text
stringlengths 400
72.5k
|
---|
२६ भदौ, काठमाडौं। एनएमबी बैंक कोष प्रवर्द्धक रहेको एनएमबी म्यूचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबी हाइब्रिड फण्ड एल-१ को धितोपत्र आइतबारदेखि निष्काशन हुँदै छ। प्रतिइकाइ १० रुपैयाँका दरले ६८ करोड रुपैयाँ बराबरका न्यूनतम ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। यो फण्ड छिटोमा भदौ ३१ गते निष्काशन बन्द हुने बताइएको छ। यो फण्ड किन्ने सर्वसाधारणले १० रुपैयाँ लगानी गरेर सेयर बजारमा प्रवेश गर्न पाउने छन्। सेयर बजारसम्बन्धी कम बुझेका व्यक्ति स्वयंले प्रत्यक्ष सेयर कारोबार गर्दा बढी जोखिम हुने भएकाले यस्तो फण्डमा लगानी गरी आफु सुरक्षित भएर पनि सेयर कारोबारमा आवद्ध हुन पाउनेछन्। यो फण्ड निष्काशनभन्दा पहिले एनएमबी म्युचुअल फण्डअन्तर्गत एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड-१ सञ्चालनमा रहेको छ। करिब २ वर्ष अगाडि निष्काशन गरिएको उक्त फण्डको ०७३ साउन मसान्तसम्म खुद सम्पत्ति मूल्य १९. ०३ रहेको छ। हाल बजारमा सञ्चालनमा रहेका प्रायः सबै योजनाहरुले राम्रो प्रतिफल दिइरहेको अवस्थामा आगामी दिनमा लगानीकर्ताहरुका लागि म्युचुअल फण्डको योजनामा लगानी गर्नु लगानीको राम्रो अवसर हुन सक्ने एनएमबी क्यापिटलले जनाएको छ।
|
२६ भदौ, काठमाडौं। सुनसरीको धरानमा मुख्य कार्यालय रहेको क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३१. ५८ प्रतिशत लाभांस दिने घोषणा गरेको छ। बैंकको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १. ५८ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो। गत वर्ष बैंकले ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ। हाल बैंकको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ। बैंकले गरेको लाभांसको घोषणा नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र सम्बन्धित बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ।
|
२६ भदौ, काठमाडौं। नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैंकिङले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांस दिने भएको छ। आइतबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नविल ब्यालेञ्च फण्ड-१ मा लगानी गर्ने लगानीकर्तालाई नगद लाभांस दिने घोषणा गरेको हो। सामूहिक लगानी गर्ने उद्देश्यले स्थापना भएको कम्पनीले गत वर्ष सेयरको सेयर कारोबार गरेर कमाएको नाफाबाट लाभांसको घोषणा गरेको हो। इन्भेष्टमेन्ट कम्पनीले छरिएर रहेको स-सानो पुाजीलाई एकीकृत गरी विभिन्न कम्पनीका सेयरमा लगानी गरेर कमाएको नाफा लगानीकर्तालाई वितरण गर्दै आएका छन्। सामूहिक लगानीको कारोबार गर्ने यस्ता कम्पनीको साधारण सेयर प्रतिकित्ता १० रुपैयाामै किन्न पाइन्छ। जसअनुसार नविल इन्भेष्टमेन्ट बैंकिङमा १० रुपैयााको एक कित्ता सेयर हुने लगानीकर्ताले ३ रुपैयाा नगद लाभांस पाउाछन्। सेयर बजारबारे पर्याप्त बुझाइ नभएकाहरुले पनि यस्ता कम्पनीमार्फत सेयरमा लगानी गरी राम्रो आम्दानी गर्न सक्छन्।
|
२६ भदौ, काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आगामी असोज १४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले निष्काशन गरेको सेयरमा कात्तिक १८ गतेसम्म भर्न पाइनेछ। कम्पनीले आइतबार सार्वजनिक सुचना जारी गर्दै ११ लाख कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एमएमबी क्यापिटल लिमिटेड छ। कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने जनाएको छ। जसअनुसार कम्पनीमा १ कित्ता सेयर हुनेले थप १ कित्ता हकप्रद सेयर भर्न पाउने छन्। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड रुपैयाँ छ। हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २२ करोड रुपैयाँ पुग्ने छ।
|
२८ भदौ, काठमाडौं। प्रविधियुक्त सेवा भित्र्याउने अग्रणी बैंकको रुपमा परिचय बनाएको कुमारी बैंक लिमिटेडले थप सेवा, सुविधा विस्तार गर्ने क्रममा “कुमारी क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ। बंैकले दुई प्रकारका क्रेडिट कार्डहरू प्रयोगमा ल्याएको छ। “डोमेष्टिक कार्ड” नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ भने डलरमा सञ्चालन गरिने “इन्टरनेशनल कार्ड” विश्वव्यापी प्रयोग गर्न सकिन्छ। स्वदेश तथा विदेशका भिसा कार्ड स्वीकार गर्ने सबै एटिएम र व्यापारिक केन्द्रहरुमा कुमारी भिसा क्रेडिट कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ। नेपालका थोरै बैंकले मात्र प्रयोगमा ल्याएको चिप बेशमा आधारित कार्डमा उच्च सुरक्षा एवं न्यून जोखिमको कारण विदेशमा पनि यस्तो कार्डको प्रयोग बढ्दो क्रममा रहेको बैंकले जनाएको छ। यसअघि बैंकले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत प्रयोगमा आउने कुमारी भिसा डेबिट कार्ड प्रयोगमा ल्याइसकेको छ। ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै भिसा क्रेडिट कार्ड बैंकका सबै ३६ वटै शाखाहरुवाट उपलब्ध गराउने र बैंकका विद्यमान ग्राहकहरु मात्र नभई क्रेडिट कार्ड लिन चाहने नयाँ ग्राहकहरुले पनि यो सुविधा उपभोग गर्न सक्नेछन्। कुमारी बैंक लिमिटेडको हाल काठमाडौँ उपत्यका भित्र ११ र उपत्यका बाहिर २५ गरी कुल ३६ शाखाहरु, २ एक्सटेन्सन काउन्टरहरु तथा ४६ एटिएमहरु सञ्चालनमा रहेका छन्।
|
२८ भदौ, काठमाडौं। सरकारले दर्ता र अनुगमनमा कडाइ गर्न थालेपछि सहकारी संस्थाहरुको दर्ता हृवात्तै घटेको छ। सरकारले गत वर्षदेखि नगरपालकामा बचत तथा ऋण सहकारीको दर्ता बन्द गरेको थियो भने अन्य सहकारी दर्ताका लागि पनि कडा मापदण्ड बनाएको थियो। त्यसको असर संस्थाहरुको दर्तामा देखिएको हो। आर्थिक वर्ष ०७२/०७३ मा ६ सय ३५ मात्रै सहकारी संस्था दर्ता भएको सहकारी विभागले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा आधाभन्दा कम हो। आर्थिक वर्ष ०७१/०७२ मा १ हजार ४ सय ८६ सहकारी संस्थाहरु दर्ता भएका थिए। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लाइसन्स दिन कडाइ गरेपछि वित्तीय क्षेत्रका खेलाडीहरु सहकारी संस्था खोल्न आकषिर्त भएका थिए। सहकारी संस्थाहरुको संख्या बढेसँगै कमजोर कानूनी व्यवस्थाका कारण यो क्षेत्रमा विकृति पनि बढ्न थालेको थियो। पछिल्ला वर्षहरुमा सरकारले सहकारीको संख्या बढी भएको ठहर गर्दै नयाँ संस्था दर्तामा कडाइ गरेको हो। विभागका अनुसार हाल देशभर ३३ हजार २ सय ९८ सहकारी संस्थाहरु दर्ता भएका छन्। जसमध्ये १५ हजार संस्थाले बचत तथा ऋणको कारोबार गर्छन्। सहकारीका सदस्य ५२ लाख, बचत २ खर्व २ अर्व, लगानी १ खर्व ८८ अर्व र सेयर ६३ अर्व रुपैयाँ पुगेको छ। विभागले नयाँ मापदण्ड लागू गर्दै सहकारी संस्थाका संचालकलाई सहकारी ऐन कानुनलगायत आधारभुत ज्ञान दिने उदेश्यले संस्था दर्ता गर्नुभन्दा अघि अनिवार्य तालीमको व्यवस्था गरेको छ। त्यस्तै, सरकारले सहकारीको दर्ता र अनुगमनलाई व्यवस्थित बनाउनका लागि नयाँ ऐन ल्याउने तयारी पनि गरिरहेको छ। उक्त ऐन अहिले संसदमा पुगेर अडि्कएको छ। विभागका अनुसार आर्थिक वर्ष ०६२/०६३ मा ४ सय ८५ सहकारी दर्ता भएका थिए भने २०६५/०६६ मा ४ हजार ५ सय ११ सहकारी संस्थाहरु दर्ता भएका थिए। कुन वर्ष कति सहकारी दर्ता भए? आर्थिक वर्ष दर्ता भएका सहकारी २०६२/०६३ ४८५ २०६३/०६४ ११९० २०६४/०६५ १५८२ २०६५/०६६ ४५११ २०६६/०६७ ४२८९ २०६७/०६८ ३१९९ २०६८/०६९ ३१९९ २०६९/०७० ३०२६ २०७०/०७१ १६५१ २०७१/०७२ १४८६ २०७२/०७३ ६३५ स्रोतः सहकारी विभाग
|
२९ भदौ, काठमाडौं। एनएमबि बैंकले एक घर एक खाता नामक बचत योजना सञ्चालनमा ल्याएको छ। सरकारको वित्तीय पहुँच विस्तार गर्ने कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले यस्तो खाता सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले जानकारी दिए। बैंकका सीइओ पौडेल र ब्राण्ड एम्बेस्डर राजेश हमालले बुधबार संयुक्त रुपमा एक घर एक खाता योजनाको अनावरण गरे। बैंकले पहिलो चरणमा गत साउनमै यो योजनाको सुरुवात गरेको थियो। अब भने यसलाई देशव्यापी बनाउन लागिएको पौडेलले जानकारी दिए। ‘यो खाता सञ्चालन गर्नुको मुख्य उद्देश्य सरकारले लिएको वित्तीय साक्षरता बढाउने योजनालाई साकार पार्नु हो, ’ सीइओ पौडेलले भने- ‘वित्तीय साक्षरता अभिवृद्धि सरकार र राष्ट्र बैंकको मात्रै दायित्व नभई हाम्रो पनि हो। ’ बैंकले जनताको घरदैलोमा गएर बैंक खाता मात्रै खोलाउने नभई खाता खोल्न सिकाउने र बैंक खाता खोल्दा हुने फाइदाका बारेमा पनि सूसुचित गराउने छ। हाल ४० प्रतिशत सर्वसाधारहरु मात्रै बैंकिङ पहुँचभित्र छन्। ‘यो अभियानलाई सफल बनाउन अब हामी पर्याप्तमात्रामा साखाहरु विस्तार गर्छौं’ उनले भने- ‘यस योजनाका ब्राण्ड एम्बेस्डर महानायक राजेश हमालजी हुनुहुन्छ। उहाँलाई हाम्रो समाजले निकै राम्रो कलाकारकोरुपमा लिन्छ। त्यसैले यो योजनाप्रति सर्वसाधारणहरु आकषिर्त हुन्छन् भन्ने हाम्रो विश्वास छ। तर, बैंकले एक घर एक खाता खोल्दा कति व्याज दिन्छ भन्नेचाहीँ खुलाएको छैन। ‘हामी अरु खाताहरुमा भन्दा राम्रो दिन्छौ, ’ सीइओ पौडेलले भने। राजेश हमाल भन्छन्- बैंक धनीको मात्रै होइन, सबैको हो बैंकको एक घर एक खाता योजनाका ब्राण्ड एम्बेस्डर महानायक राजेश हमालले यो योजनाले जनतालाई सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए। ‘बैंक भनेको धनीको मात्रै हो भन्ने बुझाइ छ तर बैंक भनेको सबै जनताको हो, ’ उनले भने। बैंकसँग कारोबार गर्दा सुरक्षित र फाइदाजनक हुने उनले बताए। ‘यो योजनामा सहभागि ग्राहक र बैंक दुबैको ‘विन विन’ सिचुएसन हुन्छ, ’ हमालले भने।
|
३० भदौ, काठमाडौं। सितापाइला स्थित शैलभा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले पहिलो सेवा केन्ऽ न्युरोडमा स्थापना गरेको छ। संस्थाले इन्ऽ जात्राको विशेष अवसर पारी सेवा सुरु गरेको हो। न्युरोड क्षेत्रका सदस्यलाई सेवा पर्याउने उद्देश्यले से केन्ऽ स्थापना गरिएको संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए। सितापाइला क्षेत्रका सदस्यहरु न्यूरोड क्षेत्रमा सामन किनमेल गर्न आउँदा पनि सेवा केन्द्रमार्फत सेवा लिन सकिने अध्यक्ष श्रेष्ठले बताए। सेवा केन्द्र शुभारम्भको अवसरमा नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो। सेवा केन्द्र स्थापनाले समुदायमा सहकारीप्रति विश्वास र कारोवार थप वृद्धि हुने जिल्ला सहकारी संघ काठमाडौंका सञ्चालक तथा उपासमा महिला बचत तथा ऋण सहकारीका अध्यक्ष अमरावती महर्जनले बताईन। सदस्यहरुलाई सरल कर्जा लगानी, बचत संकलन र उद्यम तथा व्यवसाय प्रवर्द्धनमा प्रभावकारी ढंगले काम गर्न महर्जनले सुझाव दिइन्। संस्थाले करिब ५ हजार सदस्यबीच ३५ करोडको कारोबार गरीरहेको छ। सेवा केन्ऽ स्थापना संगै ५० करोड कारोबार गर्ने लक्ष्य संस्थाले लिएको छ। सदस्यहरुलाई वित्तिय सेवा अलावा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए। सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ। संस्थाले केही समय पछि दोस्रो सेवा केन्ऽ कालिमाटीमा स्थापना तयारी गरेको छ। सेवाकेन्ऽको लागि सहकारी विभागबाट स्विकृती लिईसकेको छ।
|
२ असोज, काठमाडौं। पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति आजिवन अध्यक्ष पदमा रहन पाउने व्यवस्था बैंक तथा वित्तीय संस्थाका लागि निकै घातक भएको बताएका छन्। उनीहरुले एकै व्यक्ति लामोसमय पदमा बसिरहन पाउने व्यवस्था हटाएर वित्तीय क्षेत्रलाई जोखिममुक्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। व्यवस्थापिका संसद्को आइतबारको अर्थ समितिको बैठकमा उपस्थित पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले एउटै व्यक्ति २ कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था गरिनुपर्ने बताए। बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले तयार पारेको प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरुको सुशासनका लागि भन्दै विधेयकमा बढीमा दुई कार्यकालको मात्रै पदमा बस्न पाउने व्यवस्था गर्न प्रस्ताब गरेको थियो। तर, बैंक सञ्चालक सांसदसमेत रहेका अर्थ समितिका सदस्यहरुले त्यसलाई उल्ट्याएका थिए। अर्थ समितिमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलगायत झन्डै आधा दर्जन सांसद छन्। उनीहरुले यसअघि राष्ट्र बैंकले गरेको प्रस्ताव उल्ट्याएर अर्थ समितिमा प्रतिवेदन पेस गरेका थिए। समितिले तयार पारेको प्रतिवेदन तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गरेका थिए। समितिको प्रतिवेदनको अलोचना भएपछि सरकारले बाफिया सम्बन्धी विधेयक संसद्बाट फिर्ता लिएको थियो। तर, संसदको पूर्ण सदनले उक्त विधेयकमाथि फेरि छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै अर्थ समितिमा नै फिर्ता पठाइदियो। त्यसैमाथि अहिले फेरि अर्थ समितिमा छलफल भइरहेको छ। शुक्रबार भएको छलफलमा बैंकर तथा व्यवसायीहरुले कार्यकाल तोक्न नहुने तर्क राखेका थिए। आइतबारको समितिको बैठकमा निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले समितिले प्रबन्ध संचालकलाई दुई कार्यकालको सीमा तोकी अध्यक्षलाई भने आजिवन पदमा रहने गरी प्रतिवेदन तयार पार्नुको सहस्य आफूले बुझ्न नसकेको बताए। उनले सबैभन्दा उच्च्ा पद मानिने राष्ट्रपति त तोकिएको कार्यकाल भन्दा बढी पद्मा रहन नसक्ने स्थितिमा बैंक तथा वित्तीय संस्थामा पनि एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी पदमा रहन नपाउने व्यवस्था गरिनुपर्ने बताए। एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष रहने व्यवस्थाले बैंक तथा वित्तीय संस्थामा अपारदर्शीता र एकाधिकारवादी क्रियाकलाप मौलाउने उनको भनाई थियो। पूर्वगभर्नर डा. तिलक रावलले बैंक तथा वित्तीय संस्थामा सुशासन प्रबर्द्धनका लागि नेपाल राष्ट्र बैंकलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए। उनले राष्ट्र बैंकको अनुगमन र सुपरीवेक्षण प्रभावित हुन नदिने गरी कानून बनाउनेतर्फ समितिको ध्यान जानुपर्ने बताए। अर्का पूर्वगभर्नर डा. युवराज खतिवडाले बैंक संचालक र व्यवसायी फरक भएको भन्दै व्यवसायीलाई बैंकको संचालक हुनबाट रोक्ने व्यवस्था गरिनुपर्ने बताए। उनले ऋण लिने र दिने व्यक्ति एउटै हुँदा त्यसबाट बैंक तथा वित्तीय संस्थामा विकृति मौलाउने भन्दै कुनै पनि कम्पनीमा ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भइ बैंकबाट ऋण लिएका व्यवसायी बैंकको संचालक हुन नपाउने व्यवस्था गरिनुपर्ने बताए। अर्का पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले विधेयकमा गरिएका प्रस्ताव नै अपूर्ण रहेकामा समितिले विधेयकका प्रस्ताव हटाएर बैंक तथा वित्तीय संस्थाका संचालकहरुको स्वार्थ पूरा हुने गरी प्रतिवेदन तयार पार्नु चिन्ताको विषय भएको बताए। सरकारले बाफिया विधेयकको दफा १८ (१) को (ड) मा ५० प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका कम्पनीका संचालकले बैंक वा वित्तीय संस्थासँग ऋण लिएको अवस्थामा बैंकको संचालक हुन नपाउने प्रस्ताव गरिएकामा समितिले बैंक संचालक सांसद्हरुको स्वार्थमा उक्त खण्ड नै झिकेको थियो।
|
२ असोज, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको नजरामण्डप गाविसमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। स्थानीय व्यवसायी विष्णुप्रसाद भण्डारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने छ। देशका विभिन्न दुर्गमस्थलमका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका सक्षम-एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा शाखारहित बैंकिङ सेवा सुरु भएको हो।
|
२ असोज, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको लगानीमा आरबीबी मर्चेन्ट बैकिङ संचालन हुने भएको छ। तर, त्यसका लागि प्रमुख कार्यकारी अधिृकत भने पाएको छैन। बैकले खुला प्रतिष्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गर्न विज्ञापन गरेको त र आवश्यकताअनुसारको दरखास्त नै नपरेको जनाएको छ। पहिलोपटक मागिएको आवेदनमा चाहिएजति दरखास्त नपरेपछि १५ दिनको म्याद राखेर भदौ ३० गते फेरि विज्ञापन गरिएको छ। चार वर्षे कार्यकालरहेको सीइओ हुनका लागि सम्वद्ध विषयहरुमा स्नातकोत्तर हासिल गरी वित्तीय क्षेत्रको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ। आरबीबी मर्चेन्ट बैकिङको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भईसकेको यो मर्चेन्ट बंैकिङ्गले नेपाल धितोपत्र बोर्डबाट संचालन सम्बन्धी इजाजत पत्र प्राप्तीको क्रममा रहेकोमा सो प्राप्त हुनासाथ आफ्नो ब्यवसायिक कार्य आरम्भ गर्ने जारी विज्ञप्तीमा उल्लेख छ। हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ६७ जिल्लामा रहेका १ सय ६९ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुँदा दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ सेवा लिन ससक्नेछन्।
|
२ असोज, काठमाडौं। सिंहदरबारमा एभरेष्ट बैंकको एटिम सेवा सुरु भएको छ। अर्थ सचिव शान्त राज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले नँया एटिएम सेवाको सुरुवात गरे। कार्यक्रममा अन्य विशिष्ट निजामती कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो। सुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले देशभर आफ्नो एटिएम सेवा विस्तार गर्दै गएको छ। एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाहृय सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ।
|
३ असोज, काठमाडौं। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गर्दै अन्तरिम आदेको मागसहित परेको रिटमा सर्वोच्चले अदालतले अन्तरिम आदेश दिएन। सर्वोच्च अदालतका न्यायधिसद्धय हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडाको संयुक्त इजालसले आइतबार सरकारलाई अन्तरिम आदेश नदिएको हो। अधिकारीलाई गत असार ९ गते केपी ओली सरकारले बोर्डको सीइओमा नियुक्ती गरेपछि बोर्डका निवर्तमान सीइओ राधेश पन्तले लगानी बोर्ड ऐन-२०६८ मा तोकेबमोजिम बोर्डको सीइओ अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए। रिट हाल्ने पन्त पनि दोस्रो कार्यकालका लागि सीइओका प्रतिस्पर्धामा थिए। लगानी बोर्ड ऐनमा बोर्डको सीइओ हुन अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ, परियोजना विश्लेषण् वा कर्पोरेट कानूनमा स्नात्तकोत्तर हुनुपर्ने व्यवस्था छ। अधिकारीले माथिका कुनैपनि विषयमा स्नात्तकोत्तर गरेका छैनन्। सन् १९९३ मा दि इन्डियन इन्स्िटच्यूट अफ चार्टर्ड एकाउन्टेन्सी बाट चार्टर्डड एकाउन्टेन्सी सम्मको अध्ययन पुरा गरेका छन्। अदालतले पन्तको रिटमाथि अन्तरिम आदेश नदिएपछि बोर्डका सीइओ अधिकारीलाई काम गर्ने कानूनी बाटो अझ बलियो भएको छ। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारले मुलुकमा ठूलो लगानी भित्र्याउन सजिलो होस् भनेर ०६८ सालमा लगानी बोर्डको गठन गरेका थिए। को हुन् अधिकारी? ५१ वर्षअघि पूर्वीपहाडी जिल्ला खोटांङमा जन्मिएका अधिकारी वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन्। डेपुटी गभर्नरसहित गररेर उनले राष्ट्र बैंकमा ३० वर्ष काम गरे। राष्ट्र बैंकको डेपुटी गभर्नरबाट गत पुस १० गते अवकास पाएका थिए। राष्ट्र बैंकमा रहँदा अधिकारीले सफलतापुर्वक आˆनो जिम्मेवारी बहन गरेका थिए।
|
४ असोज, काठमाडौं। अछाममा मुख्य कार्यालय रहेको किसान माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६४. २१ प्रतिशत लाभांस दिने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ७८औं बैठकले ६१ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ३. २१ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो। त्यसैगरी, कम्पनीले चुक्ता पुँजीको ३९ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ। कम्पनीले घोषणा गरेको बोनस र हकप्रद सेयर नियामक नेपाल राष्ट्र बैंक र संस्था स्वयंको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण हुनेछ।
|
४ असोज, काठमाडौं। नविल बैंक र एनआइसी एसियाले घोषणा गरेको बोनस सेयर खाने हो? त्यसो भए आजै यी बैंकको सेयर किन्नुहोस्। दुबै बैंकले बुधबारदेखि बुक क्लोज बन्द गर्दैछन्। यसको अर्थ के हो भने तपाईले यी दुई बैंकले घोषणा गरेको सेयर आजै किन्नुभयो भने मात्रै पाउनुहुनेछ। भोलि किन्नुभयो भने उनीहरुले घोषणा गरेको बोनस पाउनबाट बञ्चित हुनुहुने छ। दुवै बैंकले १८ गते साधारणसभा आहृवान गरेका छन्। नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ। त्यसैगरी, एनआईसी एशियाले २६ प्रतिशत बोनस र १. ३७ प्रतिशत नगद लाभांस बितरण गर्दैछ।
|
५ असोज, काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएका छन्। गत पुस १४ गतेदेखि कायम मुकायम सीइओकोरुपमा कार्यरत अर्याललाई बैंकको सञ्चालक समितिले असोज १ गतेदेखि लागू हुनेगरी सीइओमा नियुक्ती गरेको हो। २६ वर्ष अगाडि तत्कालीन नेपाल गि्रण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैकिङ पेशा प्रारम्भ गरेका अर्याल ०५३ माघदेखि एनसीसी बैंकमा कार्यरत छन्। उनी २० वर्ष अगाडि सहायक प्रबन्धकको रुपमा एनसीसी बैंकमा प्रवेश गरेका थिए।
|
६ असोज, काठमाडौं। नेपाल धितोपत्र बोर्डले मर्जर वा एक्वायरमा गएका बैंक तथा वित्तीय संस्था एवं अन्य सूचिकृत संस्थाहरुले एकीकरण भएलगतै सेयर कारोबार खुल्ला गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ। केहीदिन अघि नेपाल राष्ट्र बैंकले पनि मर्जर तथा एक्वीजिसनसम्बन्धी नीति संशोधन गर्दै एकीकृत कारोबार गर्नेवित्तिकै सेयर कारोबार खोल्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो। कतिपय बैंक तथा बित्तीय संस्थाहरुले एकीकृत कारोबार सुरु गरेको झण्डै ६ महिना हुन लाग्दा पनि सेयर कारोबार नखोलेका कारण सेयरधनीहरु समस्यामा परेका छन्। धितोपत्र बोर्डले बुधबार मर्ज वा एक्वायर भएको १५ दिनभित्र सेयर कारोबार खोल्न निर्देशन दिएपछि सेयरधनीलाई ठूलो लाभ हुने भएको छ। बोर्डले बजार सुधारका लागि फेरि नयाँ कार्यक्रमहरु ल्याएको छ। उसले लगानीकर्ताको हितग्राही खातासँगै बैंक खातालाई जोड्न, नयाँ सेयर आबेदन र हकप्रदको आबेदन पत्र अनलाइनबाटै उपलब्ध गराउन, आबेदन केन्ऽको संख्या धेरै बनाउन, नगद लाभांश अनिबार्य रुपमा बैंक खातामा पठाउने ब्यवस्था मिलाउन केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी), मर्चेण्ट बैंकर तथा सुचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। त्यसैगरी, बोर्डले लगानीकर्ताको बैंक खाताको विबरण कम्पनी तथा मर्चेण्ट बैंकहरुसँग नहुने भएकाले उक्त विबरण डिम्याट खातामा अनिवार्य रुपमा अद्यावधिक गराउने व्यवस्था गर्न बोर्डले केन्द्रीय निक्षेप प्रणाली सिडिएससीलाई निर्देशन दिएको छ। बोर्डले नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताबाट अनिवार्य रुपमा बैंक खाताको विबरण पनि संकलन गर्ने व्यवस्था मिलाउन सिडिएससीलाई निर्देशन दिएको हो। बोर्डले सार्वजनिक निष्काशनको क्रममा दरखास्त फारम लिन, बुझाउन र रकम जम्मा गर्न संकलन केन्ऽको संख्या कम भई अनावश्यक भन्झट बेहोर्नुपरेको, हकप्रद शेयर वापत प्राप्त हुने खण्डित सेयर तथा भौतिक तथा अभौतिक (डिम्याट) रुपमा रहेको शेयर अनुसार हकप्रद सेयर भर्दा समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिइएको छ। सेयर निष्काशनका क्रममा आवेदन संकलन केन्द्रको संख्या धेरै बनाएर लगानीकर्तालाई सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था मिलाउन बोर्डले मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ। आवेदन फारम अनलाइनबाट डाउनलोड गरी भरेर बुझाउन सक्ने व्यवस्था मिलाउन पनि मर्चेण्ट बैंक तथा कम्पनीहरुलाई निर्देशन दिएको छ। त्यसैगरी, बोर्डले एउटै कम्पनीको भौतिक र अभौतिक शेयर लिएका एक जना लगानीकर्तालाई एउटै आवेदन मार्फत हकप्रद भर्न सकिने व्यवस्था मिलाउन पनि मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएको छ।
