक्छन्। व्यवस्थापनमा धेरै खर्च र चुनौती बेहोर्नुपर्ने हामीले त्यो व्यवस्थापन सिक्नुपर्छ। अमेरिकामा पनि कतिपय भूगोल त्यति सहज छैन। यातायातको साधन कम भएको र असजिलो अवस्था रहेको ठाउँ भएका देशमा प्रविधिको प्रयोग निकै लाभप्रद हुन्छ। विदेशमा बस्नेलाई पनि मताधिकार दिन सकिन्छ। जहाँसुकैबाट आफ्नो क्षेत्रको निम्ति भोट दिन सक्ने अवस्था हुनसक्छ। जस्तो जुम्लाको मान्छेले काठमाण्डूमा रहेर जुम्लाको निम्ति भोट हाल्न सक्ने परिस्थिति सिर्जना भएको छ। त्यस्तै अमेरिकामा निर्वाचन आयोगले चुनावको व्यवस्थापन गर्दैन। सरकारले चुनाव गराउँछ। तर आयोगले चुनावमा पार्टी वा उम्मेदवारले खर्च ठिकसँग गर्यो कि गरेन वा बदमासी भयो कि भएन भन्ने हेर्छ। उम्मेदवार र पार्टीले गर्ने खर्चका साथै आयोगले चुनाव व्यवस्थापन गर्दा हुने खर्च निकै महँगो हुँदैछ। यस्तो स्थितिमा नेपालमा लोकतान्त्रिक विधि नै धान्न गाह्रो हुन लागेका बेला अमेरिकी चुनावबाट त्यो सिक्न उत्तिकै महत्त्वपूर्ण छ। तिब्बतबारे अमेरिकी मन्त्रीको चासो अमेरिकाका लागि पूर्वराजदूत सुरेश चालिसेका विचारमा विश्वकै ठूलो अर्थतन्त्र र सैन्यशक्तिराष्ट्र भएकाले अमेरिकी चुनावप्रति नेपालको पनि चासो रहनु स्वाभाविक हो। किन त? उनको अनुभव र दृष्टिकोण: विगतको चुनावपछि संसारलाई प्रभाव पार्ने कुरा भए। जलवायु परिवर्तन, राष्ट्रसङ्घीय मानवअधिकार परिषद् र विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका पछि हट्यो। त्यसले साना ठूला सबैलाई असर गर्छ तर सानालाई बढी गर्छ। नेपाल जस्ता देशहरूले जलवायु परिवर्तनदेखि क्षेत्रीय र विश्वस्तरका तनावलाई मत्थर पा र्ने र आर्थिक समृद्धिलाई सहयोग पुर्याउन सक्ने नेतृत्व आओस् भन्ने इच्छा राख्नु स्वाभाविक हो। अमेरिका र चीनको प्रतिस्पर्धा वा मनमुटावले नेपाल वा यस क्षेत्रमा प्रभाव नपरोस् भन्ने चाहना पनि रहन्छ। तर उनीहरूको नीतिले त्यसमा खासै फरक पार्छ जस्तो लाग्दैन। नेपालको कम्युनिस्ट पार्टीको सरकार अलिकति चीनप्रति ढल्केको छ भन्ने विश्व मान्यता पाइन्छ। तैपनि नेपाल विशेषको लागि ट्रम्प सरकारले समेत नराम्रो असर गर्ने केही गरेको छैन। हामी सवधानीपूर्व अघि बढ्नुपर्ने खाँचो भने छ। एउटा उदाहरण: गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार थियो, म अमेरिकामा राजदूत थिएँ। नेपालमा तिब्बत पक्षीय आन्दोलन भयो। आत्मदाहको कुरा पनि आएको थियो। मलाई मानवअधिकार मामिला हेर्ने मन्त्रीले बोलाउनुभयो। नेपाल प्रहरी तिब्बतीहरूप्रति कठोर भयो भन्ने उहाँहरूको भनाइ थियो। मैले भनेः हामीले त्यस्तो हुन दिँदैनौँ, रोकथामका उपायहरू अपनाउँछौँ तर चीनसँगको नेपालको सम्बन्धको संवेदशीलता बुझ्नुपर्छ भन्दा मन्त्रीले सहमति जनाउनुभएको थियो। त्यसैले अमेरिकी मन्त्री, सरकार वा प्रशासन रिपब्लिकन होस् वा डेमोक्र्याट जो आए पनि हाम्रो सीमा बुझेका छन्। अमेरिकामा रहेका नेपालीको चासो किन? अमेरिकामा रहेका नेपाली र त्यहाँका मतदाता भइसकेका गैरआवासीय नेपाली दुवैमा यसपटकको चुनावमा चासो बढेको त्यहाँस्थित पत्रकार अनिल अधिकारी (इकागज डट कमसँग सम्बद्ध) बताउँछन्। कारणबारे उनको बुझाइ: जो बाइडनले चुनाव जितेपछि आप्रवासीका निम्ति सहज नीति ल्याउँछन् भन्ने बुझाइका कारण नेपालीहरूको चासो यो चुनावमा बढेको हुनुपर्छ। अमेरिकाको स्थायी बासिन्दाको मान्यता पाउन प्रक्रिया थालेकाहरू र ग्रीन कार्ड पाइसकेकाहरूमा पनि चुनावप्रति सरोकार देखिन्छ। किनकि ट्रम्पको तुलनामा बाइडनको जितपछि त्यसमा नरम नीति लिने अनुमान गरेको पाइन्छ। त्यो किन पनि भने पछिल्लो पटक राष्ट्रपति ट्रम्पले डीभी रोक्ने लगायतका कार्यक्रम ल्याउने नीति अघि सारेका बेला डेमोक्र्याटिक पार्टीले भने आप्रवासी नीतिप्रति लचिलो दृष्टिकोण राखेर कार्यक्रम गरेको देखिएको छ।
काठमाण्डू-रक्सौल रेलमार्ग निर्माणका लागि विभिन्न चारवटा वैकल्पिक रूट प्रस्ताव गरिएको छ। उक्त प्रतिवेदनका अनुसार मार्गको लम्बाइ र भौगौलिक स्थितिका आधारमा अहिलेको विनिमय दरअनुसार निर्माणको लागत २. ६६ खर्बदेखि ३. १७ खर्ब रुपैयाँ पर्ने देखिएको छ। भारतले बुझाएको प्रारम्भिक इन्जिनियरिङ एवम् ट्राफिक सर्भे रिपोर्टका अनुसार त्यति रकम सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङसँग सम्बन्धित भौतिक निर्माणकार्यका लागि खर्च हुनेछ। बीबीसी न्यूज नेपालीले प्राप्त गरेको प्रतिवेदनका अनुसार परियोजना पूर्ण रूपमा नेपाली भूभागमा पर्ने हुँदा अनुमानित लागतमा भूमि अधिग्रहण गर्न लाग्ने खर्च र आयात गरिने मालसामान तथा उपकरणमा लाग्ने विभिन्न कर जोडिएको छैन। उक्त अन्तरदेशीय रेलमार्ग परियोजनाका लागि जग्गा उपलब्ध भएपछि पाँच वर्षमा निर्माण सकिने प्रतिवेदनमा उल्लेख छ। चुनौती काठमाण्डू-रक्सौल रेलमार्ग निर्माण गरिने स्थान पहाडी भूभागमा पर्छ। त्यसैले विभिन्न स्थानमा सुरुङ तथा पुल निर्माण गर्नुपर्ने हुन्छ। भौगर्भिक अवस्थालाई उक्त परियोजनाको मुख्य चुनौती मानिएको छ। कतिपय स्थानमा पुग्न कठिन हुने र परियोजना निर्माणका लागि पहाडी भेगमा काम गरिसकेको दक्ष जनशक्ति तथा 'स्टेट अफ द आर्ट' उपकरण प्रयोग गर्नुपर्ने हुँदा समथर भूमिमा निर्माण गरिने रेलमार्गको तुलनामा महँगो हुन जाने बताइएको छ। परियोजनाको प्रतिफल दर ५. ६५ प्रतिशत हुने उक्त प्रतिवेदनमा उल्लेख छ। "यद्यपि परियोजनाले दिन सक्ने विशाल आर्थिक सामाजिक लाभका कारण कार्यान्वयनमा लान सकिनेछ, " प्रतिवेदनमा लेखिएको छ। गत वर्ष नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाण्डू-रक्सौल रेलमार्गको अध्ययन अगाडि बढाउन एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। नेपाल र भारतका सीमावर्ती क्षेत्रलाई जोड्ने रेलमार्ग भए पनि काठमाण्डूसँग जोड्ने रेलमार्ग चाहिँ यो पहिलो हुनेछ। विकल्प प्रतिवेदनले रेलमार्ग निर्माणका लागि चारवटा रूट विकल्पका रूपमा देखाएको छ। तीमध्ये पहिलो रूटको लम्बाइ झन्डै १७१ किलोमिटर, दोस्रोको १९१ किलोमिटर, तेस्रोको १९८ किलोमिटर र चौथौको १३६ किलोमिटर छ। विकल्प ४ १३५. ८९ किमिसिङ्गल र डबल लेनसहितको मार्ग २१९ किमिट्र्याकको लम्बाइ स्टेशन १३ वटा सुरुङ३९ वटा लागत२ खर्ब ६४ अर्ब ८० करोड रुपैयाँ ८९२ हेक्टरभूमि आवश्यक प्रतिवेदनका अनुसार रेलमार्गमा १३ देखि २० वटा स्टेशन राख्न सकिनेछ। प्रतिवेदनमा चौथो विकल्पको लागत अरू तीनवटा सम्भावित रूटभन्दा कम पर्न आउने देखाइएको छ। त्यसका लागि सबैभन्दा कम भूमि आवश्यक पर्ने उल्लेख छ। उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रलाई पनि काठमाण्डूसँग रेलमार्गले जोड्ने चर्चा भइरहँदा भारतले रक्सौल-काठमाण्डू रेलमार्गलाई सहयोग प्रस्ताव गरेको थियो।