|
६ असोज, काठमाडौं। ग्लोबल आइएमई बैंकले कैलाली जिल्लाका थप दुई स्थानबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। कैलाली जिल्लाको ओलानी गाविस ६ गोदावरी र सोल्टा गाविस ७ सुगारखालमा सेवा सुरु गरिएको हो। सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा यी दुबै स्थानबाट शाखारहित बैंकिङ सेवा गरिएको ग्लोबल आईएमई बैंकले जनाएको छ। यी दुवै सेवाको ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एवम् व्यवसाय प्रवर्द्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटालेले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मेसिन हस्तान्तरण गरेर उदघाटन गरे। बैंकिङ सेवा उपभोग गर्न टाढासम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेपछि स्थानीय बासिन्दाले घरदैलोबाटै सेवा उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। बैंकले ओलानी गाविसमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय नविनबहादुर सिंह र सोल्टा गाविसमा गरेको सेवाको लागि स्थानीय हिरादेवी जैसीलाई व्यावसायीक प्रतिनिधि नियुक्त गरेको छ। कैलालीमा सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ४४ पुगेको छ। ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिचार्ज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुविधा छन्। ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट आधारभूत बंैकिङ सेवा पुर्याउँदै आएको छ। यससँगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १०३ एटिएम र ४४ शाखारहित बैंकिङ सेवा पुगेका छन्।
|
७ असोज, काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङको बेनिघाट-८ बेनिघाट बजारमा र नौविसे-१ धार्के बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शाखाहरुको उद्घाटन बैँकका अध्यक्ष मिनप्रसाद गुरुङले गरे। राष्ट्रिय स्तरको विकास बैंक भइसकेपछि शाखा विस्तारको क्रममा शाखा र सीमित बैंकिङ गरी ५० वटा सेवा प्रदायक कार्यालयहरु सञ्चालनमा छन्। लगत्तै बैंकले नवलपरासीको रजहर र भुमही, ओखलढुङ्गाको सिद्घचिरण र रामपुर, मकवानपुरको हेटौंडा, पर्साको वीरगञ्ज, काठमाडौंको कमलादी र कलंकीमा थप शाखा सञ्चालनमा ल्याउने भएको छ।
|
९ असोज, काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ-तिहारको अवसरमा ‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्’ उपहार योजना ल्याएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् असोज १० देखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौँ उपत्यकाभित्र नै ४ आना जग्गा प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ। यस्तै हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन पनि प्राप्त गर्नेछन्। १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिनेछ। सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले भने, ‘हामीले विगतमा गाडी तथा मोटरसाइकलजस्ता उपहार दिँदै आएका थियौँ। तर यो वर्षको दसैँ-तिहारलाई मध्यनजर गर्दै जग्गा नै दिने निर्णय गरेका हौँ। ’ घडेरी तथा जग्गा सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकहरूको सपनाको कदर गर्दै जग्गा नै दिन लागिएको उनले बताए।
|
१० असोज, काठमाडौं। साढे ३ वर्षअघिसम्म बैंकिङ क्षेत्रका राजकुमार नै मानिन्थे कमल ज्ञवाली। कसैले सफल बैंकरको उदाहरण दिनुपर्यो भने उनकै नाम लिन्थे। ज्ञवालीको अवधारणा र नेतृत्वमा ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना भयो। त्यसलाई स्तरोन्नति गरी ०६६ मा किष्ट बैंक बनाइयो। किष्टलाई उनले सबैभन्दा बढी शाखा (५१ वटा) भएको बैंक बनाए। २८/३० वाणिज्य बैंकको भिडमा टप टेन बैंकको नाम लिँदा त्यसबेला किष्टलाई कसैले पनि छुटाउँदैन थिए। त्यो समयमा ज्ञवाली र किष्ट बैंकको बारेमा हरेक दिन कुनै न कुनै सञ्चार माध्यममा सकारात्मक समाचार प्रकाशित/प्रसारित भएकै हुन्थे। यस्तो कुनै मिडिया थिएन, जसले किष्ट बैंकबाट विज्ञापन नलिएको होस्। सबैलाई विज्ञापन दिएर संस्था र व्यक्तिको ब्राण्डिङ गर्न माहिर उनी छोटो समयमै वित्तीय क्षेत्रमा चर्चाको शिखरमा पुगे। उनै ज्ञवाली तीन वर्षदेखि बदनाम छन्। सुरुमा नाम, त्यसपछि गुमनाम र अहिले बदनाम कमाए उनले। कसैले खराब बैंकरको उदाहरण दिनुपर्यो भने अहिले उनैको नाम अग्रपंक्तिमा आउँछ। जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि ज्ञवालीको बदनामीको यात्रा सुरु भएको हो। किष्टको प्रबन्ध सञ्चालक रहेकै अवस्थामा उनी सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयरधनी समेत थिए। केही दिनअघि पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले ज्ञवाली र उनकी पत्नी गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूर गरेको अभियोगमा विगो जरिवाना र जेल सजायसमेत सुनाइसकेको छ। अदालतले कमललाई चार वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना र पत्नी गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरिसकेको छ। उनीहरु दुवै अहिले फरार छन्। यसरी सुरु भयो उदय गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली उच्च शिक्षा अध्ययनका लागि ०५२ सालमा १० हजार रुपैयाँ बोकेर काठमाडौं आएका थिए। उनीद्वारा लिखित ‘कर्म’ नामक आत्मकथाको पुस्तकका अनुसार, त्यसपछि उनले पढाइसँगै काम गर्न थाले। सुरुमा पढाउँथे। पछि नयाँ सोच लिएर वित्तीय क्षेत्रमा हाम फाले। ज्ञवालीले ०५९ सालमा ५ करोड रुपैयाँमा किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोले। फाइनान्स कम्पनी हुँदा किष्टले तीन पटक ५, १० र ३ प्रतिशत मात्रै नगद लाभांश दिएको थियो। तर, उनले त्यो फाइनान्सलाई स्तरोन्नति गरी २ अर्ब चुक्ता पुँजी पुर्याउँदै ०६६ साल बैशाख २४ गते ‘क’ वर्षको वाणिज्य बैंक अर्थात् किष्ट बैंक बनाए। १० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए। त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा हो हकप्रद सेयर दिएर ५ बाट १० करोड, १० बाट २० करोड, २० बाट ६० करोड र ८० करोडबाट एकैचोटि २ अर्ब रुपैयाँ पुँजी पुर्याएइएको थियो। हकप्रदको बाढीले किष्टको सेयर सूल्य आकासियो। ज्ञवालीको लोकप्रियता बढ्दै गयो। स्थापनाकालदेखि नै उनी प्रबन्ध सञ्चालक थिए। अर्थात्, सञ्चालक समिति र व्यवस्थापन समिति दुवैको कार्यकारी प्रमुख थिए। त्यसैले किष्ट सप्रिँदा र बिग्रिँदा दुबैको सबैभन्दा बढी जश उनै ज्ञवालीलाई जान्छ। १० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए। त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा हो। ०६५/६६ ताका सार्वजनिक रुपमै ज्ञवाली भन्थे, ‘अब नेपालमा धनीहरुको सूची निकाल्नुपर्छ। ’ यसको अर्थ उनले आफूलाई नेपालका गिनेचुनेका धनाढ्य व्यक्ति भएको ठान्न थालिसकेका थिए। त्यसबेलै उनी १ करोड ६० लाख रुपैयाँमा किनेको ल्याण्डक्रुजर गाडी चढ्थे। यस्तो थियो सपना भुइँबाट उठ्दै टाकुरामा पुगेका ज्ञवालीको आकांक्षा पनि समय क्रममा बढ्दै गयो। उनी आफूले बैंकको शाखा भ्रमण गर्न जाँदा हेलिकप्टर लिएर जानुपर्छ भन्थे। किष्टको उच्च व्यवस्थापनमा सँगै काम गरेका अधिकारीहरु उनको महत्वकांक्षा सुनाउँछन्, ‘उहाँ आफूलाई बैंकर नभई व्यापारी हुँ भन्नुहुन्थ्यो। जसरी भए पनि पैसा कमाउनुपर्छ भन्ने सोच थियो। ’ नजिकबाट चिन्नेहरुका अनुसार ज्ञवाली अति नै महत्वाकांक्षी थिए। महत्वाकांक्षाकै कारण उनी मध्यमवर्गीय परिवारबाट अर्बपति बने। किष्टमा कमलको ठूलो सपना जोडिएको थियो। बैंकको कार्यालय आकर्षक हुनुपर्छ भनेर अनामनगरको धोबीखोला किनारमा ७ तले अत्याधुनिक भवन बनाए। अहिलेसम्म पनि बैंक आफैंले बनाएको सबैभन्दा अत्याधुनिक र भव्य भवन त्यही हो। उनी आफ्नो बैंकलाई यस्तो बनाउन चाहन्थे, बैंकमा समस्या पर्यो भने त्यसको उद्दार गर्न तत्कालै सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसोस्। एक सञ्चालकले बैंकबारे बढी महत्वाकांक्षा राखेर अघि बढ्दा समस्या आइपर्छ भनेर सञ्चालक समितिको बैठकमा कुरा उठाउँदा कमलले भनेका थिए- ‘तपाईँहरु चिन्ता नगर्नुस्, यो बैंकलाई सानो समस्या पर्यो भने यसको उद्दार गर्न तत्कालै मन्त्रिपरिषदको बैठक बस्ने अवस्थासम्म पुर्याउनु छ। ’ उनी बैंकलाई त्यति ठूलो बनाउन चाहन्थे, जुन बैंक ढल्दा नेपालको वित्तीय क्षेत्र नै बर्बाद हुन्छ भनेर सरकारले जुनसुकै हालतमा बैंकलाई बचाउनतिर लागोस्। तर, दुर्भाग्य! त्यति महत्वाकांक्षी सपना देखे पनि उनले त्यसको सही व्यवस्थापन गर्न भने सकेनन्। फलस्वरूप, वर्षौं लगाएर कमाएको इज्जत क्षणभरमै माटोमा मिल्यो। महत्वाकांक्षा र लोभले महल पुर्यायो र त्यसैले सडकमा झारिदियो। लोभले लाभ, लाभले विलाप ०६२/६३ ताका काठमाडौंमा घरजग्गाको भाउ अचाक्ली बढ्यो। त्यसपछि ज्ञवाली घरजग्गाको कारोबारमा संलग्न भए। ०६५ सालतिर यो पंक्तिकारसँग उनले भनेका थिए- ‘बैंकबाट लिने तलबले त के कमाइ हुन्छ र, त्यसको तेब्बर त घरजगाको कारोबारबाटै कमाउँदै आएको छु। ’ उनी साझेदारीमा प्लटिङमा लागेका थिए। बैंकहरुले पनि घरजग्गाको प्लटिङमा ठूलो लगानी गरेका थिए। किष्ट बैंक त घरजग्गामा लगानी गर्ने बैंकमा अग्रपंक्तिमै पथ्र्यो। देशभरका ५१ शाखाबाट जम्मा गरेको रकम काठमाडौंका घरजग्गामा लगानी गरियो। सन् २००८ को विश्व आर्थिक मन्दी पनि घरजग्गाकै कारण आएको थियो। त्यसबाट पाठ सिकेर गभर्नर विजयनाथ भट्टराईको पालामा राष्ट्र बैंकले ०६६ पुस २ गते घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरुलाई परिपत्र गर्यो। राष्ट्र बैंकको त्यही परिपत्रपछि सुरु भयो घरजग्गा करोबारमा मन्दी। जुन अहिलेसम्म माथि उठ्न सकेको छैन। ज्ञवालीको ५० करोड रुपैयाँभन्दा बढी घरजग्गामा लगानी थियो। यस्तै, ०६७ सालतिरको बजार मूल्यअनुसार उनीसँग २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर थियो। किष्ट बैंकमा मात्र उनले आफ्नो र अरुको नाममा किनेको गरी ४० लाख कित्ताभन्दा बढी सेयर थियो। सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतमा पनि उनको सेयर थियो। ०६५ भदौ-असोजतिर किष्टको एक कित्ता सेयरको मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो। तर, त्यही वर्षको दशैंपछि सेयर बजार घट्न थाल्यो। ०६६ को दशैंमा बैंकबाट सर्वसाधारणले नयाँ नोट नपाएपछि दशैंमा बजारमा प्रवाह भएका नोटहरु फेरि सिस्टममा फर्किएनन्। र, बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी तरलताको हाहाकार भयो। ०६६ पछि घरजग्याको कारोबार ठप्प जस्तै भयो। सेयर बजार लगातार घट्यो। तरलता अभावका कारण बैंकिङ क्षेत्र ठूलो दबावमा पर्यो। एक वर्षको अवधिमा भएका यी तीनवटा घटना ज्ञवालीका लागि आकाश खसे झैं भयो। ‘आफूसँग भएको सेयर र घरजग्गा बेचेर त्यसबेलै ऋण सल्टाएका भए उनी आज यो स्थितिमा आइपुग्थेनन्, ’ ज्ञवाली निकट स्रोत भन्छ, ‘तर, केही समयमै घरजग्गा र सेयरको मूल्यमा सुुधार आउला भन्ने आशमा उनले पहिलेको ऋण थेग्न थप ऋण गरे। ’ ज्ञवालीका लागि पैसा माछालाई पानी जस्तै बन्न थाल्यो। बाँच्ने आशामा उनी धमिलो पानीमै भए पनि हामफाल्न थाले। उनले ०६७ असारमा श्रीमती गौरी समेत संलग्न रहेको जम्को प्रकाशनको नाममा किष्टबाट साढे १५ करोड रुपैयाँ ऋण दिए। ऋण लिने व्यक्ति थिए जम्कोका सञ्चालक किशोर ढकाल। तर, त्यो ऋणको आधाभन्दा बढी रकम ज्ञवालीले नै चलाए। तर, यतिले पनि संकट टरेन। उनी झन् संकटमा फस्दै गए। ०६७ कै भदौमा जम्कोको सोही सम्पत्ति धितो राखेर सिद्धार्थ डेभलपमेन्ट बैंकबाट उनै ढकालको नाममा १३ करोड रुपैयाँ ऋण लिएर आफैंले चलाए। सो बैंकका अध्यक्ष शेखर अर्याल उनका अति निकट साथी थिए भने सीइओ दिपेन्द्र कार्की ज्ञवालीलाई गुरु नै मान्थे। त्यसरी लिएको ऋण घरजग्गामा खाएको घाटा पूर्ति गर्न खर्च गरे। तर, घरजग्गाको व्यवसायले गति लिन सकेन। ‘उनी ठगी गर्नुपर्छ भन्ने नियत भएका व्यक्ति होइनन्, ’ ज्ञवालीसँग नजिक रहेर केही वर्ष काम गरेका बैंकका एक अधिकारी भन्छन्, ‘तर, पैसा कमाउने उच्च महत्वाकांक्षाले उनलाई खराब काम गर्न उक्सायो र बर्बादीमा पुर्यायो। ’ जब ज्ञवालीकै सिफरिसमा किष्टले प्रवाह गरेका ऋणहरुमा समस्या देखियो, तब सञ्चालक समितिले उनलाई ६ महिनामा ऋण असुल गर्न मौका दियो। तर, त्यही बेला कुल कर्जामा खराब कर्जाको मात्रा ५ प्रतिशत नाघ्यो। स्रोत भन्छ, ‘उनले ऋण दिएका होइन, बाँडेका रहेछन्। ’ त्यसपछि सञ्चालक समितिले डेपुटी सीइओ बीएन घर्तीको संयोजकत्वमा सीधै सञ्चालक समितिलाई रिपोर्टिङ गर्ने कर्जा असुल समिति बनायो। जब घर्ती ऋण असुल्न ग्राहक कहाँ जान थाले, तब रहस्य खुल्यो- त्यो ऋण त ज्ञवालीले समेत चलाएका रहेछन्। यसरी भयो पतन भनिन्छ, निकै मिल्ने साथीसँग झगडा पर्यो भने त्यो सबैभन्दा ठूलो दुश्मन भएर निस्कन्छ। ज्ञवालीको जीवनमा पनि यस्तै भयो। सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष अर्याल र ज्ञवालीबीच मनमुटाव भयो। कतिसम्म भने उनीहरु एकले अर्कालाई सिध्याउनतिर लागे। यसको नतिजा, अन्तिममा दुबै जना सकिए! ज्ञवालीले सिद्धार्थबाट लिएको ऋणको साँवा ब्याज तिर्न सकिरहेका थिएनन्। त्यहीबेला उनका बारेमा राष्ट्र बैंकमा उजुरी पर्यो। राष्ट्र बैंकले ०६९ मा उनीमाथि छानबिन गर्यो। छानबिनका क्रममा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दिइयो। किष्टले जम्कोबाट तत्कालै साढे ३ करोड रुपैयाँ उठायो पनि। सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो। तर, ऋणी ढकाललाई भने बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरियो। सीआईबीको अनुसन्धानमा ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि ०७० जेठ २२ मा ज्ञवाली पत्नी गौरीलाई महाराजगञ्जस्थित निवासबाटै प्रहरीले पक्राउ गर्यो। कमल भेटिएनन्। गौरीलाई केही समयमा धरौटीमा छुटाइयो। केही समय मुद्दा मिलाउन ज्ञवाली नेतादेखि प्रशासकसम्मका घरमा धाए। तर, उनलाई सबैले जोगाउन नसक्ने जवाफ दिए। ‘ज्ञवाली काण्ड’ सार्वजनिक भएपछि किष्ट बैंकमा खैलाबैला मच्चियो। निक्षेपकर्ताहरु निक्षेप फिर्ता लिन लाइन बस्न थाले। लगत्तै ज्ञवालीले पदबाट राजीनामा दिए। कमल बाहिरिए पनि किष्टप्रति गुमेको विश्वास फर्किन सकेन। जम्को काण्डमा किष्टका उच्च व्यवस्थानमा रहेका व्यक्तिहरु पनि तानिए। त्यसपछि झन् बैंक बचाउन हम्मे पर्यो। विस्तारै किष्ट बैंक डुब्ने अवस्थामा पुग्यो। डुब्ने अवस्थामा पुगेको किष्टलाई व्यवसायमा जम्दै गरेको प्रभु समूहले गाभेर ‘रेस्क्यू’ गर्यो। ०७१ भदौ ३० मा तत्कालीन प्रभु विकास बैंकले किष्टलाई गाभेर प्रभु बैंकको नाममा कारोबार थाल्यो। प्रभु समूहले ज्ञवालीले बैंकमा तिर्नुपर्ने ऋण उनको सेयर बेचेर २३ करोड रुपैयाँ असुलिसकेको छ। ज्ञवालीसँगै किष्टको पनि अस्तित्व नामेट भएको छ। किष्ट डुबाउन को-को जिम्मेवार? बैंक कसरी चलाउने भन्ने ज्ञान नभएका व्यक्तिहरु सञ्चालक हुँदाको शिकार बन्यो किष्ट बैंक। त्यसबेला व्यवस्थापनमै बसेर काम गरेका एक अधिकारीका अनुसार, बैंकिङको बारेमा पर्याप्त ज्ञान नभएका र बैंक ठूलो बनाउने आकांक्षा मात्र पाल्ने ज्ञवाली नै किष्ट डुबाउने मुख्य दोषी हुन्। उनी भन्छन्, ‘ज्ञवालीसँग मात्रै होइन, किष्टको सञ्चालक समितिका कसैसँग बैंकिङबारे ज्ञान थिएन। त्यही भएर ज्ञवालीलाई मनपरी गर्न सञ्चालक समितिले नै छुट दिएको थियो। ’ वाणिज्य बैंक बनाउने बेलामा भने ज्ञवालीले ज्ञानबहादुर जीसी, डा. दण्डपाणि पौडेल, अच्युतराज जोशी, बीएन घर्ती, बालकुमार पाण्डे जस्ता व्यावसायिक र नैतिकवान व्यक्तिहरूको टिम पाएका थिए। तर, त्यसअघि नै बैंकले लिक छोडिसकेको थियो। ‘हामीले किष्टलाई लिकमा ल्याउन धेरै प्रत्यन गर्यौं, ’ एक अधिकारी भन्छन्, ‘त्यसबेला ज्ञवालीसँग ठूलो झगडा पनि गर्नुपर्यो। ’ किष्टले वाणिज्य बैंकमा एकीकृत कारोबार थालेको दिन ०६६ बैशाख २४ गते तत्कालीन बैंकर्स संघका अध्यक्ष सशिन जोशी र धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौडेलले भनेका थिए, ‘किष्ट फाइनान्सबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको छ। यसका सामु धेरै चुनौती थपिएका छन्। संस्थागत सुशासन सबैभन्दा ठूलो चुनौती हो। यसमा विशेष चनाखो हुनुहोला। ’ तर, सोही कार्यक्रममा प्रमुख अतिथि रहेका राष्ट्&
|
१० असोज, काठमाडौं। एभरेष्ट बैंकले मध्यबानेश्वरस्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयलाई शुद्ध पीउने पानी सेवा हस्तान्तरण गरेको छ। विद्यालयमा भएको एक औपचारिक कार्यक्रममा उक्त सेवाको उद्घाटन प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा बैंकका अध्यक्ष बिके श्रेष्ठले गरे। कार्यक्रममा पुर्वमन्त्री, सभासद, पन्जाव नेशनल बैंक तथा एभरेष्ट बैंकका उच्च पदस्थ अधिकारी लगायतको उपस्थीति थियो। बैंकसंस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जनहितका लागि काम गर्दै आएको छ।
|
११ असोज, काठमाडौं। वाणिज्य बैंकहरुलाई दशैं लागेको छ। दशैंको प्रभाव बैंकहरुको निक्षेपमा देखिएको छ। पछिल्लो एक हप्तामा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमा १८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। एक हप्तामा बढेको निक्षेप वाणिज्य बैंकहरुको कूल निक्षेपको १ प्रतिशत हो। नेपाल राष्ट्र बैंकका अनुसार गत साता वाणिज्य बैंकहरुको कूल निक्षेप १८ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। त्यसअघिको हप्ता भने बैंकहरुको निक्षेप १७ खर्ब ८७ अर्ब रुपैयाँ थियो। तर, पछिल्लो हप्ता निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन। एक हप्तामा जम्मा ७ अर्ब रुपैयाँले मात्रै कर्जा बढेको छ। राष्ट्र बैंकका अनुसार हाल वाणिज्य बैंकहरुले १४ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। दशैं-तिहार र छठजस्ता चाडबाड नजिकिएकाले वैदेशिक रोजगारीमा रहेकाहरुले सामान्य अवस्थामाभन्दा बढी रेमिट्यान्स पठाएकाले त्यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको हुनसक्ने बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले अनलाइनखबरलाई बताए। पौडेलका अनुसार सरकारी आयोजनाहरुको भुक्तानी बढीकाले पनि बैंकमा निक्षेप पढेको हो। इन्टरनेशनल मनी एक्सप्रेस -आइएमइ) का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार सामान्य अवस्थामा भन्दा दशैं-तिहार र छठजस्ता चाडपर्वमा ५० प्रतिशतसम्म बढी रेमिटयान्स आउने गरेको छ। त्यसैगरी, बैंकहरुले निक्षेपमा दिने व्याजदर बढाएका कारण पनि बैंकप्रति सर्वसाधारणको आकर्षण बढेको हुनसक्ने बैंकहरहरु बताउँछन्। महिनादिन अघिसम्म निक्षेपमा ३/४ प्रतिशत व्याज दिने बैंकहरुले पछिल्ला केही हप्ता ६ प्रतिशतसम्म व्याज दिन थालेका छन्। राष्ट्र बैंकले गत साउन तेस्रो साता व्याजदर करिडोर कार्यान्वयनमा ल्याएपछि विस्तारै व्याजदर बढ्न थालेको छ।
|
१२ असोज, काठमाडौं। मर्जरका कारण १० महिनादेखि बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकको रोकिएको सेयर कारोबार बुधबारदेखि खुलेको छ। यो बैंकको सेयर कारोबार ‘बीओकेएल’को संकेत रहेको छ। बीओकेएलको प्रतिकित्ता सयरमुल्य ४९५ रुपैयाँ हुनेगरी मुल्य समायोजन भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। मर्जरमा जाने सम्झौता गरेपछि गत पुस ९ गतेदेखि यी दुई बैंकको सेयर कारोबार रोकिएको थियो। नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई सेयर कारोबार खुलाईदिन पत्राचार गरेपछि बुधबारदेखि नेप्सेले मर्जरपछि बनेको बैंक अफ काठमाण्डू लुम्बीनीको सेयर कारोबार खुलाएको हो। मर्जरपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
|
१३ असोज, काठमाडौं। नेपाल बंगलादेश बैंकले चाटर्ड एकाउन्टेन्ट बढ्ने विद्यार्थीलाई शैक्षिक प्रमारणपत्र धितो राखेर ऋण दिने भएको छ। शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने व्यवस्था मिलाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले यो योजना सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए। बैंकका सीइओ ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष महेश खनालले विद्यार्थीरुलाई शैक्षिक कर्जा उपलब्ध गारउाने समझादारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन्। यस कर्जा योजनाले सीए पढेने विद्यार्थीहरुलाई आफ्नो शैक्षिक गतिविधि सहजताका साथ सम्पन्न गर्न सहयो हुने आइक्यानका उपाध्यक्ष खनालले बताए। सम्झौताअनुसार आइक्यानले सञ्चालन गर्ने सीए शिक्षाको अन्तिम तहमा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनको क्रममा सहुलियत दरमा ३ लाख रुपैयाँसम्म्को शैक्षिक कर्जा उपलब्ध गराइने छ। उक्त कर्जा लिनका लागि विद्यार्थीले सीएकै मध्यम तह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राख्नुपर्ने छ। बैंकले विद्यार्थीहरुलाई लक्षित गर्दै खआइक्यानको सातदोबाटो स्थित भवनमा आफ्नो एक्सेन्सन काउन्टरसमेत सञ्चालनमा ल्याएको छ।
|
२३ असोज, काठमाडौं। इजी लिंक रेमिट्यान्स र प्राइम कमर्सियल बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र प्राइम कमर्सियल बैंकका उप महाप्रबन्धक मोती काजी तुलाधरले हस्ताक्षर गरेका छन्। सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्समार्फत आएको रकम प्राइम कमर्सियल बैंकका देशभरी रहेका ३२ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ। सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु-याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिए। इजी लिंक रेमिट्यान्सले १७ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ। आˆना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ। यो सम्झौतासँगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी गराए।
|
१३ असोज, काठमाडौं। सानिमा बैंकले वित्तीय पहुँचको अभावमा रहेका समुदायलाई लक्षित गरेर १३ जिल्लामा विपन्न वर्ग कर्जा प्रवाह गर्ने भएको छ। युकेऐड सक्षम फाइनान्स टु एक्सेसँंगको साझेदारीमा बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम सञ्चालन गर्न लागेको हो। सक्षमसँगको सहकार्यमा बैंकले कालिकोट, कञ्चनपुर, सुर्खेत, दाङ, कैलाली, मकवानपुर, रुपन्देही, शंखुवासभा, बाँके, सुनसरी, चितवन, धादिङ र झापा जिल्लामा १ अर्ब १ करोड ३० लाख लगानी गर्ने भएको हो। यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ। यो कार्यक्रम सञ्चालनको लागि कालिकोटमा बैंकको शाखा स्थापना हुने भएको छ। ६ हजारले कार्यक्रमबाट लाभ लिने अपेक्षा गरिएको छ। ५० हजार रकमदेखि १० लाख रुपैयाँ कर्जा प्रवाह हुने बताइएको छ। यसले बैंकमा न्युनत्तम लागतको निक्षेपमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ। अहिले सहकारीजस्ता संस्थाबाट १ लाखसम्म कर्जा पाइन्छ, बैंकहरुले पनि न्युनत्तम ५ लाखसम्म कर्जा दिइरहेको तर यसबीचको रकमको कर्जा पाउँन सहज नएकाले यस्ता मिसिङ मिडल वर्गलाई लक्षित गरेर यो योजना अघि बढाएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बताए। बैंकले यही कार्यक्रमको लागि २१ जना कर्मचारी खटाउँने भएको छ।
|
१४ असोज, काठमाडौं। ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ। एक्वायरसम्बन्धी सम्झौतापत्रमा शुक्रबार ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल र रिलायबल अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरे। दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। राष्ट्रिय स्तरको विकास बैंककोरुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आइरहेको रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पुँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ। रिलायबललाई ग्लोबलले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी. ८ अर्व भन्दा बढी हुनेछ। त्यसैगरी, कुल निक्षेप ८८ अर्व, कर्जा लगानी ७४ अर्व रुपैयाँ र शाखा संख्या १ सय ११ वटा पुग्नेछन्। बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई मिति गत असार १ गते एक्विजिसन गर्ने सहमति गरी एक्विजिसनको प्रक्रियामा रहेको छ। त्यसअघि नै बैंकले कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टीच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ। रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंकसँग मर्जर भई रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भएपछि १०वटा बैंक वित्तीय संस्था मर्जर/एक्विजिसन भई बनेको पहिलो बैंक हुने छ।
|
१५ असोज, काठमाडौं। नेपालका लागि जेडटिइ स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रालिलेे बजेट स्मार्टफोनको रुपमा ‘जेडटीइ ब्लेड भी ७ लाइट’ नेपाली बजारमा उपलब्ध गराएको छ। दशैं क्यास ब्याक अफर र खदिरमा पावर बैंकको उपहारसहित ब्लेड भी ७ लाइट सार्वजनिक गरिएको हो। थोरै मूल्यमा आकर्षक फिचरहरुले सजिएको ब्लेड भी ७ लाइटमा ५ इन्चको एचडी कर्भ एज डिस्प्ले रहेको छ। यस स्मार्टफोनमा फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ, जसबाट केवल ३ सेकेन्डमै फोन अनलक हुन्छ। यसैगरी, ब्लेड भी ७ लाइटमा निकै आकर्षक फोटोहरु खिच्न सकिने कम्पनीले जनाएको छ। अगाडिको क्यामेरा १३ मेगपिक्सेल र पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ। पछाडिको क्यामेरामा अटो फोकसको प्रयोग गरिएको छ भने पछाडिको क्यामेरामा एलइडी फ्लासको प्रयोग गरिएको छ। क्यामेराका अन्य फिचरहरुमा जिओ-ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन्। स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबीको इन्टर्नल स्टोरेज रहेको छ। एसडी कार्डको प्रयोग गरेर २५६जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ। एन्ड्रोइड मार्सम्यालो ६. ० अपरेटिङ सिस्टमा चल्ने यस फोनमाक्वार्ड कोर १ गिगाहज प्रोसेसरको प्रयोग भएको छ। फोनमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ। ब्लेड भि ७ लाइटका अन्य फिचरहरुमा डुअल सिम, फोरजी सपोर्ट, एफएम रेडियोलगायत छन्। स्मार्टफोनको बजार मूल्य केवल १८ हजार ९ सय ९० राखिएको छ। नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड भि ७ लाइटको खरिदमा ७ सय रुपैयाँ दशैं क्यास ब्याक अफर दिइएको छ। स्मार्टफोनको खरिदमा २ हजार २ सय मूल्य पर्ने १० हजार एमएएचको पावर बैंक उपहार स्वरुप प्रदान गरिने छ।
|
१६ असोज, काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारदेखि आफ्ना कार्यालयहरुबाट सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट सटही सुविधा दिन थालेको छ। राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय र मोफसलका क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिरहेको प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए। राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरु २/२ बण्ड गरी कूल ३७ हजार रुपैयाँसम्म उपलब्ध गराउने पंगेनीले बताए। केन्द्रीय बैंकले केहीदिन अघि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो। दशैंका लागि ७ देखि ८ अर्ब रुपैयाँ नयाँ नोट बजारमा प्रवाह गर्ने राष्ट्र बैंकले जनाएको छ।
|
१८ असोज, काठमाडौं। प्रभु बैंक र ग्राण्ड बैंक मर्जर भई एकीकृत कारोबार सुरु गरेको आठ महिनापछि राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोबार खुल्ला गर्न अनुमति दियो। तर, प्रभुसँगै गाभिएको ग्राण्ड बैंकको सेयर कारोबार भने अझै रोकेको छ। गाभिएर एउटै भइसकेको संस्थामा पनि राष्ट्र बैंकले प्रभु र ग्राण्ड छुट्याएर विभेदकारी निर्णय गरेको छ। मर्जरपछि सेयर कारोबार खुलाउँदा राष्ट्र बैंकले पहिलोपटक विभेदकारी निर्णय गरेको हो। प्रभु बैंकले सबैको सेयर खोल्ल राष्ट्र बैंकमा आवेदन दिएको थियो। राष्ट्र बैंकले गत बिहीबार प्रभु बैंकको सेयर कारोबार खोल्न नेपाल स्टक एक्सचेत्तजलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सोमबारदेखि प्रभु बैंकको सेयर कारोबार खुलेको छ। सोमबार प्रभु बैंकको सेयर प्रतिकित्ता सेयरमूल्य ३६३ रुपैयाँमा खुलेको थियो। तर, कारोबार बन्द हुँदा ३९९ रुपैयाँ पुगेको छ। तर, सोही बैंकमा गाभिएको ग्राण्ड बैकको सेयरको भने कारोबार राष्ट्र बैंकले नै रोकेको छ। तर, तत्कालीन ग्राण्ड बैंकको खराब कर्जा असूल नभएको भन्दै राष्ट्र बैंकले ग्राण्डको सेयर रोकेको हो। सो कर्जा असूल भएपछि कारोबार खुलाउने राष्ट्र बैंकले जनाएको छ। गाभिएर एउटै संस्था भइसकेको प्रभु बैंकमा प्रभु र ग्राण्ड भनेर राष्ट्र बैंकले विभेद गरेको सेयर लगानीकर्ताहरुले गुनासो गरेका छन्। ‘गाभिइसकेको संस्थामा फलानो समूहको सेयर खोल्नु तर फलानो समूहको सेयर नखोल्नु भन्न मिल्छ? ’ तत्कालीन ग्राण्ड बैंकका एक सेयरधनीले अनलाइनखबरसँग भने, ‘गर्भनरसा’ब राष्ट्र बैंकको यस्तो निर्णयले कसलाई फाइदा गर्छ? ’ नियामक निकायले नै यस्तो विभेदकारी निर्णय गर्दा सेयर लगानीकर्ताहरु मारमा परेको उनको भनाइ छ। ‘तत्कालीन ग्राण्डका सञ्चालकहरुले गल्ती गरेका थिए तर राष्ट्र बैंकको निर्णयले त्यसको सजाय साधारण सेयरधनीलाई दिएको छ, ’ उनले भने, ‘यो कदापि न्यायपूर्ण हुन सक्दैन। ’ गत माघ २९ गते प्रभु बैंकले ग्राण्डलाई गाभेर एकीकृत कारोबार गरेको थियो। मर्जरपछि प्रभुको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ। जसमा ३ अर्ब २० करोड प्रभुको, २ अर्ब ग्राण्डको हो। बाँकी रहेको पुँजी मर्जरपछि हकप्रद सेयर वितरण गरि बढाइएको हो। प्रभु बैंकले गाभ्नुअघि ग्राण्डको २ अर्ब ३६ करोड रुपैयाँ खराब कर्जा थियो। तर, आठ महिनाको अवधिमा करिब ३५ करोड रुपैयाँ खराब कर्जा उठिसकेको र अब २ अर्ब २ करोड रुपैयाँमात्रै उठ्न बाँकी रहेको प्रभु बैंकले जनाएको छ। राष्ट्र बैंकको यो निर्णयसँगै अब समस्यामा परेका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर वा एक्वायरमा गर्न कुनैपनि राम्रा संस्थाहरु अग्रसर नहुने बैंकरहरु बताउँछन्। ‘१२ वटा संस्थालाई त राष्ट्र बैंकले नै समस्याग्रस्त घोषणा गरिसकेको छ, ’ एक बैंकरले प्रश्न गरे, ‘प्रभुमा गाभिएका ग्राण्ड बैंकको सेयर कारोबार खोल्न नदिने राष्ट्र बैंकको यो निर्णयसँगै अब समस्याग्रस्त संस्थालाई कस्ले मर्जर वा एक्वायर गर्छ? ’ तर, राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी भने आफूलाई यो विषय जानकारी नभएको बताउँछन्। ‘मर्जरको सम्झौता हुँदाखेरी नै खराब कर्जाको उठेपछि मात्रै सेयर कारोबार खोल्ने भन्ने क्लज पनि राष्ट्र बैंकले राखेको रहेछ, त्यसैलाई आधार बनाएर ग्राण्डको सेयर कारोबार रोकिएको हुनुपर्छ, ’ शिवाकोटीले अनलाइनखबरसँग भने। गाभिएसकेको संस्थामा रहेको कुनै एक समूहको सेयर खोल्ने र अर्को समूहको सेयर कारोबार रोक्का राख्न मिल्छ? भन्ने अनलाइनखबरको प्रश्नमा प्रश्नमा शिवाकोटीले यस्तो ववाफ दिए, -‘त्यसबेला म राष्ट्र बैंकको सञ्चालक समितिमा थिइँन। जसले त्यस्तो निर्णय गर्नुभएको थियो। उसैलाई सोध्नुहोस्। ’
|
१८असोज, काठमाडौं। एनआईसी एशिया बैंकको उन्नाईसौं वाषिर्क साधारणसभा काठमाडाैंमा भएको छ। सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७२/७३ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वाषिर्क वित्तीय विवरण स्वीकृत गर्यो। विशेष प्रस्ताव अन्र्तगत गत आथिर्क वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर, कर प्रयोजनको लागि १. ३७ प्रतिशत तथा बोनस शेयर वितरण पश्चात सेयरधनीहरुको नाममा कायम हुने साधारण शेयरसंख्याको १: ०. १५ (१५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृत प्रदान गर्नुका साथै सभामा प्रस्तावित अन्य सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ। सञ्चालक समितिका अध्यक्ष जगदिशप्रसाद अग्रवालको अध्यक्षतामा कार्यक्रम भएको हो।
|
१ कात्तिक, काठमाडौं। बेलायतको युरोप बिजनेश एसेम्ब्लीले सन् २०१६को लागि साविकको महालक्ष्मी फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंक) लाई ‘बेष्ट इन्टरप्राइजेज’ को उपाधि दिएको छ। संस्थाका प्रमूख कार्यकारी अधिकृत रमेशकूमार भट्टराईलाई संस्थाले ‘मेनेजर अफ द इयर’ ले पुरस्कृत गरेको छ। यो पुरस्कार फ्रान्सको केन्स शहरमा गत ७ अक्टूबर मा यूरोपियन अवार्ड नाइट्स सम्बन्धी विशेष समारोहमा प्रदान गरिएको हो। कार्यक्रममा एशिया, यूरोप, अफ्रिका तथा मध्यपूर्वका गरी ३६ राष्ट्र्रका विभिन्न कम्पनीहरुको प्रतिनिधित्व थियो।
|
२ कात्तिक, काठमाडौं। व्यवस्थापिका संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि अर्थमन्त्री, राष्ट्रबैंकका गर्भनर लगायतसँग छलफल गरेको छ। समितिले मंगलबार अर्थ मन्त्री कृष्ण बहादुर महरा, अर्थ सचिव शान्तराज सुवेदी, राष्ट्रबैंकका गर्भनर चिरञ्जीवी नेपाल लगायतसँग छलफल गरेको हो। छलफलमा नेपाल राष्ट्र बैकका गभर्नर चिरञ्जिवी नेपालले संवैधानिक पद धारण गरेको व्यक्ति बैंकको संचालक तथा अध्यक्ष बन्न नहुने धारणा राखे। कम्तिमा सभासद् भएका व्यक्ति सभासद् पदमा रहुन्जेल बैकको संचालक, अध्यक्ष तथा सम्बन्धित समितिमा पनि नबस्ने व्यवस्था गरिनुपर्ने तर्क उनको थियो। पुर्व अर्थमन्त्री रामशरण महतले नियमनकारी निकाय नेपाल राष्टबैंकलाई बलियो बनाउनुपर्ने अवधारण अनुसार नियम ल्याइएको बताए। वित्तीय क्षेत्रलाई थप चुस्त दुरुस्त र अनुसासित बनाउनका लागि पनि विधेयकमा राखिएका प्रावधानलाई यथावत राख्नुपर्ने उनको भनाइ थियो। बैठकमा उपस्थित अर्थमन्त्री कृष्ण बहादुर महराले वित्तीय क्षेत्रलाई चुस्त दुरुस्त र अनुसाशित बनाउन आवश्यक रहेको बताएपनि विवादित दफाका सम्बन्धमा स्पष्ट जवाफ दिएनन्। उनले संवैधानिक पद धारण गरेको व्यक्ति वित्तीय संस्थाको पदाधिकारी हुन पाउने/नपाउने, बैक संचालक पदमा नियुक्ति, समयावधि तथा योग्यता लगायत विषयमा स्पष्ट धारणा राखेनन्। यसअघि अर्थ समितिले पूर्व अर्थमन्त्री, पुर्व गभर्नर तथा बैकरहरुसँग छलफल गरेको थियो। छलफलमा पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति आजिवन अध्यक्ष पद्मा रहन पाउने व्यवस्था बैंक तथा वित्तीय संस्थाका लागि निकै घातक भएको भन्दै सो व्यवस्था कुनै पनि हालतमा हटाइनुपर्ने धारणा राखेका थिए। बैंकरहरुले भने प्रमुख कार्यकारी अधिकृतको कार्यकाल कुनै हालतमा तोक्न नहुने भन्दै कार्यकाल तोकेर कानून बनाउनु पश्चगामी हुने बताउदै आएका छन्। सांसदहरु उदय नेपाली जनता बैक, उमेश श्रेष्ठ प्राईम बैक, इच्छाराज तामाङ सिभिल बैक र विरेन्द्र महतो माछापुच्छ्रे बैकका संचालक समितिमा छन्। व्यवस्थापिका संसदको बैठकले विधेयकमा बढी विवादमा परेका विषयमा आवश्यक छलफल गरी परिमार्जन गर्न पुन अर्थ समितिमा नै पठाएपछि समितिले छलफल सुरु गरेको हो।
|
३ कात्तिक, काठमाडौं। टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले चुक्ता पुँजीमा १ः१ का दरले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। मातृभूमी बिकास बैंक लिमिटेड तथा कालिन्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गरे पश्चात् नेपाल राष्ट्र बैंक अन्तिम स्वीकृतिको लागि आवेदन पेश भएको कायम हुन आउने चुक्ता पुँजीमा हकप्रद जारी गर्न लागिएको हो। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे। बैंकले देशभरिका आˆना १५ वटा शाखा तथा १२ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। बैंकले निकट भविष्यमा प्राप्तीबाट थपिने ७ वटा शाखाहरुसँगै देशका विभिन्न स्थानहरुमा थप नयाँ ७ वटा शाखाहरु थप्दै यस आर्थिक बर्षको अन्त्यसम्ममा कुल २९ वटा शाखाहरु मार्फत आˆनो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
|
८ कात्तिक, काठमाडौं। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको बदमासीले एनसेलले ८ अर्ब ३६ करोड रुपैयाँ नगद लाभांस विदेश लान सफल भएको तथ्य फेला परेको छ। यो लाभांस पाँच वर्षदेखि रोकिएको थियो। व्यवस्थापिका संसदको अर्थ समितिले गत जेठ २१ गते राज्यलाई तिर्नुपर्ने कर नतिरेसम्म पुँजी वृद्धि लगायतका एनसेलका कुनैपनि प्रस्ताव अस्वीकार गर्नु भन्ने निर्देशन दिएको थियो। एनसेलको स्वामित्व हाल एक्जिएटा नामक कम्पनीसँग छ। तर, संसदीय समितिको निर्देशन विपरित दूरसञ्चार प्राधिकरणले गत असार २७ गते एनसेललाई लाभांस वापतको रकम विदेश लैजान दिनु भन्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको खुलासा भएको छ। ‘केही वर्ष अघिदेखि नै एनसेलको लाभांस रोकिरहेका थियौं, यसबीचमा उसले पुरा गर्नुपर्ने सबै प्रक्रियाहरु पुरा गर्यो, ’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले सोमबार पत्रकार सम्मेलनमा भने, तैपनि हामीले दूरसञ्चार प्राधिकरलाई लाभांस लान दिँदा हुन्छ कि हुँदैन भनेर पत्र पठाएका थियौं। उसले दिँदा हुन्छ भनेर पत्र पठाएपछि स्वीकृति दिएका हौं। ’ राष्ट्र बैंकका अधिकारीहरुले प्राधिकरणले राष्ट्र बैंकलाई लेखेको पत्र नै पढेर सुनाएका थिए। अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांस लैजान स्वीकृति दिएको भन्ने समाचारहरु प्रकाशन/प्रशारण भएपछि त्यसलाई प्रष्ट पार्न भन्दै राष्ट्र बैंकले पत्रकार सम्मेलनको आयोजना गरेको थियो। ‘हामीले कानूनी प्रक्रियाहरु पूरा गरेर नै एनसेलको लाभांस लान स्वीकृति दिएका हौं, ’ प्रवक्ता पौडेलले भने, ‘कसैको दबाब र प्रभावमा परेर स्वीकृति दिइएको होइन। ’ एनसेलको स्वामित्व रहेको टेलियासोनेराले एक्जिएटालाई बिक्री गर्दा कानूनअनुसार ३५ अर्ब रुपैयाँ बराबर पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ। तर, अहिलेसम्म १० अर्ब रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरेको छ। राज्यलाई तिर्नुपर्ने कर तिर्न बाँकी हुँदाहुँदै दूरसञ्चार प्राधिकरणले लाभांस लान दिनु भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको हो। प्राधिकरणको पत्रका आधारमा राष्ट्र बैंकले गत भदौ २७ गते एक्जिएटालाई आर्थिक वर्ष २०६८/६९ को लाभांस लान स्वीकृति दिएको थियो। एनसेलको लाभांस बाहिरिँदा देशको भुक्तानी सन्तुलनमा ऋणात्मक असर परेको छ। भदौ महिनामा ३ अर्ब ५० करोड रुपैयाँले शोधनान्तर स्थिति ऋणात्मक छ। लाभांस लान पाउनु लगानीकर्ताको अधिकारको कुरा भएको र नियामक निकायबाट नै लाभांस लान दिँदा हुन्छ भन्ने पत्र पाएपछि राष्ट्र बैंकले स्वीकृति दिएको प्रवक्ता पौडेलले प्रष्ट पारे। कुनैपनि बैदेशिक लगानी देश भित्रिँदा र बाहरिँदा राष्ट्र बैंकको अनिवार्यरुपमा स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था छ।
|
१२ कात्तिक, काठमाडौं। बुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुबित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको पहिलो वर्षमै नाफा आर्जन गर्न सफल भएको छ। वित्तीय संस्थाले आर्थिक वर्ष २०७३/२०७४ को पहिलो त्रैमासिक अवधीमा १० लाख २० हजार रुपैयाँ मुनाफा गर्न सफल भएको बैंकका नि. कार्यकारी अधिकृत कमल बहादुर खत्रीले बताए। खत्रीअनुसार संस्थाको नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा, दाङ्ग र सल्यान गरि १० जिल्ला कार्यक्षेत्र रहेको छ। वित्तिय संस्थाको चुक्ता पुँजी २ करोड १० लाख, जारी पूँजी ३ करोड तथा अधिकृत पूँजी ६ करोड रुपैयाँ रहेको छ। संस्थाले २०७३ आश्विन मसान्तसम्म ६ हजार ५ सय ४४ सदस्यहरुलाई १६ शाखा मार्फत २४ करोड १९ लाख ३७ हजार रुपैयाँ विनाधितो सामुहिक जमानीमा कर्जा लगानी गरेको छ। त्यसैगरी, यस अवधिमा संस्थाले ३० करोड ८४ लाख ११ हजार रुपैयाँ बचत संकन गरेको छ। निकट भबिश्यमै थप ९ शाखा खोल्ने कार्य अन्तिम अवस्थामा रहेको खत्रीले वताए। सेवा बिकास बैंक, इनोभेटिभ डेभलपमेण्ट बैंक, सहयोगी बिकास बैंक, सेन्ट्रल फाइनामन्स र सिद्धार्थ डेभलपमेण्ट बैंक समेत ५ वटा वित्तिय संस्थाहरु, बैंकर, प्राध्यापक, डाक्टर, इन्जिनियर, लेखापरिक्षक, व्यवस्थापनविज्ञ, समाजसेवी, लव्धप्रतिष्ठित व्यक्तित्वहरु यो वित्तीय संस्थाको संस्थापक रहेका छन।
|
१२ कात्तिक, महेन्द्रनगर। कञ्चनपुरमा पाँच करोड रुपैयाँभन्दा बढी कारोवार गर्ने सहकारी संस्थाको संख्या तीन बाट बढेर चालु आबमा आठ पुगेको छ। बढ्दो शहरीकरण संगै व्यापारीक कारोवारमा बृद्धिले पाँच करोड बढी कारोवार गर्ने सहकारीको संख्यामा यहाँ बृद्धि भएको हो। स्थानीय समुदायको बचत गर्ने बानीको बिकास संगै सहकारीले फस्टाउने मौका पाएको डिभिजन सहकारी कार्यालय कञ्चनपुरका सहकारी अधिकृत रामबहादुर खातीले बताए। उनका अनुसार तीन वटा बचत तथा ऋण सहकारी, एक वटा बहुउद्देश्यि सहकारी र चार वटा साना किसान कृषि सहकारी संस्थाले रु पाँच करोड बढीको कारोवार गर्दै आएका छन्। भीमदत्तनगरपालीका, झलारी, बेदकोट, पुर्नवास र कृष्णपुरमा रहेका आठ सहकारी संस्थामा २६ हजार ८३१ सयेर सदस्य रहेका छन। आठ वटै सहकारीमा आवद्ध सेयर सदस्यहरुले नौ करोड ७४ लाख ३४ हजार रूपैयाँ मूल्यको सेयर पूँजी जम्मा गरेका छन्। सहकारीको कोषमा रु पाँच करोड २६ लाख रकम रहेको छ। सहकारीमा आवद्ध सदस्यहरुबाट ४३ करोड ५२ लाख ३४ हजार रूपैयाँ बचत संकलन भएको छ। किराना पसल, पशुपालन, लघु उद्यम सञ्चालन, तरकारी खेती, व्यापार व्यवसाय सञ्चालनका लागि सहकारीले ले रु ९४ करोड ९१ लाख ९२ हजार रकम ऋणका रुपमा लगानी गरेका छन्। सहकारीले रु १३ करोड ४२ लाख ७७ हजार आम्दानी समेत गरेका छन भने रु ९ करोड ४४ लाख ९९ हजार खुद नाफा आर्जन गरेका छन्। सहकारीको आम्दानी रु एक अर्ब ११ करोड ७८ लाख ५८ हजार रहेको छ। यसैगरी, रु एक करोड बढीको कारोवार गर्ने सहकारीको संख्या भने कञ्चनपुरमा १३ बाट बढेर चालु आथिर्क वर्षमा २५ पुगेको छ। एक करोड बढी कारोवार गर्ने सहकारी संस्थामा २५ हजार ५४० सेयर सदस्य आबद्ध रहेका छन। सहकारी संस्थाहरुको सेयर पूजि रु ११ करोड १६ लाख २४ हजार रहेको छ।
|
१२ कात्तिक, काठमाडौं। प्रभु इन्स्योरेन्सको शुक्रबार सम्पन्न २१औं वाषिर्क साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर पारित गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षमा १४करोड ९३ लाख २ हजार रुपैयाँ खुद नाफा गरेको थियो। बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ हुनेछ। कम्पनीले आर्थिक वर्ष ०७२/०७३ मा७६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्ममा २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०. ३० प्रतिशत बृद्धि भएको छ। कम्पनीले बिगत वर्षदेखिनै मुलुकका दुर्गम जिल्लाहरुमा कृषि शाखाहरुको स्थापना गरि बीमा सेवा विस्तार गरेको छ। कम्पनीको शाखाबिस्तार गर्ने योजनाअनुरुप निकट भविष्यमै पहाडी तथा तराई क्षेत्रमा थप शाखा स्थापनाको प्रकृया अगाडि बडाइएको छ। हालमुलुकभर कम्पनीका केन्दि्रय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु संचालनमा रहेका छन्। आगामी दिनमा कम्पनीको सेवा विस्तारको लागि आवश्यक क्षेत्र पहिचान गरि शाखा बिस्तार गर्ने तथा कम्पनीलाई आवश्यकता अनुसार अझ बढी आधुनिकिकरण गर्दै लैजाने कम्पनीको योजना रहेको प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बताए।
|
१४ कात्तिक काठमाडौ। जनता बैंक नेपालले त्रिबेणी बिकास बैंकलाई गाभ्ने भएको छ। मर्जरसम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा दुबै बैंकका अधिकारीहरुले हस्ताक्षण गरेका छन्। मर्जपछि पनि बैंकको नाम र लोगो जनता बैंक नेपालकै हुने सम्झौतापत्रमा उल्लेख छ। सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट २ जना प्रतिनिधि हुनेछन्। उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने छ। सम्झौतापत्रअनुसार दुई बैंकबीचको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) स्वाप रेसियो १ बराबर १ हुनेछ। मर्जपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ। बैंकले आगामी मंसिरदेखि १ अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन गर्दै छ। गत वर्षको नाफाबाट बैंकले २० प्रतिशत बोनस सेयर दिँदा ४१ करोड रुपैयाँ पुँजी थपिने छ। जनता बैंकसँग मर्ज हुँदा त्रिबेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ हुनेछ। हाल बैंकको चुक्ता पुँजी ८२ करोड रुपैयाँ छ। यस बैंकले पनि चुक्ता पूँजीमा ५० प्रतिशत अर्थाक ४१ करोड रुपैयाँको हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ। त्यसैगरी, बैंकले १५ करोड रुपैयाँ बराबरको बोनस दिने निर्णय गरिसकेको छ। यी दुबई संस्थाबीचको मर्जर सम्पन्न भइसकेपछि बैंकले अर्को विकास बैंक एक्वायर गर्ने जनाएको छ। नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनैपर्ने व्यवस्था गरेको छ। जसले बैंकहरुलाई चुक्ता पुँजी बढाउने तीब्र दबाब पारेको छ। यसअघि जनता बैंकको माछापुच्छ्रे बैंकसँग मर्जरको सैद्दान्तिक सहमति भएको भएपनि स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर प्रक्रिया अवरुद्ध भएको थियो।