अन्य थुप्रै घाइते भएका छन्। राष्ट्रपति गनी सकुशल छन्। घटना पर्वान प्रान्तमा भएको उक्त विस्फोटनमा घाइते भएका दर्जनौँ मानिसहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। केही खबरहरूमा जनाइएअनुसार एउटा बम सुरक्षाकर्मीले प्रयोग गर्ने गाडीमा जोडिएको थियो र राष्ट्रपति गनीले सम्बोधन गरिरहेको मञ्च परिसरमा विस्फोट भएको थियो। त्यसै समयमा राजधानी काबुलस्थित रक्षा मन्त्रालयको भवन नजिकै पनि अर्को विस्फोटन भएको अधिकारीहरूले पुष्टि गरेका छन्। सो घटनामा कम्तीमा ३ जना मारिएका छन्। यसै महिनाको अन्त्यमा अफगानिस्तानमा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ। को जिम्मेवार? बीबीसीकी सम्वाददाता जील मकगिभरिङ भन्छिन्- राष्ट्रपति गनी बम विस्फोटन भएका बेला पर्वान प्रान्तको प्रहरी तालिम केन्द्र नजिकै भएको चुनावी र्यालीलाई सम्बोधन गरिरहेका थिए। तालिबानका एकजना प्रवक्ताले भनेका छन्- उनीहरूले राष्ट्रपतिको सुरक्षा गरिरहेका सहितका सुरक्षाकर्मीहरूलाई लक्षित गरेका थिए। दुवै विस्फोटनको जिम्मा तालिबानले लिएको छ। तालिबान विद्रोही समूहले शान्ति वार्तामा सहभागी हुनुको साथसाथै हिंसात्मक कारबाही पनि बढाइरहेका छन्। यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको वार्ता 'मृत' भएको जनाएका थिए। तालिबानले सेप्टेम्बर २८ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनलाई विथोल्ने धम्की दिएको छ। हिंसाको चक्र यसबीच बीबीसीले गरेको अनुसन्धानमा गत अगस्ट महिनाभरमा अफगानिस्तानमा दैनिक औसत ७४ जना महिला, पुरुष तथा बालबालिका मारिएका छन्। अफगानिस्तानमा बितेका १८ वर्षदेखि जारी युद्धपश्चात् अमेरिकी सेना फिर्ता हुने तयारी विथोलिएको छ। यिनै घटनाक्रमका माझ हिंसाको चक्र भने निरन्तर चलिरहेको छ। अगस्ट महिनामा मात्र हिंसाका ६११ घटना भएका र त्यसका कारण २३०७ जना मारिएको बीबीसीले थाहा पाएको छ। तालिबान तथा अफगान सरकारले बीबीसीले दिएको आँकडामाथि प्रश्न उठाएका छन्। मारिनेमध्ये अधिकांश मानिस लडाकू रहेका छन्- अपेक्षा गरिएभन्दा धेरै सङ्ख्यामा तालिबान लडाकू मारिएको पाइएको छ। तर कुल मारिनेमध्ये पाँच भागको एक भाग गैरसैनिक छन्। थप १९४८ घाइते भएका छन्।
खासगरी कुखुरा-अन्डा र दूध उत्पादनलाई लकडाउनले निकै प्रभावित पारेको ठहर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राहत प्याकेजको प्रस्ताव तयार गरेको जनाइएको थियो। त्यो प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत भएको तर निर्णय नभइसकेको बताइएको छ। मन्त्री घनश्याम भुसालका अनुसार अर्कै विकल्पको योजना बताइएको छ र त्यसबारे उनले प्रधानमन्त्रीसँग परामर्श गर्दैछन्। प्रदेश सरकारहरूले पनि त्यसबारे काम गर्नथालेको जानकारी आएको बताउँदै उनले भने, "संघीय सरकारले प्रदेशलाई आवश्यक आर्थिक सहयोग गर्ने योजना बनाइएको छ। बितरणको काम स्थानीय तहले गर्छ र त्यसको अनुगमन प्रदेश सरकारले गर्ने मोडलमा कुरा भइरहेको छ। एकदुई दिनमा टुङ्गो लाग्ला। " तर आवश्यक रकम निकासा गर्न मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने छ। कस्लाई कस्तो राहत? सरकारका बुझाइमा तीन किसिमका किसानहरूलाई प्रत्यक्ष रूपमा धेरै ठूलो समस्या आइलागेको छ। त्यसमा पोल्ट्री, दुध र तरकारी किसान पर्छन्। उनीहरूले बेहोरेको क्षतिमा 'केही राहत उपलब्ध गराउनुपर्छ' भन्ने सरकारको उद्देश्य रहेको अधिकारीहरूको भनाइ छ। कृषि मन्त्रालयका एक सहसचिवका अनुसार अन्डा बेच्नेलाई उनीहरूले पालेको कुखुरा जति पोथी कुखुरा दिने, जसको मूल्य सरदर १२० रूपियाँ हुन आउने आकलन गरिएको छ। कुखुराको मासु बेच्नेलाई कुखुराको चल्ला दिने र त्यसको मूल्य करिब ६० रूपियाँ हुन आउँछ। जानकारहरूका अनुसार पोल्ट्री व्यवसायमा हरेक तीन वर्षमा ७० प्रतिशत नयाँ किसानको प्रवेश भएको देखिन्छ। त्यसैले त्यो व्यवसाय निकै अस्थिर रहेको सरकारको पनि बुझाइ छ। त्यसले विशेषगरी साना किसानहरू सबैभन्दा बढी समस्यामा रहेको सङ्केत दिने ठानिन्छ। मन्त्री भुसालका अनुसार त्यस्ता किसानलाई 'डुब्न नदिने सरकारको उद्देश्य' हो। दुध उत्पादन गर्ने किसानलाई उनीहरूले बेच्ने गरेको तथ्याङ्कलाई आधार बनाएर प्रतिलिटर १० रूपियाँ राहत रकम दिने सरकारको तयारी छ। मन्त्री भुसालले भने, "सामान्यता मूल्य ५० रूपियाँ भनिए पनि घ्यू निकालिसिकेपछि बचेको दूधमा हाम्रो अवस्थाअनुसार प्रतिलिटर त्यति राहत दिँदा ठीकै हुन्छ। " 'अन्धविश्वासको मारमा कुखुरा' देशका विभिन्न स्थानमा दुधको खपत नभएर खेर गइरहेको समाचारहरू आइरहेका छन्। तर मन्त्री भुसालका अनुसार दुध उत्पादक किसानहरूले आगामी दिनमा घाटा बेहोर्न नपर्ने स्थिति बनिसकेको छ। त्यसको निम्ति सरकारले दुध उत्पादन गर्ने प्लान्ट पूर्ण रूपमा चलाउन थालेको छ र दुध खरिद पनि गरिरहेको छ। उनी दाबी गर्छन्, "दुध सुरुमा जति घाटा भयो भयो, अहिले त्यो घाटा करिब-करिब नियन्त्रणमा आएको छ। " तर कुखुराको मासु बिक्री भने ह्वात्तै घटेको छ। सरकार पनि त्यो कुरा स्वीकार गर्छ। बजारमा माग घटेपछि किसानहरूले कुखुरा मारेर पुरेका विवरणहरू पनि आइरहेका छन्। त्यसमा हल्ला र अन्धविश्वासले ठूलो हानी पुर्याएको मन्त्री भुसाल बताउँछन्, "मासु नखानु भन्ने हल्ला पनि भयो। कतिपय जनप्रतिनिधिले नै माइकिङ गरेको कुरा समेत आएको छ। त्यस्ता अन्धविश्वासले पनि माग घटाउन काम गर्यो। " अन्यथा कृषि उत्पादनको आपूर्ति व्यवस्था नियमित गर्न र बिक्री वितरण सहज तुल्याउने मन्त्रिरिषद्को निर्णयअनुसार कृषि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रले स्थानीय तह तथा प्रशासनलाई चैत १८ गते नै विभिन्न काम गर्न सूचना जारी गरेका थिए। तर मासुको माग र बिक्रीमा परेको प्रभावलाई त्यसले अन्त्य गर्न सकेको पाइएन। तरकारी खेती: 'कसरी दिने राहत? ' लकडाउनले नराम्ररी प्रभावति तुल्याएको अर्को क्षेत्र तरकारी खेती पनि हो। उपभोक्ता महङ्गोमा किन्न बाध्य छन्। तर कैयौँ ठाउँका किसानहरू तरकारी त्यसै कुहिएको गुनासो गरिरहेका छन्। तर सरकारले दिने राहतमा उनीहरू तत्काल प्राथमिकतामा परेको देखिन्न। कृषि मन्त्रालयले 'कृषि र पशुपन्छीजन्य उत्पादन व्यवसायिक रूपमा गरिरहेका उद्योगहरूको अभिलेख राखेर सम्भावित क्षतिको यथार्थपरक विवरण पठाउन' चैत १८ गते स्थानीय तहहरूलाई आग्रह गरेको थियो। तर प्राप्त भइनसकेको बताइएको छ। अधिकारीहरूका अनुसार प्रदेश सरकारहरूसँग पनि त्यसबारे कुनै तथ्याङ्क छैन। किनभने कुनै स्थानीय तहको तथ्याङ्क संघीय सरकारमा मात्र होइन, त्यहाँ पनि पठाइँदैन। व्यवसायिक तरकारी खेती गर्ने बाहेक अन्य थोरै किसानलाई अरू क्षेत्रको तुलनामा कम घाटा भएको छ। तर मन्त्री भुसाल भन्छन्, "त्यसैको पनि कुनै सूचना छैन। त्यसले पो समस्या पारेको छ। जिल्ला कृषि कार्यालयहरू उसैबेला बिघटन गरिसक्यौँ। संरचनात्मक हिसाबले कृषि त ध्वस्तै छ। मैले राज्यको पूनर्संरचना भयो तर कृषिको भएन भन्ने गरेको छु। " त्यसैले हाललाई दुई थरी किसानलाई राहत दिने सरकारको तयारी रहेको बताइएको छ। त्यसको निम्ति करिब ७० करोडदेखि एक अर्ब रूपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसबारे स्वयम् प्रधानमन्त्रीले नै केही घोषणा गर्ने सम्भावना रहेको प्रधानमन्त्री निकटहरूले बताएका छन्। तर तथ्याङ्क विवरण र वितरण प्रणालीको अविश्वसनीयताले त्यसको दुरुपयोग हुन नदिनु अहिलेको प्रमुख चुनौती हुने पनि सरकारलाई थाहा भएको अधिकारीहरू स्वीकार गर्छन्।