|
१९ कात्तिक, काठमाडौं। एभरेष्ट बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले कार्यभार सम्हालेका छन्। पञ्जाव नेशनल बैंक (पिएनबी) का प्रतिनिधि सोमेश्वर सेठलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा काम थालेका हुन्। उनी दुई सता अघि नै उक्त पदमा नियुक्त भएका थिए। यसअघि एके आहलुवालिया सिइओका रुपमा कार्यरत थिए। उनको कार्यकाल सकिएपछि सेठले कार्यभार सम्हालेका हुन्। एभरेष्टमा प्रमुख कार्यकारी पञ्जाव नेशनल बैंकबाटै ल्याउने गरेको छ। एभरेष्टमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत शेयर लगानी छ।
|
२२ कात्तिक, काठमाडौं। रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ)ले दशैं-तिहारलाई लक्षित गरी ल्याएको ‘आइएमई, हात हुँदैन खाली’ भन्ने ग्राहक योजनाका विजेताहरुको नाम घोषणा गरेको छ। जसअनुसार विदेशमा रहेका नेपालीहरुले आइएमइमार्फत असोज १ गतेदेखि ३० सम्म नेपालमा रेमिट्यान्स पठाउनेहरुमध्येबाट ४ जना भाग्यसाली विजेताहरुको नाम सोमबार काठमाडौंमा घोषणा गरेको हो। विजेताहरु लक्की ड्रमार्फत छानिएको आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए। आइएमइले साप्ताहिक लक्की ड्रमा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले ४ थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गरेको हो। मलेसियाबाट ३५ हजार रुपैयाँ रेमिट्यान्स पठाउने तिलकबहादुर श्रेष्ठ आइएमइको स्कुटरको प्रथम भाग्यसाली विजेता छन्। उनले लालबहादुर श्रेष्ठका नाममा रेमिट्यान्स पठाएका थिए। त्यसैगरी, दोस्रो बिजेता बनेका छन् सुरेन्द्रप्रसाद थारु। थारुले कतारबाट भीमबहादुर चौधरीलाई १० हजार १२ रुपैयाँ पठाएका थिए। आङ नर्वु शेर्पा तेस्रो बिजेता भएका छन्। उनले मलेसियाबाट विन्दु खड्कालाई २० हजार ६ सय रुपैयाँ पठाएका थिए। त्यसैगरी, पशुराम दाहालको नाममा डेनमार्कबाट २ हजार २ सय रुपैयाँ पठाउने सरोज श्रेष्ठ चौथो भाग्यशाली विजेता बनेका छन्। आइएमइले राजधानीको रोयल सिंहे होटलमा पत्रकार सम्मेलन गरी रेमिट्यान्स पठाउनेहरुले सिफारिस गरेका उनीहरुका आफन्तलाई स्कुटरको चावी हस्तान्तरण गरेको छ। आइएमइ समूहका अध्यक्ष चन्द्र ढकाल, सीइओ सुमन न्यौपाने र ब्राण्ड एम्बेस्डर दिपकराज गिरीले संयुक्तरुपमा स्कुटरको चाबी हस्तान्तरण गरे। ‘आइएमइ हात हुँदैन खाली’ भन्ने योजनामा सहभागीहरुलाई अन्य आकर्षक उपहार योजनाहरु पनि थिए। आइएमई ब्रान्डेड टि-सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट लगायतका उपहार यसअघि नै प्रदान गरिसकेको छ। आइएमइले निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही २ वटाका दरले ३ सय चन्द्रागिरी केबलकारको टिकट उपलब्ध गराइसकेको सीइओ पोखरेलले बताए।
|
२३ कात्तिक, काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ-तिहार-छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाको तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ। योजनाअन्तर्गत् यो साताका तेस्रो भाग्यशाली विजेता काशिनन्द्र यादब छन्। उनले ३२ इन्च एलइडी. टेलिभिजन प्राप्त गरे। उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् नेपालमा आफन्तलाई रकम पठाएका थिए। ” सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस” उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन उपहार प्राप्त गर्छन्। यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौंमा नै ४ आना घडेरी जित्न सक्नेछन्।
|
२४ कात्तिक, काठमाडौं। एनआईसी एशिया बैंकको विभिन्न ७ स्थानमा रहेका नयाँ शाखाहरुको एकैसाथ एक समारोहकाबीच विधिवत् उद्घाटन भएको छ। ती शाखाहरुमध्ये बट्टारस्थित शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले उद्घाटन गरे भने अत्तरीया स्थित शाखाको उद्घाटन अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकायाले गरे। लेखनाथस्थित शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपठीलेे, वाग्लुङ्गस्थित शाखाको उद्घाटन वाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले, बिरौटा स्थित शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेलले गरे। कावासोतीस्थित शाखाको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश पौडेल तथा दलललेस्थित शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गरे। शाखा सञ्जाल, पँूजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। नयाँ शाखा अत्तरीया सहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम संख्या ६९ पुगेको छ। बैकले गत त्रैमासिक अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य बृद्धि हासिल गर्न सफल भएको छ। बैंकको पूँजी पर्याप्तता अनुपात १२. ५५ प्रतिशत रहेको छ जसले बैंकको पूँजीको अवस्था सुदृढ रहेको जनाउँछ। बैंकको हालै सम्पन्न १९ औं वाषिर्क साधारण सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर तथा त्यसपछि कायम हुन आउने शेयरमा १५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ। बैंकले हरेक सभ्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चँाडै नै थप शाखा संञ्चालन गर्ने योजना अगाडि सारेको छ।
|
२५ कात्तिक, काठमाडौं। रुरल माइक्रोफाइनान्स डेभेलपमेण्ट सेण्टर (आरएमडिसी) र बेलायती यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच ३४ जिल्लामा विपन्न समुदायहरूको वित्तसम्मको पहुँच पुर्याउने गरी सम्झौता भएको छ। यूकेएड सक्षमको सहायतामार्फत आरएमडिसीले देशका ग्रामीण लघुवित्त संस्थाहरूसम्मको पहुँच अभिवृद्धि गर्नका लागि आफ्नो “इन्हृयान्स इन्क्लुसिभ फाइनान्सियल फ्रन्टिएर टु द पुअर”नामको कार्यक्रम प्रारम्भ गर्नेछ। साझेदारीले ग्रामीण लघुवित्त विकास केन्द्रलाई कोहलपुर र इटहरीमा शाखा कार्यालय खोल्न मद्दत गर्नेछ। जसमार्फत सक्षमका कार्यक्रम भएका जिल्लाहरूमा भएका करिब ९० लघुवित्त संस्थाहरू सम्म पुग्न मद्दत पुग्नेछ। यूकेएड सक्षमको सहयोगमार्फत आरएमडिसीका प्रस्तावित शाखाहरूले लघुवित्त संस्थाहरूको क्षमता विकास गर्न र थोक कर्जा प्रदानगर्नका लागि वितरण प्रणालीको रूपमा पनि काम गर्नेछन्। आरएमडिसीले उक्त लघु वित्त सस्थाहरूलाई वित्तीय साक्षरता प्रदान गर्नका लागि विभिन्न स्रोत तथा साधनहरू पनि प्रदान गर्नेछ। कार्यक्रममा बोल्दै आरएमडिसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले भनेे, “नेपालको ग्रामीण भेगमा वित्तीय सेवा प्रदान गर्नमा लघु वित्त संस्थाहरू र थोक कर्जाले महत्वपूर्ण भूमिका खेलेका छन्। ग्रामीण जनसंख्याको आवश्यकता पूरा गर्न र वित्तीय सेवामा रहेको कमी पूरा गर्नका लागिआˆनो भरपूर प्रयास गर्न ग्रामीण लघुवित्त विकास केन्द्र कटिवद्ध छ। ’
|
२९ कात्तिक, काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ-तिहार-छठको उपलक्ष्यमा ल्याएको उपहार योजनाको चौथो साप्ताहिक विजेताको घोषणा गरेको छ। “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस” उपहार योजनाबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन उपहार प्राप्त गर्छन्। यो योजनाबाट १ जना भाग्यशाली विजेताले योजनाको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी पनि जित्न सक्नेछन्। योजनाअन्तर्गत् यो साता चौथो भाग्यशाली विजेताका रुपमा सेते गिरीले ३२ इन्चको एलइडी टेलिभिजन जितेका छन्। उनले कतारबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् नेपालमा आफन्तलाई पैसा पठाएका थिए।
|
६ मंसिर, काठमाडौं। अब बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक, प्रप्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर एउटै संस्थामा बढीमा २ कार्यकाल अर्थात् ८ वर्षमात्रै पदमा बस्न पाउने भएका छन्। व्यवस्थापिका संसदका अर्थ समितिले सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) पारित गरेको छ। बैंक सञ्चालकसमेत रहेका सांसदहरुले एकैव्यक्ति बैंक संचालक भएर जति कार्यकाल पनि बस्न पाउनुपर्ने अडान राख्दै आएका कारण लामो समयदेखि बाफिया अनिर्णयको शिकारमा परेको थियो। सोमबारको अर्थ समितिको बैठकले बाफिया पारित गरेको समितिका सभापति प्रकाश ज्वालाले अनलाइनखबरलाई बताए। ‘लामो समयदेखि जुन विषयका कारण बाफिया अडि्कएको थियो, बैंक सञ्चालक सांसदहरुको इन्टेस्टभन्दा टाढै बसेर हामीले ऐन पारित गरेका छौं, ’ ज्वालाले भने। अर्थ समितिमा बैंक सञ्चालक सांसदहरु हाबी भएको भन्ने आरोप लाग्दै आएको थियो। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्षपछि संस्थापक सेयर विक्री गर्न पाइने भएको छ। तर, सेयर कन्भर्ट गर्नुअघि राष्ट बैंकबाट स्वीकृति लिनुपर्ने बाफियामा उल्लेख छ। त्यसैगरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ०. ५ प्रतिशत लगानी गर्न पाउने छन्। यसअघिको ऐनमा भने सो व्यवस्था २ प्रतिशत थियो। बाफियाले लघुवित्त संस्थाहरुलाई भने केही कडाई गरेको छ। अब घ वर्गका लघुवित्त विकास बैंकहरुले आफ्नो नामको पछाडि बैंक लेख्न नपाउने भएका छन्। संवैधानिक पदधारण गरेका व्यक्ति बैंक सञ्चालक हुँदा स्वार्थ बाझिने र नियामक निकायललाई नियमन गर्न असहज हुने निष्कर्श निकाल्दै त्यस्तो पद धारण गरेका व्यक्तिहरु बैंक सञ्चालब बस्न अयोग्य भएको बाफियामा उल्लेख छ। व्यवस्थापिका संसदबाट पारित भएपछि बाफियाले कानूनको रुप लिनेछ।
|
८ मंसिर, काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेडले महालक्ष्मी विकास बैंक लिमिटेडसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौतापत्रमा नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भण्डारीले हस्ताक्षर गरे। सम्झौताअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनको लागि यो प्रणाली उपलब्ध गराउने छ। प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने लगायतका कारोबारहरु पूर्णतया रुपमा सञ्चालन गर्न सक्नेछन्। ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन्। यो प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम् संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनीकरण हुने लगायत अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ।
|
८ मंसिर, काठमाडौं। नेदरल्याण्डको एफएमओ बैंकले एनएमबि बैंकसँग वित्तीय साझेदारी गर्ने भएको छ। कम्पनीले बुधबार काठमाडौंमा कार्यक्रम गरेर एनएमबि बैंकमा २० प्रतिशत लगानी गरेर बैंकसँग अन्तर्राष्ट्रिय साझेदारी कायम गरेको जनाएको छ। एफएमओसँग स्थापना भएको सम्बन्धबाट एनएमबि बैंकले उर्जा, अन्तर्राष्ट्रिय व्यापार र पुँजी बजारमा सहयोग पुग्ने जनाएको छ। यस्तै अन्तर्राष्ट्रिय बैंकसँगको साझेदारीले पुँजीगत आधार बृद्धि हुन गई कारण आर्थिक जोखिम बहन गर्न सक्ने क्षमता बढ्ने बैंकको अनुमान छ। एनएमबि बैंकले विभिन्न पाँच वटा वित्तिय संस्थाहरुसँगएक पटक मर्जर भएर २०७२ कार्त्तिक १ गतेदेखि एकीकृत रुपमा कारोबार थालेको हो।
|
१५ मंसिर, काठमाडौं। काष्ठमण्डप डेभलपमेण्ट बैंकले विश्व सर्वोच्च शिखर सगरमाथा जाने प्रवेशद्घार नाम्चेबजारमा एटिएम सञ्चालनमा ल्याएको छ। बैंकले ११ हजार २८६ फिट उचाईमा एटिएम मेशिन सञ्चालनमा ल्याएको हो। खुम्बुक्षेत्र पदमार्गमा जाने पर्यटकलाई नगद बोकेर हिड्नुपर्ने झन्झटको काष्ठमण्डप डेभलपमेण्ट बैंकले अन्त्य गरिदिएको छ। बैंकले काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित होटेल आट्समा पनि एटिएम मेशिन सञ्चालनमा ल्याएको छ। यस सँगै बैंकको एटिएम संख्या १० पुगेको छ।
|
१६ मङ्सिर, गुल्मी। गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सबैभन्दा बढी विप्रेषण भित्र्याउने गाविस मध्येमा पर्दछ। गाविसको एउटै वडाका विभिन्न मुलुकको वैदेशिक रोजगारीका लागि चारसयजना भन्दा बढी युवा गएको पुष्टि भएको छ। उनीहरुबाट ती मुलुकमा हुने गरेको न्यूनतम तलब आम्दानी जोड्दा पनि झन्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ। वामी–९ अन्तर्राष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलुकमा रहेका वामी–९ का युवाको सङ्ख्या पाँचसय ४५ जनाको तथ्यांक निकालेको छ। करिब २० वर्षअघि जापानबाट सुरु हुन्छ वामी–९ का युवाको वैदेशिक रोजगारको यात्रा सो वडा नम्बर ९, टोड्केका वोमबहादुर रायमाझीका छोरा लेखबहादुर रायमाझी र सोही वडा भेडुवाबाट काठमाडौँ बसाइँसराइ गरेका खिमबहादुर खरालका छोरा योगेन्द्र खराल १८ वर्षअघि जापान एकै साथ पुगेका थिए। उनीहरु पुगेपछि त्यहाँका युवाको लर्को त्यसतर्फ लाग्न थाल्यो। अहिले वडा नं ९ बाट दुईसय महिला र पुरुष जापानमा पुगेको वामी–९ अन्तर्राष्ट्रिय सम्पर्क समितिका केन्द्रीय अध्यक्ष दिलीप थापाले जानकारी दिए। यसरी ती दुईसय जनाबाट न्यूनतम मासिक एक लाखका दरले हिसाब गर्दा पनि एकै महिनामा दुई करोड त्यहाँ पुगेका युवाले कमाउने गरेका छन्। अस्ट्रेलियामा १० जना पुगेका छन्। उनीहरुबाट न्यूनतम एक लाखका दरले पनि महिनमा ५० लाख कमाई हुने गरेको छ। युकेमा ५० जना रहेका छन्। उनीहरुबाट न्यूनतम डेढ लाखका दरले ७५ लाख एकै महिनामा कमाई हुने गरेको स्पष्ट हुन्छ। अमेरिकामा १० जना रहेका छन्। उनीहरुबाट न्यूनतम रु एक लाखका दरले मासिक १० लाख कमाई हुने अनुमान गरिएको छ। न्युजिल्यान्डमा ३५ जना छन्। उनीहरुबाट पनि मासिक एक लाखका दरले न्यूनतम मासिक रु ३५ लाख आम्दानी हुने गरेको छ। मलेसियासहितका खाडी मुलुकमा सयजना रहेका र उनीहरुबाट न्यूनतम मासिक २५ हजारका दरले २५ लाख कमाईको अनुमान गरिएको छ। भारतमा दुईसय जनाबाट न्यूनतम मासिक १० हजारका दरले २० लाख कमाई हुने अनुमान गरिएको छ। यो तथ्याङ्कबाट अन्य सहरमा घर–घडेरी खरिद नगर्ने हो भने एउटै वडा नं ९ मा मात्रै मासिक चार करोड १५ लाख रुपैयाँ विप्रेषण रकम भित्रिन सक्छ। स्वदेशमा शिक्षक, अन्य सरकारी र सङ्घसंस्थामा भएका जागिरे समेतको हिसाब गर्दा न्यूनतम मासिक रु पाँच करोड नगद कमाई हुने स्थलगत अध्ययनको तथ्याङ्कले देखाएको छ।
|
२६ मंसिर, काठमाडौं। सानिमा बैंक लिमिटेडले सिबिआइएल क्यापिटल लिमिटेडलाई हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकले गत वाषिर्क साधारण सभाबाट ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र सिविआइएल क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले एक समारोहकाबीच हस्ताक्षर गरे। बैंकले सेयरधनीलाई १ सय अंकित दरका १ अर्ब ५९ करोड १७ लाख ६१ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्दैछ।
|
२९ मंसिर, काठमाडौं। एक सय रुपैयाँ प्रतिकित्ता सेयरमा लगानी गरेका लगानीकर्ताले आरएसडीसी लघुवित्त वित्तीय संस्थाको पहिलो सेयर कारोबारमै तीन गुणासम्म लाभ पाउने देखिएको छ। नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि एक सय ११ देखि तीन सय ३४ रुपैयाँको मूल्य ब्याण्ड दिएको छ। लगानीकर्ताले यो ब्याण्डभित्र रहेर पहिलो कारोबार गर्न पाउँछन्। तर कम्पनीको सेयर ३ सय ३४ रुपैयाँमा पहिलो कारोबार गरेर केही दिन थप बढाइने अवस्था छ। नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको आधारमा अधिकत्तम तीन गुणासम्म मूल्य ब्याण्ड दिने व्यवस्था छ। त्यसपछि भने बजारको माग र आपुर्तीले नै मूल्य निर्धारण हुँदै जाने गर्छ। लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी कम हुने भएकोले जारी सेयर पनि कम हुन्छ र आफुले चाहेको मूल्यसम्म पुर्याउन सकिने अवस्था बन्दै आएको छ। हाल बजारमा अन्य लघुवित्त कम्पनीहरुको सेयर मूल्य १ हजार माथिसम्म रहेको छ। त्यसैले यो क्षेत्रबाट हरेक नयाँ कम्पनीको सेयर सूचीकरण भएको केही दिनसम्म मूल्य बढाएपछि मात्र बजारमा सेयरको सहज आपूर्ति हुने गरेको छ। सोमवार कारोबार खुलेको नेशनल माइक्रोको पनि यही कारण कारोबार शुरु हुन सकेको थिएन। कम्पनीले भने १ सय ६९ देखि ५ सय ६ रुपैयाँ मूल्य ब्याण्ड पाएको थियो।
|
२९ मंसिर, काठमाडौं। एपेक्स डिजिटलको स्मार्ट स्टोर दाङको घोरहीमा पनि खुलेको छ। साताैं शाखाका रुपमा दाङमा स्टोर खुलेको हो। मैत्रिपुर्ण वातावरण र नयाँ प्रविधि आफ्ना ग्राहकहहरुबीच लिएर जानु नै स्टोरको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। देशैभर ४० वटा स्टोरहरु खोल्ने योजनासगैं यसको सातौं स्टोर मंसिर २९ गते दाङस्थित घोराहिमा रहेको न्युरोड मा खुलेको छ। ‘टच एण्ड फिल’ प्रणाली जडान गरिएको र एउटै स्थानमा विभिन्न ब्राण्डका मोबाइलहरु डिजिटल डिस्प्लेमा सजिलै अवलोकन गर्न र अनुभव गर्न सकिनेछ। स्टोरका ब्राण्ड म्यानेजर प्रकाश सुवेदीले भने, ‘८५० वर्गफीटको योे स्मार्ट स्टोरमा ग्राहकहरुले ब्राण्डहरु विच सजिलै तुलना गर्न र बुझ्न सक्ने हुँदा वास्तवमै नयाँ अनुभव र उत्कृष्ट सेवा प्राप्त गर्नका साथै खरिद गर्न सक्ने भएकाले सम्बन्धित सम्पुर्ण सबैलाई आमन्त्रण गर्न चाहान्छाैं। ’ सेल्स म्यानेजर प्रतिक ढुङ्गेलका अनुसार आइफोन, एचटीसी, सामसुङ, जोपो, जेटीइ, हुवावे, जाओमी, जिओनी, लेनेभो, लगायतका विभिन्न उत्कृष्ट ब्राण्डका फोन उपलब्ध छ। उद्घाटनको अवसरमा विभिन्न आकर्षक उपहार र विशेष छुट व्यवस्था गरिएको छ। ग्राहकले हरेक खरिदमा मोवाइल कभरका साथै टेम्पर ग्लास सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। एपेक्स स्टोरबाट सामान खरिद गर्नेग्राहकहरुले ५ देखि ५० प्रतिशतसम्म नगद छुट प्राप्त गर्नुका साथै लक्की ड्र कुपनबाटबम्पर उपहार ३२ इन्चको एलइडी टिभी र स्कुटर प्राप्त गर्न सक्नेछन्।
|
३० मंसिर, काठमाडौं। नबिल बैंक कर्मचारी सघंले आफ्नो २२ औं वाषिर्क उत्सवका अवसरमा नबिल बैंक प्रधान कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ७० जना बैंकका कर्मचारी तथा उनीहरुका परिवारले रक्तदान गरेका थिए। रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी सघंबाट प्रशंशापत्र प्रदान गरिएको थियो। रगत अभावलाई ध्यानमा राख्दै नबिल बैंक कर्मचारी सघंले आफ्नो वाषिर्क उत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। नबिल बैंक कर्मचारी सघंले भविष्यमा पनि यस्ता कार्यक्रम उपत्यका बाहिरका बैंकका शाखामार्फत पनि निरन्तरता दिने योजना बनाएको छ।
|
१ पुस, काठमाडौं। नेपाल एसबीआई बैंकले पुस १० गतेबाट नयाँ निष्कासन (एफपीओ ) जारी गर्ने भएको छ। योसँगै हाल बैंकमा सेयर स्वामित्व नभएकाले पनि बैंकको सेयर किन्न पाउँने छन्। त्यो पनि बजारमा चलेकोभन्दा कम दाममा। बजारमा बैंकको सेयर एक हजार चार सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ। बैंकको एफपिओमा भने लगानीकर्ताले प्रत्रिकित्ता सेयर अंकित मूल्य एक सय रुपैयाँ र पि्रमियम मूल्य आठ सय ७१ सहित कुल नौं सय ७१ रुपैयाँमा किन्न पाउने छन्। बैंकको सेयर चाँडोमा १३ गतेसम्म खुल्ने छ। त्यो अवधिमा पुरै सेयर बिक्री नभएमा २४ गतेसम्म बिक्री खुला रहने छ। बैंकको सेयरमा आवेदन दिदा न्युनत्तम १० कित्तादेखि ६ सय ७० कित्तासम्मको लागि आवेदन दिन पाइने छ। सेयर हाल्ने फारम बिक्री प्रबन्धक एनएमबी क्यापिटलको नाग पोखरी कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार, बैंकका बिभिन्न शाखा कार्यालयहरुमा पाइने छ। बैंकको सेयर जारी भएपछि चुक्ता पूँजी ३ अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार यस आवअन्त्यसम्ममा चुक्ता पूँजी ८ अर्ब पुर्याउनु पर्ने हुन्छ। बैंकबाट लगानीकर्ताले थप भावी दिनमा बोनस लाभांश वा हकप्रद पाउने सक्भावना पनि रहन्छ। बैंकले मर्जरको नीति अपनाएमा यस्तो लाभांश कम आउने सम्भावना पनि रहन्छ। भारतीय बैंक स्टेट बैंक अफ इण्डियाको संयुक्त लगानीमा सञ्चालन भइरहेको यस बैंकको हाल प्रतिशत सेयर आम्दानी ३४ रुपैयाँ २९ पैसा रहेको छ।
|
२ पुस, काठमाडौं। ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन इन्टरनेशनल फाइनान्स म्यागजिनले ‘बेष्ट इन्टरनेट बैंक-नेपाल २०१६’ अवार्डबाट सम्मानित भएको छ। सगंापुरमा आयोजना भएको एक विशेष कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निल ज्ञावलीले सो पुरस्कार ग्रहण गरे। ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो। ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागिरी) मा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो। बैंकले आफ्ना ग्राहकहरु माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
|
३ पुस, काठमाडौं। बैंकहरुमा लगानी योग्य पुँजीको अभाव भएको भन्दै हल्लिखल्ली भएको धेरै भएपनि यसको समाधान निस्कन सकेको छैन्। दीर्घकालिन समाधानको उपायको रुपमा रहेको निक्षेप वृद्धि भएपनि एक महिना यता निक्षेपमा सीमान्तकृत वृद्धि मात्र भएको छ। एक बैंकले दिएको तथ्यांक अनुसार मसिंर २४ गते वाणिज्य बैंकहरुमा १८ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप रहेको छ। कात्तिक १९ गतेयता निक्षेपमा १ प्रतिशतभन्दा पनि कम (०. ८५ प्रतिशत) ले मात्र वृद्धि भएको छ। कात्तिक १९ गते वाणिज्य बैंकहरुसँग १८ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप मात्र रहेको थियो। बैंकहरुमा निक्षेप अभाव हुन थालेपछि यसको प्रभाव बैंकहरुको व्याजदरमा पनि देखिन थालिसकेकेा छ। बैंकहरुले घोषित रुपमा नै व्याज दर ८. ५ सम्म दिन थालेका छन् भने ठुला संस्थागत निक्षेपकर्ताहरुमा १२ प्रतिशतसम्म व्याजदर दिने गरी बैंकहरु बोलकबोलमा प्रतिस्पर्धा गरिरहेको बुझिन्छ। यता बैंकहरुले लगानी योग्य पुँजी अभाव हुँदा कर्जामा समेत विस्तार गर्न सकेको देखिदैन। सोही अवधिमा बैंकहरुको कर्जा लगानी मात्रै २ प्रतिशतले वृद्धि भएको छ। तर दुई साता यता बैंकहरुले प्रदान गर्ने कर्जामा ०. ७२ प्रतिशत -११ अर्ब रुपैयाँ) र निक्षेपमा ०. ०९ प्रतिशत (२ अर्ब रुपैयाँ) ले मात्र वृद्धि भएको छ। बैंकहरुले कर्जा लगानी बिस्तार गर्न लगानी योग्य रकम अभाव हुन थालेपछि सेयर धितोमा दिइने कर्जा र अधिविकर्ष कर्जा (ओडी लोन) जारी गर्नै बन्द गरिएको खबरहरु पनि सार्वजनिक भएका छन्।
|