नेपाल सरकारका अधिकारीहरूले भने पछिल्लो समय देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार (भेरिअन्ट)ले गर्दा आफूहरू उक्त व्यवस्थाको भविष्यबारे अझै 'पर्ख र हेर'को अवस्थामा रहेको बताएका छन्। यतिखेर नेपाल आउन चाहने पर्यटकहरूले विदेशस्थित नेपाली नियोगबाटै भिसा लिएर आउनुपर्छ। तर विश्वका साढे दुई दर्जन देशमा मात्र नेपाली नियोग छन्। तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्गहरू समेत अझै खुला गरिएको छैन। नयाँ प्रकार देखिएका ब्रिटेन र दक्षिण अफ्रिकाबाट आउनेहरू नेपाल प्रवेश गर्दा १० दिनसम्म क्वारन्टीनमा बस्ने होटल बुकिङ्ग पहिल्यै गरेको हुनुपर्ने व्यवस्था छ। अन्य देशबाट आउनेका हकमा समेत सोही व्यवस्था गरिएका भए पनि त्यसमा कडिकडाउ गरिएको देखिँदैन। अन्योल सरकारले पछिल्लो समय नेपालमा मूल भएका वा गैरआवासीय नेपाली एवम् कूटनीतिक र अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्ने व्यक्तिहरूलाई अनअराइभल भिसा खुला गरेको थियो। त्यसअघि सन् २०२० मा लगातार ९ महिना नेपालमा विदेशीलाई आगमनमा कडिकडाउ गरिएको थियो। त्यसबीचको ६ महिनामा नेपाल प्रवेश गर्ने विदेशीहरू १ हजार भन्दा कमको सङ्ख्यामा रहेको विवरण नेपाल पर्यटन बोर्डको छ। नेपालमा धेरै पर्यटक आउने पश्चिमा देशहरूमा अझै लकडाउनका बीच खोप कार्यक्रमहरू सञ्चालन भइरहेको र नेपालको स्वास्थ्य मन्त्रालयले समेत अझै खुलाउन नसुझाइसकेकाले अनअराइभल भिसा सुरु नगरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन्। प्रवक्ता अधिकारी भन्छन्, "नेपालमा त्यसको विस्तृत अध्ययन गर्ने संयन्त्र पनि छैन। अहिलेलाई चौतर्फी दबाव भइकन पनि मानिसहरूको स्वास्थ्य हाम्रो सर्वोत्तम चिन्ता र प्राथमिकतामा छ। " कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट प्रतिनिधित्व गर्ने सरकारका सचिव महेन्द्र गुरागाईँले अझै फाटफुट मात्रामा नयाँ प्रकार देखिँदा आफूहरूमा अनअराइभल खुला गर्ने 'आत्मविश्वास' आइनसकेको बताउँछन्। उनको भनाइ छ, "केही दिन अन्तर्राष्ट्रिय प्रवृत्ति हेरेर निर्णय लिइनेछ। " 'व्यवसाय चौपट हुनसक्छ' नेपालमा एकजना विदेशी पर्यटकले औसत एक साताभन्दा कम समय बिताउने र औसत दैनिक ५० डलरभन्दा केही बढी खर्च गर्ने गरेको पाइन्छ। जसले गर्दा भिसा लिने कठिनाइदेखि नेपालमा क्वारन्टीन बस्नेजस्ता थप बोझ लिएर पर्यटकहरू नआउने व्यवसायीहरूको भनाइ पाइन्छ। सन् २०१९ मा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्य भन्छन्, "अहिलेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी क्वारन्टीन बस्नका लागि कोही पनि विदेशी पर्यटक नेपाल घुम्न आउन सक्ने अवस्था छैन। " व्यवसायीहरू के गर्नुपर्ने ठान्छन् त? हानका महासचिव शाक्यको भनाइ छ, "पर्यटकहरू आजका भोलि आउने होइनन्। तर हामीले परिपक्व मापदण्ड बनाउनु पर्यो। खोप लगाएकाहरूबारे मापदण्डमा व्यवस्था हुनुपर्यो। बाहिर पीसीआर जाँच गरेर आएकालाई विमानस्थलमै अर्को पीसीआर गरेर क्वारन्टीन बस्नु नपर्ने गराउनु पर्यो। " आउँदो बसन्त याममा हिमाल चढ्नका लागि भने 'केही लामो समय बिताउने' खालका पर्यटकहरू आउनसक्ने व्यवसायीहरूले आशा गरेका छन् तर आउँदो बसन्त याममा हिमाल चढ्नका लागि भने 'केही लामो समय बिताउने' खालका पर्यटकहरू आउनसक्ने व्यवसायीहरूले आशा गरेका छन्। त्यसैगरी आन्तरिक वायुसेवा कम्पनीहरू छिट्टो विदेशी आउने माहोल नबनाइने हो भने आफूहरूको 'व्यवसायमा जोगिन नसक्ने अवस्था आउन लागेको' बताउँछन्। वायुसेवा सञ्चालक सङ्घ-नेपालका महासचिव मनोज कार्की भन्छन्, "अहिले नेपालीहरू मात्र सस्तो मूल्यमा बोकेर उड्नु त हाम्रो सास चलेको मात्र हो। हाम्रो कमाइ हुने त डलरमा तिरिने भाडाबाट नै हो। विदेशी आउने माहोल नबने ठप्पै हुनसक्ने धारमा उड्डयन व्यवसाय चलेको छ। " विदेशी यात्रुका लागि डलरमा हुने उडानको भाडादर नेपालीले तिर्ने भाडाको झण्डै साढे दुई गुणासम्म महङ्गो पर्ने गर्छ।
चीनको वुहानस्थित अस्पताल नेपालमा हाल उक्त भाइरस परीक्षणको व्यवस्था नहुँदा हङ्कङ पठाएर परीक्षण गरिएको अधिकारीहरूले जानकारी दिए। गत शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट आएका एकजना नेपालीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएको जनाएको थियो। उनी हाल स्वस्थ भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। उनले बीबीसीसँग भने, "हामीले नेपालमै कोरोनाभाइरसको परीक्षणको व्यवस्था मिलाउन सबै तयारी गरिसकेका छौँ। " "सम्भवत: एक-दुई दिनभित्रै हामी त्यस्तो व्यवस्था मिलाउनेछौँ। ढिलो भएमा पनि एक साताभित्र परीक्षणको सुविधा यहाँ नै उपलब्ध हुन्छ। " अहिलेको व्यवस्था उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने मानिसहरूलाई विशेष निगरानी गर्न थालिएको बताए। उनले भने "हामीले चीन गएर आएका सबैको निगरानी गरिरहेका छौँ। कोही रुघाखोकी लागेको मानिस आएको छ भने त उसलाई हामी त्यहाँबाटै अस्पताल पुर्याउँछौँ। " "आज पनि एकजना व्यक्तिलाई विमानस्थलबाटै अस्पताल पुर्यायौँ। " यस्ता व्यक्तिहरूलाई विभिन्न अस्पतालमा बनाइएका आइसोलेशन वार्डमा राखिने श्रेष्ठले बताए। श्रेष्ठका अनुसार तातोपानी र रसुवागढीमा पनि परीक्षण केन्द्रहरू राखिएको र त्यहाँ पनि त्यस्तै निगरानी सुरु गर्न लागिएको छ। अधिकारीहरूले प्रदेशहरूलाई पनि विशेष निगरानी गर्न भनिएको जानकारी दिए। विशेषगरी पर्यटकीय सहरहरूका अस्पतालमा आइसोलेशन वार्डहरू बनाउन भनिएको बताइएको छ। कोरोनाभाइरसको सङ्क्रमण चीनबाट सुरु भएको कोरोनाभाइरसको प्रकोप अहिले विभिन्न देशहरूमा पनि देखिएको छ। मानिसबाट मानिसमा सर्ने भएकाले यो भाइरसलाई घातक मानिएको छ। चीनका राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्। चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश "गम्भीर परिस्थिति" मा रहेको बताए। चीनको वुहानमा उक्त भाइरस फैलिएको पत्ता लागेपछि कम्तीमा ५६ जनाको मृत्यु भइसकेको छ। झन्डै २ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ। चिनियाँ अधिकारीहरूले लक्षण देखिनुअघि नै सङ्क्रमित व्यक्तिबाट उक्त भाइरस अन्य व्यक्तिमा सर्ने भएकाले त्यसको नियन्त्रण गर्न एकदमै कठिन भएको बताएका छन्। चीनका स्वास्थ्यमन्त्री मा शियाओवेले उक्त भाइरसको फैलिने क्षमता बढेको पाइएको संवाददाताहरूलाई बताएका छन्। यूकेका अनुसन्धानकर्ताहरूले चीनले उक्त भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्। हुम्लामा मौसमी रुघाखोकी यसैबीच विकट हिमाली जिल्ला हुम्लाका दुईवटा गाउँपालिकामा रुघाखोकीले पाँच जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार हिउँ परेर चिसो बढेकाले वृद्ध र पहिले देखि नै विभिन्न रोग लागेकाहरूको निधन भएको हो। स्वास्थ्य सेवा कार्यालय हुम्लाका सरुवा रोग शाखाका संयोजक मनबहादुर रोकायाका अनुसार हालसम्म प्रयोगशाला परीक्षण नभएकाले उक्त रुघाखोकी मौसमी हो वा अन्य भन्ने पत्ता लाग्न सकेको छैन। विकट हिमाली जिल्ला हुम्लामा यातायात र सञ्चारजस्ता पूर्वाधारको समेत अभाव रहेको छ चंखेली र सर्केगाड गाउँपालिकामा यस्तो रुघाखोकी फैलिएको हो। स्वस्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले त्यस क्षेत्रका लागि स्वास्थ्य टोली परिचालन भइसकेको बताए। टोली प्रस्थान जुम्लास्थित बीबीसी संवाददाता कृष्णमाया उपाध्यायका अनुसार आइतवार कर्णाली प्रदेश स्वास्थ्य विकास मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गरेको छ। औषधि र स्वास्थ्यकर्मी सहितको टोली त्यता प्रस्थान गरेको चंखेली स्वास्थ्यचौकी प्रमुख सुरवीर शाहीले बताए। उनले त्यस क्षेत्रबाट नमुना सङ्कलन गरेर काठमाण्डू पठाइन लागेको जानकारी दिए। तिब्बतसँग सीमाना जोडिएको हुम्लामा अहिले अत्यधिक चिसो मौसम रहेको अधिकारीहरू बताउँछन्। बिरामीहरू रहेको क्षेत्र पुग्न हुम्ला सदरमुकामबाट झण्डै ३ दिन पैदल हिड्नुपर्छ। त्यहाँ टेलिफोनको सुविधा पनि नभएको बताइएको छ।
भक्तपुरका पत्रकारको कोभिड-१९ परीक्षणका लागि स्वाब निकाल्दै स्वास्थ्यकर्मी खुला सीमाका कारण भारतमा रहेका नेपालीहरूका साथै तुलनात्मक रूपमा कम सङ्क्रमित रहेको भन्दै केही भारतीयहरू नै पनि नेपालमा आउन सक्ने हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ। नेपाल र भारतबीच 'रोटीबेटी' अर्थात् निकै घनिष्ठ पारिवारिक सम्बन्ध विकसित भएका कारण पनि आवतजावत गर्न सहज छ। दुई देशका नागरिकबीच आवागमन नियन्त्रण गर्ने प्रयास प्रभावकारी हुन नसक्दा नेपालका लागि समस्या बढ्न सक्ने उनीहरूको धारणा छ। अहिले भारतबाट नेपालीहरू फर्किने क्रम बढेको र सीमावर्ती जिल्लामा सङ्क्रमित भेटिएकाले नेपालले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न विलम्ब गर्न नहुने धारणा धेरैको छ। के भारत र चीनको अवस्था? विश्वव्यापी रूपमा कोभिड-१९ बारे तथ्याङ्क अद्यावधिक गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ८६ हजार पुग्न लागेको छ। कोरोनाभाइरस सङ्क्रमण गत वर्ष चीनको वुहान राज्यबाट फैलिन सुरु भएको हो। चीनमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८४ हजार नाघेको छ। नेपालमा हालसम्म कोरोनाभाइरसबाट २७८ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा ट्रक चढ्न खोज्दै सर्वसाधारण मृत्यु हुनेहरूको सङ्ख्याको हिसाब हेर्ने हो भने चीन अगाडि छ। त्यहाँ ४, ६३७ जनाले ज्यान गुमाएका छन्। भारतमा उक्त सङ्ख्या २, ७५३ छ। तर चीनमा कोभिड-१९ नियन्त्रणमा आएको सङ्केत देखिन थालेको भए पनि भारतमा भने यो निकै तीव्र गतिमा फैलिरहेको छ। धेरै सङ्क्रमित हुने राष्ट्रहरूको सूचीमा भारत अहिले ११औँ स्थानमा छ। त्यसबाट सङ्क्रमणको गतिको सङ्केत गर्ने विज्ञहरू बताउँछन्। नेपालमा भने हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको पुष्टि भएको छैन। तर पछिल्ला केही हप्ताहरूमा सङ्क्रमितहरूको सङ्ख्या निरन्तर बढिरहेको छ। सरकारले काठमाण्डू उपत्यकामा जेठ ५ भित्र १०, ००० जनाको परीक्षण गर्ने बताएसँगै उक्त सङ्ख्यामा व्यापक वृद्धि हुन सक्ने अनुमान गरिएको छ। नेपालको तयारी कस्तो छ? बाँकेबाट भारत फिर्ता जान लागेका भारतीय नागरिकहरू मुलुकका विभिन्न सहरमा सङ्क्रमण बढेसँगै नेपालमा पनि अस्पताल तथा विभिन्न पूर्वाधार अपुग रहेको बताइएको छ। तर स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार नेपालमा अहिलेका सङ्क्रमितहरूमा सामान्य सङ्केत मात्रै देखिएको छ र उनीहरूलाई अस्पतालमा विशेष उपचारको आवश्यकता थिएन। "तर सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले उनीहरूलाई अस्पताल ल्याउन खोजिएको हो, " उनले भने। "तर सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गयो भने तीमध्ये पनि अस्पताल नै भर्ना गर्नुपर्ने आवश्यकता रहेकाहरूलाई मात्रै हामी भर्ना गर्नेछौँ। " केही स्थानबाहेक अन्यत्र शय्या उपलब्ध भएको उनको दाबी छ। भारतबाट नेपाल भित्रिएका नेपाली नागरिकहरू पछिल्लो छ महिनाको विश्वव्यापी तथ्याङ्क हेर्दा दुईदेखि तीन प्रतिशत मानिस मात्रै अस्पताल नै बस्नुपर्ने गरी बिरामी हुने देखिएको डा. कार्की बताउँछन्। "अहिलेसम्म स्वास्थ्य मन्त्रालयअन्तर्गत झन्डै २५, ००० देखि २६, ००० बेड (शय्या) हामीसँग छ। त्यसमा कति बेड आइसोलेसनका लागि अर्थात् सङ्क्रमितको उपचारका लागि अलग्गै राख्न सक्छौँ भनेर हेर्दा झन्डै ३, ००० हुनेरहेछ, " उनले भने। सङ्क्रमण व्यापक रूपमा फैलिएको अवस्थामा सबै अस्पतालमा आफैँ कोभिड-१९ को उपचार गर्ने अस्पतालमा परिणत हुने उनको भनाइ छ। "तर हाम्रो अहिलेसम्मको अनुमान भनेको त्यो अवस्था आउँदैन भन्ने हो। उदाहरणका लागि गम्भीर रूपमा बिरामी भएकालाई मात्रै अस्पताल लाने हो भने पनि ९०, ००० देखि एक लाख सङ्क्रमित हुँदा अस्पताल पुग्ने करिब ३, ००० हो, " उनले थपे। उनका अनुसार नेपाल अहिलेसम्म सङ्क्रमण रोकथाम गर्न सक्ने अवस्थामा छ। पछि गएर विभिन्न सामग्री तथा उपकरण चाहिन सक्ने र त्यसका लागि हाल तयारी भइरहेको अधिकारीहरूको भनाइ छ। "विभिन्न देशबाट त्यस्ता सामाग्री ल्याउन पहल गरिरहेका छौँ। सरकार सरकारबीच सहमति गरेर खरिद गर्ने हाम्रो योजना छ, " कार्कीले भने। नेपालका लागि अर्को समस्या सङ्क्रमितहरूले उठबस गरेकाहरूको कन्ट्याक्ट ट्रेसिङ पनि रहेको अधिकारीहरू स्वीकार्छन्। "यसमा सङ्क्रमित व्यक्ति इमान्दार हुनुपर्छ। नागरिकको यसमा ठूलो दायित्व छ, " उनले भने। उपचार कस्तो हुन्छ? डा. कार्कीका अनुसार अस्पतालमा भर्ना भएकाहरूलाई अलग्गै राखिन्छ र उनीहरूको नियमित जाँच गरिन्छ। सबैभन्दा बढी ज्वरो नाप्ने गरिन्छ। त्यसबाहेक श्वासप्रश्वासको समस्या हुनेहरूलाई भेन्टिलेटरमा राखेर उपचार गरिन्छ। शरीरको अवस्था हेरेर नियमित समयमा खाना खुवाइन्छ। "तर अहिलेसम्म भेन्टिलेटर चाहिने बिरामी हामीकहाँ छैनन्, " उनले भने। जनशक्तिको अवस्था के छ? चिकित्सकहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण श्वासप्रश्वास म्बन्धी रोग भएकाले सङ्क्रमितमध्ये पाँचदेखि १० प्रतिशतलाई सघन उपचार कक्षमा राख्नुपर्ने हुनसक्छ। केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ। आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नका लागि तालिमप्राप्त जनशक्तिको आवश्यकता पर्ने नेपलिज सोसाइटी अफ क्रिटिकल केअर मेडिसिनका महासचिव डा. हेमराज पनेरुको भनाइ छ। बीबीसीसँग गत महिना कुराकानीका क्रममा उनले सङ्क्रमणको दर बढे हाल उपलब्ध जनशक्तिले थेग्न नसक्ने अवस्था आउने बताएका थिए। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका अनुसार देशभरि १, ४४३ जना स्वास्थ्यकर्मीहरू सघन उपचार सेवामा कार्यरत छन्। क्रिटिकल केअर नर्सेज् असोसिएशन अफ नेपालले गत चार वर्षमा १५० नर्सलाई सघन उपचारसम्बन्धी तालिम दिइएको बताएको छ। सरकारले हालै मात्र एक हजार थप स्वास्थ्यकर्मीलाई त्यस्तो तालिम दिने तयारी गरे पनि त्यो सम्भव नभएको अधिकारीहरूले बीबीसीलाई बताएका थिए।
सुरक्षात्मक आवरणयुक्त उक्त छ चक्के रोबोट बोकेको 'लङ् मार्च फाइभ' रकेट चीनको स्थानीय समय अनुसार बिहीवार १२: ४० बजे वेनचाङ्ग अन्तरिक्ष केन्द्रबाट छाडिएको हो। आगामी फेब्रुअरीसम्म यो मङ्गल ग्रहको कक्षको नजिक पुग्ने ठानिएको छ। सो वाहनले त्यसपछि दुई/तीन महिनासम्म मङ्गल ग्रहको सतहमा उत्रिने कोसिस गर्ने छैन। यसले इन्जिनियरहरूलाई मङ्गल ग्रहमा अवतरण हुनुपूर्व त्यहाँको वायुमण्डलको अवस्था पत्ता लगाउन मद्दत पुर्याउने छ। तीनवटा मिशनहरू एघार दिनको अवधिमा मङ्गल ग्रहतर्फ पठाइने तीन वटा रकेटमध्ये यो दोस्रो हो। गत सोमवार युटाइटेड अरब इमिरेन्ट्स यूएईले 'होप' नामक यान मङ्गल ग्रहतर्फ पठाएको थियो। अबको एक साताभित्र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्न नयाँ पुस्ताको वाहन मङ्गल ग्रहतर्फ पठाउने लक्ष्य राखेको छ। चिनियाँ अभियानको लक्ष्य मङ्गल ग्रहको भूमध्यरेखाभन्दा ठीक उत्तरतर्फ रहेको 'युटोपिया इम्प्याक्ट बेसिन'स्थित समथर भूभागमा अवतरण गराउने छ। त्यसले त्यहाँको भूगर्भको अध्ययन गर्नेछ। सो वाहनको तौल करिब २४० किलो रहेको छ र यसमा सजिलै मोडिन सक्ने सोलार प्यानलहरू राखिएका छन्। यसमा एउटा लामो थामजस्तो संरचना छ, त्यसमा क्यामेराहरू लगाइएका छन्। त्यसबाट तस्बिरहरू लिन र यानको दिशा पत्ता लगाउन सकिन्छ। त्यसका अतिरिक्त यसमा अन्य पाँचखाले उपकरणहरू जडान गरिएका छन्। ती उपकरणहरूले मङ्गल ग्रहमा रहेका ढुङ्गा र पानी वा बरफको खोजी गर्न सहायता गर्नेछन्। यद्यपि मङ्गल ग्रहको बाहिरी हिस्सामा गरिने यो अनुसन्धान अभियानको उद्देश्यको आधा हिस्सा मात्र हो। यानमा सामेल 'क्रुज सिप'ले सातवटा 'रिमोट सेन्सिङ' उपकरणको माध्यमले पूरै ग्रहको अध्ययन पनि गर्नेछ। मङ्गल ग्रहमा अहिलेसम्म पठाइएका करिब आधा मिशनहरू असफल भएका छन्। चीनले मङ्गल ग्रहमा पठाएको पहिलो यान यिन्घाउ-१ पनि असफल भएको थियो भने रुसको मिशन पनि असफल भएको थियो। 