५ पुस, चितवन। पवित्र धार्मिक तिर्थस्थल तनहुँ र चितवनको सिमानामा पर्ने देवघाटमा पहिलो पटक एटिम सेवा सुरु भएको छ। जेष्ठ नागरिकहरुलाई सहज रुपमा बैकिङ कारोबार सेवा दिने उद्देश्य ज्योति विकास बैक भरतपुर शाखाले देवघाटमा रहेको एक्टेसन काउन्टरमार्फत पहिलो पटक एटिम सेवा सुरु गरेको हो। ५ बर्ष अगाडी पहिलोपटक देवघाटमा बैकिङ कारोबार सुरु गरेको बैकले सामाजिक उत्तर दायित्वसगैँ जेष्ठ नागरिकहरु र धार्मिक पर्यटकहरुको सहजताका लागि पहिलो पटक एटीम सेवा सुरु गरेको जयोति विकास बैक भरतपुर शाखाका प्रमुख तपेन्द्र विष्टले बताए। एटिम सेवाको एक समारोहकाबीच बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुवँर, महेश सस्कृति गुरुकुलका प्रचार्य डा. गुरुप्रसाद सुवेदी र देवघाट गाविसका सचिव बुद्धिप्रसाद भुषालले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेका थिए। सो अवसरमा बोल्दै बैकका प्रमुख कार्यकारी अधिकृत कुवँरले सामाजिक सेवासगैँ बैकले ग्रामिणस्तर निम्न वर्गका जनताको सहजताका लागि बैकिङ्ग सेवा पहुचमा पुर्याउन आफुहरु तल्लिन रहेको बताए। साथै धार्मिक क्षेत्र र जेष्ठ नागरिकहरुलाई समेत सहज रुपमा बैकमा बचत गरि पैसा झिक्न सहज होस् भनि देवघाटमा पहिलो पटक एटिम सेवा सुरु गरेको प्रष्ट पारे। यस्तै बैकले छिटै अर्को धार्मिक पर्यटकीय स्थल प्युठानको स्वर्गद्धारीमा समेत एक्टेसन काउन्टरसहितको एटिम सेवा सुरु गर्ने उनले जानकारी गराए। १ अर्ब चुक्ता पुजी नाघि सकेको बैकले छिटै ६ वटा शाखा विस्तार गर्ने समेत बैकका प्रमुख कुवँरले बताए। बैकले हाल देशभरका विभिन्न २९ वटा शाखा मार्फत आफ्नो सेवा दिदै आएको छ। बैंकले ८ देखि १५ प्रतिशत सम्म व्याजदरमा लगानी गर्दै आएको छ। भने बैकले ८ प्रतिशत ब्याज दिने गरेको बैकका डिजिएम हेमराज रानाभाटले बताए।
|
७ मसिंर, काठमाडौं। प्रभु बैंकसँग मर्जर भएको ग्राण्ड बैंकको सेयर कारोबार खुल्ने भएको छ। राष्ट्र बैंकले गत असोजको दोस्रो साता नै प्रभु बैंकको मर्जरपछि कारोबार खुला गरेको भएपनि ग्राण्ड बैंकको भने रोकिराखेको थियो। मर्जर भएको १ वर्षसम्म ग्राण्डको कारोबार खोल्न नपाइने भन्दै राष्ट्र बैंकले यसअघि निर्देशन दिएको थियो। तर प्रभु बैंकमा मर्जर भएपछि ग्राण्ड त्यसैमा विलय हुने भएकोले दुई संस्थालाई फरक/फरक व्यवहार गर्न नमिल्ने भन्दै सर्वसाधारण लगानीकर्ताले यो निर्णयको आलोचना गरेका थिए। नियमनमा राख्नै पर्ने सं्रस्थापकहरुको सेयर रोक्का गरेर अन्यकेा सेयर कारोबार खोल्नुपर्ने तर्क पनि लगानीकर्ताले गर्दै आएका थिए। प्रभु बैंकले पनि प्रभुको नाममा ग्राण्डका लगानीकर्तालार्य सेयर दिएको थिएन यद्यपी ग्राण्डको पनि कारोबार खोल्न भने पहल गरिरहेको थियो।
|
७ मसिंर, काठमाडौं। समस्याग्रस्त संस्थाको रुपमा बाँकी रहेकामध्ये आठ संस्था तीन महिनाभित्र सञ्चालनमा आउने राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बताएका छन्। नयाँ व्यवस्थापन र सञ्चालक सहित विहीवार सञ्चालनमा आएको जनरल फाइनान्सको पहिलो कारोबार सुरुवात अवसरका आयोजित कार्यक्रममा नेपालले यस्तो जानकारी दिएका हुन्। ‘अहिले ११ वटा समस्याग्रस्त संस्था बाँकी छन्, एउटै संस्थामा ५/६ समूहले समेत आवेदन दिएका छन्। यस आधारमा हेर्दा सबै संस्था पुनः सञ्चालनमा आउने सम्भावना छ, ’ गभर्नर डा. नेपालले बताए। गभर्नरका अनुसार आठ संस्थाको भने एमओयु (मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ) सम्झौता भइसेकेको छ। सञ्चालकहरुमा संस्थामा रहेको सबै पुँजी आफ्नो हो भने भावनाले अनावश्यक रुपमा पूँजी चलाउदा संस्थाहरु समस्यामा आउने गरेको नेपालले बताए। उनले सेयर सूचीकरण भएपछि सेयर बजारले नै लगानीकर्तालाई धनी बनाईदिने भएकोले अन्य पूँजीमा लोभ गरेर हस्तक्षेप गर्न नहुने समेत सुझाव लगानीकर्ताहरुलाई दिए। नेपाल जस्तो सानो अर्थतन्त्रमा पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालन विश्व स्तरको रहेको भन्दै गैरआवासीय नेपाली संगठनका अध्यक्ष शेष घलेले तारिफ गरे। ‘ अहिले विश्वका कतिपय देशमा बैंक तथा वित्तीय संस्थाहरु समस्याग्रस्त भइरहेको खबरहरु आइरहेका छन्, तर नेपालमा पछिल्लो केही समययता यो समस्या निकारण जस्तै भएको देखिन्छ, यो गर्व गर्न लायक विषय हो, ’ घलेले उल्लेख गरे। कम्पनीका सेयर लगानीकर्ता आरके शर्माले गैरआवासीय नेपालीहरुले नेपाललाई सधै माया गरिरहेको र भविष्यमा देशमा नै फर्केर आउनुपर्ने अवस्था पनि रहेकोले अहिलदेखि देश निमाणमा सहयोगी काम गरिरहेको जानकारी दिए। कम्पनीले धनराज भँडेलको खाता खोलेर समस्याग्रस्त भएपछिको पहिलो कारोबार सुरु गरेको जानकारी दिएको छ। कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०७० सालमा समस्याग्रस्त घोषणा गरेको थियो।
|
७ मसिंर, काठमाडौं। नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने अनुमती पाएको छ। कम्पनीले पुस ६ गते बोर्डबाट यस्तो अनुमती पाएको हो। २० प्रतिशत बोनस सेयरको समेत घोषणा गरेको कम्पनीले हकप्रद सेयर जारी गरेपछि चुक्ता पूँजी ७१ करोड रुपैयाँ पुग्ने छ। हकप्रदमा आवेदन दिने लगानीकर्ताले कम्पनीले दिन लागेको बोनस सेयर पाउने सम्भावना भने कम रहेको छ। त्यस्तै, नेपाल बंगलादेश बैंकले पनि पुस चार गते १० बराबर आठ कित्ता हकप्रद सेयर जारी गने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको छ। हाल चुक्ता पूँजी चार अर्ब एक करोड रहेको बैंकको हकप्रद पछि चुक्ता पूँजी ७ अर्ब २२ करोड पुग्ने छ। बैंकले ३२ प्रतिशत बोनस सेयरको समेत प्रस्ताव गरेको छ।
|
८ पुस, काठमाडौं। आइतवारबाट नयाँ सेयर (एफपिओ) जारी गर्न लागेको नेपाल एसबिआई बैंकले इक्रा रेटिङबाट ग्रेड २ रेटिङ प्राप्त गरेको छ। बैंकको समग्र आधारभुत पक्ष औसतभन्दा माथी रहेको संकेत यसले गर्छ। बैंकले ६७ हजार सात सय ६७ कित्ता सेयर जारी गर्ने भएको हो। सकारात्मक पक्ष राम्रो बजार हिस्सा (समग्र बैंकिङ क्षेत्रमा चार प्रतिशत हिस्सा) गुणस्तर सम्पत्ती (यो सुचकमा थप सुधार, भुक्तान हुन बाँकी कर्जा १. ४९ प्रतिशतबाट घटेर ०. ७६ प्रतिशतमा सिमित) कम लागतको निक्षेपमा वृद्धि, हाल ५१ प्रतिशत (चालु तथा बचत खाता) सचेत भएर लगानी विस्तार खराब कर्जा ०. १४ प्रतिशतमा सिमित जोखिम भारित सम्पत्तीको तुलनामा पूँजी अनुपात १३. ५८ प्रतिशत (आवश्यक अनुपात ११ प्रतिशत) पुँजी परिचालनमा सहज अवस्था नकारात्मक पक्ष निक्षेपमा उच्च केन्द्रिकरण (मुख्य २० निक्षेपकर्ताको हिस्सा ३७ प्रतिशत) लगानी वृद्धिदर १७ प्रतिशत (समग्र क्षेत्रको दर २१ प्रतिशत) कर्जा केन्द्रिकरणको अवस्था मध्यम (मुख्य २० निक्षेपकर्ताको हिस्सा २४ प्रतिशत) अन्य जानकारी ठुला संस्थागत कर्जा ६७ प्रतिशत खुद्रे कर्जा २९ प्रतिशत साना तथा मझौला कर्जा ४ प्रतिशत कुल कर्जामा १. ६ प्रतिशत बराबरको कर्जा पुनरतालिकिकरण गरिएको स्टेट बैंक अफ इण्डियाको ५५ प्रतिशत लगानी कर्मचारी सञ्चय कोष १५ प्रतिशत लगानी यस्तै, २५ प्रतिशत हकप्रद सेयर पारी गर्न लागेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि इक्रा नेपालबाट ग्रेड थ्री रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको समग्र आधारभुत पक्ष औसत रहेको संकेत गर्छ। सकारात्मक पक्ष बीमा क्षेत्रको ठुलो खेलाडी मध्ये एक जोखिम बहन क्षमता वृद्धिसँगै २ वर्षयता आफैले दायित्व बहन गरेको प्रिमियम ४९ प्रतिशत खुद प्रिमियम आर्जनमा समष्ठिगत बार्षिक वृद्धिदर २८ प्रतिशत समष्ठिगत बार्षिक वृद्धिदर ५३ प्रतिशत लगानीबाट हुने आम्दानीको प्रतिलब्धि दर ७ प्रतिशत (बैंकमा निक्षेप र सरकारी ऋणपत्र) नकारात्मक पक्ष सञ्चालनको लामो अनुभव अभाव लगानीबाट हुने आम्दानीको प्रतिलब्धि दरमा गिरावट अन्य जानकारी सिद्धार्थ बैंकको १५ प्रतिशत लगानी मोटर बीमा ७८ प्रतिशत अग्नि बीमा १५ प्रतिशत मेरिन र विविध ३/३ प्रतिशत
|
१३ पुस, काठमाडौं। बैंकहरुले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक ) को व्याजदर १. ९७ देखि ४. ७१ प्रतिशतसम्म पुगेको छ। मंगलवारसम्ममा बिकास बैंकहरुले अन्तर बैंक कर्जामा ४. ७१ प्रतिशतसम्म र वाणिज्य बैंकहरुले १. ९७ प्रतिशतसम्म व्याज दर तिरीरहेका छन्। पुँजी अभावमा बैंकहरुले एकअर्कासँग सापटमा यस्तो कर्जा लिने गरेपनि यो पुँजी ग्राहकहरुले लिने कर्जा लगानीको लागि भने प्रयोग हुँदैन्। ‘यस्तो कर्जा लिने मुख्य उदेश्य भनेको राष्ट्र बैंकले तोकेको नगद मौज्दात अनुपात (सीआरआर) मिलानको लागि मात्र हुन्छ, ’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेश्वर ढुंगानाले भने। तर राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डित भने निक्षेप र कोर पुँजीको तुलनामा कर्जा अनुपात (सीसीडी रेसियो) तोकिएको ८० प्रतिशतभन्दा निकै कम रहेकाले यसरी पनि कर्जा उठाएर अल्पकालिन लगानी गर्न सक्ने अवस्था हुने बताउछन्। बैंक तथा वित्तीय संस्थाले वर्गअनुसार राष्ट्र बैंकमा कुल निक्षेपको ४ देखि ६ प्रतिशतसम्म रकम राखेर नगद मौज्दात अनुपात कायम गर्नुपर्छ। अन्तर बैंकमा लिने कर्जा यस्तो अनुपात कायम राख्न मात्र प्रयोग गरिने चलन छ। अहिले बजारमा लगानी योग्य रकम अभाव भएकाले पनि बैंकहरुले अन्तरबैंक कर्जा बढाएर सीआरआर मेनटेन गर्ने र आफुसँग भएको पुँजी लगानी गर्ने गरिरहेका छन्। यता, बैंकहरुले कर्जा लगानी गर्नुअघि सीसीडी रेसियो पनि कायम गर्नुपर्छ। राष्ट्र बैंकले तोके अनुसार यो रेसियो पुगेकोले बैंकहरुमा लगानी योग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहेका छन्। ‘हामीहरुसँग पुँजी नभएको होइन, हामी अहिले पनि राष्ट्र बैंकले बजारबाट पैसा उठाउन प्रयोग गरिरहेको उपकरणहरुमा लगानी गरिरहेका छौं, तर समस्या लगानी योग्य पुँजी नभएर आएको हो, ’ ढुंगानाले स्पष्ट पारे। सीसीडी रेसियो कायम गरेपछि बैंकहरुसँग थप २० प्रतिशत पुँजी रहन्छ। यो पुँजी कर्जा लगानीको लागि प्रयोग गर्न पाइदैन् तर राष्ट्र बैंकले जारी गर्ने बिभिन्न उपकरण खरिदमा प्रयोग गर्न सकिन्छ। बजारबाट पुँजी उठाइरहेको राष्ट्र बैंकले तरलता संकट निम्त्याएको हो? बजारमा तरलता अभाव भइरहेको समयमा पनि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरिरहेको (प्रणालीबाट रकम खिचिरहेको) छ। तर यही कारण बजारमा लगानी योग्य रकम नघटेको बैंकरहरु बताउछन्। ‘हामीले बुधबार नै पनि ७९—८० करोड रुपैयाँ लगानी गरेका छौं, हामीसँग कर्जा लगानी गर्न पाउँने अधिकक्तम सीमासम्म प्रयोग गरेर बाँकी रहने २० प्रतिशत पुँजीबाट लगानी गरेका हौं, ’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले उल्लेख गरे। कर्जा लगानी योग्य रकम रहेरपनि लगानी क्षेत्र नपाएका संस्थाले पनि यस्ता उपकरणमा लगानी गर्ने सम्भावना भने रहन्छ। तर, बजारमा तरलता संकट भइरहेको समयमा कर्जा लगानी गर्ने पुँजी भने यस्तोमा लगानी नहुने बैंकरहरुको दाबी छ। रिभर्स रिपोमा बैंकहरुको सहभागिता ४/५ हाराहारीमा सिमित हुनुले पनि यसलाई प्रष्ट्याउछ। बैंकहरुले रिभर्स रिपोमा १ प्रतिशत पनि व्याज पाएका छैनन्। माघमा बढ्न सक्छ कर्जाको व्याज दर बैंकर ज्ञानेन्द्र ढुंगाना माघपछि भने कर्जाहरुको व्याजदरमा १ प्रतिशतसम्म वृद्धि हुन सक्ने बताउछन्। ‘निक्षेपको व्याज दर बढेको करिब डेढ महिना भइसकेको छ, माघपछि भने कर्जाको व्याजदर पनि १ प्रतिशतसम्म बढ्ने सम्भावना छ, ’ उनले भने। पुस मसान्तमा अग्रिम कर तिर्ने समय हुँदा बैंकिङ प्रणलीमा पनि केही रकम भित्रने र माघदेखि सरकारी खर्च पनि बढ्नसक्ने भएकोले तरलताको समस्या ठुलो नहुने उनको भनाई छ। यद्यपी निक्षेपको लागत बढेकोले माघपछि १ प्रतिशतसम्म कर्जाको व्याजदर बढ्ने अनुमान उनले गरेका छन्। कति पुग्यो निक्षेपको व्याज दर? पछिल्लो समय बैंकहरुले मुद्धती निक्षेपमा ८ देखि ९ प्रतिशतसम्म व्याज दिने सुचना जारी गरेका छन्। तर बजारमा भने निक्षेपको व्याजदर ११ देखि १२ प्रतिशतसम्म पुगेको चर्चा सुरु भएको छ। ‘सामान्यतया मुद्धती निक्षेपको खाताको व्याजदर एक पटक तोकिएपछि केही अवधिसम्म त्यही रहन्छ, तर बोलकबोलबाट लिने निक्षेपको हकमा भने यही नै भन्ने हुँदैन्, ’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने। संस्थागत निक्षेप (सेनाहरुको कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा समिति लगायतले राख्ने निक्षेप)मा बैंकहरुले बोलकबोल मार्फत् व्याजदरमा प्रतिस्पर्धा गर्छन्। अहिले बजारमा यस्तो निक्षेपमा बैंकहरुले व्याजदर १२ प्रतिशतसम्म दिन थालेको चर्चा सुनिन थालेको छ। तर राष्ट्र बैंक भने यसलाई स्वीकार गर्न तयार छैन्। ‘पेट्रोल, सुनको जस्तो दिनानुदिन निक्षेपको व्याजदर बढ्ने भन्ने हुदैन्, ’ राष्ट्र बैंकका सहप्रवक्ता पण्डितले उल्लेख गरे। बैंकर ढुंगाना र दाहाल पनि संस्थागत निक्षेपमा बैंकहरुले ११ प्रतिशतसम्म व्याजदर तिरिरहेको जानकारी आफुहरुलाई भएको तर त्योभन्दा बढि पुगेको बारे थाहा नभएको बताउछन्।
|
१४ पुस, काठमाडौं। ३३. ४ मेगावाट जडित क्षमताको लिखु-२ जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले ४ अर्व ५१ करोड रुपैयाँ कर्जा लगानी गर्नेबारे प्रवर्धक कम्पनी र बैंकहरुबीच सम्झौता भएको छ। यो आयोजना ग्लोबल हाईड्रोपावर एसोसिएट प्रालिले प्रवर्द्धन गर्दै हाल निर्माण गर्न लागेकोे हो। यसका अन्य सहभागी बैंक तथा वित्तीय संस्थाहरु मेगा बैंक नेपाल, नेपाल एसबिआइ बैंक, नेपालबंग्लादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेण्ट बैंक रहेका छन्। आयोजनाको लगानी संरचनाअनुसार कुल लागत ६ अर्व २ करोड मध्ये ७५ प्रतिशत वैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवर्द्धकको लगानी रहने छ। बैंकहरुद्धारा कर्जा लगानीगर्ने निश्चित भएपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने निश्चित भएको छ। लिखु-२ जलविद्युत आयोजना रामेछापको गुम्देर गाविस र सोलुखुम्बु जिल्लाको भकञ्जे गाविसमा अवस्थित छ। २४२ मिटर हेड र १६. ५ क्युसेक (डिजाइन डिस्चार्ज) पानीवालुवा थेग्रायाई करिवन ७ किलोमिटर सुरुङ तथा ४८९ मिटर पेनस्टक पाईपको माध्यमले विद्युतीय उर्जा उत्पादन गरिनेछ। अध्ययनअनुसार आयोजनाबाट वाषिर्क १८ करोड २५ लाख ९० हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ। उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौताअनुसार न्यू खिम्ती सव स्टेशनसम्म आयोजनाले प्रसारणलाईन निर्माण गरी त्यहाबाट राष्टि्य प्रसारण प्रणालीमार्फत स्वदेशमै आन्तरिक खपतको लागि वितरण गरिने छ। आयोजना समयमै सम्पन्न गर्न प्रवर्द्धक कम्पनिले सरकारलाई “परफमेन्स सेक्युरिटी” बुझाएको छ।
|
१७ पुस, काठमाडौं। आइतबारबाट एसिसी बैंकले एकिकृत कारोबार सुरु गरेको छ। एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक एनसिसीसंग मर्ज भएका हुन्। मर्जरपछि पनि एनसिसी बैंकको नाममै बैंकको कारोबार हुनेछ। मर्जर पूरा भएसँगै राष्ट्र बैंकले सोमबारबाट सञ्चालक समिति जिम्मा लगाएर बाहिरिने छ। एनसिसीमा गाभिएपछि एपेक्सका लगानीकर्ताले १ सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले शेयर पाएका छन्।
|
१७ पुस, काठमाडौं। चालु आवको चार महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा २ खर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। यसमध्ये १ करोड रुपैयाँसम्मका आवसीय घर कर्जामा मात्रै १ खर्ब ५५ करोड रुपैयाँ लगानी गरेको देखिन्छ। १ करोड माथीका घरजग्गा कर्जामा भने १ खर्ब १४ अर्ब रुपैयाँ लगानी भएको छ। गत आव अन्त्य अर्थात असारसम्ममा भएको लगानीको तुलनामा ३३ प्रतिशतले वृद्धि हो। असारसम्ममा बैंक तथा बैंक तथा वित्तीय संस्थाले १ करोड माथीका घरजग्गा कर्जामा ८५ अर्ब रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांकले देखाउँछ। बैंकहरुको यो अवधिमा भएको कुल कर्जा लगानीको आधारमा सबै किसिमका घरजग्गामा गएको कर्जा भने १५ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाले १७ खर्ब ९३ अर्ब रुपैयाँ कुल कर्जा लगानी गरेका छन्। १ करोड माथीका घरजग्गा कर्जामा मात्रै कुल कर्जाको ६ प्रतिशतभन्दा बढि लगानी भएको छ। पछिल्लो समय घरजग्गा कारोबारमा वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानीमा पनि वृद्धि भएको देखिएको छ। यता बैंक तथा वित्तीय संस्थाले सेयरमा ३९ अर्ब १८ करोड रुपैयाँ सेयर धितोमा कर्जा (मार्जिन लोन) दिएका छन्। बैंकहरुले ओभर ड्राफ्ट लोनबाट पनि घरजग्गा कर्जा र सेयर कर्जा प्रवाह गरेको आशंका गर्न थालिएको छ। अहिले घरजग्गा कर्जामा खेलोफड्को बढ्न थालेपछि पनि मूल्य आकासिएको र यसले वित्तीय क्षेत्रमा समेत संकट ल्याउन सक्नेमा विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन्। यद्यपी हाल भने बैंकहरु तरलता अभावको समस्यामा रहेकोले यी दुवै क्षेत्रको कर्जा प्रवाहमा केही कडाई गर्न थालिएको बैंकहरुले बताउदै आएका छन्। हाल बैंक तथा वित्तीय संस्थाले ८ देखि १५ प्रतिशतसम्म व्याज दरमा घरजग्गा कर्जा दिइरहेको उनीहरुको वेबसाइटले देखाउछ।
|
१८ पुस, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपीओ पुस २७ गतेबाट निष्कासन सुरु हुने भएको छ। कम्पनीको आवहान पत्र मंगलवार नै प्रकासित हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले बताए। ‘सेयर जारी गर्नुभन्दा ७ कार्य दिन अगाडी आवहान पत्र निष्कासित गर्नुपर्छ, हामीले पुस २७ गते सेयर निष्कासन गर्ने भएका हौं, ’ तिमिल्सिनाले भने। नियमअनुसार कम्तिमा चार कार्य दिनसम्म सेयर बिक्री खुल्ने व्यवस्था रहेको छ। यस आधारमा कम्पनीको सेयर बिक्री छिटोमा माघ २ गतेसम्म खुला रहने छ। कम्पनीले प्रिमियमसहित १ हजार ४ सय २५ सेयर जारी गर्ने स्वीकृती धितोपत्र बोर्डबाट पाएको छ। कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ जारी गर्ने भएको हो। नेपाल लाइफको एफपीओमा लगानी के कत्ति लाभ?
|
१९ पुस, काठमाडौं। राष्ट्र बैंकको एक तथ्यांकले वाणिज्य बैंकका ग्राहकले निक्षेपमा १९ प्रतिशतसम्म व्याजदर पाएको देखाएको छ। राष्ट्र बैंकले मासिक रुपमा प्रकाशित गर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धि तथ्यांकले ग्राहकले कात्तिकमा यो दरसम्म निक्षेपमा व्याज पाएको देखाउँछ। २ वर्षभन्दा माथीको निक्षेपमा वाणिज्य बैंकहरुले १९ प्रतिशतसम्म व्याज दर दिएका हुन्। २०७२ असारमा यस्तो निक्षेपमा व्याज दर १६ प्रतिशत रहेको थियो। यो निक्षेपमा न्यनत्तम ब्याज दर भने २. ९९ प्रतिशतसम्म रहेको देखिन्छ। ‘म यकिनसँग भन्न सक्दिन कि यसमा त्रुटी भएको हो वा कतिपय अवस्थामा बिकास बैंक वा वित्त कम्पनीले ५ वर्षमा निक्षेपको व्याज दर दोब्बर हुने योजनाहरु पनि सञ्चालन गरेका छन्, त्यस्ता संस्था गाभेका वाणिज्य बैंककोमा यस्तो देखिएको हुन सक्छ, ’ नेपाल बैंकर्स एशोसिएशनका पुर्व अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए। एक महिनासम्मको निक्षेपमा नै वाणिज्य बैंकहरुले व्याज दरमा ५ प्रतिशत बिन्दुसम्म वृद्धि गरेको देखिन्छ। २०७२ असार महिनामा यो अवधिको निक्षेपमा अधिकत्तम १२ प्रतिशतसम्म व्याज दर रहेकोमा २०७३ कात्तिकमा १७. ५५ प्रतिशतसम्म पुगेको तथ्यांकले देखाउँछ। २०७३ असारमा यो निक्षेपमा व्याज दर बढेर १४. ५० प्रतिशत पुगिसकेको थियो। यो निक्षेपमा पनि न्युनत्तम ब्याज दर भने १. १३ प्रतिशतबाट बढेर २. २५ प्रतिशतसम्म पुगेको छ। वास्तवमा ग्राहकले यति नै व्याज दर पाएका हुन् त भन्ने प्रश्नमा राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलले यो तथ्यांक आफुले हेर्न बाँकी रहेको जवाफ दिए। ‘म अहिले बाहिर छु, जवाफ दिन मैलेपनि एकपटक हेर्नै पर्छ, ’ प्रवक्ता पौडेलले भने। पछिल्लो समय बैंकहरुमा तरलता अभाव देखिन थालेपछि उल्लेख्य व्याज दर दिएर निक्षेप आकर्षित गर्ने अभियानमा बैंक तथा वित्तीय संस्था लागेका छन्। एक बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार पुस ८ गतेसम्ममा बैंकहरुले आफ्नो निक्षेपको करीब ८२ प्रतिशत रकम कर्जा लगानी गरेका छन्। सो तथ्यांक अनुसार १८ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १५ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटल र निक्षेप जोडर हुने कुल रकम (सीसीडी)को ८० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउँने व्यवस्था छ। कर्जामा लगानी उच्च दरले बढेको र निक्षेपमा वृद्धि हुन नसकेकोले थप लगानी योग्य पुँजी अभाव भएको बैंकहरुले बताउँदै आएका छन्। केही दिनयता, बैंक तथा वित्तीय संस्थाले ब्याज दर बढेको सुचना तथा विज्ञापन धमाधम सार्वजनिक गरिरहेका छन्। औपचारिक रुपमै बैंक तथा वित्तीय संस्थाले संस्थागत बाहेक व्यक्तिगत निक्षेपकर्तालाई पनि १० प्रतिशतसम्म व्याज दर दिन थालेका छन्। जनता बैंकले आगामी २७ गतेसम्म १ सय दिने निक्षेप योजनामा बार्षिक १० प्रतिशत व्याज दर दिने घोषणा गरेको छ।
|
२० पुस, काठमाडौं। प्राथमिक सेयरमा आवेदन दिदा लगानीकर्ताको बैंकमा रहेको बचत खातामा रकम रोक्का रहने प्रणाली (आस्वा) नेपाल लाइफ इन्स्योरेन्स र समता माइक्रोफाइनान्सको सेयर निष्कासनमा लागु नहुने भएको छ। ‘हामीलाई लगानीकर्ताहरुले सोधि रहेका छन्, तर हामीले पुसअन्त्यबाट नै सेयर जारी गर्न लागेकोले माघपछि लागु हुने नियम बाध्यकारी नहुनु पर्ने हो, ’ सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिलसिनाले भने। समताको सेयर बिक्री पुस २२ गतेसम्म खुला रहनेभएपनि सबै सेयर बिक्री हुन नसकेमा ढिलोमा माघ ४ गतेसम्म खुल्ने उल्लेख गरेको छ। यता, पुस २७ गतेबाट निष्कासन खुला रहेको नेपाल लाइफको एफपीओ माघ २ गतेसम्म बिक्री खुला रहने छ। त्यो अवधिमा पनि बिक्री नभएमा भने माघ १२ गतेसम्म खुला रहने छ। माघपछि सेयर जारी गर्ने कम्पनीलाई पनि यो नीति भने बाध्यकारी नभएको धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले बताए। पहिलो चरणमा बाध्यकारी गरेर लैजान गाह्रो हुने भएकोले पनि यो सुविधा दिइएको गिरीले बताए। आस्वा लागु गर्दा बैंकहरुले केही दिनअघि नै धितोपत्र बोर्डमा लिइने शुल्क बारे जानकारी समेत दिनुपर्ने हुन्छ। धितोपत्र बोर्डले आस्वा सुविधा दिने बैंकहरुले ५० कित्ताभन्दा कम सेयरको आवेदनमा प्रति फारम अधिकत्तम ५० रुपैयाँ र ५० कित्ताभन्दा माथी जतिको आवेदनमा पनि प्रति फारम २ सय रुपैयाँभन्दा बढि लिन नपाइने व्यवस्था गरेको छ। यो सीमामा रहेर बैंकहरुले शुल्क लिनुपर्ने र यसबारे धितोपत्र बोर्डलाई पुर्व जानकारी दिनुपर्ने हुन्छ। हालसम्म भने आस्वा सेवा दिन पुस ८ गतेसम्म ११ वटा बाणिज्य तथा बिकास बैंकले धितोपत्र बोर्डमा निवेदन दिएका छन्।
|