'सात मिनेटको आतङ्क' अहिलेसम्म अमेरिकीले मात्र मङ्गल ग्रहमा लामो समयसम्म कुनै उपकरण राख्न सकेका छन्। युरोप र सोभियत मिशनहरू अवतरण भए पनि ती असफल भएका थिए। चीनले हालैका दुईवटा चन्द्रमा मिशनबाट प्राप्त सफलताले आत्मविश्वास बढाएको छ। गत वर्ष चीनले पहिलो पटक चन्द्रमामा एउटा यानको 'सफ्ट ल्यान्डिङ' गराएको थियो। नासाको सन् १९७६ को वाहन मङ्गल ग्रहमा अवतरण गरेको थियो चीनका इन्जिनियरहरू के विश्वास गर्छन् भने उनीहरू "सात मिनेटको आतङ्क" भनिने एउटा कुख्यात अवस्थालाई सामना गर्न सक्षम छन्। मङ्गलग्रहको वायुमण्डलबाट त्यसको सतहसम्म पुग्न कुनै पनि अन्तरिक्ष यानलाई लाग्ने समयलाई "सात मिनेटको आतङ्क"का रूपमा चिनिन्छ। चिनियाँ वैज्ञानिकहरू यो वाहन मङ्गल ग्रहमा कम्तीमा ९० दिन रहोस् भन्ने चाहन्छन्। मङ्गल ग्रहमा २४ घण्टा ३९ मिनेटको एक दिन हुन्छ।
"यो त अब धेरै धनी मानिस सामेल भएर निकै धेरै रकम खर्च गरिने वेश्यावृत्ति जस्तै भएको छ। कसैले मलाई त्यस्तो प्रस्तावसहित सन्देश पठायो होला भनेर सोच्न पनि डर लाग्छ। उनीहरूले इन्स्टाग्रामका हजारौँ सुन्दरी केटीहरूलाई त्यस्तै सन्देश पठाइसकेको हुन सक्छ, " टाइन-लेक्सी क्लार्सन भन्छिन्। टाइन-लेक्सी क्लार्सनलाई इन्स्टाग्राममा लाखौँ मानिसले पछ्याइरहेका छन्। उनी भन्छिन् उनलाई २० हजार पाउन्ड (झन्डै ३० लाख नेपाली रुपैयाँ) सहित साँझको खाना र पेय पदार्थको लागि आउन भन्दै कसैले सन्देश पठाउँदा उनी १९ वर्षकी थिइन्। लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको दोस्रो भागमा काम गरिसकेपछि उनलाई एउटा एजेन्सीले दुबईमा पाँच रात बिताउनका लागि ५० हजार पाउन्ड (झन्डै ७५ लाख रुपैयाँ) दिने प्रस्ताव गर्यो। त्यसमा के के काम हुनेछ भन्ने विवरण गोप्य राख्नु पर्ने एउटा सर्त पनि थियो। टाइन-लेक्सी भन्छिन् उनले त्यो प्रस्ताव अस्वीकार गरिन्। तर उनको चिन्ता छ कि उदाउँदै गरेका 'इन्फ्लुएन्सर'हरू आफूलाई चाहिने विलासी सामग्री खरिद गर्न र आफ्नो "आवरण तथा भेषभूषा चुस्त दुरुस्त राख्नका लागि" त्यस्ता कारोबारहरूमा फस्न सक्ने जोखिम रहिरहन सक्छ। "केही मानिसका लागि त्यो एकदमै धेरै पैसा हो, त्यो जीवन नै बदलिदिन सक्ने परिमाणको पैसा हो। " 'महत्त्वपूर्ण कारोबार' लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको तेस्रो भागमा काम गरेकी रोजी विलियम्स् भन्छिन् उनलाई दुबईको एक पुरुषले आफ्नी मित्र बनिदिए बापत एक वर्षमा एक लाख पाउन्ड (झन्डै डेढ करोड रुपैयाँ) र सबै कपडा र झोलाहरू किनिदिने प्रस्ताव गरेका थिए। उनले आफूलाई दुबई शहरमा रहेको बताउने एक पुरुषबाट आफूलाई प्राप्त एक सन्देश हामीलाई देखाइन्। त्यो सन्देशमा ती पुरुषले "एक महत्त्वपूर्ण कारोबार"बारे कुरा गर्ने उल्लेख गरेका छन्। रोजीका अनुसार त्यस्ता सन्देशहरूमा यस्ता शब्दावाली सामान्य हुन्। तर उनी भन्छिन् जत्ति नै पैसाको प्रस्ताव गरिएपनि उनी कुनै प्रलोभनमा पर्ने छैनन्। रोजी भन्छिन् सामाजिक सञ्जालमा चर्चित हुनाको एउटा बेफाइदा यही हो: "तपाइँलाई मानिसले जिस्क्याउने वा उडाउने ट्रोलिङ प्रवृत्तिबारे चेतावनी दिइएको हुन्छ। तपाइँलाई जीवन नाटकीय रूपमा बदलिन सक्छ भन्नेबारे चेतावनी दिइएको हुन्छ। तर तपाइँलाई पुरुषहरूले खरिद गर्न पनि सक्छन् भन्ने बारेमा कहिल्यै कसैले सजग गराइएको हुँदैन। " उनी भन्छिन् यस्ता विषयमा 'इन्फ्लुएन्सर'हरूको सञ्जालमा पनि कुरा गर्ने गरिँदैन: "हामीले त्यस्तो कुरा गर्ने परिस्थिति नबनेको हुन सक्छ। सायद हामी यस्ता विषयमा कुरा गर्न निकै लज्जित हुने गरेका छौँ। " 'शान कम भएको अनुभब' भिक्टोरिया डार्बिशर प्रोग्रामले सामाजिक सञ्जालमा धेरैले पछ्याइरहेका इन्फ्लुएन्सरहरूले पाएका धेरै सन्देशहरू हेरेको छ। तिनमा पुरुषहरूले सीधै यौनको कुरा गरेकोदेखि कुनै धनाढ्य ग्राहकका लागि बिचौलियाको रूपमा पठाइएका सन्देशहरू पाइए। हामीले नाम खुलाउन नचाहने एक ब्रिटिश रियलिटी स्टार दाबी गर्ने एक महिलालाई पठाइएको लिखित प्रमाण पायौँ। त्यसमा विदा मनाउने क्रममा यौन सम्पर्कका लागि १० हजार पाउन्ड (झन्डै १५ लाख रुपैयाँ) दिने प्रस्ताव गरिएको थियो। एउटा टेलिभिजनको ट्यालेन्ट शोमा सहभागी भएकी "इसाबेल"लाई आफूभन्दा १० वर्ष जेठो पुरुषले इन्स्टाग्राममार्फत सन्देश पठाए। "मलाई राम्रो डिजाइनर ब्यागहरू दिने प्रस्ताव गरियो। ऊ धनाढ्य हुनुमा गर्व गर्दथ्यो र मलाई महङ्गा ब्याग किनिदिएर उसले सन्तुष्टि लिने गर्दथ्यो, " उनले भनिन्। "मलाई आफ्ना अनलाइनका प्रशंसकहरूलाई व्यस्त राख्नु थियो। त्यसैले सायद मैले त्यो प्रस्ताव स्विकारेँ। " उनले ती पुरुषलाई १८ महिनासम्म भेटिनन् तर एक दिन भेटिन्। "उनी एकदमै रमाइला थिए। साँझको खाना खाँदा हामीले केही मदिरा पियौँ। उनले मेरो वचतको बारेमा सोधे। मैले मेरो केही हजार पाउन्ड ऋण भएको बताएँ। त्यसपछि उनले भने: 'म सँग यौन सम्पर्क गरे म तिमिलाई त्यसको दुई गुणा बढी रकम दिन्छु। '" त्यसपछि "इसाबेल" उनको होटेलको कोठामा गइन्। "तर मलाई मेरो आत्मसम्मान नै झरे जस्तो लाग्यो, आफैदेखि रिस उठ्यो र ममाथि कुनै अन्याय भएको जस्तो लाग्यो। " उनी भन्छिन् यो कुनै प्रकारको वेश्यावृत्ति होइन: "यो यस्तो सम्बन्ध हो जुन समयसँगै अघि बढ्दै जान्छ … तर वेश्यावृत्तिमा तपाईँ केही रकम लिएर नचिनेको मानिसँग यौन सम्बन्धकालागि सहमत हुनुहुन्छ। " शोषण तर महिलालाई यौनको बस्तुका रूपमा प्रस्तुत गर्ने कार्य वा सोचकाविरुद्ध अभियान चलाइरहेको एक नारीवादी समूह अब्जेक्ट भन्छ महिलाले "अति नै लोभलाग्दा" प्रस्ताव स्विकार्ने कारणहरू उसले बुझेको छ। हेदर ब्रन्स्केल-इभान्सले भनिन्: "यस्ता कार्यमा संलग्न महिलाले वेश्यावृत्ति भन्ने शब्द सुन्न चाहँदैनन्। तर वास्तविकता यो हो कि उनीहरूले पैसाको लागि आफ्नो शरीर बेचिरहेका छन्। "उनीहरूलाई हौस्याउनेहरूले महिलालाई 'इन्फ्लुएन्सर' बन्न चाहिने सबैथोक दिइरहेका हुन्छन्। तर अन्ततोगत्वा त्यो उनको शोषण नै हो। किनभने ती महिलाले त्यही पैसाकै लागि त्यो सबथोक गरिरहेकी हुन्छिन्। त्यसले उनलाई लज्जित तुल्याइदिने छ। " सेलेब्रिटी अर्थात् ख्यातिप्राप्त व्यक्तिका एक एजेन्ट रब कुपर भन्छन् सामाजिक सञ्जालका चर्चित महिलाहरू मात्र नभई पुरुषहरूले पनि त्यस्ता खालका सन्देशहरू पाइरहेका हुन्छन्। उनी भन्छन् सामाजिक सञ्जालका खातालाई पनि पासपोर्ट वा बिमा नम्बर जस्तै महत्त्व दिएर प्रयोगकर्ताहरूलाई पनि जबाफदेही बनाउने बेला भइसकेको छ। रोक्का गरिएको सामाजिक सञ्जालको खाता पुन: खुलाउन निवेदन दिनु पर्ने व्यवस्था गरेर त्यसो गर्न सकिने उनको तर्क छ। फेसबुक कम्पनीका एक प्रवक्ताले भने: "इन्स्टाग्राम मार्फत् यौन कारोबार सह्य हुँदैन र जसले हाम्रो निर्देशिकाको बेवास्ता गर्छ त्यसलाई प्रतिबन्ध लगाइने छ। हामी इन्स्टाग्राम मानिसहरूलाई आफ्ना अभिव्यक्ति दिनका लागि सुरक्षित स्थल होस् भन्ने चाहन्छौँ। हाम्रा यस्ता मञ्चहरूमा कसैले पनि दुर्व्यवहार भोग्नु नपरोस् भनेर हामीले विभिन्न औजार र प्रविधिमा धेरै लगानी गर्छौँ। "