२० पुस, काठमाडौं। १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजनामा रहेको डिप्रोक्स लघुवित्त बिकास बैंकलाई इक्रा रेटिङले ग्रेड फोर प्लस प्रदान गरेको छ। कम्पनीले पाएको रेटिङले कम्पनीको समग्र अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ। यो बर्गभित्र भने कम्पनी माथिल्लो तहमा रहेको यसले संकेत गर्छ। इक्राले कम्पनीको वर्तमान र भावी सम्भावनाको आधारमा १ देखि ५ सम्मको रेटिङ प्रदान गर्छ। १ रेटिङले उत्कृष्ट र ५ रेटिङले कमजोर रहेको देखाउँछ। सकारात्मक स्वस्थ ट्रयाक रेकर्ड (सन् २००१ बाट सञ्चालित) बलियो सञ्जाल (४७ जिल्लामा ८१ शाखा) स्वस्थ कर्जामा वृद्धि (३९ प्रतिशत) बलिया संस्थापक (६५ प्रतिशत सेयर लगानी हिस्सा) तथा पुँजी स्रोतको रुपमा ४१ बैंक तथा वित्तीय संस्था स्वस्थ मुनाफा दर (नेटवर्थमा प्रतिफल ४० प्रतिशत) पर्याप्त पुँजी अनुपात: १७ प्रतिशत (आवश्यक ८) सम्पत्तीमा प्रतिफल ५ प्रतिशत तर वृद्धिको आधार स्प्रेड स्वस्थ खुद ब्याज आम्दानी (औसत कुल सम्पत्तीको १. ५० प्रतिशत) नकारात्मक हालै घोषणा भएको ७ प्रतिशत स्प्रेड दर हुनुपर्ने व्यवस्था (लागु हुन बाँकी) वाणिज्य बैंकहरुले प्रत्यक्ष रुपमा विपन्न बर्गमा २ प्रतिशत कर्जा लगानी गर्नुपर्ने नीति (प्राप्त पुँजी स्रोत गुम्दै) कुल पुँजी स्रोतमध्ये ६८ प्रतिशत पुँजी बैंकहरुबाट खराब सम्पत्ती ०. ८२ प्रतिशत (भुक्तानी समयावधी नाघेको कर्जा १ प्रतिशत ) कमजोर क्षमताका ऋणीमा कर्जा प्रवाह (८५ प्रतिशत) सम्पत्तीमा प्रतिफल उच्च भएपनि वृद्धिको आधार स्प्रेड, यसमा कडाई हुँदै
|
अर्जेन्टिनाको जर्सी लगाएर नेविसंघको आन्दोलन पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध कांग्रेसको विद्यार्थी संगठन नेविसंघ यतिखेर आन्दोलनमा छ। आन्दोलनका क्रममा भक्तपुरमा भने रमाइलो दृश्य देखियो। नेविसंघले निकालेको मसाल जुलसमा एक आन्दोलनकारी अग्रपंक्तिमा अर्जेन्टिनाको जर्सी लगाएर उपस्थित थिए। विश्वकप नजिकिँदैछ। जर्सी बिक्री बढेको छ, त्यो त जगजाहेर छ। तर आन्दोलनमा समेत जर्सी लगाएर आएको देख्दा भने अनौठो नै देखियो। प्रदर्शनकारीहरुलाई प्रहरीले लखेटेको पनि थियो। तर धन्न यी अर्जेन्टिनी फ्यान आन्दोलनकारीलाई केही भएन। पछि कोणसभामा भाषण गर्न पाए।
|
समृद्ध नेपाल: टिभीको कार्यक्रमको लोगो फाइभ स्टार होटलमा सार्वजनिक, प्रधानमन्त्री प्रमुख अतिथि राजालाई फाल्ने आन्दोलन हुँदा ‘नयाँ नेपाल’ शब्द खुबै चलेको थियो। अब यो शब्द पुरानो भयो। अचेल त समृद्धि शब्द खुबै चलेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा त छिमेकी देश भारतका प्रधानमन्त्री मोदीले समेत भट्याइरहन्थे यता आउँदा। नारामात्र लगाएर भएन, काम पनि हुनुपर्यो, व्यवहारमा पनि देखिनु पर्यो। त्यही भएर अचेल समृद्धिका लक्षणहरु विभिन्न कार्यक्रमहरुमा देखिन थालेको छ। आज सोमबारकै उदाहरण लिउँ। आज एउटा टिभी कार्यक्रमको लोगो सार्वजनिक गर्ने इभेन्ट फाइभ स्टार सोल्टी होटलमा भयो। त्यसमा प्रमुख अतिथि थिए स्वयं प्रधानमन्त्री केपी शर्मा ओली।
|
नेपालमा फटाफट क्रान्ति गर्छु भन्नेहरू सफल हुँदैनन् भन्ने कुरा आर्य समाजीहरूको असफल हतारोले नै पुष्टि गरेको छ। पण्डित गुरुदत्त। स्वामी दयानन्द सरस्वती र उनका चेलाहरूद्वारा धेरै गुरुकुल स्थापना गरिए। ती गुरुकुलहरूबाट स्वाधीनताको भावनाले प्रेरित विद्वान्हरू निस्के। पछि गएर भारतलाई स्वाधीन गराउन तिनीहरूको ठूलो देन रह्यो। यो अंकमा दयानन्द सरस्वतीको मतबारे अलिकति चर्चा गरौं। दयानन्द सरस्वती योगी थिए। मूर्ति पूजाका पूरा विरोधी उनी पौराणिक ग्रन्थहरूलाई पनि मान्दैनथे। मूर्ति पूजा, कर्मकाण्ड, पुराणलाई नमाने पनि वेद र वेदोक्त यज्ञानुष्ठानमा भने अत्यन्त श्रद्धा राख्तथे। वेद पढ्नु र यज्ञ गर्नु नै यिनको मुख्य उद्देश्य थियो। मूर्तिपूजाको प्रथमाप्रथम खण्डन भने दयानन्दले गरेका होइनन्। ज्ञानीको लागि कर्मकाण्डको कुनै प्रयोजन छैन भन्ने मत पहिल्यैदेखि थियो। ज्ञान वैराग्य पैदा नहोउन्जेल कर्म गर्नू, पूजापाठ गर्नू भन्ने कुरा वेदान्ती सबैले मानेकै हो। शंकराचार्यले पनि ‘अज्ञानीका लागि मात्रै हो मूर्तिपूजा’ भनेका छन्। विद्वान्का लागि चार वेद र वेदाङ्ग पूर्ण छन्, स्त्री, शूद्र र अपठितका लागि मात्र अठार पुराणको प्रयोजन छ भन्ने कुरा पुराणग्रन्थमै उल्लेख छ। धेरै सन्त कविले यस मतलाई पल्लवित पारे। तिनमा प्रसिद्ध सन्त विसोबा र उनका शिष्य नामदेव उल्लेख्य छन्। तीर्थव्रत, उपवास आदि सबै बाहिरी व्यवहारलाई व्यर्थ बताएका सन्त विसोबाले चित्तशुद्धि र हरिभजनलाई उत्तम मार्ग कहेका छन्। पत्थरका देवता न बोल्छन् न खान्छन्, मूर्खतावश पुजारीहरू उसैका लागि सबै सुम्पन्छन् भन्ने उपदेश उनका हुन्थे। उनका एक मुसलमान शिष्य जुलाह कवीरका नामले प्रख्यात कवि थिए, जसले हिन्दू र मुसलमानलाई लक्ष्य गरेर थुप्रै चाखलाग्दा पद्यहरू लेखे। जस्तो: पाहन पूजे हरि मिलैं तो मैं पूजौं पहार ता तैं ए चाकी भली पिस खाए संसार काँकर पाथर जोरी कै मसजिद लई चुनाय ता चढी मुल्ला बाँग दे क्या बहरा हुवा खुदाय। (हिन्दूलाई– पत्थर पुज्दा हरि मिल्ने भए म पहाड नै पुज्नेथिएँ, त्योभन्दा त जाँतोलाई पुज्नु उत्तम, जसले संसारलाई पीठो त ख्वाउँछ। मुसलमानलाई– खुदा बहिरो छ र ढुंगामाटो जोडेर बनाएको मस्जिदमा चढेर मुल्लाह कराउने! ) यस्ता अनेक फकिर कविहरूले राम र कृष्णको सादा भक्तिलाई आत्मशुद्धि तथा मुक्ति मार्ग मान्दै मूर्तिपूजाको खिल्ली उडाए। दयानन्दले यसलाई अझ् तार्किक ढंगले प्रचार–प्रसार र संस्थागत गराए। राष्ट्रिय स्वाधीनताको भावनाले उद्वेलित भारतीय जनमानसमा यो सम्प्रदाय निकै प्रतिष्ठित र प्रिय भयो। यसरी भारतमा प्रचलित आर्यसमाजको प्रभाव नेपालमा पनि छिटफुट पर्न लाग्यो। केही नेपालीले भारतका गुरुकुलमा पढ्ने अवसर पनि पाए। सत्यार्थप्रकाश जस्ता सरल हिन्दी भाषामा लेखिएका ग्रन्थले कति नेपालीको मनलाई आन्दोलित पार्यो। भारतमा आर्य समाजीहरू सनातनी पण्डितहरूसँग शास्त्रार्थ गर्दै हिंड्थे। आर्य समाजीका तीक्ष्ण तर्कका अगाडि सनातनी पण्डितहरू त्यसै परास्त हुन्थे र उनका लागि आर्य समाजीहरूलाई नास्तिक भनेर निन्दा गर्नु शिवाय अर्को उपाय हुँदैनथ्यो। त्यो वेला काशीमा रहेका नेपाली नवयुवक माधवराज जोशी पनि आर्य समाजमा दीक्षित भएर आए। उनले नेपालमा आर्य समाजको प्रचार गर्न थाल्दा यो सम्प्रदाय पनि धर्मको एक पन्थ हो भन्ने परेरै होला, कुनै विरोध भएन। त्यसो त, नेपालमा जोसमनी सन्त र गीतावालेको परम्परा पहिल्यैबाट चलेको थियो। उनीहरू ‘मन चङ्गा त कठौती (काठको आरीको पानी) मा गङ्गा’ भन्दै पूजा–तीर्थव्रतको उपहास गर्थे। माधवराज जोशीको मत पनि आठ–दश वर्षसम्म त्यस्तै गरी प्रचारित भयो। त्यसको न ठूलो समर्थन न त विरोध नै भयो। नेपालमा प्राचीनकालदेखि धार्मिक समन्वयकै भावना चलेर आएको थियो, छ। मुसलमानहरूले पनि शासककै आश्रयमा आनन्दसँग आफ्नो धर्म मान्दै आए। यहाँ एकले अर्कोको आस्थामा आघात नपारुन्जेल कसैको कुनै धर्ममा केही मतलब हुँदैन। त्यसरी, जोसमनी सम्प्रदाय पनि प्रचलित रहेकै वेला माधवराज जोशीले काठमाडौं, पोखराहुँदो आर्य समाजको प्रचार गर्दा शासक र जनता दुवैले उस्तो ध्यान दिएनन्। वि. सं. १९६१ (चन्द्रशमशेरको शासनकाल) तिर भने आर्य समाजीहरूले सनातन धर्ममा अनास्था पैदा हुने गरेर आफ्नो मत प्रचार गर्न थाले। त्यस वेला आर्य समाजको प्रचार–प्रसारमा पञ्जाबबाट आएका गुरुदत्त नामक शिखले पण्डित समाजलाई शास्त्रार्थको आह्वान गर्न लागे। उनले ‘पत्थर पुजेर केही हुँदैन, पशुपतिको पूजामा केही फल छैन, यसमा हामी शास्त्रार्थ गर्छौं’ भन्ने खालका पर्चा लेखेर ठाउँ–ठाउँमा टाँस्न थाले। त्यसरी पण्डित वर्गलाई चुनौती दिएको, सनातनदेखि चलिआएको पूजाविधि उपर आक्षेप गरेको र राष्ट्रले पुजेको पशुपतिको निन्दा गरेको कुरा चन्द्रशमशेरका कानसम्म पनि पुर्याइयो। कुरा धर्मकै थियो। आर्य समाजीहरू वैदिक यज्ञद्वारा वैदिक देवता, अग्नि आदिको आराधना उपयुक्त हो, मूर्ति पुज्नु मूर्खता हो भन्थे। त्यसरी पण्डित समाजसँग वाक्युद्ध परेको हुँदा चन्द्रशमशेरलाई दुई पक्षको शास्त्रार्थ सुन्ने इच्छा भएर सिंहदरबारकै बैठकमा भेला गराए। त्यसरी, श्री ३ महाराजकै सामुन्नेमा शास्त्रार्थ चल्दै जाँदा आर्य समाजीहरूले शूद्र र स्वास्नीमान्छेले पनि वेद पढ्नु, गायत्री जप्नु हुन्छ, पशुपति पनि ढुङ्गाकै मूर्ति कुँदेका हुन्, यिनको पूजा गर्नु आवश्यक छैन भनेर भन्दा सबै सभासद् रीसले मुरमुरिए। त्यत्तिकैमा गुरुज्यू प्रयागराज पाण्डे जुरुक्क उठेर ‘महाराज, बेअदव गरिस् भनेर रिसानी नहोस्, नेपाल राष्ट्रका संरक्षक भगवान् पशुपतिनाथको निन्दा गरेको मैले सहन सकिनँ, यी आर्य समाजीहरूलाई म यहीं महाराजका सामुन्नेमै मारिदिन्छु…’ आदि भन्दै हातको लट्ठीले पटापटी पिट्न थालेपछि चन्द्रशमशेरले सबैलाई हप्काएर थामथुम पारेर गुरुदत्तलाई उत्तिखेरै देश निकाला गरिदिने आदेश दिए। माधवराज थुनामा परे भने आर्य समाजको प्रचार कार्यालय खोल्न घर दिएको अभियोगमा मच्छेन्द्रबहालका लालसाहूलाई दिनैपिच्छे बिहान पशुपतिको दर्शन गर्न जानुपर्ने गराइयो। उनका छोराहरू शुक्रराज र अमरराज दरबार हाईस्कूलबाट निकालिए। ———- (आर्य समाजको पहिलो गतिविधिबारे अंग्रेज रेजिडेन्ट र कप्तान अष्टमानबीच भएको वार्तालापको अंश) अगस्त (१९६१, श्रावण) रेजिडन्ट– यहाँ आर्यसमाजीहरू आएका छन् रे, इनीहरूलाई के सजाय भो. कप्तान– १ जना शिख र पाटनको यौटा नेवार आर्यमतका रहेछन्. इनिहरूले शास्त्रार्थ गर्छु भनी ठाउँठाउँमा नोटि(स) समेत टाँसेका रहेछन् र इनिहरूको कुरा सुन्नलाई बैठकमा महाराजबाट बोलाइबक्स्यो र कुरा हुँदा मूर्ति किन पूजा गर्छौ, पशुपतिको पूजा नगर्नु भनि नेपालको रक्षक देवता पशुपतिको अनेक निन्दा गरेको सुनी बैठकमा गुरु प्रोहित भार्दारहरू मनमन्मा बहुत रिसायेका थिए उसैबीचमा रीस थाम्न नसकी प्रयागराज पण्डितज्यू उठि महाराजसँग के विन्ति चढायो भने इ आर्याहरू सुद्र भैकन वेद पढाएको र नेपालको रक्षा गरी राख्ने पशुपतिनाथको निन्दा गरेको मैले त सहन सकीन म इनिहरूलाई मार्छु बेअदबि गरिस् भनि बरु काशी तरफ निकला गरिबक्से पनि बरु मन्जूर्छ सहन सकीन भनी हात्मा लियेका लठीले पिट्न जब लागेथे मुरमुरी रहेका भारदारहरूमा पनि ३, ४ उठी सुद्रलाई कुटपीट गरी शिखको दारी उखेली हल्ला हुन शुरु भयो. महाराजबाट सबैलाई हप्काइबक्सी शिखलाई उत्नेखेरी नेपालबाट निकालिदिनु भनी आडर बक्सेपछि मात्र भारदाहरूले रिस थामे. ताहा माहाराजको राज नभएको भए ति दुवै जनालाई कुटेर मार्ने थिये. रे– महाराजाको सामन्ने कसो कुट्न सकेछन्. क– नेपालमा धर्मलाई खूब मान्ने हुनाले रिस थाम्न नसकेको हो. माधवराज जेल चलान (इतिहास)
|
म सम्पदा–विशेषज्ञ होइन, तर हिमाल को मेरो स्तम्भ ‘सम्पदा’ र ‘दृश्य सम्पदा’ हुँदै ‘पुस्तक सम्पदा’ सम्म आइपुगेको छ। ‘मजलिस’ पुग्यो अब– भन्लान् पाठकले पनि। क. दी. ले अरू क्यै देखेकै छैन कि क्या हो नेपालमा? पनि भन्न सक्छन्, दुई वर्षदेखि म त्यही मजलिसकै वरिपरि घुमिरहेको देख्दा। वास्तवमा कुरो के भने म आफैंसँग लेख्ने कुरा क्यै हुँदैनन् अनि सम्पादकज्यूहरूले जे जे आडर गर्छन् म त्यै त्यै पस्कने कोशिश गर्छु। तर यस पटक सम्पादकज्यूको क्यै खास आग्रह छैन, “नयाँ कुरो जे हुन्छ कोरिदिनोस् न” भन्नुभो उहाँले। त्यो ‘जे हुन्छ’ मेरा लागि पहाड फोरेको भन्दा पनि गाह्रो भयो! ‘जे हुन्छ’ मा के के हुन सक्छ कसैले विचार गरेको छ? त्यो ‘जे’ मा त विश्व ब्रह्माण्डै अटाउन सक्छ! म कुन विश्व खोज्न जाऊँ? हिमाल मा प्रारम्भ भएको मेरो स्तम्भ ‘सम्पदा’ पछि ‘दृश्य सम्पदा’ बाट समाप्त भयो। त्यसै हुँदा सम्पदाको त्यो लहरो अझ् अरू अलिकता ताने कसो होला भन्ने लाग्यो मलाई। तर सम्पदाको ताँदो कतिसम्म तन्काउन सकिन्छ मलाई थाहा भएन। भौतिक संरचना र प्राकृतिक वस्तुहरू बाहेक जात, जाति र मानव संसाधनहरू सम्पदाको घेराभित्र पर्छन् होला? संस्कृति नि? हाम्रा पुराना रीतिरिवाज र हराइसके जस्ता आचार–विचार पनि हाम्रा सम्पदा हुन् कि होइनन्– कसैले भनिदिए हुन्थ्यो। बर्खा सकिने ताका नेपाली महिलाहरूले मनाउने ‘तीज’ जस्तो चलन संसारमा अरू कतै छैन। त्यो हाम्रो सम्पदा हो कि होइन? त्यस बाहेक समाजमा चलेका तर अचेल ‘नराम्रा’ मानिने चालचलन पनि हाम्रा सम्पदा नै हुन् कि? अझ्, हालैसम्म पनि नहटिसकेको छुवाछूत र जातपात प्रथालाई के भन्ने? कुरो नराम्रो, अग्राह्य र अमानवीय नै हो। मान्नुपर्छ तर त्यो सबै अवास्तविक र अनैतिहासिक त होइनन् नि! भर्त्सना गर्नकै लागि भए पनि, तिनलाई सम्झे कसो होला? तिनको चर्चा गर्न त मिल्छ होला नि? हिमाल को आचारसंहिताले दिन्छ कि दिन्न? पाइने हो भने, पछि कुनै वेला म त्यस्तै कुराको एउटा स्तम्भ चलाउँला भन्नेमा छु। त्यो नहुञ्जेल अर्को सोच आइरहेछ जेहेनमा। नेपाली भाषामा प्रकाशित किताबको संख्या मुश्किलले ५० हजार जति पुगे होलान्। ती पनि सबै एकाठाउँमा जम्मा भएका छैनन्। नेपाली किताबहरू सबभन्दा धेरै संकलित भएको भनेको मदन पुरस्कार पुस्तकालयमा हो। तर त्यहाँ पनि ऐलेसम्म ३६ हजार मात्र पुगेका छन्। त्यति नै हुन् भन्ने मानूँ ऐलेलाई। अब ती ३६ हजारमा (हामीले पढ्नै पर्ने नभने पनि) बिर्सनै नहुने दश या बीस ओटा कुन कुन होलान्? छान्न सकिन्छ? हुन त संस्कृतमा ‘मुण्डे मुण्डे मतिर्भिन्ना’ भन्छन्। अर्थात् जति टाउका उति नै किसिमका विचार हुन्छन् रे! भन्नाले एकमत कसैको हुन्न। एकै घरका दुई जनालाई सय–सय ओटा किताब छान्न दियो भने एकअर्काले छानेका १०० मा समेत एउटै पनि नमिल्न सक्छ भने दशौटामा एकमत कसरी होला? यो भड्खालो छ। भए पनि एक फेरा कोशिश गरिहेरूँ न भन्ने विचार आयो मनमा र मैले ‘अभियान पुस्तक सम्पदा’ भनी नयाँ जमर्को गर्ने विचार गरें। पैले मैले मनैमन यस प्रकारको एउटा छनोट–संहिता बनाएँ–१. पुरानो हुँदैमा हुँदैन। २. त्यस पुस्तकले नेपाली समाजमा कुनै गहिरो छाप छाडेकै हुनुपर्छ। ३. त्यसले नेपाली भाषाको गरिमालाई कुनै न कुनै किसिमले बढाएको हुनुपर्छ। ४. त्यो किताब साहित्यिक नै हुनु जरूरी छैन र, ५. त्यो पुस्तक कसैले हेर्न या पढ्न खोज्यो भने अझै पनि उपलब्ध हुनुपर्छ। बनाउन त बनाइयो यस्तो संहिता तर म आफैंलाई धुकचुक भैरहेछ मनमा– त्यस्तो खरीमा उत्रने दश बाह्र ओटा पुस्तक ‘उधिन्न’ कसरी सकिएला मपुपु–को ‘थुप्रो’ मा। मेरो मनमा कुनै विचार फुर्न समेत नपाउँदै कविशिरोमणिले प्रयोग गरेका ती दुई अमर शब्दहरू कसरी भित्रिए मेरो यो लेखोटमा? म जिल्ल परेको छु। के यसले ‘तेरो यो छनोटमा लेखनाथ पौड्यालको एउटासम्म ग्रन्थ त पर्नैपर्छ’ भनेर सङ्केत गरेको त होइन? थाहा छैन। म साँच्चै अन्योलमा छु। त्यसै हुँदा म हाम्रो नेपाली जनअदालतमा अपील गर्दैछु यसै लेखद्वारा– मलाई मार्गदर्शन गराउनुहोस्। हामीले बिर्सनै नहुने बीस या पच्चीस नेपाली पुस्तक कुन कुन हुन्? लेखेर पठाउनोस्। कारण दिनु पर्दैन, केवल नाम तोकेर पठाइदिए पुग्छ। हिमाल कै इ–मेलमा आउन् ती सिफारिश। धेरै नाम आए भने हामी नै छोट्याउँला तिनलाई। एउटा जनमत संग्रह नै होला ‘पुस्तक–छनोट’। यौटा नयाँ परम्परा थालियोस् न!
|
महाभूकम्प र नाकाबन्दीले सताएको नेपाली समाजमा यस्ता पात्र पनि छन्, जसलाई भेट्दा जब्बर नेपाल यिनकै विवेकमा टिके झै लाग्छ। हिमाल साप्ताहिकको लागि पर्साका सीमावर्ती गाउँको स्थलगत रिपोर्टिङ गरेर काठमाडौं फर्कने क्रममा चौथो दिन १० मंसीरको बिहान हामीले धादिङको पीपलामोड नजिकै डाँडामा मोटरसाइकल बिसाएका थियौं। साथी विक्रम राईले इन्धन अभावका कारण खाली–खाली देखिएको नागबेली सडकको तस्वीर खिच्न क्यामरा निकाल्न लाग्दा मेरो ध्यान कान्लामुनिको टहरामा कोदो सुकाउन लागेकी आमैतिर तानियो। मैले पनि फोटो खिच्ने अनुमति लिंदै कुरा थालें। “मेरो खास नाम मनकुमारी हो, तर सबैले कान्छी खत्रीनी भन्छन्। अबको १२ वर्षमा सय पुग्छु। श्रीमान् उहिल्यै बित्नुभो। तीन छोरा, बुहारी र नातिनातिना छन्। उनीहरूले नै हेरिरहेका छन्, नहेरे त म बूढी कसरी बाँच्नु र! भूकम्पले घर लगे पनि मान्छे बाँचियो। दुहुनो गाईलाई पनि केही नहुँदा दूधभात खान पाइएको छ। घाँस काट्छु, खेती गर्छु। अलि फोहोर जस्तो ठाउँमा बस्न मन लाग्दैन र अलग्गै बसेकी छु। सरकारले घर बनाउन पैसा दिन्छ भन्ने सुनेकी छु तर कसैले थोरै चामल र त्रिपाल मात्र दिए। ” बोल्दाबोल्दै जरुरी केही बिर्से झै गरेर आमैले सोधिन्, “ए बाबु, भोगटे खान्छौ? मेरै बारीको हो, चार वटा ल्याएकी थिएँ, एउटा बाँकी छ। ” आमैले भित्र पसेर तुरुन्तै भोगटे ल्याएर लिन कर गर्न थालिन्। बदलामा रु. १०० दिंदै भोगटे लिन खोज्दा मानिनन्। ‘छोराहरूको तर्फबाट पनि लिनुस्न’ भन्दै पैसा थमाइदिएपछि अप्ठ्यारो महसूस गरेकी उनले फेरि सोधिन् “बाबुहरूलाई अकबरे खुर्सानी मन पर्छ? ” अचानकको यो लेनदेनबाट जिल्लिरहेकै वेला फुर्तिली आमैले एक पोको खुर्सानी ल्याएर हामीतिर बढाइन्। पैसाका लागि जे पनि भइरहेको सीमा क्षेत्रबाट फर्किएका हामी भूकम्पपीडित यी आमैको मनको अगाडि कायल भयौं। खुर्सानी लिएपछि अर्को रु. ५० आमैको हातमा थमाउन फेरि कर गर्नु पर्यो। शरीर थाकेको भए पनि दिलदिमाग चंगा पार्दै विदाको हात जोड्दा आमैले भनिन्, “विस्तारै जानू। ”
|
उनलाई लाग्छ– इलमबाट आर्थिक प्रगति गरे सब कुरा अघि बढ्छ, नत्र सबथोक जहाँको त्यहीं! नेपालभरका अक्करे भीरहरूमा निर्माणाधीन सडकहरूमा मस्तको गाना सुन्दै जीप हाँक्ने गुरुजीहरू मलाई जादूगर जस्ता लाग्छन्। उनीहरूका मनको बात सुन्ने मेसो जुराउँदै गर्दा जाजरकोटको तलि बजारमा भेटिए, मिजासका पनि धनी नवीनकुमार भण्डारी (३७)। व्यथाका कहानी खोज्नै पर्दैन, मलाई कहर जित्ने विजेता भेट्नु थियो। मैले खोजेको पात्र बजारमा बन्दै गरेको स्टाइलिस क्याफेमा कफीको चुस्की लिंदै रहेछन्। परिचयसँगै उनले छरेको अर्गानिक मुस्कानको मैले तारिफ गरें, त्यसमा झन् कसी लाग्यो। आठ पास गरेको १७ वर्षे उमेरमा दाङको लोकल बससँग साइनो जोडियो, खलासीको रूपमा। ड्राइभिङ सीटमा बस्न खूब मन लाग्ने, तर ड्राइभरले बस्नै नदिने। पछिपछि गुरुजीलाई फकाएरै ड्राइभिङ सिके। त्यही बीचमा महेन्द्रनगर–काठमाडौं चल्ने बसमा कन्डक्टर पनि बने। त्यसपछि रोल्पा–दाङ चल्ने बस चलाए। रहरै उखरमाउलो भएकोले जस्तै भीरमा पनि डर नलाग्ने। त्यसपछि पोखरा–बाग्लुङको सहज सडकमा पुगे। त्यता हुँइकिंदा–हुँइकिंदै लोकदोहोरीमा दिल बस्यो। मान्छेहरूको लवज र चरेसका थालको खाना पनि एकदमै मन पर्यो। यसरी देश चियाउन थालेका नवीनमा तन्नेरी परिपक्वता आएसँगै बायोडाटा पनि बलियो हुँदैगयो। त्यहीबीचमा कपडा व्यापारी साथीसँग मतो मिल्दा मोटर हाँक्ने कामलाई केही समय हापेर अन्य तीन तन्नेरीसँगै लागे सिंगापुरतिर। व्यापारी साथी फरर उटपट्याङ इङ्गलिस बोल्थे, तीन जना मट्ठै। विना भिसा डरले थुरुरु हुँदै मलेशियाको बोर्डर पुग्दा हेड दोस्तले सब सम्हाले। हेडले बोर्डर पुलिसलाई पासपोर्टमा २० डलर राखेर बुझाएपछि उनीहरू डुंगामा सवार भएर मलेशिया पुगे। डेक्ची–ड्राइभर त कसो नपाइएला भन्ने आँटले मलेशिया त पसियो, तर पुलिसले भेट्ला भनेर थर्थरी। डेरा–सेरा केही छैन, जहाँ रात पर्छ त्यतैको चौरमा सुत्ने। बल्लतल्ल नेपाली एम्बेसीमार्फत गरेको प्रक्रियाले एक महीने भिसा लाग्यो। त्यसरी महीनाको ११ सय रिङ्गिटमा सेक्युरिटी गार्डको काम थालेका नवीनको भिसा थपिंदै र तलब पनि बढ्दै २१०० रिङ्गिट पुग्यो। तर, टिप्स–सिप्स समेतबाट दुई लाख भएपछि मलेशिया बस्न मनै लागेन र फर्के। विदेशको कमाइमा स्वदेशको ऋण समेत थपेर दाङ–सल्यान रुटमा आफ्नै गाडी चलाउन थालेका उनी अहिले दुइटा बलेरो जीपका मालिक बनेका छन्। तीमध्ये एउटा आफैं हाँकिरहेका छन्, जाजरकोट–रुकुमको डरलाग्दो सडकमा। उनको लागि यहीं मलेशिया, यहीं सिंगापुर भएको छ। मासिक आम्दानी रु. एक लाखको हाराहारीमा छ। दुई छोरी दाङमा बोर्डिङ स्कूलमा पढिरहेका छन्। श्रीमती र बाबुआमा दाङकै घरमा बस्छन्। जीवनमा धेरै पढ्न नपाएको अफशोचलाई पढेको बेरोजगारभन्दा नपढेको स्वरोजगार हुनसकेको सन्तोषले बिर्सिरहेका नवीनको जीपमा थरीथरीका मान्छे चढ्छन्। गाडीमा चर्को गाना बजिरहेको हुन्छ, तैपनि कोही कानमा एअरफोन लाएर आफ्नै गानामा मस्त हुन्छन्। रेयरभ्यू मिररबाट त्यो हेर्दा उनलाई हाँसो उठ्छ रे! गाउँमा भर्खर जीप चलेको छ। मान्छेहरू एक किलोमीटर बाटोका लागि पनि घन्टौं मोटर पर्खन्छन्। गाउँका त्यस्ता प्यासेन्जरले ‘अहिले पैसा छैन, पछि दिन्छु’ भन्दा उनी बाँकी राखिदिन्छन्। पढाइ अपुरो भएकोमा कताकता दुख्छ नवीनलाई। किन छाडेको त स्कूल? तिनताका माओवादीको ‘क्रान्ति’ ले गति लिएको थियो। त्यसका एक नायक रहेका उनका गुरु कृष्णबहादुर महरा बुर्जुवा शिक्षाको विरोधी थिए। एक बिहान महराको घरमा पढ्न गएका वेला पुलिस आए। महरा सारी लगाएर गाग्री बोकेर ‘घरमा कोही छैन’ भन्दै बाहिरिए। पुलिसहरू फर्के। त्यो देखेर उनलाई महरा जादूमय लाग्यो– अनि लाग्यो यिनले नसके कसैले बदल्न सक्दैन संसार! त्यसरी बुर्जुवा शिक्षा हापिदिएका उनी माओवादीको कार्यक्रममा जंगल र भीर छिचोल्दै हिंडे। क्रान्तिका कुरा सुन्दा दंग पर्थे। पुलिसले थाहा पायो। कति पटक त चौकी धाउनुपर्यो। उता माओवादी पनि रिसाए। कैले पुलिस त कैले माओवादी– यो तानातानबाट आजित नवीनले क्रान्ति मात्रै हापेनन् बरु गाउँ नै छाडिदिए। एक बिहान ट्रकमा चढेर बुटवलतिर लागे, अनि शुरू भयो, नयाँ जिन्दगी। अहिलेको उनको जिन्दगी त्यहींबाट शुरू मिहिनेतले बनाएको हो, क्रान्ति र डिग्रीले होइन। “आजकल मान्छेहरू कि अधिकारको कुरा गरिरहेका हुन्छन्, कि त जागीरको लागि मरिहत्ते गरिरहेका भेटिन्छन्”, अब जाजरकोट टु काठमाडौं बस हाल्ने सुरमा रहेका नवीनले बातको बिट मार्ने क्रममा भने, “इलमको कुरा गर्ने त भेट्नै मुश्किल! ”
|
१०० वर्ष हामीलाई बाँधेर राखेको जंगबहादुरको ‘आइन’ हाम्रो विलुप्त पुस्तक सम्पदा हो। बेलाइतमा केही महीना बिताएर फ्रान्स पुगेका महाराज जंगबहादुर सम्राट नेपोलियनका ठूला ‘फ्यान’ रहेछन्। झन्डै एकै परिवेशमा हुर्किएर आ–आफ्ना देशका सर्वशक्तिमान बनेका सैनिक व्यक्ति थिए दुवै। त्यसै हुँदा नेपोलियन जंगबहादुरका लागि ‘हिरो’ हुनु अचम्म होइन। पहिले नेपोलियनको सफल सैनिक अभियानहरूका मात्र प्रशंसक रहेका महाराज जंगबहादुरले बेलाइत पुगेपछि फ्रान्समा नेपोलियनले गरेका प्रशासनिक सुधारका कामहरूको तारिफ सुन्दासुन्दा उनलाई एक पटक त्यहाँ पनि पुग्नुपर्छ भन्ने लागेछ र उनी पुगेरै छाडे। फ्रान्स पुगेर उनले रमाइलो गर्नेतिर भन्दा आफ्ना दुई चाखका विषयमा आफूलाई केन्द्रित राखे– एउटा मिलिटरी अभियान र अर्को सुशासनमा। नेपोलियनका सैनिक विजयहरूको पाएसम्मको अध्ययन गरे उनले सूक्ष्मतासँग अनि ‘एक लाख सैनिकहरूको कबायत’ को परिदर्शन गरे। आफू निरक्षर या अशिक्षित जस्तो मान्छे भएर पनि उनले अकादमी फ्राँसेका विद्वान्हरूसँग भेट्न चाहे, उनीहरूको कार्यालयमै पुगे। त्यसको एउटा मात्र कारण थियो–लन्डनमा त्यति विधि तारिफ सुनिराखेको ‘नेपोलियनिक कोड’ कसरी बन्यो भन्ने बुझनु। सन् १८०४ मार्च (१८६० साल) मा बनेको ‘सिभिल कोद दे फ्राँसे’ (फ्रान्सको निजामती ऐन) ले फ्रान्समा मात्र होइन, एक प्रकारले विश्वभरि नै ‘विधिको शासन’ परिभाषित गरेको हो भन्ने कुरो सर्वमान्य भइसकेको छ। हिमाल खबरपत्रिकाको ‘पुस्तक सम्पदा’ को प्रकरणमा फ्रान्सको यति चर्चा किन भैरहेछ भन्ने कौतुहल उब्ज्यो होला पाठकहरूमा पनि। त्यसकै समाधान गरूँ पैले। मेरो यो नयाँ स्तम्भको नाम नै ‘पुस्तक सम्पदा’ हो। भन्नाको मतलब के भने नेपाली किताबहरूमा पनि कुनै कुनैले हाम्रो देशका जनताका जीवनमा र कुनैले त समग्र देशकै कामकाजमा समेत प्रभाव पारेका हुनन्। त्यस्ता किताब कुन–कुन हुन् त भनेर खोज्ने जमर्को हो, यो। त्यस अभियानमा खोजिपस्दा सबभन्दा पहिले हाम्रो आँखा परुर्यो मदन पुरस्कार पुस्तकालय (मपुपु) मा रहेको एउटा बृहद्काय पुस्तकमा। झन्डै १० इन्ची चौडाइ र १५ इन्ची लम्बाइ भएको १२ सय जति पृष्ठको रहेछ त्यो ग्रन्थ। त्यसको शीर्षक या नाम यही हो भन्न नसकेर होला मपुपुले त्यसलाई ‘आइन’ मात्र भनेर दर्ता गरेको छ, उसको सूचीमा १ नम्बरमा। ‘आइन’ मात्र भन्दा त्यसको हुलिया बुझिन्न, त्यसैले त्यो ढड्डू पुस्तकको मुखपृष्ठको पूरै बेहोरा पढि हेरूँ। लेखेको छ– ‘अघि अघिका मुख्त्यार भैभारदारहरूले इंसाफ गर्दा एकै तक्सीरमा कसैलाई ठुलो कसैलाई उही तक्सीरमा कं सजा गर्दथ्या श्री ३ महाराज जंगबहादुर राणा जी. सी. बी. प्राइम्मिनिष्टर आण्ड कम्याण्डर इंचीफ बहादुरबाट एकै तक्सीरमा कसैलाई ठुलो सजा कसैलाई उही तक्सीरमा कं सजा हुन बेइंसाफ् हो अब उप्रान्त जश्ले जौन जौन तक्सीर गरुर्यो उहि उहि सजा हवस् भन्नानिमित्त र छोटा बडा सबैलाई एकै इंशाफ् होस् भन्नानिमित्त १९०८ सालदेखि बनाइ बक्स्याको आइन्’ मुखपृष्ठको यो लामो आवृत्तिको अन्तिम शब्द ‘आइन’ लाई नै मपुपुले पुस्तकको शीर्षक बनाइदिएको रहेछ भन्ने हामीले बुझनु परुर्यो। भ्रम नपरोस् भनेर त्यो ‘आइन’ को पछाडि ‘जङ्गबहादुरको’ भन्ने पुच्छर झुन्ड्याइएको छ। यस ऐनलाई अचेल ‘श्री ५ सुरेन्द्रको मुलुकी ऐन’ भनेर सम्बोधन गरिन्छ, किनभने त्यस मूल ऐनको किताबमा लालमोहर श्री ५ सुरेन्द्रकै छ। ठेली बन्नुको कारण बुझेपछि भने यसलाई ‘जंगबहादुरको आइन’ नभनी सकिन्न। १२ सय पृष्ठको किताबको लेखाजोखा यी चार–पाँच सय शब्दमा गर्नु सम्भव छैन, तर त्यस पुस्तकको महत्व–वर्णन त थोरै शब्दले पनि गर्न सकिन्छ। पैलो कुरो त, पूरा देश नेपाललाई मात्र होइन भारत, भूटान, सिक्किम या बर्मा जहाँ पुगेका भए पनि एकछत्र समेटेर नेपालीहरूको जीवनलाई पूर्णतः नियन्त्रण गर्ने एउटा मात्र किताब हो त्यो– गीता, कुरान, धम्मपद अथवा बाइबल तहको। उदाहरणार्थ भनौं: बर्मा पुगेका एक जना लिम्बू नेपालको गोरखापत्र का संपादकलाई चिठी पठाएर सोध्छन् ‘मेरो छोरीको यस्तो यस्तो परुर्यो र यहाँको नेपाली समाजले मेरो पानी हटक गरुर्यो। मैले कसरी पार पाउने नेपालको ऐनले के भन्छ कृपया मलाई लेखिपठाइदिनुस्। मेरो उद्धार गर्नुस्! ’ अर्को कुरो, ‘आइन’ को ‘प्रियाम्बल’ मै जंगबहादुरले महाराजाधिराज सुरेन्द्रलाई बाँधेका छन् यस्तो भन्न लगाएर– ‘… हामी तीन पुस्ता बसि हामि देषि रैयत तलक यसै ऐनमा रहनु भन्या हुकुम् बक्स्यौं …। ’ त्यसबाहेक, जंगबहादुरको यस ऐनको विशेषता के भने नेपाली समाजको कुनै पक्ष, कुनै परिस्थिति छुटेको छैन यसमा जन्मेदेखि मरेसम्मका। कुनै जात छुटेका छैनन्, नबाँधिएका कोही छैन यसमा– ‘छोइछिटो हाल्नु पर्न्या जात’ र ‘मासिने जात’ सम्म। अरू त अरू बाटामा हिंड्दा पालन गर्नुपर्ने ‘एटिकेट’ (चालचलन) पनि किटिएको छ र बेकाइदा गर्नेले तिर्नुपर्ने ‘डण्ड’ समेत तोकिएको छ। यसरी, डण्डको डर देखाएरै भए पनि, राजादेखि रङ्कसम्मलाई एक सूत्रमा बाँध्ने अर्को किताब नेपालीमा निस्केको छैन। २०२० सालमा राजा महेन्द्रले ‘नयाँ मुलुकी ऐन’ नदिंदासम्म यसले हामीलाई बाँधेर राख्यो।
|
छिमेकी प्रभूले दैलो उघार्लान् कि नाईं भन्दै ढुकुवा बन्नुको सट्टा आफ्नो घर आफैं सम्हाल्ने सद्बुद्धि हाम्रो नेतृत्वलाई दिन भगवानले नबिर्सिउन्! बासी भात गोदेर कार्यालयतिर लम्किंदै गर्दा बाटोमा बडबडाउँदै हिंडेका एकसुरे सहकर्मी भेटिए। “सुप्रभातम्, जिग्री! ” “नाकाबन्दी भारतले गरेको होइन! ” मतिर नहेरी यति बोलेर उनी अघि बढे। मित्रले नचिनेको आशंका गर्दै म उनलाई पछ्याउन थालें। “कति बज्यो, दाइ? ” त्यहीबीचमा आइलागेको एउटा फुच्चेले सोध्यो। “नाकाबन्दी भारतले गरेको होइन! ” “कसले गर्यो त? ” जिल्लिएको फुच्चेले फेरि सोध्यो। “यही ज्यानको करामत हो”, फुकीढल मित्र आत्मविश्वासी देखिन खोजे। “खुट्टी देख्दै चाल पाएँ”, केटोले ओठ लेपार्यो। यतिवेला ढँटुवा पेशा चम्किएको देख्दा मान्छेहरूलाई मन थाम्न मुश्किल परिरहेछ। नेपालीको किलकिले अँठ्याउन सीमानामा छाडेको बिल्ली अन्ततः सबैको निम्ति गलपासो बन्यो। कसैलाई सर्लक्क टकटकिने सुर्ता छ, कसैलाई भारी बोक्न नसक्दाको छटपटी। कोही यसलाई नाकाबन्दी भनम्न/भनम् भन्ने दोधारमा फँसेर बेहाल भएका देखिन्छन्। नाकाबन्दीको जाँतोमा पिसिएर गानो खुस्केला जस्तो भएपछि कतिपय पढाकु चाहिं राजनीति, कूटनीति र अर्थनीतिको पोथा फिं जाएर तमाससँग बर्बराइरहेछन्। अन्तर्रा ष्ट्रिय कानून र भूपरिवेष्ठित देशको पारवहन अधिकारको रौंचिरा व्याख्याबीच हल्लनटाट भएका हामीले भने समस्याको नाभी छाम्न नसकी सास्ती व्यहोरिरहेका छौं। महीनौं को माथापच्ची पश्चात् नाकाबन्दी नामकरणमा गोलमटोल सहमति बने पनि त्यो निकृष्ट कृत्यको कर्ता खोज्ने भाउँटो ज्यूँदै छ। तथापि, ‘ई श्वरले चाहे नाकाबन्दी खुल्ने ’ भारतीय विदे शमन्त्रीको मधुवाणीले आँत हरहरिएका बहुसंख्यक नेपालीलाई मुख मिठ्याउन प्रेरित गरिकन धेरै उल्झ्नलाई लसेलमा निप्टारा पनि लगाएको छ। हामी नानाभाँती तर्कनामा तैरियौं, अनेकका ‘लजिक’ लगायौं, तर यो सब कियाधरा ईश्वरको रहेछ। उनै ईश्वरले नचाहँदा तक छोट्के भ्राता जति फड्फडाए पनि छेस्किनी खुल्नेवाला नाईं। आध्यात्मिक आँखाले हेर्दा छ्याङ्ग देखिन्छ पनि– ब्रह्माण्डका रचयिता ईश्वरको निम्ति असम्भव के छ? समस्या के मात्र हो भने, कण–कणमा व्याप्त ईश्वर राममा मात्र नभई रावणमा समेत विराजमान हुने भएकाले कहाँका कुन भगवानलाई पुज्दा चाँडो फलिफाप होला? निर्णायक भनिएको वार्तालाई अलपत्र छाडेर दिल्लीतिर लस्किएका महाजनहरूलाई सिल्ली सावित गर्न बतौरेहरू बेस्कन लागे, तर विघ्नहर्ता रिझउन प्र भूको द्वार धाउने तीर्थालुहरूप्रति दुर्भाव पाल्ने पापात्माहरूको दोजात्रा अवश्यंभावी छ। तपोभूमि नेपालमा तीर्थस्थलको कुन कमि थियो र दिल्लीसम्मको धपेडी? भन्ने बचकाना सवालमा टोलाउनेहरूले नजिकको तीर्थलाई जस्तै धर्मान्धले पनि हेलाँ गर्ने सत्यको हेक्का राखून्। भारतीय सदनमा अचेल नेपाल सार्वभौम मुलुक भएको सत्य गुञ्जायमान छ। कतिपयले यसलाई बल्छीको माछो उम्केर नदीमा छुमन्तर होला भन्ने माझी दाइको चिन्तासँग पनि दाँज्लान्, किन्तु दशकौ ंबाट शीतनिद्रामा लट्ठिएका छिमेकी माननीयहरूमा अचानक यस्तो चेत पलाउनुमा पनि भगवानकै हात हुनुपर्छ। भारत जन्मँदाको ‘देखी जान्ने’ नेपाललाई सार्वभौम भनिदिएकोमा फुरुङ्गिदै हाम्रो संसद्ले धन्यवाद प्रस्ताव पारित गरिदिन पनि बेर छैन! उता, सुषमा म्याडमले नेपालमा हालसम्म लगाएको नाकाबन्दीहरूको साविती बयान राज्यसभामा रेकर्ड गराएकी छन्। यताका बछेडाहरूले दिल्लीको सडकमा ड्वाँ ड्वाँ गर्दै नाकाबन्दीको बोझ घिच्याउन खोजेको वेला टाठी म्याडमको जिब्रो मा फिसलन आउनु फगत संयोग होइन। ईश्वरले चाहे नेपालमा भारतले गर्दै आएको भाइगिरीको फेहरिस्त भारतीयहरूले नै लिखितम् र बकितम् दुवै गर्दै जाने आशा राखम्। जहाँसम्म ईश्वरले साँच्चै नाकाबन्दी खोल्लान् त? भन्ने बलढ्याङ्ग्रे प्रश्नको बात छ, लक्षण त्यस्तै छ। काठमाडौंका दूतले दिल्ली पुगेर वर्तमान संकटलाई ‘नेपालको आन्तरिक राजनीतिक समस्या’ कबोलेकोमा गद्गद् ईश्वरले साधुवाद दिएको खबरले कराई–कराई त्यही भनिरहेको छ। धर्मका यी ‘स्टकिस्ट’ र ‘रिटेलर’ हरूको बैठकले दिल्लीमा फाइनल गरेको चारबुँदे रोडम्यापमा यताबाट विमतिको जुर्रत नहुने कारणले पनि यसपालिलाई भगवानले दैलो उघार्नेमा आश्वस्त हुम्।
|
मानौं, नेपालीलाई दुःख दिन १२ वैशाखको महाभूकम्प पर्याप्त थिएन। त्यसकारण थपियो, मध्य तराईमा आन्दोलनरत मधेशी मोर्चाको समर्थनमा भारतीय नाकाबन्दी। कुलचन्द्र गौतम समाजको एउटा तप्काले आफ्ना माग पूरा गराउन पूरा देशको घाँटी अँठ्यायो। भारतले त्यसलाई जायज ठहर्यायो। त्यसैको परिणति, अहिले हामी इन्धन, औषधि र अरु अत्यावश्यक सामग्रीको अभाव व्यहोरिरहेका छौं। समानताका लागि भन्दै थालिएको आन्दोलनलाई केही नेताले राजनीतिक शक्ति आर्जनको माध्यम बनाएका छन्। मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा ५० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन्। आन्दोलन यति हिंस्रक बनाइएको छ कि पेट्रोल बम प्रहार, प्रहरी चौकीमा विस्फोट, एम्बुलेन्स र यात्रुवाहक बसमा आगजनी, पेट्रोल बोकेकै निहुँमा सर्वसाधारणलाई ज्यूँदै जलाइएका जस्ता घटना सामान्य लाग्न थालेका छन्। नाकाबन्दीबाट उत्पन्न मानवीय संकटले नेपाललाई आउँदा वर्षहरुमा समेत पीडा दिइरहनेछ। यो अवस्थाको उठान कहाँबाट भयो वा समस्याको जरो कहाँ छ भनेर जान्न चाहिं संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको किताब लस्ट इन ट्रान्जिसनः रिविल्डिङ नेपाल फ्रम माओइस्ट मेहेम एण्ड द मेगा अर्थक्वेक पढ्नुपर्छ। दमित उत्थानका लागि माओवादी युद्ध अपरिहार्य थियो भन्ने संकथनलाई भत्काउँदै गौतमले १० वर्ष लामो हिंसाले भर्खरै लोकतन्त्रको यात्रामा लागेको देशलाई दीर्घकालीन संक्रमणमा धकेलेको तर्क गरेका छन्। माओवादीले सत्ता र शक्तिका लागि सीमान्तकृतका पीडालाई साधन बनाउँदै लोकतन्त्रको संस्थागत विकास र राज्य निर्माण प्रक्रिया अवरुद्ध पारेको उनको भनाइ छ। उत्पीडित मुक्तिका लागि भनिएको युद्धले यथार्थमा उत्पीडितलाई नै बढी पीडा दिएको लेखकको निष्कर्ष छ। वास्तवमा, अहिलेको समस्या भनेकै माओवादी हिंसालाई विना आलोचना स्वीकार्ने प्रवृत्तिसँग सम्बन्धित छ। राजनीतिक लक्ष्य प्राप्तिका खातिर वैधानिक र लोकतान्त्रिक माध्यम लत्याएर खतरनाक नजिर स्थापना गरेको त्यो हिंसालाई चुनौती दिन असफल हुनु नै समस्याको जड हो। माओवादीले निरंकुश राजतन्त्रको बन्धनबाट मुक्त हुन प्रयासरत लोकतन्त्र विरुद्ध युद्ध शुरु गर्योे र लोकतान्त्रिक संस्थाहरुको निर्माणमा व्यस्त हुनुपर्ने राज्यको समय उग्रवादविरुद्ध लड्नमै बित्यो। गौतमको यो किताबमा लोकतन्त्र प्राप्तिपछि आन्तरिक र बाह्य शक्तिहरुसँग लगातारको द्वन्द्वले गर्दा नेपाली लोकतन्त्रले क्षमता विकास गर्न नसक्दा राज्य कमजोर बनेको यथार्थ चित्रण छ। राज्यशक्ति कमजोर बन्दै जाँदा मुलुकको राजनीति र राज्यप्रणालीलाई अस्थिर बनाउने शक्तिहरुको स्तुतिगान शुरु भयो, उग्र विचार, बयानबाजी र राजनीतिक दुस्साहसले चुनौती थप्दै गए। सबै किसिमका संकीर्ण र अतिवादी विचारधारालाई लोकतान्त्रिक मूल्यमान्यताले विस्थापित गर्न सक्दा यो अस्तव्यस्तताबाट पार पाइने गौतम बताउँछन्। लस्ट इन ट्रान्जिसनःरिविल्डिङ नेपाल फ्रम माओइस्ट मेहेम एण्ड द मेगा अर्थक्वेकलेखक कुलचन्द्र गौतमप्रकाशक नेपालयमूल्यः रु. ६७५ गौतमले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिकाको सशक्त चिरफार गरेका छन्। किताबले नेपालका उग्रवादी समूहलाई खुशी पार्न अन्तर्राष्ट्रिय समुदायले लोकतन्त्र, विधिको शासन र सर्वस्वीकार्य मानवअधिकारका सिद्धान्तहरुको द्विअर्थी बयानबाजी गरेको भन्दै प्रखर आलोचना गरेको छ। माओवादीले विस्तृत शान्ति सम्झौताको लगातार उल्लंघन गर्दा पनि राष्ट्रसंघीय मिसन, अनमिनले जबर्जस्त सदासयता देखाउँदै गरेको गलत रिपोर्टिङ र अधिकांश जनताको समर्थन रहेका लोकतान्त्रिक दलहरुप्रति देखाएको अविश्वासबारे पुस्तकले सटिक व्याख्या गरेको छ। अनमिन प्रमुखहरू इयान मार्टिन र करिन लेनग्रेनले नेपाली कांग्रेस र नेकपा एमालेलाई ‘सम्पूर्ण रुपले भ्रष्ट बाहुन नेतृत्वको यथास्थितिवादी’ दल र माओवादीलाई त्यस विपरीतको राजनीतिक शक्ति ठानेको प्रसंगमा गौतमले प्रजातान्त्रिक दलहरुलाई मन नपराएका राजा ज्ञानेन्द्र र महेन्द्रले निरंकुशता लादेको स्मरण गरेका छन्। गौतमको पुस्तक नेपालको समकालीन इतिहासप्रति अभिरुचि भएका जो–कोहीले पढ्नैपर्ने कृति बनेको छ। नेपालका समस्याप्रति संवेदनशील, सूक्ष्म र विस्तृत बुझाइ राखेको किताबले विषयको भारीपनका बीच पनि मुलुकको स्थिरता र समृद्धिको रोडम्यापसहितको आशा जगाउँछ। पुस्तकको उपसंहारमा ठूला र शत्रुतापूर्ण सम्बन्ध भएका छिमेकीसँग आफ्नो हित रक्षा गर्दै कसरी सम्झौता गर्नुपर्छ भन्दै भारतीय नाकाबन्दीको चर्चा गरिएको छ। यो पुस्तकको प्रमुख विशेषता भने लोकतन्त्रको प्रतिरक्षा नै हो। लोकतन्त्रप्रति प्रतिबद्ध गौतम नेपालीको साझा पहिचानको कुरा गर्छन्, जसबाट भावी सन्ततिको समृद्धिलाई समेत पछ्याउन सकियोस्। लस्ट इन ट्रान्जिसनः रिविल्डिङ नेपाल फ्रम माओइस्ट मेहेम एण्ड द मेगा अर्थक्वेक लेखक कुलचन्द्र गौतम प्रकाशक नेपालय मूल्यः रु. ६७५
|
विमानस्थल बने पनि जहाज नचलेको उदाहरणमा महाकुलुङ नथपियोस्। १२ वैशाखपछिको तारन्तारको भुईंचालोबाट थाहा भयो, शहरी समाज आपत्विपत् थेग्ने सवालमा असाध्यै कमजोर हुनेरहेछ। भुईंचालोपछि घरबाट चौरमा निस्केका अधिकांश शहरवासीसँग न त्रिपाल थियो न घोचाघारा नै। भूकम्पपछि भारतीय नाकाबन्दी आइलाग्दा हामी शहरीसँग न साइकल थियो न चूलो बाल्न दाउरा। विकासको स्थायी नाकाबन्दी भोगिरहेका दूरदराजका गाउँबस्तीलाई भने यस्ता बन्द वा नाकाबन्दीले केही फरक नपार्दो रहेछ। भारतीय नाकाबन्दी कसिंदै गएको वेला कात्तिक तेस्रो साता आर्किटेक्ट साथी सम्पूर्ण महर्जन र म हिमाली क्षेत्रको निर्माण शैली―संस्कृति, बसोबास पद्धति र भूकम्पको क्षतिबारे अध्ययन गर्न सडक, आकाश कतैबाट पनि जोडिने मौका नपाएको सोलुखुम्बूको गुदेल गाविस पुगेका थियौं। फाप्लुबाट तीन दिन कठोर पैदल यात्रा गर्दा हामीले अनकन्टारका नेपालीको कष्टबारे राम्रै भेउ पायौं। बिरामीलाई स्ट्रेचरमा राखेर सदरमुकाम पुर्याउन समेत नमिल्ने बाटो, हेलिकप्टर चार्टर गरेर काठमाडौं लैजाँदा बेहोर्नुपर्ने आर्थिक भार, समयमै उपचार नपाएर ज्यान गुमाउनु पर्दाको पीडा, सरकारी काम पर्दा सदरमुकाम आउजाउ गर्दाको हैरानी, तीन–चार घण्टा टाढाका स्कूल, खच्चर र मान्छेको पिठ्यूँ चढेर गाउँ पुगेका सरसामानको भाउले यताको जनजीवनलाई ज्यादै कष्टकर बनाएको छ। सदरमुकाम सल्लेरीबाट हिंड्दा एक दिनमा पुगिने रोक्तीसम्म सडकको ट्रयाक खुलेको रहेछ, तर मोटर चढेर गुदेल पुग्ने कल्पना गर्न सकिने वेला भइसकेको छैन, अझै। स्थानीय निकायमा पुग्ने सानो बजेटले डरलाग्दा भीरपहरा फोर्न सक्दैन। यस्ता कुनाकन्दरामा राष्ट्रिय योजना पुग्ने चलन शुरू भएकै छैन। गुदेल गाविसको १, २, ३ ४ र ५ नम्बर वडा छुने महाकुलुङ विमानस्थलको प्रस्तावले चाहिं यताको हैरानी घटाउने बलियो सम्भावना देखाएको रहेछ। काम सकेर फर्कने वेलामा हामी दुखेका खुट्टा लतार्दै विमानस्थल निर्माण समन्वय समितिका अध्यक्ष सिङ्गराम राईसँग प्रस्तावित निर्माणस्थलमा उक्लियौं। उनले विमानस्थल बनाउन प्रस्ताव गरिएको डाँडो घुमाउँदै हामीलाई ‘महाकुलुङ सपना’ सुनाए। आठ वर्षअघि रोपिएको यो सपना फुलाउन गाउँलेहरूले निःशुल्क जग्गा दिएका रहेछन्। यो परियोजना अगाडि बढ्दा कतिपय परिवारको त उठिवासै हुने रहेछ। तीनैमध्येका एक लालमान राईलाई भेट्न जाँदा उनको घरमा ताला झुन्डिएको थियो। गाउँको गरामा जहाज उतार्न थातथलो माया मार्नुपर्ने परिवार बारेको हाम्रो जिज्ञासामा अध्यक्ष सिङ्गराम राई ढुक्कैसँग बोले, “कसैले गाउँ छाड्ने छैनन्, सबैको लागि गाउँमै जमीनको व्यवस्था मिलाउँदैछौं। ” यो सपनामा गाउँलेले माननीय बलबहादुर केसीको ठूलो भरोसा गरेका रहेछन्। आफ्ना प्रतिनिधिप्रति स्थानीय जनताको भरोसा सुनेर हामीलाई खुशी लाग्यो। नभन्दै, नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले विमानस्थलको सर्भे र डिजाइनको काम सिध्याइसकेका रहेछन्। अब हेलिकप्टरले डोरीमा झुन्ड्याएर बुल्डोजर ल्याउन र त्यसले डाँडा सम्याउन बाँकी रहेछ। गुदेलमा विमानस्थल बनेर जहाज आउजाउ हुन थालेपछि वरिपरिका सोताङ, बुङ, पावै, वाकु मात्रै हैन, खोटाङ र संखुवासभा जिल्लाका पनि केही गाविसका जनताले सुविधा पाउने छन्। महाकुलुङ विमानस्थल बने पनि यस भेगका जनताको सदरमुकाम आउजाउ कष्ट चाहिं यथावत् नै रहनेछ। गुदेलबाट फाप्लु उड्ने लोकल जहाज थुप्रै दशक नउड्ने भएकोले गोरेटो–घोरेटोहरूको स्तरोन्नति अत्यावश्क छ। यसमा सरकारले छिटो काम गर्नुपर्छ। डाँडामा विमानस्थल बनाएर कष्टको पहाड होच्याउने सपना पालेका गुदेल सेरोफेरोका स्थानीयको सुरलाई ताल दिन बढी हतार चाहिं नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्ने देखियो। विमानस्थल बने पनि जहाज नउडेको उदाहरणमा महाकुलुङ नथपियोस्। महाकुलुङको दुःख दूर गर्न सार्थक पहल गर्नेको जय होस्।
|
सेतो खास्टोले आधा मुख छोपकी उनी सर्वोच्च अदालत प्रतिक्षालयको कुर्चिमा अडेस लगाएर वर-पर हेर्दै थिइन्। तीन बजिसकेको थियो जाडो यामको अड्डामा यति खेर मानिस पातलिँदै जान्छन्। कालाकोट लगाएका मानिसहरुले भरिने त्यो प्रतिक्षालयमा उनी मात्रै थिइन्। उनी के कुरेर बसेकी होलीन्? फैसला या अर्को तारिख थाम्ने म्याद? अचेल सर्वोच्च अदालतमा तारिख बुझ्ने काम १ घण्टा भित्रै सकिने व्यवस्था मिलाइएको छ। फैसला हुँदै भएको भए त उनी इजलासमा हुनुपर्ने! म नजिकै गएर सोधेँ ‘मुद्दा खेप्न आउनु भएको? ’ उनका. . .
|
तत्कालीन युवराज दीपेन्द्रसामु जानुपर्ने भएकैले मैले पहिलोपटक ढाका टोपीसहित नेपाली पहिरन लगाएँ। १९ पुस २०५५ मा धरान बजार स्थापनाको शतवार्षिकी महोत्सवमा स्मारिका ‘धरान दर्पण’ अनावरण गरिदै। तस्बीर: यात्रा थुलुङ १ जनवरीको टोपी दिवसका अवसरमा फेसबूकका भित्ताहरूमा नेपाली ढाका टोपी लगाएका तस्वीरहरू पोष्ट गर्ने लहर चलिरहेको छ। यतिवेला म भने पहिलोपटक राष्ट्रिय पोशाक दौरा–सुरुवाल र टोपी लगाएको सम्झिरहेको छु। मेरो बुबालाई दौरा–सुरुवाल र टोपीबाहेकको पहिरनमा मैले कहिल्यै देखेको छैन। घर बस्दा होस् या बाहिर, उहाँको पहिरन भनेकै यही नेपाली राष्ट्रिय पोशाक नै हो। उहाँको शिरमा टोपी कहिल्यै टुट्दैन। बुढेसकालसम्म दाजु, दिदी, बहिनी, आफन्त सबैले उहाँलाई दिने महत्वपूर्ण उपहार भनेकै दौरा–सुरुवाल र टोपी नै हो। सानोमा रहरले कहिलेकाहीं बुबाको टोपी लगाई टोपले पनि औपचारिक रूपमा दौरा–सुरुवाल जीवनमै पहिलो पटक त्यतिवेला लगाएँ, जतिवेला मलाई तत्कालीन युवराज दीपेन्द्र शाह अघिल्तिर उभिनुपर्ने थियो। धरान बजार स्थापनाको शतवार्षिकी महोत्सवका क्रममा १७ वर्षअघि १९ पुस २०५५ मा मैले पहिलो पटक राष्ट्रिय पोशाक लगाएको थिएँ। धरानका तत्कालीन नगरप्रमुख मनोजकुमार मेयाङ्बोले शतवार्षिकी महोत्सवको स्मारिका प्रकाशनको जिम्मेवारी त्यसवेलाका सक्रिय तन्नेरी पत्रकारहरूलाई दिएका थिए। स्मारिका तत्कालीन युवराज दीपेन्द्रसामु विमोचन हुने भएकाले स्मारिका सम्पादकको हैसियतले मैले दौरा–सुरुवाल र टोपी लगाउनु परेको थियो। समारोहको मञ्चमा राष्ट्रिय पोशाक अनिवार्य भएकाले रातारात दौरा–सुरुवाल सिलाउनु परेको थियो। स्थानीय मर्निङ पोष्ट दैनिकको कार्यकारी सम्पादकको काम र स्मारिका प्रकाशनको जिम्मेवारीले दिन रात नभनी काम गर्नु परेको थियो। समारोहको अघिल्लो दिनसम्म स्मारिका प्रेसमा छापिंदै थियो, अनि त्यहीवेला दौरा–सुरुवाल र टोपीको जोहो गर्नु परेको थियो। साँच्चै भन्नुपर्दा दौरा–सुरुवाल टोपी त्यसवेलाको मेरो बाध्यता थियो। एक पटकको लागि त लगाउने हो भनेर अरुले दराजमा थन्क्याएको दौरा सुरुवाल पाइएला कि भनेर नखोजेको पनि होइन, तर कतै पाइएन। अनि, दोब्बर ज्याला तिरेर सिलाउनु परयो। चारकोशे जंगल फँडानी गरेर बस्ती बस्न शुरु गरेको १०० वर्ष पुगेको अवसरमा आधुनिक शहर धरान सजिएको थियो। ‘धरान दर्पण’ नामक स्मारिकाको आवरणमा ‘धरान’ थापेर आराले काठ चिरिरहेको तस्वीर राखेका थियौं। काठ चिर्ने यही तरीकाबाटै ‘धरान’ को नाम राखिएकाले यो ऐतिहासिक अवसरमा स्मारिकाको महत्व वेग्लै थियो। १९ पुस मध्यान्ह आयोजित भब्य समारोहमा पूरै धरान उर्लिएको थियो। स्थानीय केवल च्यानलहरूले समारोहको प्रत्यक्ष प्रसारण गरिरहेका थिए। समारोह शुरु भए लगत्तै स्मारिकाको अनावरण भयो। दौरा–सुरुवाल, टोपी र घाँटीमा रातो गलबन्दी लगाएर ट्रेमा स्मारिका लिएर म मञ्चमा पुगेको थिएँ। मञ्चमा पहिले तत्कालीन स्थानीय विकास मन्त्रीले स्मारिका अनावरण गरे अनि मैले विमोचित स्मारिका युवराज दीपेन्द्रलाई हस्तान्तरण गरें। उनी मुस्कुराए। समारोह सकिएपछि दौरा–सुरुवाल र टोपी थन्कियो। तर, फोटो पत्रकार दाइ यात्रा थुलुङले स्मारिका विमोचन गरिरहँदा खिचेको यो तस्वीरले भने त्यो पल कैद गरेको रहेछ। युवराज दीपेन्द्रसमेत मारिएको १९ जेठ २०५८ को राजदरबार हत्याकाण्डपछि मलाई उनको त्यो हँसिलो अनुहार आँखामा आइरहन्थ्यो। अहिले यो तस्वीर हेर्दा पनि दीपेन्द्रको मुहार झलझली आइरहन्छ। त्यो दिनपछि आक्कल–झुक्कल ढाका टोपी लगाए पनि दौरा–सुरुवाल लगाउनु परेको छैन। एशिया, यूरोपका धेरै देशहरू र अमेरिका भ्रमणका क्रममा आयोजित कार्यक्रमहरूमा नेपाली पहिरन त लगाउनै पर्छ भनेर मनमा कता–कता दौरा–सुरुवालप्रति मोह नजागेको भने हैन। तर, खै किन हो, नयाँ सिलाउने अवसर जुरेको छैन। आफूले नलगाए पनि अरूले नेपाली पहिरन लगाएको देख्दा आनन्द महसूस हुन्छ। मेरो विचारमा नेपाली हुन दौरा–सुरुवाल र टोपी लगाउनैपर्छ भन्ने छैन। तर शिरमा सगरमाथा मानिने टोपीसहितको पहिरन नेपाली पहिचान हो। चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ… सुरेश अधिकारीको शब्द/संगीत र आस्था राउतको स्वरको यो गीत मलाई एकदमै मन पर्छ। म जस्तो दौरा सुरुवाल र नेपाली टोपी नलगाउने युवा र आम तन्नेरीका मनका कुरा यो गीतले बोले झैं लाग्छ। आखिर नेपाली पहिरन र टोपी नलगाउँदैमा म नेपाली नहुने हैन। तर, राष्ट्रिय पोशाक लगाउनेप्रतिको सम्मान सगरमाथा जत्तिकै उँचो छ र सधैं रहिरहनेछ। १७ पुस २०७२, पाटनढोका, ललितपुर मेरो बुबालाई दौरा–सुरुवाल र टोपीबाहेकको पहिरनमा मैले कहिल्यै देखेको छैन। दौरा–सुरुवाल र टोपीमा बुबा दान बहादुर श्रेष्ठ(९६)
|
हेल्लो! राधा के छ खबर? अहिलेसम्म अनलाइन? केटी मान्छे भएर यति रातिसम्म अनलाइन बस्दा अरुले के भन्लान्! ’ उत्तर फर्काउन नपाउँदै उसले प्रश्नको वर्षा नै गरायो। ‘केटी भएर’ भन्ने शब्दले दिमाग चक्रायो, किनकी म सामान्य कुरामा पनि केटीलाई नराम्रै सोची हाल्ने प्रवृत्ति रुचाउँदिन। सधैँको च्याटमा विवाद मात्र गर्न रुचाउने एलेक्सले आज पनि विवाद गर्छ नै भन्ने लागेर उत्तर दिएँ। ‘अँ ठिकै छ, तिम्रो के छ खबर बरु सुनाऊ, लामो समयपछि बोलायौ नि? अनि केटा मान्छे भएर अहि. . .