"यो 'फास्टेस्ट फिङ्गर फर्स्ट' खेल जस्तै थियो, " उनले भनिन्। "तीन सेकेन्डमा स्लट भरियो। " अस्पतालले अन्तिम समयमा आएर खोप लगाउनका लागि उनले प्राप्त गरेको समय रद्द गरिएको जानकारी दियो। कारण थियो: खोपको अभाव। मराठेले अर्को पटक समय लिने प्रयास गरिन्। भारतमा खोप लगाउन १८ देखि ४४ वर्षका सबैले कोवीन भनिने सरकारी प्लेटफर्ममा दर्ता गर्नुपर्छ। आपूर्तिको तुलनामा माग निकै बढी रहेको भारतका प्रविधिसम्बन्धी विषयका सिपालु व्यक्तिहरूले खोप लगाउनका लागि चोर बाटोबाट समय प्राप्त गर्नका लागि कोड नै लेखिरहेका छन्। मराठेलाई कोड लेख्न त आउँदैन तर उनी हाल खोप प्राप्त गर्ने एक मात्रै बाटो अर्थात् स्मार्टफोन र इन्टरनेटको सुविधा भएको वर्गमा पर्छिन्। भारतमा करोडौँ अन्य व्यक्तिसँग त्यस्तो सुविधा छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको सङ्घीय सरकारले करिब ९६ करोड भारतीयलाई खोप लगाउने अभियानको सुरुवात त गरेको छ। तर सरकारसँग त्यसका लागि आवश्यक पर्ने खोपका पर्याप्त मात्रा छैन। खोपको अभाव हाल जारी घातक कोरोनाभाइरसको दोस्रो सङ्क्रमणको लहर र सम्भावित तेस्रो लहरको चेतावनीबीच देखिएको छ। चरणबद्ध रणनीति ''भारतले खोप खरिद गर्न ज्यानुअरीसम्म पर्खियो जबकि उसले निकै अगाडी खोप सुरक्षित गर्न सक्थ्यो, '' भारत, ब्रजिल र दक्षिण अफ्रिकामा औषधिको पहुँचको वकालत गर्ने एक्सेस आईबीएसएका संयोजक अचल प्रभालाले बताए। सन् २०२१ को ज्यानुअरीदेखि मे महिनासम्म भारतले खोपको झन्डै ३५ करोड मात्रा खरिद गरिसकेको थियो। उसले अक्सफर्ड-आस्ट्राजेनेकाले विकास गरेको र भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड खोप अनि भारत बायोटेकले विकास गरेको कोभ्याक्सीन खोप खरिद गरेको थियो। प्रति डोजको २ अमेरिकी डलर पर्ने उक्त खोप विश्वमै सस्तो खोप मध्यमा पर्थ्यो तर मात्रा भने भारतको जनसङ्ख्याको २० प्रतिशतलाई खोप लगाउन समेत पर्याप्त थिएन। भारतले कोरोनाभाइरसविरुद्ध युद्ध जितेको घोषणा गर्दै मोदीले 'खोप कूटनीति' समेत सुरु गरेका थिए जसअन्तर्गत भारतमा मार्च महिनासम्ममा खपत भएभन्दा बढी खोपका मात्रा निर्यात गरिएको थियो। त्यसको ठिक विपरीत अमेरिका र युरोपेली सङ्घले आफूहरूलाई आवश्यक पर्ने भन्दा बढी खोपका मात्रा अभियान सुरु गर्नका लागि उपलब्ध हुनुभन्दा करिब एक वर्ष अगाडी नै सुरक्षित गरिसकेका थिए। टुक्रिएको बजार एकल खरिदकर्ताका हिसाबले सङ्घीय सरकारले मूल्य निर्धारणको विषयमा व्यापक लाभ उठाउन सक्ने अल इन्डिया ड्रग एक्सन नेटवर्ककी सह-संयोजक मालीनी आइसोला बताउँछिन्। "केन्द्रीकृत ठूलो परिमाणको खरिदले दुई अमेरिकी डलरबाट मूल्य झन् घटाउने बाटो खुला गर्न सक्थ्यो। तर मूल्य अझ उकालो लागेको छ, " उनले भनिन्। यसको कारण मे १ देखि विभिन्न राज्यहरू र निजी अस्पतालहरूले आफ्नै किसिमले उत्पादकहरूसँग सम्झौता गरिरहेका छन्। विपक्षी दलहरूले यसलाई "घोटाला"को संज्ञा दिएका छन्। उनीहरूले सङ्घीय सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएको र "राज्यहरूबीच एक अर्कालाई कमजोर पार्ने प्रतियोगिता" सुरु गराएको आरोप लगाएका छन्। कोभिशील्ड खोप खरिद गर्न राज्य सरकारहरूले सङ्घीय सरकारभन्दा दोब्बर अर्थात् प्रति मात्रा चार अमेरिकी डलर तिर्नुपरेको छ भने कोभ्याक्सीन खोपका लागि आठ डलर। र यो पनि उत्पादकहरूको "परोपकारी सङ्केत" कारण हो। राज्यहरूले निजी अस्पतालहरूसँग खोपको परिमाण भण्डारण गर्ने विषयमा पनि प्रतिस्पर्धा गरिरहेका छन् जस कारण ग्राहकहरूले बढी मूल्य तिर्नुपर्ने हुनसक्छ। निजी अस्पतालहरूमा कोरोनाभाइरस खोपको एक मात्राको मूल्य नेपाली रूपैँया २, ४०० सम्म पर्न सक्छ। विभिन्न राज्यहरूले फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सन खोप आयात गर्ने योजना सार्वजनिक गरेका छन्। तर कुनै पनि उत्पादकले आगामी केही महिनाका लागि आपूर्ति सुनिश्चित गर्न सकिरहेको छैन किनभने आर्थिक रूपमा संवृद्ध राष्ट्रहरूले खोपका मात्राहरू पहिले नै सुनिश्चित गरिसकेका छन्। भारतमा रुसी स्पुत्निक भी खोप पनि प्रयोगका लागि स्वीकृत भएको छ। तर उक्त खोप कहिले सार्वजनिक हुनेछ भन्ने कुराको अस्पष्ट छ। के भारतको खोपको मूल्य जायज छ? केहीले सीरम र भारत बायोटेक महामारीका बेला "नाफामुखी" हुन खोजेको आरोप लगाएका छन्। तर अन्य केहीले भने उनीहरूले उल्लेख्य जोखिम मोलेको बताउँदै दोष सरकारको रहेको बताएका छन्। भारत मात्रै यस्तो राष्ट्र हो जहाँ खोप सङ्घीय सरकारले गरेको छैन र त्यस्ता केही देशमध्ये एक हो जहाँ खोप निःशुल्क छैन। तर केही जनस्वास्थ्यवीदहरू सीरम र भारत बायोटेक उत्पादन लागत र व्यावसायिक सम्झौताका विषयमा अझ पारदर्शी हुनुपर्ने विषयमा सहमत छन्। आइसोलाले सीरमले कोभ्याक्स सुविधा र गेट्स फाउन्डेसनबाट कम आय भएका राष्ट्रहरूका लागि खोपमा लगानी गर्नका लागि प्राप्त गरेको ३० करोड अमेरिकी डलर कसरी खर्च गर्यो भन्ने कुराको खुलासा गर्नुपर्ने बताउँछिन्। सीरमले खोप निर्यात गर्न सकेको छैन र त्यसको आंशिक कारण भारतले खोप निर्यातमा लगाएको रोक पनि हो। उक्त कम्पनीले ५० प्रतिशत उत्पादन निम्न आय भएका राष्ट्रहरूलाई उपलब्ध गराउने वाचा पुरा गर्न नसकेको भन्दै खोप विकासकर्ता आस्ट्रजेनेकाले पठाएको कानुनी पत्रको समेत सामना गरिरहेको छ। जनस्वास्थ्य विज्ञहरूले भारत सरकारले भारत बायोटेकसँग गरेको सम्झौताको पनि छानबिन गर्न आग्रह गरेका छन्। खास गरी इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोभ्याक्सीनको बौद्धिक सम्पत्ति भारत बायोटेकसँग "सेयर" गरेको बताएसँगै त्यस्तो माग विज्ञहरूले गरेका हुन। कोभ्याक्सीनको मूल्य कोभिशील्डभन्दा लगभग दोबर छ। "उनीहरूले कोभ्याक्सीनको बौद्धिक सम्पत्तिसम्बन्धी साझेदारी गरे तर कस्तो किसिमको सम्झौतामा हस्ताक्षर गरे? , " जनस्वास्थ्य विशेषज्ञ डा. अनन्त भानले प्रश्न गरे। "के यसले उनीहरूलाई [सरकार] आपत्कालीन अवस्थामा कुनै पनि धारालाई दबाउन सक्ने अधिकार दिन्छ? "
"पक्का, " उनको जवाफ थियो। "म त्यस्तो रोचक प्रतियोगिता हेर्न रुस जान सक्छु। " यो गत अगस्टको कुरा हो। तर उनलाई थाहा थिएन उनले कसरी आफू बस्ने केरलाबाट रुससम्म जाने हवाई टिकटको जोहो गर्छन्। फ्रान्सिस गणितका शिक्षक हुन् र दिनको ४० डलर कमाउँछन्। साइकलको योजना "मलाई पछि लाग्यो मसँग रुससम्म जान र त्यहाँ एक महिनासम्म बस्नका लागि पर्याप्त पैसा हुनेछैन। त्यसपछि मैले आफैँलाई सोधेँ- यात्रा गर्न सबैभन्दा सस्तो तरिका के हुनसक्छ? उत्तर थियो- साइकल। " साथीहरूले उनलाई पत्याएनन्, तर त्यतिबेलासम्म उनले आफ्नो सोच बनाइसकेका थिए। २३ फेब्रुअरीमा, उनले एउटा ठूलो यात्रा सुरु गरे र दुबईसम्मको हवाई यात्रा गरे। त्यसपछि इरानसम्म समुद्रीयात्रा। तर त्यहाँबाट पनि रुसको राजधानीसम्म पुग्न साइकलमा अझै ४२ सय किलोमिटर लाग्थ्यो। ती सबैको उपलब्धि हुनेछ यदि उनले अन्त्यमा आफ्ना प्रिय खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सीलाई हेर्ने मौका पाए भने जो सम्भवत: विश्वका उत्कृष्ट खेलाडी हुन्। फ्रान्सिसले बीबीसीलाई भने, "मलाई साइकल चलाउन मनपर्छ र फुटबलबारे निकै उत्साही छु। मैले सामान्य रूपमा आफ्ना दुई रुचीलाई पछ्याएको हुँ। " उनले पाकिस्तान हुँदै यात्रा गर्ने योजना बुनेका थिए। तर भारतसँग पाकिस्तानको तनावपूर्ण सम्बन्ध रहेकोले उनी त्यो योजनाबाट पछि हटे। 'फुटबल र फिल्म' "योजना परिवर्तन गर्दा मलाई धेरै घाटा लाग्यो। मैले दुबईसम्म साइकल लैजान सकिनँ। त्यसैले त्यहाँ ७ सय डलर पर्ने नयाँ किन्नुपर्यो। लामो दुरीको यात्राका लागि यो साइकल पनि उत्कृष्ट होइन तर मैले किन्न सक्ने यो मात्रै थियो, " उनले भने। तर उनलाई अलि हतोत्साही बनाउने उनको यो अस्थायी सोच उनले ११ मार्चमा बण्दर अब्बासस्थित इरानी बन्दरगाहमा प्रवेश गरेलगत्तै बिर्सिए। "यो विश्वको सबैभन्दा सुन्दर देश हो र मानिसहरू असाध्यै स्वागत गर्ने खालका छन्। मैले यो देशमा ४५ दिन बिताएँ तर जम्मा दुई दिनमात्रै होटलमा बसेँ। " फ्रान्सिससँग खर्च गर्नका लागि दिनको जम्मा १० डलर थियो। तर इरानमा उनी जहाँ पनि गए मानिसहरूले उनलाई घरमा बस्न र खान निम्ता दिए। "इरानबारेको मेरो धारणा नै परिवर्तन भयो। मैले महसुस गरेँ कि भू-राजनीतिलाई आधार मानेर कुनै पनि देशबारे धारणा बनाउन हुँदैन। " उनी स्पष्ट रुपमा त्यहाँको नाटकीय खालका दृश्यहरू सम्झन्छन्। "इरानको शहरी इलाकाबाहिरको भू-भाग निकै सुन्दर भएकाले साइकल चलाउन कम सकसपूर्ण भयो। म फेरि त्यहाँ पक्का जान्छु। " "उनीहरूले मलाई रुसमा इरानको टोलीको समर्थन गर्न कसम खुवाए। उनीहरू पनि हिन्दी फिल्महरू मन पराउँछन् र त्यसले गर्दा धेरै ठाउँमा मानिसहरूसँग कुराकानी सुरु गर्न मद्दत गर्यो। " "फुटबल र फिल्मले विश्व जोड्छ भनेको साँच्चै नै हो। " साइकलले दुब्लाए त्यसपछिको अर्को गन्तव्य अजरबैजान थियो, जहाँ सीमा प्रहरीहरूलाई उनको यात्रासम्बन्धी कागजात पुष्टि गर्न समस्या भयो। यस्तो हुनुको कारण थियो उनले निरन्तर रुपमा साइकल चलाइरहँदा धेरै वजन घटाइसकेका थिए। "मेरो पासपोर्टमा भएको फोटोजस्तो म देखिइनँ। प्रहरीले मेरो विवरण पुष्टि गर्न आठ घण्टाभन्दा बढी समय लगाए तर उनीहरूले मलाई राम्रो व्यवहार गरे। " फ्रान्सिससँग अजरबैजानमा होटलमा बस्न खर्च थिएन। त्यसैले उनले धेरै पार्कहरूमै पाल हालेर बसे। "यहाँ पनि मानिसहरू राम्रो व्यवहार गर्थे तर उनीहरू नचिनेको मान्छेसँग खुलिहाल्न समय लगाउँथे। मैले राजधानी बाकुमा बस्ने केही भारतीयहरू भेटेँ। र, केही समय उनीहरूसँगै बसेँ। " "दशगजा क्षेत्रमा फस्दा" फ्रान्सिस जर्जिया पुगे पनि फेरि फर्किनुपर्यो। आफ्नो योजना बदलेर उनी झण्डै मस्को पुगिने आधा बाटो फर्किए। "मसँग सबै कागजात थियो तर पनि खै किन हो मैले प्रवेश पाइनँ। त्यसले मलाई निकै अनिश्चित अवस्थामा पुर्यायो किनभने मसँग अजरबैजान प्रवेश एकपटक मात्रै गर्न पाउने भिजा थियो। " फ्रान्सिस जर्जिया र अजरबैजानबीचको दशगजा क्षेत्रमा एकदिन अड्किए। उनलाई अन्तत: अजरबैजानमा पुन: प्रवेश गर्न तत्काल भिजा दिइयो। "मैले त्यसपछि रुस प्रवेश गर्न अर्को बाटो खोज्नुपर्यो। मलाई कसैले भनेको थियो कि रुसको डागस्टान क्षेत्रको सीमा अजरबैजानसँग जोडिएको छ, " उनले भने। "म त्यहाँ प्रवेश गर्न सुरक्षित छैन भन्ने सोच्दै नसोची गएँ। तर मसँग फर्किने विकल्प पनि थिएन र म जुन ५ मा डागस्टान प्रवेश गरे। " डागस्टानमा मानिसहरूले बिरलै अङ्ग्रेजी बोल्ने भएकोले त्यहाँ भाषाको ठूलो समस्या रहेको उनले बताए। "मानिसहरू उनीहरूको क्षेत्रमा एकजना भारतीय साइकल चढेर छिरेको देख्दा अच्चमित हुन्थे। मैले फेरि पनि फुटबल र फिल्मको विश्वव्यापी भाषा प्रयोग गरेर मानिसहरूलाई कुरा गर्न सहज बनाएँ। " फ्रान्सिस अहिलेसम्म मस्कोबाट ४६० किलोमिटर दक्षिणमा पर्ने ट्याम्बोफ पुगेका छन्। उनी फ्रान्स र डेनमार्कबीच हुने प्रतियोगिता हेर्नका लागि जुन २६ मा राजधानी पुग्नुपर्नेछ। क्रोएशियाद्वारा मेस्सीको आर्जेन्टिना स्तब्ध "मैले यही खेल हेर्नका लागि मात्रै टिकट मिलाउन सकेँ। " "तर म आर्जेन्टिनालाई समर्थन गर्छु र लिओनेल मेस्सी मेरा मनपर्ने खेलाडी हुन्। म उनका लागि प्रार्थना गर्छु। उनीसँग भेट्ने मेरो सपना छ र म मेरो साइकलमा उनलाई हस्ताक्षर गरिदिन भन्छु। " क्लिफिन फ्रान्सिसको आशा छ- उनको यो यात्राले मानिसलाई फुटबल र तन्दरुस्त हुनुपर्नेबारे प्रेरणा दिनेछ। "मेरो चाहना कुनै दिन भारतले विश्वकप खेलेको हेर्नेछ। र त्यो तबमात्रै हुनेछ जब धेरै बालबालिकाहरू भारतमा फुटबल खेल्नेछन्। म हामीले अर्को २० वर्षमा मौका पाउँछौं की भन्नेमा आशावादी छु। " "म अर्को पनि आश गरिरहेको छु कि मानिसहरूलाई मेरो कथा पढेपछि पनि साइकल चलाउन मन लाग्नेछ। " "साइकलले परापूर्वकालका मानिसहरूको आवश्यकता के थिए भन्ने समयमा पुर्याउँछ। दिनको अन्त्यमा तपाईँलाई चाहिने भनेको आखिर नुहाउनका लागि पानी, पाल टाँग्नका लागि राम्रो ठाउँ र मिठो खाना। त्यतिले तपाईँलाई खुसी बनाउँछ। " "मेरो यात्रा सकिँदा मैले भारतमा फुटबल खेल्नका लागि एकजना मात्रै बालकलाई प्रेरित गर्न सकेँ भने पनि मलाई त्यसले खुसी बनाउनेछ। "
"आपत्कालीन सेवामा अहिले चाप कम भए पनि हामी अन्धकारले घेरिएजस्तो अनुभव गर्छौँ" तर अहिले उनीहरू आफैँले पीडा खेप्नुपरेको छ। लोम्बार्डी विश्वमै अतिप्रभावित क्षेत्र हो र त्यहाँको अवस्थालाई नियन्त्रणमा राख्न स्वास्थ्यकर्मीहरू सङ्घर्षरत छन्। पाओलो मिरान्डा क्रिमोनामा कार्यरत सघन उपचार र स्याहारमा संलग्न नर्स हुन्। "मलाई धेरै झर्को लाग्न थालेको छ, " उनले भने। "म सानो कुरामै रिसाउन थालेको र मेरो पारो छिट्टै तात्छ। " मिरान्डाले खिचेका तस्बिरहरूमा उनले आफ्ना सहकर्मीहरूले सामान्य अवस्थातर्फ फर्किँदै गरेको 'दोस्रो चरण'मा कसरी जुझिरहेका छन् भन्ने देखाउन खोजेका छन्। "आपत्कालीन सेवामा अहिले चाप कम भए पनि हामी अन्धकारले घेरिएजस्तो अनुभव गर्छौँ, " उनले भने। "हामीभित्र घाउहरू मात्र भए झैँ हुन्छ। हामीले जे देख्यौँ त्यही बोकेर हिँडिरहेका छौँ। " छटपटी र दुःस्वप्न यस्तो अनुभव सघन उपचार कक्षकै अर्की नर्स मोनिका मरिओटीको पनि छ। "सङ्कटका बेलाभन्दा अहिले निकै गाह्रो भइरहेको छ, " उनले सुनाइन्। "त्यस बेला हामी एउटा शत्रुसँग सङ्घर्ष गर्दै थियौँ। यतिखेर त्यो कुरा सम्झिँदा म एक्लै र उद्देश्यहीन भएको अनुभव गर्छु। " सङ्कटका बेला उनीहरू निकै व्यस्त भए र केही सोच्ने समय पनि पाएनन्। महामारीको प्रभाव घट्दै जाँदा उनीहरू पनि कमजोर बने। त्यति बेला मनमा थुप्रिएको तनाव यतिखेर छचल्किन थालेको छ। "हामीभित्र घाउहरू मात्र भए झैँ हुन्छ। हामीले जे देख्यौँ त्यही बोकेर हिँडिरहेका छौँ" "म राति सुत्न सक्दिनँ र सुतिहाले पनि दुःस्वप्न देखेर ब्युँझिन्छु, " मोनिकाले सुनाइन्। "म प्रत्येक रात १० पटकसम्म ब्युँझिन्छु, मेरो मुटु ढुकढुक गरिरहेको हुन्छ। म आत्तिएर स्याँस्याँ गरिरहेको हुन्छु। " मोनिकाकी सहकर्मी एलिसा पिजेराका भनाइमा आपत्कालीन अवस्थामा आफू बलियो महसुस गरे पनि यतिखेर भने उनलाई निकै थालेको महसुस भएको छ। उनीसँग खाना पकाउने वा घरको स्याहार गर्ने शक्ति छैन। बिदामा उनी धेरैजसो सोफामा बसेर बिताउँछिन्। 