|
काठमाडौं वरपरका डाँडाकाँडामा हाइकिङ गर्ने क्रममा मैले महसुस गरेको कुरा के हो भने, यी हाइकिङ रुटहरु कहिल्यै पुराना हुँदैनन्। प्रत्येक नयाँचोटी जाँदा त्यहाँ नवीनता हुन्छ। एउटा ऋतुमा जाँदा जहाँ काफल पाकेको हुन्छ, अर्कोमा त्यही ऐंसेलु र घँगेरु। कुनै महिना पतझड हुन्छ त कुनै हरियाली। घामको पारिलोपना उस्तैउस्तै हुन्छ तर निरन्तर चल्ने वायुका झोक्काको कठोरता फरक-फरक हुन्छ। सालभर एकैनासको तनावमा विताएर खुला आकाशसम्म हेर्न नभ्याउने उपत्यकावासीका लागि प्रकृतिले दिने यो अनौठो पाठ हो। एक दिने हाइकिङ. . .
|
ठाउँठाउँमा क्रिसमस पार्टी र रमझम चलिरहँदा भूकम्प प्रभावित जिल्लामा चिसोले दर्जनांै मानिसले प्राण त्यागेको समाचार सुन्दा धेरै मन दुखे। भुइँचालो जानु दुर्भाग्य थियो। त्यो भन्दा पनि दुर्भाग्य राजनीतिक बेमानी र खिचातानी थियो। हामी त हाइटीको बाटोमा हिँडिरहेका छौँ। राजनीतिक दलहरु आफ्नो पार्टी, नयाँ शक्ति आदि कुरामा रुमल्लिरहेका छन्। प्रतिपक्ष कांग्रेसलाई सरकार असफल बनाउने कुरामै ध्यान छ। सत्ताधारी नेतालाई कसरी मन्त्री पद आफ्नो पोल्टामा पार्ने भन्ने चटारो छ। . . .
|
बुबा, जनताको शासन स्थापित गरी समाज र समग्र देश परिवर्तनको लागि भनेर सुरु भएको जनयुद्धमा तपाईं कति वर्ष होमिनुभयोरु थाहा भएन तर हामीलाई छाडेर गएको चाहिँ १४ वर्ष भइसकेछ। त्यसबेला ६ वर्षको बालक म अहिले स्नातक पढ्ने भएको छु। तर त्यसबेला स्कुल जाने मेरो दाइ र दिदी आफ्नै ज्यान पाल्न पढाइ छाड्न विवस भए। त्यसबेला देखि मेरी आमाको आँखामा आँसु नभएका दिन छैन अचेल। छैन, तपाईं फर्कने आशमा नबिताएका कुनै दिन र रात। सरकार भन्छ, तपाईं प्रहरी कारबाहीमा २०५८ मारिनु भएको भयो। तर आइ. . .
|
सम्मानित प्रधान न्यायधीशज्यू तथा नवनियुक्त न्याय परिषद् सदस्यज्यू आम सञ्चारका माध्यममा देशका उच्च पदाधिकारीहरुलाई धेरै खूला पत्रहरु लेखियो। तर तीमध्ये कति व्यंग्य थिए त कति चर्को निराशापछि आफ्नो क्षोभ प्रकट गरेर मन हल्का पार्ने प्रयास। यो पत्र ती सबैभन्दा फरक छ। जीवनमा पहिलोपल्ट सकारात्मक प्रतिकृयाको अपेक्षा गरेर यो खूला पत्र लेख्दैछु। यो पत्रमा पूरै नयाँ कुरा केही हुने छैनन्, मात्रै बिर्सिन लागेका तर बिर्सिनै नमिल्ने केही कुराहरु सम्झाउन यो पत्र लेखेको हूँ। उदाहरणीय न्याय सम्पादनका लागि. . .
|
नङमा कालो पोलिस र नाडीमा एक दर्जन चुरा लगाएको आफ्नो हात हेर्दै अभिनेता राजेश हमालले सकुन्तला फिल्मको सुटिङमा आफूलाई महिलाको रुपमा ढलिरहँदा यसो भने–‘मैले यादै गरेको रहेनछु। पलिस र चुरा लगाएपछि मेरा हात मेरी आमाको जस्तै देखिने रहेछ। ’ सिंगारपटार र साडी चोलोले सजिएपछि बाहिर निकल्दै गर्दा उनले महिला हुनु सजिलो काम होइन रहेछ पनि भने। फिल्मका पर्दामा अन्यायका विरुद्ध लड्ने चरित्रलाई पर्दामा थुप्रै पटक उतारेका हमाललाई थाहा छ कि बास्तविक जीवनमा ति थिचोमिचो, अन्याय र व्यवास्. . .
|
लेखनाथ पौड्याललाई २००८ सालमा राजा त्रिभुवनले ‘कविशिरोमणि’ भन्ने सरकारी पगरी दिएका हुन्। लेखनाथ २५ वर्ष पनि नपुग्दै, १९६५ सालतिरै उनको प्रतिभा देखेर, ‘यसैगरी लागिरहे यी युवक भविष्यमा ठूला कवि हुनेछन्’ भनी भविष्यवाणी गरिदिएका थिए ‘माधवी’ का संपादक मातृप्रसाद शर्मा अधिकारी अर्थात् राममणि आ. दी. ले। १९६५ सालताका लेखनाथ पौड्याल सप्तरीको छपकीका बिर्तावाल पोखरेलहरूका घरमा काम गर्दैथिए। पोखरेलका आफन्तहरू थिए राजधानीमा, गौतम र मणि परिवार। कुलचन्द्र गौतम ज्वाइँ थिए पोखरेलका, अनि राममणि र विश्वमणिहरू सम्धी। उनीहरूकै आधारमा काठमाण्डू उक्लेका थिए लेखनाथ। र फाप्यो उनलाई यो ‘खाल्डो’! उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेन। प्रतिभा विकसित हुनाका साथै उनी उन्नतिको शिखर पनि चढ्दै गए। हामी ऐले लेखनाथको विरुदावली गाउन लागेका होइनौं, पुस्तक–सम्पदामा पस्नुअघि त्यस पुस्तकका लेखकको हुलियासम्म दिन लाग्दा अलिकति लम्बिएको मात्र हो। त, आज हामीले चर्चा गर्न लागेको पुस्तक लेखनाथ पौड्यालको हो र त्यसको नाम चाहिं ‘सत्य–कलि संवाद’। १९७६ सालमा पहिलो पटक प्रकाशित भएको थियो द्वारिकानाथ पौड्यालयका नामबाट। अर्थात् ‘सत्य–कलि संवाद’ को पहिलो संस्करण कविले आफैं नै छापेको हुन सक्छ। त्यसअघि भने लेखनाथका पहिला दुइटा किताब ‘ऋतुविचार’ र ‘बुद्धिविनोद’ लाई संयुक्त जोडेर एउटै बनाई कुलचन्द्र गौतमले प्रकाशित गरिदिएका थिए, १९७३ सालमा। त्यसमा कुलचन्द्रलाई खगेन्द्रराज गुरुज्यूले आर्थिक सहयोग गरेको बुझिन्छ, तर त्यो यति वेला हाम्रो चासोको विषय भएन। किनभने, हामी ऐले पुस्तकको गुणगरिमा मात्र पछ्याउँदै छौं। कवित्वका लागि त ‘ऋतुविचार’ उच्च कोटिको छ, त्यस्तै नेपालीलाई बुद्धिको विनोद अर्थात् रमाइलैका निमित्त भने ‘बुद्धिविनोद (प्रश्नावली)’ उत्कृष्ट छ। हुँदाहुँदै पनि कविशिरोमणिको कुनै एक किताब छान्नुपरुर्यो भने म चाहिं सत्य–कलि संवाद’ छान्छु होला। त्यो किनभने लेखनाथ पौड्याल कवि मात्र या कर्मकाण्डी ब्राह्मण मात्र नभएर उच्च तहका नेपाली बुद्धिजीवी थिए भन्ने साबित गर्छ ‘सत्य–कलि संवाद’ ले। अंग्रेजको शासन चलेको भारतवर्षको प्रगतिको ठूलो बखान गरेका छन् लेखनाथले त्यहाँ। त्यो त्यस समयको चलनचल्तीकै कुरा हो। तर, राणाकालको नेपाली बाहुन संस्कारमा जन्मी हुर्केका लेखनाथलाई त्यस वेलाको इण्डिया पुग्दा त्यहाँको रहनसहन चाहिं पचेको थिएन, खास गरेर त्यहाँको इस्लामी प्रभाव। यस ‘संवाद’ मा यवन अर्थात् मुसलमानहरू नै हुन् भारतवर्षको पतनको कारण भन्ने देखाउन उनले आफ्नो किताबका आधा जति श्लोक खर्च गरेका छन् र यवनहरूप्रति उनले निकै असहिष्णु भएर केही कटुशब्द समेत प्रयोग गरेको देखिन्छ। त्यो कुरा प्रतिबिम्बित छ किताबमा कलिको प्रभावका रूपमा। त्यसपछि भारतवर्षमा शासन गर्न आएका अंग्रेजहरूले त्यो अन्याय अत्याचार रोकी भारतको उन्नति गराए भन्दै उनले अंग्रेजहरूको मुक्तकण्ठले प्रशंसा गरेका छन्– ‘खाना पकाउँछ कलै कलको छ गाना। जानिन्छ बात कलले परबाट तानी। रस्ताबिसे छन दुवैतिर पूर्ण तार। बल्दो छ नित्य बिजुली पनि कोण कोण। ’ अनि भन्छन्– ‘चम्किरहेछ शुभशासनको सितारा! ’ मन नपरेका कुरा पनि लेखनाथ अत्यन्त रसिलो पाराले व्यक्त गर्छन्। जस्तो भनौं, यी दाजु र भाइ, सत्य र कलिको भेट नभएको युगौं भैसकेछ, एक दिन संजोगले भेट हुनपुगेछ आकाशमार्गमा– ‘गर्थे प्रवेश धरणीतलतर्फ सत्य। जान्थ्यो कडा कलि अधोमुख उग्रचित्त। त्यै बीचमा हुनगयो तिनको अपार। संवाद यो परम सुन्दर एकबार। ’ अनि कलिले दाजुलाई चिनी– ‘गर्छू बडो प्रणयपूर्वक यो सलाम’ भन्यो। सत्यले बुझ्ेनन् र सोधे– ‘…के हो सलाम किन गर्न भयौ तयार? ’ यो सुनेर कलिलाई लाज लाग्यो अनि भन्यो– ‘यो हालकै चलन हो उहिले थिएन। दाजै तसर्थ प्रभुले बुझिबक्सिएन। ’ त्यसपछि कुराकानी हुँदै जाँदा सत्यले भारतवर्षतिरको हालचाल सोधे। त्यसै विषयको संवाद हो समग्र पुस्तक। जङ्गबहादुरको ‘आइन’ ले स्थापित गरिदिएको परम्पराका अनुयायी लेखनाथको मनस्थिति देखिन्छ पुस्तकमा। भन्नाले त्यहाँ त्यस वेलाको नेपाली आँखाले हेरेको र नेपाली मनले बुझेको कुरा प्रतिबिम्बित छ भनौं। एउटा मात्र उदाहरण हेरौं: ‘छोरो छ वर्ष नहुँदै मिलदी बुहारी। ल्याई विवाह नगरे सब ठिक्क पारी। माता पिताजिहरूको बदनाम हुन्छ’… इत्यादि। त्यति मात्र होइन, ‘सत्य–कलि संवाद’ ले हामीलाई उखान जस्तो हुने केही सूक्तिहरू पनि दिएको छ। जस्तोः ‘ज्यादा रहस्यकन खोजनु ठीक छैन। निर्दोष भाव जगमा कहिं पाइँदैन। ’ अथवा ‘लोकापवाद ननिको अनि को सहन्छ? ’ या भनौं नेपालीहरूका मुखैमा झुण्डिए जस्तो यो गुनासोः ‘लागीरहेछ रिंगटा धडकिन्छ छाती। बाबू मलाइ हुनुसम्म भयो नजाती! ’ हो, राम्रा–राम्रा तर अलि बढी शास्त्रीय भएकाले लेखनाथका किताबहरूले भानुभक्तको रामायणले जस्तो साधारण जनमानसलाई बाँध्न सकेनन् होला तर सय वर्ष यताको नेपाली बौद्धिक जगत्लाई भने लेखनाथ पौड्यालको साहित्यिक जादूले राम्रै अँठ्याएको थियो। र मेरा हिसाबले उनको सत्य–कलि संवाद त्यसमा पनि विशिष्ट नै हो।
|
चोरीचकारी होला वा रोग–महामारी आइपर्ला भनेर सतर्कता अपनाउनु राम्रो भए पनि यस्तो होशियारी अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) मा परिणत हुन बेर लाग्दैन। व्यावहारिक सोचविचारबाट आउने एक प्रकारको मनोरोग हो– ओसीडी (अब्सेसिभ कम्पल्सिभ डिसअर्डर)। व्यक्ति विशेषमा कुनै विचार आउँछ र त्यो नगरेसम्म उसको चित्त शान्त हुँदैन। दोहोरिरहने भएकोले त्यस्तो विचारलाई अंग्रेजीमा ‘अब्सेसन’ र त्यस्तो विचार आउने बित्तिकै नगरेसम्म चित्तै नबुझने भएकोले ‘कम्पल्सन’ भनिन्छ। यसरी ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ हुँदा व्यक्तिले एकैखालको क्रियाकलाप दोहोर्याइरहन्छ। झ्ट्ट व्यावहारिक होशियारी जस्तो लागे पनि यो मध्यमस्तरको मानसिक रोग हो। बारम्बार प्रार्थना, सरसफाई (पटक–पटक लुगा, हात धुने, बढार्ने) गर्नु, ढोकामा ताल्चा वा चुकुल लगाए/नलगाएको जाँच्नु, ग्याँस वा बत्ती निभाएको छ/छैन, लकर सेफ वा दराज राम्ररी बन्द गरे नगरेको बारम्बार हेर्नु, बाटो सुरक्षित छ/छैन भनेर पटक–पटक आश्वस्त हुन चाहनु, कामै नलाग्ने चिज भए पनि फ्याँक्न नचाहनु, घरी–घरी सामान मिलाउनु आदि ओसीडीका लक्षण हुन्। ओसीडीको समस्याबाट ग्रसित व्यक्तिहरू कुनै सामान यथास्थानमा नपाउँदा बढी चिन्तित हुन्छन्। यस समस्याबाट प्रताडित व्यक्तिले त्यस्तो क्रियाकलाप सहजताका साथ बारम्बार दोहोर्याइरहन्छन्। समस्याको शुरुआतमा त्यस्तो क्रियाकलाप रोक्न खोजे पनि विस्तारै मनमा खेलिरहेको विचारलाई रोक्न सक्दैन र बानी बस्छ। पछि गएर यस्तो बानीले दिनचर्या र कार्यक्षमतामै असर पार्न थाल्छ। हरेक ५० मध्ये एक व्यक्तिले आफ्नो जीवनकालमा एक न एक पटक ओसीडीको सामना गर्ने मानिन्छ। नेपालमै पनि कुल जनसंख्याको करीब तीन प्रतिशतमा ओसीडीको समस्या रहेको आकलन छ। महिला होस् वा पुरुष, यो समस्या भएका व्यक्तिलाई आफूले असामान्य व्यवहार गरिरहेको महसूस गरे पनि अरूले खिसी गर्ला, हाँसोको पात्र बनिएला, पानी बौलाहा भन्ला भनेर समस्या लुकाउँछन्। कतिपय भने यसलाई एक प्रकारको मनोरोग हो भन्ने मान्न तयारै हुँदैनन्। ओसीडीबाट प्रताडित व्यक्तिहरूले आफू तनावमा रहेको, समस्या भएको दुःखबोध गर्न सक्छन्। आफूले दोहोर्याइरहेको कुनै क्रियाकलाप रोक्न चाहेर पनि नसक्दा आत्मग्लानि एवं आफू साँच्चिकै बहुलाउन थालेको त होइन भन्ने आशंका हुन्छ। उमेर २० वर्षबाट उकालो लागेपछि यो समस्या देखिन सक्छ। ब्रेन ट्युमरलगायतका मस्तिष्कको समस्या भएकाहरूमा पनि यो मनोरोग देखिन सक्छ। शुरूमा साधारण बानीको रूपमा देखिने यो समस्याबाट प्रताडित व्यक्तिले उही विचार मनमा खेलाइरहन्छ र तदनुरूप गरिरहन्छ। मनमा खेलिरहेको विचार अनुसारको क्रियाकलाप पूरा नगरेसम्म बेचैन रहन्छ। ओसीडी पीडितहरूलाई निन्दाजन्य एउटा शब्द, वाक्य वा ध्वनिले नै चिन्तित तुल्याउँछ। त्यस्ता व्यक्तिहरू आफ्नो कारण अरूलाई कुनै समस्या नहोस् भन्नेमा आवश्यकताभन्दा बढी सजग हुन्छन्। त्यसक्रममा अनावश्यक शंकाबाट पनि पीडित हुन सक्छन्। आफूले उठाउनुपर्ने सम्भावित कदमबारे धेरै सोचेर पनि निर्णय लिन वा कार्यान्वयन गर्न सकिरहेका हुँदैनन्। अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको सटिक कारण पत्ता लागेको छैन, तर मस्तिष्कमा सेरोटोनिन (एक प्रकारको रसायन) तत्वको असन्तुलनलाई यसको प्रमुख कारक मानिन्छ। करीब एकतिहाइलाई तनावपूर्ण घटनाले यो मनोरोगको शिकार बनाउँछ भन्ने मानिन्छ। अत्यन्त न्यून व्यक्तिलाई वंशाणुगत कारणले ओसीडी हुन्छ। यो समस्यालाई शून्यमा ल्याउन कठिन छैन, तर अन्य मानसिक रोगको जस्तो उपचार विधि पनि छैन। ओसीडीलाई व्यवहारजन्य मनोपरामर्श उपचार र औषधिबाट उचित व्यवस्थापन गर्न सकिन्छ। मनोपरामर्श र औषधिको प्रयोग घरीघरी आउने सोचाइलाई कम पार्न गरिन्छ। कुनै काम वा घटनाप्रति डर वा घृणा छ भने विस्तारै त्यसको सामना गर्न लगाई मनोबल बलियो पार्न सघाइन्छ। कुनै काम गर्दै नगरे पनि त्यसको नतीजा धेरै नकारात्मक हुँदैन भनेर सप्रमाण विश्वास दिलाउनु ओसीडीको प्रभावकारी उपचार विधि हो। यसको अलावा स्नायु प्रणालीका लागि नपुग रसायन तत्व (सेरोटोनिन) औषधिका रूपमा दिन सकिन्छ।
|
असिना पानीसँगै परेको हिमपातले गोरखाको लाप्राकस्थित गुप्सीपाखामा रहेको भूकम्पपीडितको टहरो ढाकेको छ। रातभरको हिमपातले भूकम्पपीडित बस्दै आएको टहरो ढाकेको हो। जताततै हिउँले सेत्तामे देखिएको छ। वैशाखमा गएको ‘गोरखा भूकम्प’ पछि लाप्राकबाट बिस्थापित भएका ५९५ घरधुरीका लाप्राकीहरू टहरो हालेर गुप्सीपाखामा बस्दै आएका छन्। दुई हजार ७०० मिटर उचाईको गुप्सीपाखा हिउँले सेत्तामे भएपछि बढेको चिसोले बृद्धबृद्धा र बालबालिका थप पीडामा परेको स्थानीयले टेलिफोनमा बताएका छन्। गएराति हिउँ पर्नुअघि. . .
|
के थाहा, मलार्इ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान केही महिनामै जल्छ भनेर! करोडौं गयो। कर्णालीको एक आशाको स्तम्भमा प्राकृतिक कुठाराघात भो। मोहन हिमांशु थापाको ‘आँखाको गुराँस हत्केलाको सुनगाभा’ स्मृति सन्दर्भ झै मनभरि जुम्ला संग्लियो। कर्णालीका जम्मै सहृदयी दाजुदिदी उसैगरी मनमा आए, जसरी उनी पहिलोपल्ट देखिएका थिए खलंगा बजारमा हामीसँग हार्दिक मुस्कानसहित। तर अन्तस्करणमा ती जम्मै सहृदयी मुस्कानमा गहिरो दुखेसो भएझैँ प्रतित हुन्थ्यो यसबेला। पश्चिमको कर्णाली स्वास्थ्य व. . .
|
दुई सय पचास वर्षदेखि’, यो वाक्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा चल्तीको थेगो भएको छ। र यही थेगोको मर्ममा टेकेर नयाँ नेपालमा पुरानो राष्ट्रिय एकता दिवस मनाईदैन। तर, यो थेगो भित्रको नियत खोतल्ने लेठो हामीले गरेका छैनौं। ज्ञानेन्द्र शाहको रिसमा पृथ्वीनारायणको सालिकमा ढुंगामुढा गर्दै सुरू भएको हाम्रो उन्माद अझैसम्म सन्तुलीत भइसकेको छैन। हामी अझैसम्म उस्तै उन्मादी र उछृंखल छौं। र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हामी सधैं इतिहास तिर फर्केर सराप्ने उधोमुखी प्रतिगामी भइराखौं भनेर. . .
|
बेला बेला नेपालका प्रधानमन्त्रीले ठूलै सपना बाँड्ने गरेका छन्। ती ठूला सपनामध्येको एक हो – हावाबाट बिजुली निकाल्ने। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई अन्धकारमुक्त पारिने बताए। हावाबाट बिजुली निकाली दुर दराजको बस्तीलाई विद्युतिकरण गर्न सकिन्छ भन्ने कुरा आफैंमा सत्य हो। तर यसको अर्थ यो होइन कि वर्तमान संरचना र पूर्वाधारको भरमा हावाबाट बिजुली निकालेर राष्ट्रिय प्रसारणमा सजिलै जोडिन्छ। यो कुरा कम्तिमा त. . .
|
जिल्लामा बिक्री हुने सहुलियतको नुन र चामल लिनका लागि सर्वसाधारणले राजनीतिक दललाई गुहार्ने चलन लगभग सकिएको छ। तीन वर्षअघि सम्म सहुलियतको नुन र चामल लिनका लागि टाढा–टाढाका गाउँबाट समेत सर्वसाधारण आउने र कार्यालयबाट थोरै पाउने भएकाले विभिन्न नेतालाई गुहार्ने चलन थियो। सर्वसाधारण नागरिक जाँदा थोरै दिने कार्यालयले नेताको सिफारिसपछि धेरै दिन्थे, सोही कारण जिल्लामा नुन र चामलको राजनीति निकै मौलाएको थियो। त्यसबेला जुन नेताले बढी नुन र चामल झिकिदिन्थे, नागरिकको नजरमा. . .
|
मैले २०४० सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएँ, त्यसमा स्थायी ठेगाना नवलपरासी छ। नागरिकतामा जारी भएको स्थान र स्थायी ठेगाना फरक हुँदा विभिन्न सरकारी प्रशासनिक काममा प्रमाणीकरणलगायत झमेला हुने हुँदा ललितपुर बसाई-सराई दर्ता गरेँ। सरकारी पछिल्लो नियमअनुसार नागरिकता जारी भएकै ठाउँबाट राहदानी लिनुपर्ने हुन्छ। त्यसैले पनि बसाई-सराई गर्न बाध्य भएँ। २०६४ सालमा नागरिकताको अभिलेखसहित सक्कली नागरिकता, घर खरिद प्रमाण, बसाई-सराई प्रमाण-पत्र आदि कागजात संलग्न गरी ललितपुर जिल्ला प्रशासन का. . .
|
सधैझैं पुस २९ गते राति मोबाइलमा फेसबुक लगइन गरें। साथी सज्जनले पोस्ट गरेको स्टाटस र फोटोमा आँखा अडिए। जहाँ लेखिएको थियो। ‘निकै दुःखद खबर, नेपाली प्रजातान्त्रिक र दलित आन्दोलनका अगुवा पदमसिंह विश्वकर्मा यो दुनियाबाट विदा हुनुभयो। ’ केही बेर फोटो हेरिरहें। अनि मनमा अनेक कुराहरु खेले। यो धर्तीमा जन्मेपछि एकदिन त हामी सबै भौतिक शरीरलाई संसारबाट विदा गर्नैपर्छ। अजम्बरीको वरदान कसैले पाएको पनि छैन। मेरो मनमा आदरणीय व्यक्तित्व पदमसिंह विश्वकर्माका सम्झनाहरु चलचित्रको रिलझैं घुमिरहे। उनलाई. . .
|
भूकम्पपछिका प्रत्येक महिना म बारपाक पुगेको छु। त्यही क्रममाः गत आइतबार र सोमबार पनि म बारपाक बसेँ। बारपाक पुगेपछि पहिले र अहिलेको गाउँको तुलना गरिन्छ। पहिले एकैनासका घर र ढुङ्गैढुङ्गा छापेका गल्लीहरु थिए। भूकम्पले गाउँको नाम, निशासना मेटिदियो। मुहार बदलियो। भूकम्पले भत्काएका भौतिक संरचना हटाएर नयाँ संरचना निर्माणको तयारीमा बारपाकी देखिन्छन्। तर, किन–किन पुनःनिर्माणमा जुट्न सकेका छैनन्। १४ सय ५७ घरधुरीमध्ये पाँच प्रतिशत भूकम्पपीडितले मात्रै पक्की टहरो बनाएका छन्। बाँकी भूकम्पपी. . .
|
बुधबार विहानदेखि रंगेलीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन चर्किरहेको घटनाले मेरो ध्यान खिचिरहेको थियो। मधेसवादी दलको बर्चश्व रहेको उक्त क्षेत्रमा एकैदिन मोर्चाको बिरोधसभा र अर्कापट्टि एमाले निकट युवा संघले आयोजना गर्ने तराई मधेस संवाद तथा जागरण कार्यक्रम थिए। पुगनपुग तीन सय मिटर क्षेत्रमा यी दुई कार्यक्रम कुनै घटनाको सूचक हुन् भन्ने मलाई लागिसकेको थियो। अप्रिय स्थिति हुनसक्छ भनेर म स्थलगत रिपोर्टिङका लागि रंगेली जाने सोच बनाउँदै थिएँ। चिसोसँगै सिमसिम पानी परिरह. . .
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.