'नयाँ सामान्य अवस्था' होइन टस्केनीमा काम गरेकी अर्की नर्स मार्टिना बेनेडेटी अझै आफूबाट अरूमा सङ्क्रमण फैलिन सक्छ कि भनेर त्रस्त छिन्। त्यसैले उनले आफ्ना परिवारजन र साथीसङ्गीलाई भेटेकी छैनन्। उनले सुनाइन्, "मैले पतिसँग पनि दूरी कायम राखेकी छु। हामी छुट्टाछुट्टै कोठामा सुत्छौँ। " "म अझै नर्सको रूपमा काम गर्न चहान्छु कि चाहन्नँ भन्ने मलाई थाहा छैन" सामान्य कुराहरू समेत यतिखेर असहज लाग्न थालेको उनीहरूको अनुभव छ। "घरबाहिर निस्किन खोज्दा मलाई छटपटी हुन्छ र म घर फर्किहाल्छु, " मार्टिनाले सुनाइन्। "म अझै नर्सको रूपमा काम गर्न चहान्छु कि चहान्न भन्ने मलाई थाहा छैन। मैले काम थालेको छ वर्षमा देखेभन्दा बढी मानिसको मृत्यु मैले यी दुई महिनामा देखेँ। " इटलीका अतिप्रभावित ठाउँमा काम गरेका झन्डै ७० प्रतिशत स्वास्थ्यकर्मीमा कुनै न कुनै प्रकारको मनोवैज्ञानिक समस्या देखिएको एउटा अध्ययनले देखाएको छ। उक्त अध्ययनमा संलग्न डा. सेरिना बारेलो भन्छिन्, "यो डाक्टर र नर्सहरूका लागि सबैभन्दा कठिन समय हो। " सङ्कटमा काम गर्दा हाम्रो शरीरले उत्पादन गर्ने हार्मोनले तनावसँग सङ्घर्ष गर्न सघाउँछ। "तर अवस्था सामान्य भइसक्दा फुर्सदमा जब त्यस्तो अवस्था सम्झना गरिन्छ, त्यसले मानिसहरूलाई निकै थकित र भावनात्मक रूपमा विक्षिप्त बनाउँछ। " "जब उनीहरू मर्नबाट डराइरहेका थिए त्यसबेला हामी नायक थियौँ। तर अहिले उनीहरूले हामीलाई बिर्सिसकेका छन्" थुप्रै चिकित्सक र नर्समा महामारीको लामो समयसम्म पनि भयभीत भइरहने पोस्ट ट्रम्याटिक स्ट्रेस डिस्अर्डरका लक्षण देखिन सक्ने उनको चिन्ता छ। त्यस्तो अवस्था महिनौँ वा वर्षौँपछि पनि देखिन सक्छ। स्वास्थ्यकर्मीमा यसले उनीहरूको पूर्ववत् स्थितिमा काम गर्ने क्षमतामा समेत असर गर्न सक्छ। बिर्सिएका नायकहरू आफ्नै जीवनलाई जोखिममा राखेर भाइरस महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक र नर्सलाई विश्वभरि नायकको रूपमा हेरिएको छ। तर इटलीमा भने त्यस्तो प्रेमभाव क्षय भइरहेको छ। "जब उनीहरू मर्नबाट डराइरहेका थिए त्यसबेला हामी नायक थियौँ। तर अहिले उनीहरूले हामीलाई बिर्सिसकेका छन्, " मोनिकाले गुनासो गरिन्। पछि आफूहरूलाई केवल दिसापिसाब गराउने, अल्छी र काम नभएका मानिसका रूपमा हेरिने भन्दै उनले चिन्ता व्यक्त गरिन्। टुरिनमा नर्सहरू हालै पङ्क्तिबद्ध भएर प्लास्टिकका झोला बोकेर उभिए। उनीहरूले पीपीई अर्थात् व्यक्तिगत सुरक्षा परिधान नहुँदा कसरी काम गरिएको थियो भन्ने सम्झाउन प्रयास गरेका थिए। इटली र स्पेनमा कोरोनाभाइरसको आतङ्कबीच सङ्गीत र ताली उनीहरूको प्रदर्शन आफ्नो कामको मूल्याङ्कन भइदिओस् भन्दै आयोजना गरिएको थियो। त्यहाँ एक नर्सले माइकबाट भनिन्: "मार्च महिनामा हामी नायक थियौँ तर अहिले सबैले हामीलाई बिर्सिसकेका छन्। " अप्ठ्यारो समयमा गरेको कामका लागि अतिरिक्त रकम दिइने बताइएको भए पनि अहिलेसम्म उनीहरूले त्यो देख्न पाएका छैनन्। सामना इटलीमा कम्तीमा १६३ चिकित्सक र ४० नर्सले कोभिड-१९ बाट ज्यान गुमाएका थिए। चार जनाले त आत्महत्या नै गरे। तर अहिले भाइरसको महामारी कहिल्यै नभए जस्तो वा सकिसकेको जस्तो व्यवहार गरिएकाले आफूलाई रिस उठ्ने धेरै स्वास्थ्यकर्मी बताउँछन्। स्याहारगृहहरूमा कोभिड-१९ सामना गरेकी डाक्टर एलिसा नानिनोले अहिले मास्क नलगाईकनै वा सामाजिक दूरी कायम नगरीकनै जमघट गरिरहेको कुरालाई इङ्गित गर्दै त्यसो भनेकी हुन्। उनको भनाइ छ: "सबैको जीवन जोखिममा पार्न सक्ने उनीहरूको मुखैअघि गएर गाली गरौँ झैँ लाग्छ। त्यसो गर्छु म र मेरा सहकर्मीप्रतिको अनादर हो। " सबैजसो स्वास्थ्यकर्मीले स्वीकार गर्ने एउटा कुरा चाहिँ सर्वसाधारणको सहकार्यले यस सङ्कटबाट पार पाउन सघाएको भन्ने छ। "म कुनै नायक होइन तर यसले मलाई महत्त्वपूर्ण अनुभव गरायो। " पाओलो भन्छिन्: "म कुनै नायक होइन, तर यसले मलाई महत्त्वपूर्ण अनुभव गरायो। " मनोसामाजिक समस्या खेपिरहेका स्वास्थ्यकर्मीलाई सघाउने एउटा प्रभावकारी तरिका उनीहरूको सार्वजनिक मूल्याङ्कन गर्नु रहेको डा. बारेलोको अध्ययनले देखाएको छ। उनले भनिन्: "यतिखेर हामी सबैले खेल्नुपर्ने महत्त्वपूर्ण भूमिका भनेको डाक्टर र नर्सले हाम्रा लागि गरेको योगदान नबिर्सनु हो। " युद्धभूमि छाडेपछि सिपाहीहरू घरमा बसेर आफ्नो तनावसँग सङ्घर्ष गर्न सक्छन्। तर यी चिकित्सकहरूको अर्को १२ घण्टे काम सुरु भइहाल्छ। उनीहरूसँग आफ्नो तनावको जड भएकै ठाउँमा त्यसलाई परास्त गर्नुको विकल्प छैन। पाओलो भन्छिन्: "म आफूलाई युद्धबाट भर्खर फर्केको सेनाझैँ ठान्छु। मैले हतियार र सडकमा यत्रतत्र छरिएका शव त देखिनँ तर धेरै तरिकाबाट बङ्करमा भएको जस्तो अनुभव भने गरेँ। "
"स्वास्थ्यकर्मीले घरघरमा आएर सेवा दिँदा हर्ष लागेको छ, " दुहु गाउँपालिकाकी स्थानीय बासिन्दा हेमन्ती मल्ल बमले बताइन्। कोरोनाभाइरसका कारण गर्भवती महिला तथा वृद्धवृद्धाले स्वास्थ्य संस्था पुगेर आइरन चक्की तथा दम, खोकीको औषधि समयमै लग्न नपाएको बताइएको छ घरदैलो कार्यक्रमको फाइदा "हामीले घरमै लगेर दिँदा उनीहरूले औषधि पनि पाए कोरोनाभाइरस भएका बेला उनीहरू घण्टौँ हिँडेर आउन पनि परेन, " घरदैलो कार्यक्रम अन्तर्गत खटिएका नौगाड गाउँपालिका वडा नं ३ खार स्वास्थ्य चौकीका प्रमुख गोविद सिंह ठगुन्नाले बताए। जनप्रतिनिधिसँगै घरदैलोमा रहेका स्वास्थ्यकर्मीले कोरोनाभाइरससँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको जाँच तथा सामान्य ज्वरो, रुघाखोकी लागेका छन् भने उनीहरूलाई औषधि वितरण गरेको उनले बताए। कोरोनाभाइरसको शङ्का लागे पीसीआरका लागि स्वाब सङ्कलन पनि स्वास्थ्यकर्मीले गरेका छन्। घरदैलो कार्यक्रमको उद्देश्य कोरोनाभाइरस हो कि अर्कै किसिमको भाइरल ज्वरो भन्ने निदान गर्न खोज्ने र आवश्यक पर्नेलाई एन्टिजन तथा पीसीआर परीक्षण गर्ने रहेको महाकाली नगरपालिकाका प्रवक्ता तथा वडा नं ४ का वडा अध्यक्ष पुष्करराज जोशीले बताए। कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ? उनले भने, "जिल्ला अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा कोभिड बिरामीको उपचार भइरहेको छ। अहिले अस्पताल जानु हुँदैन भनेर कतिपय स्थानीय बासिन्दा घरमै बसिरहेको अवस्था छ। रोगले च्याप्यो भने मात्रै अस्पताल आउने गरेकाले यसबारे समयमै परामर्श तथा सेवा दिन र भलाकुसारी गर्न सकियोस् भनेर घरदैलो अभियान गरेका हौँ। " घरदैलो कार्यक्रमको जोखिम के छ? जनप्रतिनिधिहरू घरदैलो कार्यक्रममा जाँदा उनीहरू स्वयं जोखिममा पर्न सक्छन्। उनीहरू एकघरदेखि अर्को जाँदा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न सकेनन् भने त्यसले अरू सर्वसाधारणलाई पनि जोखिममा पार्न सक्ने चिकित्सकहरू बताउँछन्। जिल्ला अस्पताल दार्चुलाका डा. आदर्श लिम्बु भन्छन्, "पीसीआर परीक्षण नेगेटिभ भएका, स्वास्थ्यको मापदण्डहरू पालना गरेर स्वास्थ्यकर्मीहरूले गाउँ गाउँ गएर को कस्ता बिरामी छन् भन्ने खोजी गर्नु राम्रो कुरा नै हो। " उनले थपे, "अहिलेको समयमा हामी सामाजिक दूरीको कुरा गरिरहेका छौँ। यस्तो बेलामा सङ्क्रमण रोक्न आवश्यक मापदण्ड पालना नगरी घर दैलो कार्यक्रम गर्नु पनि जोखिमपूर्ण हुन सक्छ। "